Bible

Proverbs 20 - WEB (Nepali)

1 Wine is a mocker, and beer is a brawler; Whoever is led astray by them is not wise.दाखरस उपहास गरिने बस्तू हो, निगार चाहिँ एउटा झगडा ल्याउने चीज हो। जो यसको प्रभावमा पर्छ ऊ ज्ञानी हुने छैन।

2 The terror of a king is like the roaring of a lion: He who provokes him to anger forfeits his own life.राजाको क्रोध सिंहको गर्जन झैं हो, जसले उसलाई क्रोधित बनाउँछ आफ्नो जीवनलाई खतरामा पार्छ।

3 It is an honor for a man to keep aloof from strife; But every fool will be quarreling.झगडा गर्न अस्वीकार गर्ने मानिस आदरणीय हुनेछ तर मूर्ख मानिस त सदैव झगडाको लागि तत्पर रहन्छ।

4 The sluggard will not plow by reason of the winter; Therefore he shall beg in harvest, and have nothing.एउटा अल्छे मानिसले शरद ऋतुमा खेत जोत्दैन, समयमा उसले अन्नहरू खोज्छ अनि त्यहाँ केही हुँदैन्।

5 Counsel in the heart of man is like deep water; But a man of understanding will draw it out.मानिसहरूको हृदयमा रहेका कुराहरू गहिरो कुवाको पानी जस्तै हुन्, तर समझदार मानिसले त्यो तानेर निकाल्छ।

6 Many men claim to be men of unfailing love, But who can find a faithful man?धेरै मानिसहरूले भन्ने गर्छन तिनीहरू विश्वास योग्य मानिस छन्, तर विश्वासनीय मानिस कसले भेटून सक्छ?

7 A righteous man walks in integrity. Blessed are his children after him.एकजना धर्मी मानिस सधै ईमान्दारी पूर्वक बास्छ र उसका नानीहरूलाई पाछि फायदा पुर्याउँछ।

8 A king who sits on the throne of judgment Scatters away all evil with his eyes.जब राजा उनका मानिसहरूको न्याय गर्नु बस्छन् उनले दुष्टतालाई आफ्नै आँखाले छानबिन गर्छन्।

9 Who can say, "I have made my heart pure. I am clean and without sin?"के कसैले म शुद्ध छु भनि दावी गर्न सक्छ? के कुनै मानिसले दावी गर्न सक्छ की ऊ आफ्नो पापबाट शुद्ध हुन सक्छ?

10 Differing weights and differing measures, Both of them alike are an abomination to Yahweh.परमप्रभुले त्यो तौल र नापहरूलाई घृणा गर्नुहुन्छ जुन बेठीक छन्।

11 Even a child makes himself known by his doings, Whether his work is pure, and whether it is right.एउटा बालकलाई उसको चाल-चलनबाट पनि जान्नु सकिन्छ उसको व्यवहार असल छ की छैन।

12 The hearing ear, and the seeing eye, Yahweh has made even both of them.परमप्रभुले देख्ने आँखा र सुन्ने कान दुबैलाई सृष्टि गर्नु भयो।

13 Don't love sleep, lest you come to poverty; Open your eyes, and you shall be satisfied with bread.यदि तिमी धेरै सुत्न मन पराउछौं भनें। तिमी गरीब हुने छौ। जागा रहो अनि तिमीसंग प्रशस्त खाने कुरा हुनेछ।

14 "It's no good, it's no good," says the buyer; But when he is gone his way, then he boasts.राम्रो छैन! यो राम्रो छैन! भन्दै ग्राहकले किन्छ तर पछि उसले भाउ कसेकोमा आफैंलाई प्रशंसा गर्छ।

15 There is gold and abundance of rubies; But the lips of knowledge are a rare jewel.सुन अनि धेरै लालमणिहरू छन्, तर ज्ञानीको भाषण, निखुर गहना हो।

