Bible

Proverbs 13 - WEB (Nepali)

1 A wise son listens to his father's instruction, But a scoffer doesn't listen to rebuke.एक ज्ञानी छोरोले आफ्नो बाबुको कुरा राम्ररी सुन्छ, तर घमण्डी मानिसले हप्काइलाई ग्रहण गर्दैन।

2 By the fruit of his lips, a man enjoys good things; But the unfaithful crave violence.तिनीहरूले भनेका कुराहरूको लागि असल मानिसहरू पुरस्कृत हुन्छन्, तर दुष्ट मानिस सधैं खराब काम मात्र गर्न चाहान्छन्।

3 He who guards his mouth guards his soul. One who opens wide his lips comes to ruin.एकजना मानिस जसले आफ्नो मुखलाई काबुमा राख्छ उसले आफ्नै जीवनलाई रक्षा गर्छ। तर जो मानिस केही नसम्झी अथवा बेफिक्री धेरै बोल्छ त्यसले आफैंमाथि विपत्ति र विनाश ल्याउँछ।

4 The soul of the sluggard desires, and has nothing, But the desire of the diligent shall be fully satisfied.अल्छे मानिसको धेरै चाहनहरू हुन्छन् तर उसले केही पाउँदैन तर परिश्रमी मानिस सँग उसले चाहे भन्दा ज्यादा चीज हुन्छ।

5 A righteous man hates lies, But a wicked man brings shame and disgrace.धर्मी मानिसहरूले झूटलाई घृणा गर्छन्। तर दुष्ट मानिसहरूले शर्मलाग्दो अनि बेइज्जतीपूर्ण व्यवहार गर्छन्।

6 Righteousness guards the way of integrity, But wickedness overthrows the sinner.इमान्दरिताले निर्दोषहरूको रक्षा गर्छ, तर दुष्टताले पापीहरूलाई नष्ट पार्छ।

7 There are some who pretend to be rich, yet have nothing. There are some who pretend to be poor, yet have great wealth.यस्ता मानिसहरू छन् जो धनी छौ भनी बहाना गर्छ, तर उनीहरूसँग केही पनि हुँदैन, अनि यस्ता मानिसहरू छन् जो गरिब भएको वहान गर्छन् तर उनीहरूसँग धेरै सम्पत्ति हुन्छ।

8 The ransom of a man's life is his riches, But the poor hear no threats.धनी मानिसले आफ्नो ज्यान जोगाउनुलाई धेरै धन खर्च गर्ला, तर गरीब मानिसलाई त्यस्तो अवस्था कतै आइलाग्दैन।

9 The light of the righteous shines brightly, But the lamp of the wicked is snuffed out.एकजना धर्मी मानिस उज्यालोमा चम्कने दीप जस्तै हो तर दुष्ट मानिस प्रकाश नभएको दीप जस्तै हो।

10 Pride only breeds quarrels, But with ones who take advice is wisdom.घमण्डले झगडा मात्र बढाउँछ, तर जो मानिस नम्रतापूर्वक अरूको उपदेश सुन्छ त्यो ज्ञानी हुन्छ।

11 Wealth gained dishonestly dwindles away, But he who gathers by hand makes it grow.यदि कसैले पैसा ठग्छ भने उसको पैसा चाँडै शेष हुन्छ, तर जसले आफ्नो परिश्रमले एक-एक पैसा गर्दै कमाउँछ उसको धन बढेर जान्छ।

12 Hope deferred makes the heart sick, But when longing is fulfilled, it is a tree of life.पूरा नभएको र स्थगित रहेको आशाले मन दुःखित बनाउँछ, तर इच्छा पूरा हुनु एउटा जीवनको वृक्ष जस्तो हो।

13 Whoever despises instruction will pay for it, But he who respects a command will be rewarded.मानिस जसले अर्तीलाई आदर गर्दैन उसले आफैंमा दुःख ल्याउँछ, तर जसले आज्ञालाई आदर गर्छ ऊ पुरस्कृत हुनेछ।

14 The teaching of the wise is a spring of life, To turn from the snares of death.बुद्धिमानी मानिसको शिक्षा जीवनको मूल हो, यसले मानिसहरूलाई मृत्युको पासोबाट फर्काउँछ।

15 Good understanding wins favor; But the way of the unfaithful is hard.बुद्धिमानीले दया पाउछ तर बेईमानको बाटो तिनीहरूको नाश हो।

16 Every prudent man acts from knowledge, But a fool exposes folly.प्रत्येक समझदार मानिसले आफ्नो ज्ञानद्वारा कर्म गर्छ। तर मूर्खले भने आफ्नो मूर्खता मात्र प्रदर्शन गर्छ।

17 A wicked messenger falls into trouble, But a trustworthy envoy gains healing.सन्देशवाहक अविश्वासनीय छ भने त्यसले कष्ट उब्जाउँछ, तर त्यही सन्देशवाहक विश्वासी भए उसले शान्ति ल्याउँछ।

18 Poverty and shame come to him who refuses discipline, But he who heeds correction shall be honored.जसले अर्तीलाई ध्यान दिदैन उसले लाज र दरिद्रताको सामना गर्नु पर्छ। तर जसले शिक्षालाई स्वीकार्छ उसले सम्मान पाउँछ।

19 Longing fulfilled is sweet to the soul, But fools detest turning from evil.यदि कुनै मानिसले उसले चाहेको केही चिज पाउँछ भने ऊ आनन्दित हुन्छ। तर मूर्खहरू दुष्टता र खराब कर्महरूबाट फर्कन घृणा गर्छन्।

20 One who walks with wise men grows wise, But a companion of fools suffers harm.जो ज्ञानीको सँगतमा छ ऊ ज्ञानी हुन्छ। तर जो मूर्खसित मित्रता गर्छ उसले दु;ख पाउँछ।

21 Misfortune pursues sinners, But prosperity rewards the righteous.पापीहरू जहाँ गए पनि कष्टले पछ्याउँछ, तर असल चिजहरू धर्मी मानिसहरूको लागि एउटा इनाम को रूपमा आउँछन्।

22 A good man leaves an inheritance to his children's children, But the wealth of the sinner is stored for the righteous.इमान्दार तथा सज्जन मानिसले आफ्नो छोरा तथा नाति-नातिनाहरूको लागि सम्पत्ति छोडेर जान्छ, तर एउटा पापीले संचय गरेको समपत्ति धर्मीको हुन्छ।

23 An abundance of food is in poor people's fields, But injustice sweeps it away.गरीब मानिसले आफ्नो खेतबाट प्रशस्त बाली उब्जाउन सक्छ तर जब त्यहाँ न्याय हुँदैन भने त्यो बाली खोसिन्छ।

24 One who spares the rod hates his son, But one who loves him is careful to discipline him.जुन मानिसले आफ्नो छोरा-छोरीलाई सजाय दिंदैन उसले तिनीहरूलाई माया पनि गर्दैन, तर जुन मानिसले आफ्नो छोरालाई प्रेम गर्छ उसलाई अनुशासनमा राख्छ।

25 The righteous one eats to the satisfying of his soul, But the belly of the wicked goes hungry.एकजना धर्मी मानिसको प्रचुर मात्रमा खाने कुरा हुन्छ, तर दुष्ट मानिसहरूको पेट भर्न प्रयाप्त खाने कुरा हुँदैन।

Nepali Bible