Proverbs 19 - KJV (Nepali)
1 Better is the poor that walketh in his integrity, than he that is perverse in his lips, and is a fool.कुटिलता पूर्ण प्रयोग गर्ने मूर्ख भन्दा निष्कलंक गरीब असल हो।
2 Also, that the soul be without knowledge, it is not good; and he that hasteth with his feet sinneth.बिनाज्ञान उत्साहीत हुनु राम्रो होइन। यदि तिमी धेरै हतार गर्छौ भने विराउने छौ।
3 The foolishness of man perverteth his way: and his heart fretteth against the LORD.मानिसले आफ्नै भूलले आफ्नो जीवन नष्ट पार्छ, तर त्यसको दोष परमप्रभुलाई लगाउँछ।
4 Wealth maketh many friends; but the poor is separated from his neighbour.धनले धेरै मित्रहरू बनाउँछ, तर गरीबलाई आफ्नै भित्रले पनि त्यागि दिन्छ।
5 A false witness shall not be unpunished, and he that speaketh lies shall not escape.झूटो गवाहीले सजाय पाउँछ नै अनि जुन मानिस झूटो बोलिरहन्छ त्यो बाँच्नु सक्तैन।
6 Many will intreat the favour of the prince: and every man is a friend to him that giveth gifts.धेरै मानिसहरूले शासकको निगाह खोजछन् अनि प्रत्येकले उदार मानिसको साथी बन्न चाहन्छ। अनि असल मानिसको मित्र हुन चाहन्छ।
7 All the brethren of the poor do hate him: how much more do his friends go far from him? he pursueth them with words, yet they are wanting to him.गरीब मानिस सित आफन्तहरू पनि टक्टकिन्छन्। साथी भाइहरू पनि त्यस गरीब मानिस देखि पर-पर बस्न चाहन्छन्। उसले जति नै बिन्ति गरोस् कसैले सहायता गर्दैन।
8 He that getteth wisdom loveth his own soul: he that keepeth understanding shall find good.बुद्धि प्राप्त गर्नेले आफ्नै जीवनलाई माया गर्छ। जसले आफ्नो समझ शक्ति बढाउँछ ऊ सधैं उन्नति गरिरहन्छ।
9 A false witness shall not be unpunished, and he that speaketh lies shall perish.एकजना झूटो गवाही दिनेलाई दण्ड दिइने छ। जसले झूटो बोल्छ त्यो ध्वंश हुनेछ।
10 Delight is not seemly for a fool; much less for a servant to have rule over princes.मूर्ख धनी हुनुहुँदैन यस्तै प्रकार एकजना नोकरले राजकुमारमाथि शासन गर्नु हुँदैन।
11 The discretion of a man deferreth his anger; and it is his glory to pass over a transgression.ज्ञानी मानिस रिसाउनमा ढिलो हुन्छ अनि गल्ती गर्नेलाई क्षमा दिनु उसको यशको लागि राम्रो हुन्छ।
12 The king's wrath is as the roaring of a lion; but his favour is as dew upon the grass.राजाको क्रोध सिंहको गर्जन जस्तो हो, अनि उसको निगाह घाँसमा परेको शीतको थोपा जस्तो हो।
13 A foolish son is the calamity of his father: and the contentions of a wife are a continual dropping.मूर्ख छोरो बाबुको लागि विनाशको बाढी हो, अनि झगडालु पत्नी नित्त्य पानी चुहुने घर जस्तै हो।
14 House and riches are the inheritance of fathers: and a prudent wife is from the LORD.धन सम्पत्ति तथा घर आफ्नो आमा-बाबुबाट पाइन्छ, तर विवेकशील पत्नी चाहिँ परमप्रभुबाट आउँछे।
15 Slothfulness casteth into a deep sleep; and an idle soul shall suffer hunger.अल्छीपनले गहिरो निद्रा लगाँउछ, अनि अल्छी मानिस भोक भोकै रहन्छ।
