Bible

Proverbs 2 - BBE (Nepali)

1 My son, if you will take my words to your heart, storing up my laws in your mind;मेरो छोरा! म जे भन्छु ग्रहण गर। मेरा आदेशहरू स्मरण गर।

2 So that your ear gives attention to wisdom, and your heart is turned to knowledge;ज्ञानका कुराहरूमा ध्यान देऊ। तिम्रो समझ शिक्षाहरू तिर लगाऊ।

3 Truly, if you are crying out for good sense, and your request is for knowledge;ज्ञानका निम्ति बोलाऊ अनि समझशक्ति पाउनलाई कराऊ।

4 If you are looking for her as for silver, and searching for her as for stored-up wealth;चाँदी खोजे झैं ज्ञान खोज, गाड-धन खोजे झैं ज्ञान खोज।

5 Then the fear of the Lord will be clear to you, and knowledge of God will be yours.यदि तिमीले यसो गर्यौ भने परमप्रभुको डर मान्नुको अर्थ के हो तिमीले जान्न सक्ने छौ। तिमीले साँच्चै नै परमेश्वरको विषयमा जान्ने छौ।

6 For the Lord gives wisdom; out of his mouth come knowledge and reason:परमप्रभुले ज्ञान दिनुहुन्छ। बुद्धि अनि समझशक्तिहरू उहाँको मुखबाट बग्दछन्।

7 He has salvation stored up for the upright, he is a breastplate to those in whom there is no evil;उहाँले असल र ईमानदार मानिसको लागि उहाँको भण्डारमा विजय साँचेर राख्नु भएको छ।

8 He keeps watch on the ways which are right, and takes care of those who have the fear of him.उहाँले ती मानिसहरूको रक्षा गर्नुहुन्छ जो अरू प्रति स्वच्छ हुन्छन् उहाँले पवित्र मानिसहरूलाई पहाडा दिनु हुन्छ।

9 Then you will have knowledge of righteousness and right acting, and upright behaviour, even of every good way.यसर्थ परमप्रभुले तिमीहरूलाई ज्ञान दिनुहुनेछ अनि तिमीहरूले सही, असल र न्यायपूर्वक कुराहरू बुझ्नेछौ।

10 For wisdom will come into your heart, and knowledge will be pleasing to your soul;बुद्धि तिम्रो हृदयमा पस्नेछ अनि ज्ञान पाएर तिमीहरूको आत्मा सुखी हुनेछ।

11 Wise purposes will be watching over you, and knowledge will keep you;ज्ञानले तिमीलाई सुरक्षा दिनेछ र बुद्धिले तिम्रो रक्षा गर्नेछ।

12 Giving you salvation from the evil man, from those whose words are false;ज्ञान र बुद्धिले दुष्ट मानिस झैं भूल मार्गमा रहनबाट रोक्छ अनि दुष्टतापूर्वक बोल्नेहरूबाट बचाउँछ।

13 Who give up the way of righteousness, to go by dark roads;यस्ता मानिसहरू इमान्दारी मार्गबाट हट्छन्, तिनीहरू अँध्यारो मार्गमा हिँड्छन्।

14 Who take pleasure in wrongdoing, and have joy in the evil designs of the sinner;तिनीहरू नराम्रो कर्म गर्न रूचाउँछन् र त्यसमा आनन्द लिन्छन्।

15 Whose ways are not straight, and whose footsteps are turned to evil:तिनीहरूको मार्गमा भरोसा गर्न सकिंदैन, तिमीहरूका मार्गहरू कपटपूर्णछन्। तिनीहरू झूटो बोल्छन् अनि ठग्छन्। तर तिम्रो ज्ञान र बुद्धिले तिमीलाई ती चीजहरूबाट अलग्ग राख्छ।

16 To take you out of the power of the strange woman, who says smooth words with her tongue;बुद्धिले तिमीहरूलाई पर-स्त्रीबाट अलग राख्छ र तिमीलाई ऊ प्रति आकर्षण गराउने मिठा कुराहरूबाट बचाउँछ।

17 Who is false to the husband of her early years, and does not keep the agreement of her God in mind:जब त्यो आइमाई तरूणी थिई त्यसले विहे गरी, तर त्यसले आफ्नो लोग्नेलाई छाडि दिई। आफूले परमेश्वरको अघि विहेको समयमा गरेको प्रतिज्ञा भूली।

18 For her house is on the way down to death; her footsteps go down to the shades:अनि अब उसित उसको घर जाँदा उसको घरले मृत्यु सम्मुख पुर्याउँछ। उसको पछि लाग्ने मर्नेछ।

19 Those who go to her do not come back again; their feet do not keep in the ways of life:जो कोही उसको घरभित्र जान्छ उसले आफ्नो जीवन गुमाउँछ, ऊ जीवनको मार्गमा फर्कि आउँदैन।

20 So that you may go in the way of good men, and keep in the footsteps of the upright.ज्ञानले तिमीहरूलाई असल मानिसहरूले गरेको कार्यको उदाहरण अनुशरण गर्न सहायता गर्छ अनि धर्मी मानिसहरूको जीवन रीतिमा बाँच्न सिकाउँछ।

21 For the upright will be living in the land, and the good will have it for their heritage.इमान्दारी मानिसहरू तिनीहरूको भूमिमा लगातार जीउने छन् अनि दोषरहित मानिसहरू त्यहाँ बस्नेछन्।

22 But sinners will be cut off from the land, and those whose acts are false will be uprooted.तर दुष्ट मानिसहरू आफ्नो भूमि गुमाउनेछन् अनि कपटपूर्ण मानिसहरूलाई त्यस भूमिबाट हटाइनेछ।

Nepali Bible