Proverbs 13 - BBE (Nepali)
1 A wise son is a lover of teaching, but the ears of the haters of authority are shut to sharp words.एक ज्ञानी छोरोले आफ्नो बाबुको कुरा राम्ररी सुन्छ, तर घमण्डी मानिसले हप्काइलाई ग्रहण गर्दैन।
2 A man will get good from the fruit of his lips, but the desire of the false is for violent acts.तिनीहरूले भनेका कुराहरूको लागि असल मानिसहरू पुरस्कृत हुन्छन्, तर दुष्ट मानिस सधैं खराब काम मात्र गर्न चाहान्छन्।
3 He who keeps a watch on his mouth keeps his life; but he whose lips are open wide will have destruction.एकजना मानिस जसले आफ्नो मुखलाई काबुमा राख्छ उसले आफ्नै जीवनलाई रक्षा गर्छ। तर जो मानिस केही नसम्झी अथवा बेफिक्री धेरै बोल्छ त्यसले आफैंमाथि विपत्ति र विनाश ल्याउँछ।
4 The hater of work does not get his desires, but the soul of the hard workers will be made fat.अल्छे मानिसको धेरै चाहनहरू हुन्छन् तर उसले केही पाउँदैन तर परिश्रमी मानिस सँग उसले चाहे भन्दा ज्यादा चीज हुन्छ।
5 The upright man is a hater of false words: the evil-doer gets a bad name and is put to shame.धर्मी मानिसहरूले झूटलाई घृणा गर्छन्। तर दुष्ट मानिसहरूले शर्मलाग्दो अनि बेइज्जतीपूर्ण व्यवहार गर्छन्।
6 Righteousness keeps safe him whose way is without error, but evil-doers are overturned by sin.इमान्दरिताले निर्दोषहरूको रक्षा गर्छ, तर दुष्टताले पापीहरूलाई नष्ट पार्छ।
7 A man may be acting as if he had wealth, but have nothing; another may seem poor, but have great wealth.यस्ता मानिसहरू छन् जो धनी छौ भनी बहाना गर्छ, तर उनीहरूसँग केही पनि हुँदैन, अनि यस्ता मानिसहरू छन् जो गरिब भएको वहान गर्छन् तर उनीहरूसँग धेरै सम्पत्ति हुन्छ।
8 A man will give his wealth in exchange for his life; but the poor will not give ear to sharp words.धनी मानिसले आफ्नो ज्यान जोगाउनुलाई धेरै धन खर्च गर्ला, तर गरीब मानिसलाई त्यस्तो अवस्था कतै आइलाग्दैन।
9 There is a glad dawn for the upright man, but the light of the sinner will be put out.एकजना धर्मी मानिस उज्यालोमा चम्कने दीप जस्तै हो तर दुष्ट मानिस प्रकाश नभएको दीप जस्तै हो।
10 The only effect of pride is fighting; but wisdom is with the quiet in spirit.घमण्डले झगडा मात्र बढाउँछ, तर जो मानिस नम्रतापूर्वक अरूको उपदेश सुन्छ त्यो ज्ञानी हुन्छ।
11 Wealth quickly got will become less; but he who gets a store by the work of his hands will have it increased.यदि कसैले पैसा ठग्छ भने उसको पैसा चाँडै शेष हुन्छ, तर जसले आफ्नो परिश्रमले एक-एक पैसा गर्दै कमाउँछ उसको धन बढेर जान्छ।
12 Hope put off is a weariness to the heart; but when what is desired comes, it is a tree of life.पूरा नभएको र स्थगित रहेको आशाले मन दुःखित बनाउँछ, तर इच्छा पूरा हुनु एउटा जीवनको वृक्ष जस्तो हो।
13 He who makes sport of the word will come to destruction, but the respecter of the law will be rewarded.मानिस जसले अर्तीलाई आदर गर्दैन उसले आफैंमा दुःख ल्याउँछ, तर जसले आज्ञालाई आदर गर्छ ऊ पुरस्कृत हुनेछ।
14 The teaching of the wise is a fountain of life, turning men away from the nets of death.बुद्धिमानी मानिसको शिक्षा जीवनको मूल हो, यसले मानिसहरूलाई मृत्युको पासोबाट फर्काउँछ।
15 Wise behaviour gets approval, but the way of the false is their destruction.बुद्धिमानीले दया पाउछ तर बेईमानको बाटो तिनीहरूको नाश हो।
16 A sharp man does everything with knowledge, but a foolish man makes clear his foolish thoughts.प्रत्येक समझदार मानिसले आफ्नो ज्ञानद्वारा कर्म गर्छ। तर मूर्खले भने आफ्नो मूर्खता मात्र प्रदर्शन गर्छ।
17 A man taking false news is a cause of trouble, but he who gives news rightly makes things well.सन्देशवाहक अविश्वासनीय छ भने त्यसले कष्ट उब्जाउँछ, तर त्यही सन्देशवाहक विश्वासी भए उसले शान्ति ल्याउँछ।
18 Need and shame will be the fate of him who is uncontrolled by training; but he who takes note of teaching will be honoured.जसले अर्तीलाई ध्यान दिदैन उसले लाज र दरिद्रताको सामना गर्नु पर्छ। तर जसले शिक्षालाई स्वीकार्छ उसले सम्मान पाउँछ।
19 To get one's desire is sweet to the soul, but to give up evil is disgusting to the foolish.यदि कुनै मानिसले उसले चाहेको केही चिज पाउँछ भने ऊ आनन्दित हुन्छ। तर मूर्खहरू दुष्टता र खराब कर्महरूबाट फर्कन घृणा गर्छन्।
20 Go with wise men and be wise: but he who keeps company with the foolish will be broken.जो ज्ञानीको सँगतमा छ ऊ ज्ञानी हुन्छ। तर जो मूर्खसित मित्रता गर्छ उसले दु;ख पाउँछ।
21 Evil will overtake sinners, but the upright will be rewarded with good.पापीहरू जहाँ गए पनि कष्टले पछ्याउँछ, तर असल चिजहरू धर्मी मानिसहरूको लागि एउटा इनाम को रूपमा आउँछन्।
22 The heritage of the good man is handed down to his children's children; and the wealth of the sinner is stored up for the upright man.इमान्दार तथा सज्जन मानिसले आफ्नो छोरा तथा नाति-नातिनाहरूको लागि सम्पत्ति छोडेर जान्छ, तर एउटा पापीले संचय गरेको समपत्ति धर्मीको हुन्छ।
23 There is much food in the ploughed land of the poor; but it is taken away by wrongdoing.गरीब मानिसले आफ्नो खेतबाट प्रशस्त बाली उब्जाउन सक्छ तर जब त्यहाँ न्याय हुँदैन भने त्यो बाली खोसिन्छ।
24 He who keeps back his rod is unkind to his son: the loving father gives punishment with care.जुन मानिसले आफ्नो छोरा-छोरीलाई सजाय दिंदैन उसले तिनीहरूलाई माया पनि गर्दैन, तर जुन मानिसले आफ्नो छोरालाई प्रेम गर्छ उसलाई अनुशासनमा राख्छ।
25 The upright man has food to the full measure of his desire, but there will be no food for the stomach of evil-doers.एकजना धर्मी मानिसको प्रचुर मात्रमा खाने कुरा हुन्छ, तर दुष्ट मानिसहरूको पेट भर्न प्रयाप्त खाने कुरा हुँदैन।
Nepali Bible