Bible

Proverbs 20 - KJV (Nepali)

1 Wine is a mocker, strong drink is raging: and whosoever is deceived thereby is not wise.दाखरस उपहास गरिने बस्तू हो, निगार चाहिँ एउटा झगडा ल्याउने चीज हो। जो यसको प्रभावमा पर्छ ऊ ज्ञानी हुने छैन।

2 The fear of a king is as the roaring of a lion: whoso provoketh him to anger sinneth against his own soul.राजाको क्रोध सिंहको गर्जन झैं हो, जसले उसलाई क्रोधित बनाउँछ आफ्नो जीवनलाई खतरामा पार्छ।

3 It is an honour for a man to cease from strife: but every fool will be meddling.झगडा गर्न अस्वीकार गर्ने मानिस आदरणीय हुनेछ तर मूर्ख मानिस त सदैव झगडाको लागि तत्पर रहन्छ।

4 The sluggard will not plow by reason of the cold; therefore shall he beg in harvest, and have nothing.एउटा अल्छे मानिसले शरद ऋतुमा खेत जोत्दैन, समयमा उसले अन्नहरू खोज्छ अनि त्यहाँ केही हुँदैन्।

5 Counsel in the heart of man is like deep water; but a man of understanding will draw it out.मानिसहरूको हृदयमा रहेका कुराहरू गहिरो कुवाको पानी जस्तै हुन्, तर समझदार मानिसले त्यो तानेर निकाल्छ।

6 Most men will proclaim every one his own goodness: but a faithful man who can find?धेरै मानिसहरूले भन्ने गर्छन तिनीहरू विश्वास योग्य मानिस छन्, तर विश्वासनीय मानिस कसले भेटून सक्छ?

7 The just man walketh in his integrity: his children are blessed after him.एकजना धर्मी मानिस सधै ईमान्दारी पूर्वक बास्छ र उसका नानीहरूलाई पाछि फायदा पुर्याउँछ।

8 A king that sitteth in the throne of judgment scattereth away all evil with his eyes.जब राजा उनका मानिसहरूको न्याय गर्नु बस्छन् उनले दुष्टतालाई आफ्नै आँखाले छानबिन गर्छन्।

9 Who can say, I have made my heart clean, I am pure from my sin?के कसैले म शुद्ध छु भनि दावी गर्न सक्छ? के कुनै मानिसले दावी गर्न सक्छ की ऊ आफ्नो पापबाट शुद्ध हुन सक्छ?

10 Divers weights, and divers measures, both of them are alike abomination to the LORD.परमप्रभुले त्यो तौल र नापहरूलाई घृणा गर्नुहुन्छ जुन बेठीक छन्।

11 Even a child is known by his doings, whether his work be pure, and whether it be right.एउटा बालकलाई उसको चाल-चलनबाट पनि जान्नु सकिन्छ उसको व्यवहार असल छ की छैन।

12 The hearing ear, and the seeing eye, the LORD hath made even both of them.परमप्रभुले देख्ने आँखा र सुन्ने कान दुबैलाई सृष्टि गर्नु भयो।

13 Love not sleep, lest thou come to poverty; open thine eyes, and thou shalt be satisfied with bread.यदि तिमी धेरै सुत्न मन पराउछौं भनें। तिमी गरीब हुने छौ। जागा रहो अनि तिमीसंग प्रशस्त खाने कुरा हुनेछ।

14 It is naught, it is naught, saith the buyer: but when he is gone his way, then he boasteth.राम्रो छैन! यो राम्रो छैन! भन्दै ग्राहकले किन्छ तर पछि उसले भाउ कसेकोमा आफैंलाई प्रशंसा गर्छ।

15 There is gold, and a multitude of rubies: but the lips of knowledge are a precious jewel.सुन अनि धेरै लालमणिहरू छन्, तर ज्ञानीको भाषण, निखुर गहना हो।

