Proverbs 16 - YLT (Nepali)
1 Of man `are' arrangements of the heart, And from Jehovah an answer of the tongue.मानिसले भन्न चाहन्छ त्यो आफूले निर्णय गर्छ तर त्यो कुरा व्यक्त गर्नु चाहिने ठीक शब्दहरू चुन्नमा ऊ परमप्रभुमा भर पर्छ।
2 All the ways of a man are pure in his own eyes, And Jehovah is pondering the spirits.मानिसले सोच्छ कि उसले गरेको प्रत्येक कुराहरू सही हो तर परमप्रभुले उसका अभिप्रायहरू जाँच्नु हुन्छ।
3 Roll unto Jehovah thy works, And established are thy purposes,तिनीले जे सुकै गर त्यसलाई परमप्रभुमा सुम्पिदेऊ, अनि तिम्रो योजना सफल हुनेछ।
4 All things hath Jehovah wrought for Himself, And also the wicked `worketh' for a day of evil.परमप्रभुको प्रत्येक वस्तुको लागि आफ्नो उद्देश्यमूलक योजनाले रच्नु भएको हो, दुष्ट मानिसहरूलाई पनि उहाँले तिनीहरूको विपत्तिको योजना गर्नु भएको छ।
5 An abomination to Jehovah `is' every proud one of heart, Hand to hand he is not acquitted.जुन मानिसले आफूलाई अरू भन्दा असल सम्झन्छ त्यसलाई परमप्रभुले घृणा गर्नु हुन्छ। निसंन्देह त्यस्तो घमण्डी मानिसलाई उहाँले दण्ड दिनु हुन्छ।
6 In kindness and truth pardoned is iniquity, And in the fear of Jehovah Turn thou aside from evil.राज भक्ति अनि विश्वासयोग्यताले दोषलाई मेटिदिन्छ। अनि परमप्रभु प्रतिको सम्मानले विपत्तिबाट बचाउँछ।
7 When a man's ways please Jehovah, even his enemies, He causeth to be at peace with him.परमप्रभुलाई जब एकजना मानिसको मार्ग मन पर्छ उहाँले उसको शत्रुलाई पनि ऊ सित प्रेमभावमा बस्ने बनाउनु हुन्छ।
8 Better `is' a little with righteousness, Than abundance of increase without justice.बेइमानीको माध्यमबाट पाएको ठूलो लाभ भन्दा, धार्मिकताबाट कामाएको थोरै धन उत्तम हो।
9 The heart of man deviseth his way, And Jehovah establisheth his step.हृदयमा मानिसले आफ्नो मार्ग ठीक पार्छ तर परमप्रभुले उसको गोडाहरूलाई मार्ग दर्शन गराउनु हुन्छ।
10 An oath `is' on the lips of a king, In judgment his mouth trespasseth not.राजाले बोलेको नै नियम बन्दछ, यसर्थ उसले न्यायसंगत बोल्नु पर्छ।
11 A just beam and balances `are' Jehovah's, His work `are' all the stones of the bag.सही तराजु र नाप परमप्रभु सित सम्बन्धित रहन्छन्। उहाँ चाहानु हुन्छ, कि सबै व्यवसाय-धन्धाहरू न्याय पूर्वक रहुन्।
12 An abomination to kings `is' doing wickedness, For by righteousness is a throne established.राजाले दुष्ट्याई गर्नु घृणीत हो किनभने धार्मीकताद्वारा सिंहासन सबल हुन्छ।
13 The delight of kings `are' righteous lips, And whoso is speaking uprightly he loveth,साँचो कुरा सुन्न मन पराउँने राजाहरूले ईमानदारीसंग बोल्ने मानिसहरूलाई मन पराउँछन्।
14 The fury of a king `is' messengers of death, And a wise man pacifieth it.जब राजा क्रोधित हुन्छ उसले कसैलाई पनि मार्न सक्छ तर ज्ञानी मानिसले उसलाई शान्त गराउँन सक्छ।
15 In the light of a king's face `is' life, And his good-will `is' as a cloud of the latter rain.राजा खुशी भए प्रत्येकको जीवन राम्रो हुन्छ। जब राजा तिमी सित खुशी हुन्छ, तब वसन्त ऋतुमा बादलबाट पानी परे झैं हुन्छ।
16 To get wisdom -- how much better than gold, And to get understanding to be chosen than silver!ज्ञान प्राप्त गर्नु सुन भन्दा असल हो! समझशक्तिलाई प्राप्त गर्नु चाँदी भन्दा असल हो।
