Bible

Proverbs 17 - DBY (Nepali)

1 Better is a dry morsel, and quietness therewith, than a house full of feasting [with] strife.प्रत्येक मानिसले झगडा गर्दै खाद्ययन्ले भरिएको घरमा बस्नु भन्दा एक टुक्रा सूख्खा रोटी खाँदै शान्तिमा बस्नु असल हो।

2 A wise servant shall rule over a son that causeth shame, and shall have part in the inheritance among the brethren.एकजना बुद्धिमान नोकरले एकजना हडबडाउने छोरामाथि शासन् गर्छ, अनि उसले एउटा दाज्यू-भाई झैं पैतृक धन प्राप्त गर्छ।

3 The fining-pot is for silver, and the furnace for gold; but Jehovah trieth the hearts.सुन अनि चादीलाई तिनीहरू कति शुद्ध छन् भनी हेर्न आगोमा पगालीन्छ, अनि मनुष्यको हृदय परमप्रभुद्वारा जाचिन्छ।

4 The evil-doer giveth heed to iniquitous lips; the liar giveth ear to a mischievous tongue.दुष्ट मानिसले अरू मानिसहरूले बोलेको दुष्ट चीजहरूमा ध्यान दिन्छ, अनिढँटुवाहरूले अरूको निन्दा सुन्छ।

5 Whoso mocketh a poor [man] reproacheth his Maker; he that is glad at calamity shall not be held innocent.जसले गरीबलाई घृणा गर्छ उसले सृष्टिकर्तालाई अपमान गर्छ। जो अरूको विपत्तिमा रमाउँछ ऊ दण्डबाट उम्कने छैन।

6 Children's children are the crown of old men; and the glory of children are their fathers.नाति-नातिनीहरू बृद्धमानिसको निम्ति मुकुट हुन्, अनि आमा-बाबुहरू आफ्ना छरा-छरीका गौरव हुन्।

7 Excellent speech becometh not a vile [man]; how much less do lying lips a noble!मूर्ख मानिसले धेरै बोल्नु असल हुदैन, त्यसरी नै शासकलाई झूटो बोल्नु सुहाउँदैन।

8 A gift is a precious stone in the eyes of the possessor: whithersoever it turneth it prospereth.घूस ग्रहण गर्ने मानिसलाई घूस महामन्त्र झैं लाग्छ, र त्यो मानिस जहाँ जान्छ वही उसले सफलता पाए जस्तो लाग्छ।

9 He that covereth transgression seeketh love; but he that bringeth a matter up again separateth very friends.जसले अरूको गल्तीको बारेमा भूलिदिन्छ उसले प्रेमलाई अघि बढाउँनेछ, तर जसले अर्काको गल्ती घरि-घरि ल्याउँछ त्यसले घनिष्ट साथीहरूलाई गुमाउँछ।

10 A reproof entereth more deeply into him that hath understanding than a hundred stripes into a fool.विवेकी मानिसलाई एउटा वचनले जति असर पार्छ, मूर्खलाई एक सय कोर्राले पनि असर पार्दैन।

11 An evil [man] seeketh only rebellion; but a cruel messenger shall be sent against him.एउटा दुष्ट मानिस सधैं नै बिद्रोह गरिरहन्छ। यसर्थ उसको बिरोधमा एकजना निष्ठूरी मानिस पठाइन्छ।

12 Let a bear robbed of her whelps meet a man rather than a fool in his folly.मूर्खको सामुने पर्नु भन्दा बच्चाहरू खोसिएको भालूको सामने पर्नु असल हुन्छ।

13 Whoso rewardeth evil for good, evil shall not depart from his house.यदि कसैले असलको बद्ला दुष्टाईंले लिन्छ भने घरले सधैं कठिनाइहरूको सामना गर्नेछ।

14 The beginning of contention is [as] when one letteth out water; therefore leave off strife before it become vehement.झगडा शुरू गर्नुको अर्थ नदीको बाँधमा प्वाल पार्नु बराबरै हो। यसैकारण नियन्त्रण भन्दा बाहिर जानु अघिनै बहसलाई अन्त गरिदेऊ।

