Bible

Proverbs 18 - WEB (Nepali)

1 An unfriendly man pursues selfishness, And defies all sound judgment.एक्ले बस्ने मानिसले उसका आफ्नै स्वार्थी इच्छाहरू पूरा गर्न खोज्छ। उसले विवेकपूर्ण सल्लाहलाई गिल्ला गर्छ।

2 A fool has no delight in understanding, But only in revealing his own opinion.मूर्ख मानिसले अर्काको अर्ति सुन्न रूचाउँदैन। त्यस्तो मानिसले उसको आफ्नै मात्र विचार व्यक्त गर्न चहान्छ।

3 When wickedness comes, contempt also comes, And with shame comes disgrace.जब दुष्टता आउँछ, तब घृणा पनि आउँछ, अनि अपमानसित बदनाम आउँछ।

4 The words of a man's mouth are like deep waters. The fountain of wisdom is like a flowing brook.मानिसका बचनहरू गहिरो पानी झैं हुन्, ज्ञानको स्रोत एउटा बेग्ले बग्ने झरना झैं हो।

5 To be partial to the faces of the wicked is not good, Nor to deprive the innocent of justice.एकजना दोषी मानिसको पक्ष लिएर निर्दोष मानिसलाई अन्याय गर्नु अत्यन्तै अनुचित हो।

6 A fool's lips come into strife, And his mouth invites beatings.मूर्खहरूको ओंठहरूले बहस ल्याउँछ उसको मुखले थप्पड खोज्छ।

7 A fool's mouth is his destruction, And his lips are a snare to his soul.मूर्खको मुखले उस माथि विपत्ति ल्याउँछ, उसको ओठहरू एउटा पासो जस्तै हो उसको आफ्नै जीवनलाई समात्छ।

8 The words of a gossip are like dainty morsels: They go down into a person's innermost parts.मानिसहरू सधैं बदनाम गराउने झूटा कुराहरूले बहकाउने मानसिको मुखबाट सुन्न मन पराउँछन, अनि त्यस्ता कुराहरू मीठो भोजन झैं पेट भित्र जान्छन्।

9 One who is slack in his work Is brother to him who is a master of destruction.यो निश्चय हो कि जसले आफ्नो काम अल्छी गरि गर्छ, त्यो सर्वनाश गर्नेको भाइ जत्ति कै हो।

10 The name of Yahweh is a strong tower: The righteous run to him, and are safe.परमप्रभुको नाम एउटा दृढ किल्ला झैं हो, धर्मीहरू यसभित्र कुद्छन् र सुरक्षित रहन्छन्।

11 The rich man's wealth is his strong city, Like an unscalable wall in his own imagination.एकजना धनी मानिसको सम्पत्ति उसको निम्ति बलियो किल्ला झैं हो, उसले यसलाई अग्लो पर्खाल जस्तो सम्झिन्छ।

12 Before destruction the heart of man is proud, But before honor is humility.मानिसको पतन हुनु अघि उसको मनमा अहंकार आउँछ तर नम्रता आदरको अघि आउँछ।

13 He who gives answer before he hears, That is folly and shame to him.जसले कुरा सुन्न अघि उत्तर दिन्छ ऊ झमेला गराउँने मूर्ख हो।

14 A man's spirit will sustain him in sickness, But a crushed spirit, who can bear?जब मानिस बिमारी हुन्छ उसको आत्माले उसलाई बीमार सहने शक्ति दिन्छ, तर चोट लगेको आत्मालाई कसले सहन सक्छ?

15 The heart of the discerning gets knowledge. The ear of the wise seeks knowledge.एकजना विवेकशीलले मानिसले सधैं केही चीज सिक्न चाहँन्छ। एउटा ज्ञानी मानिसले ज्ञान लिन ध्यान दिएर सुन्छ।

16 A man's gift makes room for him, And brings him before great men.उपहारले एकजना मानिसको निम्ति ढोका उर्घाछ, अनि त्यो मानिस महापुरूषहरूको सामुन्ने पुग्न सक्छ।

17 He who pleads his cause first seems right; Until another comes and questions him.आफ्नो मुद्दाको बारेमा बोल्ने पहिलो मानिस, अर्को मानिसबाट केरकार नहुञ्जेलसम्म सही जस्तो लाग्छ।

18 The lot settles disputes, And keeps strong ones apart.गोला हालेर झगडा मोटिन्छ अनि शक्तिशाली प्रति-द्वन्द्विहरूलाई छुट्टाइन्छ।

19 A brother offended is more difficult than a fortified city; And disputes are like the bars of a castle.यदि साथीलाई अपमान गरेर उसलाई मनाउनु एउटा बलियो पर्खालले घेरिएको शहरलाई कब्जा गर्नु भन्दा गाह्रो पर्छ।

20 A man's stomach is filled with the fruit of his mouth. With the harvest of his lips he is satisfied.आफ्नो मुखको फलले मानिसले पेट भर्छ, जे उसको ओठले उत्पन्न गर्छ त्यसमा ऊ सन्तुष्ट हुन्छ।

21 Death and life are in the power of the tongue; Those who love it will eat its fruit.आफैंले बोलेको शब्दहरूले आफैंलाई जीवन अथवा मृत्यु बोलाइ दिन्छ। यसर्थ बोल्नु मन पराउने मानिसले आफूले बोलेको शब्दहरूले के ल्याँउछ स्वीकार्नु तत्पर रहनु पर्छ।

22 Whoever finds a wife finds a good thing, And obtains favor of Yahweh.जसले पत्नी भेटूछ उसले उत्तम कुरो भेटूयो। परमप्रभुबाट उसले अनुग्रह प्राप्त गरेको छ।

23 The poor plead for mercy, But the rich answer harshly.गरीब मानिसहरूलाई दयाको भिक्षा चाहिन्छ तर धनी मानिसहरूले खस्रो जवाफ दिन्छन्।

24 A man of many companions may be ruined, But there is a friend who sticks closer than a brother.धेरै मित्रहरू भएको मानिसले आफैंलाई हानी गर्छ, तर कुनै भित्र यस्तो पनि हुन्छ जो आफ्नै दाज्युभाई भन्दा पनि विश्वासीहुन्छ।

Nepali Bible