Proverbs 19 - YLT (Nepali)
1 Better `is' the poor walking in his integrity, Than the perverse `in' his lips, who `is' a fool.कुटिलता पूर्ण प्रयोग गर्ने मूर्ख भन्दा निष्कलंक गरीब असल हो।
2 Also, without knowledge the soul `is' not good, And the hasty in feet is sinning.बिनाज्ञान उत्साहीत हुनु राम्रो होइन। यदि तिमी धेरै हतार गर्छौ भने विराउने छौ।
3 The folly of man perverteth his way, And against Jehovah is his heart wroth.मानिसले आफ्नै भूलले आफ्नो जीवन नष्ट पार्छ, तर त्यसको दोष परमप्रभुलाई लगाउँछ।
4 Wealth addeth many friends, And the poor from his neighbour is separated.धनले धेरै मित्रहरू बनाउँछ, तर गरीबलाई आफ्नै भित्रले पनि त्यागि दिन्छ।
5 A false witness is not acquitted, Whoso breatheth out lies is not delivered.झूटो गवाहीले सजाय पाउँछ नै अनि जुन मानिस झूटो बोलिरहन्छ त्यो बाँच्नु सक्तैन।
6 Many entreat the face of the noble, And all have made friendship to a man of gifts.धेरै मानिसहरूले शासकको निगाह खोजछन् अनि प्रत्येकले उदार मानिसको साथी बन्न चाहन्छ। अनि असल मानिसको मित्र हुन चाहन्छ।
7 All the brethren of the poor have hated him, Surely also his friends have been far from him, He is pursuing words -- they are not!गरीब मानिस सित आफन्तहरू पनि टक्टकिन्छन्। साथी भाइहरू पनि त्यस गरीब मानिस देखि पर-पर बस्न चाहन्छन्। उसले जति नै बिन्ति गरोस् कसैले सहायता गर्दैन।
8 Whoso is getting heart is loving his soul, He is keeping understanding to find good.बुद्धि प्राप्त गर्नेले आफ्नै जीवनलाई माया गर्छ। जसले आफ्नो समझ शक्ति बढाउँछ ऊ सधैं उन्नति गरिरहन्छ।
9 A false witness is not acquitted, And whoso breatheth out lies perisheth.एकजना झूटो गवाही दिनेलाई दण्ड दिइने छ। जसले झूटो बोल्छ त्यो ध्वंश हुनेछ।
10 Luxury is not comely for a fool, Much less for a servant to rule among princes.मूर्ख धनी हुनुहुँदैन यस्तै प्रकार एकजना नोकरले राजकुमारमाथि शासन गर्नु हुँदैन।
11 The wisdom of a man hath deferred his anger, And his glory `is' to pass over transgression.ज्ञानी मानिस रिसाउनमा ढिलो हुन्छ अनि गल्ती गर्नेलाई क्षमा दिनु उसको यशको लागि राम्रो हुन्छ।
12 The wrath of a king `is' a growl as of a young lion, And as dew on the herb his good-will.राजाको क्रोध सिंहको गर्जन जस्तो हो, अनि उसको निगाह घाँसमा परेको शीतको थोपा जस्तो हो।
13 A calamity to his father `is' a foolish son, And the contentions of a wife `are' a continual dropping.मूर्ख छोरो बाबुको लागि विनाशको बाढी हो, अनि झगडालु पत्नी नित्त्य पानी चुहुने घर जस्तै हो।
14 House and wealth `are' the inheritance of fathers, And from Jehovah `is' an understanding wife.धन सम्पत्ति तथा घर आफ्नो आमा-बाबुबाट पाइन्छ, तर विवेकशील पत्नी चाहिँ परमप्रभुबाट आउँछे।
15 Sloth causeth deep sleep to fall, And an indolent soul doth hunger.अल्छीपनले गहिरो निद्रा लगाँउछ, अनि अल्छी मानिस भोक भोकै रहन्छ।
