Bible

Proverbs 2 - ASV (Nepali)

1 My son, if thou wilt receive my words, And lay up my commandments with thee;मेरो छोरा! म जे भन्छु ग्रहण गर। मेरा आदेशहरू स्मरण गर।

2 So as to incline thine ear unto wisdom, And apply thy heart to understanding;ज्ञानका कुराहरूमा ध्यान देऊ। तिम्रो समझ शिक्षाहरू तिर लगाऊ।

3 Yea, if thou cry after discernment, And lift up thy voice for understanding;ज्ञानका निम्ति बोलाऊ अनि समझशक्ति पाउनलाई कराऊ।

4 If thou seek her as silver, And search for her as for hid treasures:चाँदी खोजे झैं ज्ञान खोज, गाड-धन खोजे झैं ज्ञान खोज।

5 Then shalt thou understand the fear of Jehovah, And find the knowledge of God.यदि तिमीले यसो गर्यौ भने परमप्रभुको डर मान्नुको अर्थ के हो तिमीले जान्न सक्ने छौ। तिमीले साँच्चै नै परमेश्वरको विषयमा जान्ने छौ।

6 For Jehovah giveth wisdom; Out of his mouth `cometh' knowledge and understanding:परमप्रभुले ज्ञान दिनुहुन्छ। बुद्धि अनि समझशक्तिहरू उहाँको मुखबाट बग्दछन्।

7 He layeth up sound wisdom for the upright; `He is' a shield to them that walk in integrity;उहाँले असल र ईमानदार मानिसको लागि उहाँको भण्डारमा विजय साँचेर राख्नु भएको छ।

8 That he may guard the paths of justice, And preserve the way of his saints.उहाँले ती मानिसहरूको रक्षा गर्नुहुन्छ जो अरू प्रति स्वच्छ हुन्छन् उहाँले पवित्र मानिसहरूलाई पहाडा दिनु हुन्छ।

9 Then shalt thou understand righteousness and justice, And equity, `yea', every good path.यसर्थ परमप्रभुले तिमीहरूलाई ज्ञान दिनुहुनेछ अनि तिमीहरूले सही, असल र न्यायपूर्वक कुराहरू बुझ्नेछौ।

10 For wisdom shall enter into thy heart, And knowledge shall be pleasant unto thy soul;बुद्धि तिम्रो हृदयमा पस्नेछ अनि ज्ञान पाएर तिमीहरूको आत्मा सुखी हुनेछ।

11 Discretion shall watch over thee; Understanding shall keep thee:ज्ञानले तिमीलाई सुरक्षा दिनेछ र बुद्धिले तिम्रो रक्षा गर्नेछ।

12 To deliver thee from the way of evil, From the men that speak perverse things;ज्ञान र बुद्धिले दुष्ट मानिस झैं भूल मार्गमा रहनबाट रोक्छ अनि दुष्टतापूर्वक बोल्नेहरूबाट बचाउँछ।

13 Who forsake the paths of uprightness, To walk in the ways of darkness;यस्ता मानिसहरू इमान्दारी मार्गबाट हट्छन्, तिनीहरू अँध्यारो मार्गमा हिँड्छन्।

14 Who rejoice to do evil, And delight in the perverseness of evil;तिनीहरू नराम्रो कर्म गर्न रूचाउँछन् र त्यसमा आनन्द लिन्छन्।

15 Who are crooked in their ways, And wayward in their paths:तिनीहरूको मार्गमा भरोसा गर्न सकिंदैन, तिमीहरूका मार्गहरू कपटपूर्णछन्। तिनीहरू झूटो बोल्छन् अनि ठग्छन्। तर तिम्रो ज्ञान र बुद्धिले तिमीलाई ती चीजहरूबाट अलग्ग राख्छ।

16 To deliver thee from the strange woman, Even from the foreigner that flattereth with her words;बुद्धिले तिमीहरूलाई पर-स्त्रीबाट अलग राख्छ र तिमीलाई ऊ प्रति आकर्षण गराउने मिठा कुराहरूबाट बचाउँछ।

17 That forsaketh the friend of her youth, And forgetteth the covenant of her God:जब त्यो आइमाई तरूणी थिई त्यसले विहे गरी, तर त्यसले आफ्नो लोग्नेलाई छाडि दिई। आफूले परमेश्वरको अघि विहेको समयमा गरेको प्रतिज्ञा भूली।

18 For her house inclineth unto death, And her paths unto the dead;अनि अब उसित उसको घर जाँदा उसको घरले मृत्यु सम्मुख पुर्याउँछ। उसको पछि लाग्ने मर्नेछ।

19 None that go unto her return again, Neither do they attain unto the paths of life:जो कोही उसको घरभित्र जान्छ उसले आफ्नो जीवन गुमाउँछ, ऊ जीवनको मार्गमा फर्कि आउँदैन।

20 That thou mayest walk in the way of good men, And keep the paths of the righteous.ज्ञानले तिमीहरूलाई असल मानिसहरूले गरेको कार्यको उदाहरण अनुशरण गर्न सहायता गर्छ अनि धर्मी मानिसहरूको जीवन रीतिमा बाँच्न सिकाउँछ।

21 For the upright shall dwell in the land, And the perfect shall remain in it.इमान्दारी मानिसहरू तिनीहरूको भूमिमा लगातार जीउने छन् अनि दोषरहित मानिसहरू त्यहाँ बस्नेछन्।

22 But the wicked shall be cut off from the land, And the treacherous shall be rooted out of it.तर दुष्ट मानिसहरू आफ्नो भूमि गुमाउनेछन् अनि कपटपूर्ण मानिसहरूलाई त्यस भूमिबाट हटाइनेछ।

Nepali Bible