17 A highway of the upright `is', `Turn from evil,' Whoso is preserving his soul is watching his way.धर्मी मानिसहरूको बाटोले दुर्भाग्यलाई त्याग्छ, आत्मालाई जोगाउँन चाहने मानिसले ऊ कहाँ जान्छ त्यसको ख्याल गर्नु पर्छ।
18 Before destruction `is' pride, And before stumbling -- a haughty spirit.'सर्वनाश भन्दा अघि अहंकार आँउछ, अनि घमण्ड अपमानको अघि आउँछ।
19 Better is humility of spirit with the poor, Than to apportion spoil with the proud.अहंकारी मानिससित लूटको धन बाँडनु भन्दा नम्र भएर गरीब मानिससित नम्र झैं बस्नु असल हो।
20 The wise in any matter findeth good, And whoso is trusting in Jehovah, O his happiness.मानिसहरूले उपदेश दिंदा जसले सुन्छ त्यो मानिसलाई लाभ हुन्छ, अनि जसले परमप्रभु माथि भरोसा गर्छ त्यो धन्य हुन्छ।
21 To the wise in heart is called, `Intelligent,' And sweetness of lips increaseth learning.ज्ञानी हृदय भएको मानिसलाई विवेकशील मानिस भनिन्छ, अनि कर्णमधु शब्दले ज्ञान बढाउछ।
22 A fountain of life `is' understanding to its possessors, The instruction of fools is folly.तीब्र-बुद्धि भएको मानिसलाई बुद्धि जीवनको मूल हुन्छ, तर मूर्खहरूलाई तिनीहरूको मूर्खताले नै दण्ड भोगाउँछ।
23 The heart of the wise causeth his mouth to act wisely, And by his lips he increaseth learning,बुद्धिमानको हृदयले आफ्नो बोलीमा नियन्त्रण ल्याउँछ, र उसको ओठले शिक्षा बढाउँछन्।
24 Sayings of pleasantness `are' a honeycomb, Sweet to the soul, and healing to the bone.आनन्दयाक बोली मह झैं हुन्छ, यसले आत्मामा आनन्द दिन्छ यसले शरीरमा चंगाई ल्याउँछ।
25 There is a way right before a man, And its latter end -- ways of death.कहिले कही यस्तो लाग्छ कि बाटो सही छ, तर अन्त्यमा त्यस बाटोले मृत्यु तिर पुर्याउँछ।
26 A labouring man hath laboured for himself, For his mouth hath caused `him' to bend over it.परिश्रमी मानिसहरूलाई उसको भोकले नै काम गराई राख्छ। उसको भोकले उसलाई काम गराउँछ ताकि उसले खान पाओस्।
27 A worthless man is preparing evil, And on his lips -- as a burning fire.एकजना बेकाम्मा मानिसले दुष्ट योजना बनाउँछ अनि उसको उपदेशलाई आगोले झैं ध्वंश पारी दिन्छ।
28 A froward man sendeth forth contention, A tale-bearer is separating a familiar friend.एकजना झगडालु मानिसले सधैं बहसहरू सृजना गर्छ, अनि एकजना निन्दा गर्नेले घनिष्ट मित्रहरू बीच लडाइँ गराउँछ।
29 A violent man enticeth his neighbour, And hath causeth him to go in a way not good.एकजना उपद्रवी मानिसले उसको छिमेकिलाई ठग्छ। उसले आफ्नो मित्रलाई अनुचित बाटोमा डोर्याउँछ।
30 Consulting his eyes to devise froward things, Moving his lips he hath accomplished evil.जब मानिस हाँस्दै एउटा आँख झिम्क्याउँछ भने, उसले नराम्रो योजना बनाएको हुन्छ। अर्कालाई विगार्न आफू मुस्कुराउँदै काम गर्ने मानिस हुन्छ।
31 A crown of beauty `are' grey hairs, In the way of righteousness it is found.फूलेको केश इमान्दार जीवन जीउने मानिसहरूको गरीमाको मुकुट हुन्छ।
32 Better `is' the slow to anger than the mighty, And the ruler over his spirit than he who is taking a city.मानिस धैर्यवान् हुनु लडाकु योद्धा भन्दा पनि उत्तम हो, जसले आफ्नो क्रोधलाई नियन्त्रणमा राख्छ, त्यो नगर जित्ने मानिस भन्दा पनि राम्रो मानिस हो।
33 Into the centre is the lot cast, And from Jehovah `is' all its judgment!चिट्ठा, मानिसहरू द्वारा फ्याँकिन्छ तर त्यसको निर्णय परमप्रभुले गर्नु हुन्छ।
Nepali Bible