16 Whoso is keeping the command is keeping his soul, Whoso is despising His ways dieth.जसले कानून मानेर चल्छ उसको जीवन सुरक्षित हुन्छ, तर जसले आफूले के गर्यो त्यसको विषयमा वास्ता गर्दैन भने त्यो मर्नेछ।
17 Whoso is lending `to' Jehovah is favouring the poor, And his deed He repayeth to him.गरीब माथि दया गर्नु परमप्रभुलाई सापट दिनु हो। अनि परमप्रभुले उसलाई र्फिता तिर्नु हुनेछ।
18 Chastise thy son, for there is hope, And to put him to death lift not up thy soul.सुध्रिने आशा अझै छ भने तिम्रो छोरालाई शिक्षा देऊ नत्र भने तिमीले उसको मृत्युको लागि सहयोग गरेका हुनेछौ।
19 A man of great wrath is bearing punishment, For, if thou dost deliver, yet again thou dost add.यदि कसैलाई सजिलै रीस उठ्छ भने, उसले त्यसको मूल्य चुकाउनु पर्छ। यदि तिमी उसलाई बचाउँछौ भने उसले त्यो गल्ती दोहर्याइरहन्छ।
20 Hear counsel and receive instruction, So that thou art wise in thy latter end.उपदेश सुन अनि अनुशासीत भई बस। यस प्रकार अन्त्यमा तिमी ज्ञानी हुनेछौ।
21 Many `are' the purposes in a man's heart, And the counsel of Jehovah it standeth.मानिसले हृदयमा अनेकौं कुराहरू गर्न भनी सोच्छ, त्यही हुन्छ जो परमेश्वरले चाहनु हुन्छ।
22 The desirableness of a man `is' his kindness, And better `is' the poor than a liar.विश्वासले मानिसलाई आनन्दायक बनाउँछ, यसकारण झूट हुनु भन्दा गरीब हुनु नै असल हो।
23 The fear of Jehovah `is' to life, And satisfied he remaineth -- he is not charged with evil.परमप्रभु प्रतिको डरले जीवन दिन्छ र व्याक्तिका आवश्यकताहरू पूरा हुन्छन अनि दुःखले उसलाई छुन सक्दैन।
24 The slothful hath hidden his hand in a dish, Even unto his mouth he bringeth it not back.एकजना अल्छेले उसको हात भाडा भित्र हाल्छ, तर उसले त्यसलाई उठाएर आफ्नो मुखमा पुर्याउँदैन्।
25 A scorner smite, and the simple acts prudently, And give reproof to the intelligent, He understandeth knowledge.मूर्खलाई सजाय देऊ ताकि अनुभव नभएकाहरू विवेकशील होउन्।
26 Whoso is spoiling a father causeth a mother to flee, A son causing shame, and bringing confusion.जसले आफ्नो बाबुलाई नराम्रो व्यवहार गर्छ, अनि आफ्नो आमालाई टाढा खेद्छ ऊ लाजमर्दो कलंकित छोरा हो।
27 Cease, my son, to hear instruction -- To err from sayings of knowledge.हे मेरो छोरो, यदि तिमीले अनुशासनलाई ध्यान दिन छाड्यौ भने तिमी ज्ञानी वचनहरूबाट पनि टाढिन्छौ।
28 A worthless witness scorneth judgment, And the mouth of the wicked swalloweth iniquity.झूटो गवाहीले न्यायको खिल्ली उडाउँछ। दुष्ट मानिसहरू द्वारा भनेका कुराहरूले अझ दुष्टता मात्र बढाउँछ।
29 Judgments have been prepared for scorners, And stripes for the back of fools!जसले आफैंलाई अरू भन्दा असल सम्झन्छ उसले सजाय भोग्नु पर्छ। त्यस्तो मूर्खहरूले कुटाई भेट्छन्।
Nepali Bible