16 He that keepeth the commandment keepeth his own soul; but he that despiseth his ways shall die.जसले कानून मानेर चल्छ उसको जीवन सुरक्षित हुन्छ, तर जसले आफूले के गर्यो त्यसको विषयमा वास्ता गर्दैन भने त्यो मर्नेछ।
17 He that hath pity upon the poor lendeth unto the LORD; and that which he hath given will he pay him again.गरीब माथि दया गर्नु परमप्रभुलाई सापट दिनु हो। अनि परमप्रभुले उसलाई र्फिता तिर्नु हुनेछ।
18 Chasten thy son while there is hope, and let not thy soul spare for his crying.सुध्रिने आशा अझै छ भने तिम्रो छोरालाई शिक्षा देऊ नत्र भने तिमीले उसको मृत्युको लागि सहयोग गरेका हुनेछौ।
19 A man of great wrath shall suffer punishment: for if thou deliver him, yet thou must do it again.यदि कसैलाई सजिलै रीस उठ्छ भने, उसले त्यसको मूल्य चुकाउनु पर्छ। यदि तिमी उसलाई बचाउँछौ भने उसले त्यो गल्ती दोहर्याइरहन्छ।
20 Hear counsel, and receive instruction, that thou mayest be wise in thy latter end.उपदेश सुन अनि अनुशासीत भई बस। यस प्रकार अन्त्यमा तिमी ज्ञानी हुनेछौ।
21 There are many devices in a man's heart; nevertheless the counsel of the LORD, that shall stand.मानिसले हृदयमा अनेकौं कुराहरू गर्न भनी सोच्छ, त्यही हुन्छ जो परमेश्वरले चाहनु हुन्छ।
22 The desire of a man is his kindness: and a poor man is better than a liar.विश्वासले मानिसलाई आनन्दायक बनाउँछ, यसकारण झूट हुनु भन्दा गरीब हुनु नै असल हो।
23 The fear of the LORD tendeth to life: and he that hath it shall abide satisfied; he shall not be visited with evil.परमप्रभु प्रतिको डरले जीवन दिन्छ र व्याक्तिका आवश्यकताहरू पूरा हुन्छन अनि दुःखले उसलाई छुन सक्दैन।
24 A slothful man hideth his hand in his bosom, and will not so much as bring it to his mouth again.एकजना अल्छेले उसको हात भाडा भित्र हाल्छ, तर उसले त्यसलाई उठाएर आफ्नो मुखमा पुर्याउँदैन्।
25 Smite a scorner, and the simple will beware: and reprove one that hath understanding, and he will understand knowledge.मूर्खलाई सजाय देऊ ताकि अनुभव नभएकाहरू विवेकशील होउन्।
26 He that wasteth his father, and chaseth away his mother, is a son that causeth shame, and bringeth reproach.जसले आफ्नो बाबुलाई नराम्रो व्यवहार गर्छ, अनि आफ्नो आमालाई टाढा खेद्छ ऊ लाजमर्दो कलंकित छोरा हो।
27 Cease, my son, to hear the instruction that causeth to err from the words of knowledge.हे मेरो छोरो, यदि तिमीले अनुशासनलाई ध्यान दिन छाड्यौ भने तिमी ज्ञानी वचनहरूबाट पनि टाढिन्छौ।
28 An ungodly witness scorneth judgment: and the mouth of the wicked devoureth iniquity.झूटो गवाहीले न्यायको खिल्ली उडाउँछ। दुष्ट मानिसहरू द्वारा भनेका कुराहरूले अझ दुष्टता मात्र बढाउँछ।
29 Judgments are prepared for scorners, and stripes for the back of fools.जसले आफैंलाई अरू भन्दा असल सम्झन्छ उसले सजाय भोग्नु पर्छ। त्यस्तो मूर्खहरूले कुटाई भेट्छन्।
Nepali Bible