16 Take his garment that is surety for a stranger: and take a pledge of him for a strange woman.एउटा अपरिचित मानिसलाई उधारो दिन्छौं भने उसको कोट बन्धक लेऊ। निश्चित होऊ की उसले तिमीलाई ती विदेशीहरूको बन्धकको रूपमा केहि दिन्छ।

17 Bread of deceit is sweet to a man; but afterwards his mouth shall be filled with gravel.छल गरि कमाएको अन्न खान मीठो लाग्छ, तर अन्तमा त्यसले मुखभरी ढुङ्गा चपाए जस्तो हुन्छ।

18 Every purpose is established by counsel: and with good advice make war.कुनै योजना बनाउनु अघी राम्रो सल्लाह गर्नु। यदि युद्धमा जानु छ भने असल मार्गदर्शन लिनु।

19 He that goeth about as a talebearer revealeth secrets: therefore meddle not with him that flattereth with his lips.अर्काको गोप्यनीय कुराहरू भन्ने मानिसलाई भरोसा गर्न सकिँदैन। यसर्थ धेरै बोल्ने मानिसबाट जोगिएर बस।

20 Whoso curseth his father or his mother, his lamp shall be put out in obscure darkness.यदि कुनै मानिसले आफ्ना आमा-बाबुलाई सराप्छ भने उसको बत्ती राती अन्धकारको बीचमा निभ्ने छ।

21 An inheritance may be gotten hastily at the beginning; but the end thereof shall not be blessed.यदि तिमी सित भएको सम्पत्ति तिमीले छिटो छिटो र सजिलै हासिल गरेको भए यो अन्तमा आशिषपूर्ण हुनेछैन।

22 Say not thou, I will recompense evil; but wait on the LORD, and he shall save thee.यसो नभन, “म दुष्टको बदला लिनेछु।” परमप्रभुको निम्ति पर्ख अनि उहाँले तिम्रो रक्षा गर्नु हुनेछ।

23 Divers weights are an abomination unto the LORD; and a false balance is not good.परमप्रभुले गलत तौललाई घृणा गर्नु हुन्छ अनि झूटा तराजूहरू असल होइनन्।

24 Man's goings are of the LORD; how can a man then understand his own way?मानिसले चाल्ने प्रत्येक कदम नै परमप्रभुले तोक्नु हुन्छ। तब मानिस कसरी जान्दछ कि उसको जीवनमा के परी आँउछ।

25 It is a snare to the man who devoureth that which is holy, and after vows to make enquiry.परमप्रभुलाई भाकल गर्न अघि नै सोचेर भाकल गर्नु, पछि पछुताउनु नपरोस कि “मैले यस्तो भाकल नगर्नु पर्ने रहेछ।”

26 A wise king scattereth the wicked, and bringeth the wheel over them.एकजना ज्ञानी राजाले दूष्टहरूलाई भूस निफाने झैं गरी छुट्टायाउनछन् अनि तिनीहरूलाई सजाय दिन्छन्।

27 The spirit of man is the candle of the LORD, searching all the inward parts of the belly.एकजना मानिसको आत्मा परमप्रभुको दियो हो जसले उसको आत्माको गहिराई देखाउछ।

28 Mercy and truth preserve the king: and his throne is upholden by mercy.यदि राजा विश्वासी र सत्यवादी छन् भने, उसले शक्ति सुरक्षित राख्नु सक्छन्। उसको विश्वासनीयताले उसको राज्य बलियो राख्ने छ।

29 The glory of young men is their strength: and the beauty of old men is the grey head.एकजना जवान मानिसको गौरव उसको बल हो, अनि एउटा बूढो मानिसको गौरव उसको फूलेको केश हो।

30 The blueness of a wound cleanseth away evil: so do stripes the inward parts of the belly.कुटाइले चोट पुर्याउ र खराबी हटाउँछ अनि मुक्कारहरूले भित्रि जीवलाई सफा गर्छ।

Nepali Bible