Proverbs 2 - YLT (Nepali)
1 My son, if thou dost accept my sayings, And my commands dost lay up with thee,मेरो छोरा! म जे भन्छु ग्रहण गर। मेरा आदेशहरू स्मरण गर।
2 To cause thine ear to attend to wisdom, Thou inclinest thy heart to understanding,ज्ञानका कुराहरूमा ध्यान देऊ। तिम्रो समझ शिक्षाहरू तिर लगाऊ।
3 For, if for intelligence thou callest, For understanding givest forth thy voice,ज्ञानका निम्ति बोलाऊ अनि समझशक्ति पाउनलाई कराऊ।
4 If thou dost seek her as silver, And as hid treasures searchest for her,चाँदी खोजे झैं ज्ञान खोज, गाड-धन खोजे झैं ज्ञान खोज।
5 Then understandest thou fear of Jehovah, And knowledge of God thou findest.यदि तिमीले यसो गर्यौ भने परमप्रभुको डर मान्नुको अर्थ के हो तिमीले जान्न सक्ने छौ। तिमीले साँच्चै नै परमेश्वरको विषयमा जान्ने छौ।
6 For Jehovah giveth wisdom, From His mouth knowledge and understanding.परमप्रभुले ज्ञान दिनुहुन्छ। बुद्धि अनि समझशक्तिहरू उहाँको मुखबाट बग्दछन्।
7 Even to lay up for the upright substance, A shield for those walking uprightly.उहाँले असल र ईमानदार मानिसको लागि उहाँको भण्डारमा विजय साँचेर राख्नु भएको छ।
8 To keep the paths of judgment, And the way of His saints He preserveth.उहाँले ती मानिसहरूको रक्षा गर्नुहुन्छ जो अरू प्रति स्वच्छ हुन्छन् उहाँले पवित्र मानिसहरूलाई पहाडा दिनु हुन्छ।
9 Then understandest thou righteousness, And judgment, and uprightness -- every good path.यसर्थ परमप्रभुले तिमीहरूलाई ज्ञान दिनुहुनेछ अनि तिमीहरूले सही, असल र न्यायपूर्वक कुराहरू बुझ्नेछौ।
10 For wisdom cometh into thy heart, And knowledge to thy soul is pleasant,बुद्धि तिम्रो हृदयमा पस्नेछ अनि ज्ञान पाएर तिमीहरूको आत्मा सुखी हुनेछ।
11 Thoughtfulness doth watch over thee, Understanding doth keep thee,ज्ञानले तिमीलाई सुरक्षा दिनेछ र बुद्धिले तिम्रो रक्षा गर्नेछ।
12 To deliver thee from an evil way, From any speaking froward things,ज्ञान र बुद्धिले दुष्ट मानिस झैं भूल मार्गमा रहनबाट रोक्छ अनि दुष्टतापूर्वक बोल्नेहरूबाट बचाउँछ।
13 Who are forsaking paths of uprightness, To walk in ways of darkness,यस्ता मानिसहरू इमान्दारी मार्गबाट हट्छन्, तिनीहरू अँध्यारो मार्गमा हिँड्छन्।
14 Who are rejoicing to do evil, They delight in frowardness of the wicked,तिनीहरू नराम्रो कर्म गर्न रूचाउँछन् र त्यसमा आनन्द लिन्छन्।
15 Whose paths `are' crooked, Yea, they are perverted in their ways.तिनीहरूको मार्गमा भरोसा गर्न सकिंदैन, तिमीहरूका मार्गहरू कपटपूर्णछन्। तिनीहरू झूटो बोल्छन् अनि ठग्छन्। तर तिम्रो ज्ञान र बुद्धिले तिमीलाई ती चीजहरूबाट अलग्ग राख्छ।
16 To deliver thee from the strange woman, From the stranger who hath made smooth her sayings,बुद्धिले तिमीहरूलाई पर-स्त्रीबाट अलग राख्छ र तिमीलाई ऊ प्रति आकर्षण गराउने मिठा कुराहरूबाट बचाउँछ।
17 Who is forsaking the guide of her youth, And the covenant of her God hath forgotten.जब त्यो आइमाई तरूणी थिई त्यसले विहे गरी, तर त्यसले आफ्नो लोग्नेलाई छाडि दिई। आफूले परमेश्वरको अघि विहेको समयमा गरेको प्रतिज्ञा भूली।
18 For her house hath inclined unto death, And unto Rephaim her paths.अनि अब उसित उसको घर जाँदा उसको घरले मृत्यु सम्मुख पुर्याउँछ। उसको पछि लाग्ने मर्नेछ।
19 None going in unto her turn back, Nor do they reach the paths of life.जो कोही उसको घरभित्र जान्छ उसले आफ्नो जीवन गुमाउँछ, ऊ जीवनको मार्गमा फर्कि आउँदैन।
20 That thou dost go in the way of the good, And the paths of the righteous dost keep.ज्ञानले तिमीहरूलाई असल मानिसहरूले गरेको कार्यको उदाहरण अनुशरण गर्न सहायता गर्छ अनि धर्मी मानिसहरूको जीवन रीतिमा बाँच्न सिकाउँछ।
21 For the upright do inhabit the earth, And the perfect are left in it,इमान्दारी मानिसहरू तिनीहरूको भूमिमा लगातार जीउने छन् अनि दोषरहित मानिसहरू त्यहाँ बस्नेछन्।
22 And the wicked from the earth are cut off, And treacherous dealers plucked out of it!तर दुष्ट मानिसहरू आफ्नो भूमि गुमाउनेछन् अनि कपटपूर्ण मानिसहरूलाई त्यस भूमिबाट हटाइनेछ।
Nepali Bible