16 Take the garment of one who puts up collateral for a stranger; And hold him in pledge for a wayward woman.एउटा अपरिचित मानिसलाई उधारो दिन्छौं भने उसको कोट बन्धक लेऊ। निश्चित होऊ की उसले तिमीलाई ती विदेशीहरूको बन्धकको रूपमा केहि दिन्छ।

17 Fraudulent food is sweet to a man, But afterwards his mouth is filled with gravel.छल गरि कमाएको अन्न खान मीठो लाग्छ, तर अन्तमा त्यसले मुखभरी ढुङ्गा चपाए जस्तो हुन्छ।

18 Plans are established by advice; By wise guidance you wage war!कुनै योजना बनाउनु अघी राम्रो सल्लाह गर्नु। यदि युद्धमा जानु छ भने असल मार्गदर्शन लिनु।

19 He who goes about as a tale-bearer reveals secrets; Therefore don't keep company with him who opens wide his lips.अर्काको गोप्यनीय कुराहरू भन्ने मानिसलाई भरोसा गर्न सकिँदैन। यसर्थ धेरै बोल्ने मानिसबाट जोगिएर बस।

20 Whoever curses his father or his mother, His lamp shall be put out in blackness of darkness.यदि कुनै मानिसले आफ्ना आमा-बाबुलाई सराप्छ भने उसको बत्ती राती अन्धकारको बीचमा निभ्ने छ।

21 An inheritance quickly gained at the beginning, Won't be blessed in the end.यदि तिमी सित भएको सम्पत्ति तिमीले छिटो छिटो र सजिलै हासिल गरेको भए यो अन्तमा आशिषपूर्ण हुनेछैन।

22 Don't say, "I will pay back evil." Wait for Yahweh, and he will save you.यसो नभन, “म दुष्टको बदला लिनेछु।” परमप्रभुको निम्ति पर्ख अनि उहाँले तिम्रो रक्षा गर्नु हुनेछ।

23 Yahweh detests differing weights, And dishonest scales are not pleasing.परमप्रभुले गलत तौललाई घृणा गर्नु हुन्छ अनि झूटा तराजूहरू असल होइनन्।

24 A man's steps are from Yahweh; How then can man understand his way?मानिसले चाल्ने प्रत्येक कदम नै परमप्रभुले तोक्नु हुन्छ। तब मानिस कसरी जान्दछ कि उसको जीवनमा के परी आँउछ।

25 It is a snare to a man to make a rash dedication, Then later to consider his vows.परमप्रभुलाई भाकल गर्न अघि नै सोचेर भाकल गर्नु, पछि पछुताउनु नपरोस कि “मैले यस्तो भाकल नगर्नु पर्ने रहेछ।”

26 A wise king winnows out the wicked, And drives the threshing wheel over them.एकजना ज्ञानी राजाले दूष्टहरूलाई भूस निफाने झैं गरी छुट्टायाउनछन् अनि तिनीहरूलाई सजाय दिन्छन्।

27 The spirit of man is Yahweh's lamp, Searching all his innermost parts.एकजना मानिसको आत्मा परमप्रभुको दियो हो जसले उसको आत्माको गहिराई देखाउछ।

28 Love and faithfulness keep the king safe. His throne is sustained by love.यदि राजा विश्वासी र सत्यवादी छन् भने, उसले शक्ति सुरक्षित राख्नु सक्छन्। उसको विश्वासनीयताले उसको राज्य बलियो राख्ने छ।

29 The glory of young men is their strength. The splendor of old men is their gray hair.एकजना जवान मानिसको गौरव उसको बल हो, अनि एउटा बूढो मानिसको गौरव उसको फूलेको केश हो।

30 Wounding blows cleanse away evil, And beatings purge the innermost parts.कुटाइले चोट पुर्याउ र खराबी हटाउँछ अनि मुक्कारहरूले भित्रि जीवलाई सफा गर्छ।

Nepali Bible