15 He that justifieth the wicked, and he that condemneth the righteous, even they both are abomination to Jehovah.जसले एउटा दोषी मानिसलाई निर्दोष ठहराउँछ अनि एउटा निर्दोष मानिसलाई दोषी, तिनीहरू दुवैलाई परमप्रभुले घृणा गर्नु हुन्छ।

16 To what purpose is there a price in the hand of a fool to get wisdom, seeing [he] hath no sense?एकजना मूर्खलाई सम्पत्तिको के काम? ज्ञान किन्न? उसको दिमाग नै छैन।

17 The friend loveth at all times, and a brother is born for adversity.असल मित्रले सधैं माया गरिरहेको हुन्छ। त्यसरी नै साँचो दाज्यू-भाइले पनि कष्टको समयमा सहायता पुर्याइरहेको हुन्छ।

18 A senseless man striketh hands, becoming surety for his neighbour.समझ नभएको मानिसले नै वाचा-बन्धन गर्छ। अनि अर्काको ऋणमा जमानी बस्छ।

19 He loveth transgression that loveth a quarrel; he that maketh high his gate seeketh destruction.लडाईं-झगडा मन पराउनेले पाप मन पराउँछ, अनि जसले शेखी गर्छ उसले त आफ्नै सर्वनाशलाई निम्तो दिन्छ।

20 He that hath a perverse heart findeth no good; and he that shifteth about with his tongue falleth into evil.कुटिल हृदय भएको मानिसको कहिल्यै उन्नति हुँदैन, अनि जसको बोलीमा छल कपट हुन्छ त्यो त आफैं सत्यनाश हुन्छ।

21 He that begetteth a fool [doeth it] to his sorrow, and the father of a vile [man] hath no joy.मूर्ख छोरा भएको पिता दुःखी हुन्छ। मूर्ख छोरोको बाबु कहिल्यै सुखी हुँदैन।

22 A joyful heart promoteth healing; but a broken spirit drieth up the bones.आफ्नो मनलाई प्रसन्न राख्नु नै सब भन्दा असल औषधी सेवन गर्नु हो। दुःखेको मनले हड्डीहरू पनि नरम पारिदिन्छ।

23 A wicked [man] taketh a gift out of the bosom, to pervert the paths of judgment.एकजना दुष्ट मानिसले न्याय बिर्गानको लागि गोप्य तरिकाले घूस दिन्छ।

24 Wisdom is before him that hath understanding; but the eyes of a fool are in the ends of the earth.ठीक विचार भएको मानिसले सधै ज्ञानको बिषयमा सोचिरहन्छ तर मूर्ख मानिसले सधैं टाडा-टाडा ठाउँको सपना देख्छ।

25 A foolish son is a grief to his father, and bitterness to her that bore him.मूर्ख छोरोले उसको बाबुलाई शोक दिइरहन्छ, अनि आफूलाई जन्म दिने आमालाई पीर मार्कामा पार्छ।

26 To punish a righteous [man] is not good, nor to strike nobles because of [their] uprightness.अन्याय नगरी दण्ड दिनु गल्ती हो। यसरी नै ईमानदार अगुवाहरूलाई ठीक काम गरे बापत सजाय दिनु अनुचित हो।

27 He that hath knowledge spareth his words; and a man of understanding is of a cool spirit.एकजना ज्ञानी मानिस सजिलै रिसाउँदैन। ज्ञानी मानिसले होशियारसित शब्द प्रयोग गर्दै बात मार्छ।

28 Even a fool when he holdeth his peace is reckoned wise, [and] he that shutteth his lips, intelligent.चुपचाप बसे मूर्खलाई पनि ज्ञानी ठानिन्छ अनि जसले उसको मुखतालाई बन्द राख्छ ऊ विवेकी देखिन्छ।

Nepali Bible