Proverbs 10:1-30 in Nepali
Proverbs 10:1
एकजना बुद्धिमानी छोरोले आफ्नो बाबुलाई आनन्द दिन्छ भने, एक मूर्ख छोरोले आफ्नी आमालाई कष्ट दिएको हुन्छ।
Proverbs 10:2
खराब काम गरी कमाएको धन सदाको लागि व्यर्थ हुन्छ इमान्दारीताले मानिसहरूलाई मृत्युबाट बचाउँछ।
Proverbs 10:3
परमप्रभुले धर्मीहरूलाई भोकै राख्नु हुन्न तर उहाँले दुष्ट मानिसको लालसालाई पनि विरोध गर्नु हुन्छ।
Proverbs 10:4
अल्छी मानिसले दरिद्रता निम्तयाँउछ भने, एक मेहनती मानिस धनी हुन्छ।
Proverbs 10:5
ग्रीष्म ऋतुमा जसले अन्न जम्मा गरेर राख्छ त्यो ज्ञानी मानिस हो तर जुन मानिस कटनीको समयमा सुत्छ त्यसले शरम ल्याउँछ।
Proverbs 10:6
इमानदार मानिसको शिरमाथि आशीषहरू वर्षन्छन्, तर दुष्ट मानिसको मुखबाट घृणित कुराहरू मात्र निस्कन्छन्।
Proverbs 10:7
एकजना इमान्दार मानिसको स्मरण आशीर्वादको श्रोत हो तर दुष्ट मानिसको नामबाट दुर्गन्ध आँउछ।
Proverbs 10:8
एकजना ज्ञानी मानिसले आज्ञाहरू पालन गर्छ। तर तर्क गर्ने मूर्खले आफैंलाई नासमा पुर्याउँछ।
Proverbs 10:9
ईमानदार मानिस सदा सर्वदाको लागि सुरक्षित भई रहन्छ भने एउटा दुष्ट मानिस अवश्य पतन हुन्छ।
Proverbs 10:10
सच्चाई लुकाउने मानिसले दुःख ल्याउँछ। खुलासँग बोल्ने मानिसले शान्ति ल्याउँछ।
Proverbs 10:11
इमान्दार मानिसको मुख जीवनको स्रोत हो, तर मूर्ख मानिसको मुखबाट घृणीत कुराहरू मात्र निस्कन्छन्।
Proverbs 10:12
घृणाले झगडा उत्पन्न गराउँछ, तर प्रेमले सबै अपराधहरूलाई क्षमा गर्छ।
Proverbs 10:13
बुद्धि, ज्ञानी मानिसहरूको मुखमा पाइन्छ, तर मूर्खलाई उसको पीठ्यूँमा लट्ठीले हिर्काइन्छ।
Proverbs 10:14
बुद्धिमानी मानिसहरूले ज्ञानलाई संचय गर्छन्, तर मूर्खको बोलीलो आपद-विपदहरू मात्र बोलाउँछ।
Proverbs 10:15
धनी मानिसलाई धनले रक्षा गर्छ तर दरिद्रताले गरीब मानिसहरूलाई नष्ट पार्छ।
Proverbs 10:16
एकजना इमान्दार मानिसले जे कमाउँछ, त्यसले जीवन प्रदान गर्छ, तर दुष्ट मानिसको कमाईहरू पापको निम्ति प्रयोग हुन्छ।
Proverbs 10:17
आफूले भोगेको सजायबाट जुन मानिसले शिक्षा लिन्छ उसले अन्य मानिसहरूलाई पनि बाँच्न सिकाउँछ। तर जुन मानिसले सजायबाट शिक्षा लिनु अस्वीकार गर्छ त्यसले अरूलाई पथभ्रष्ट बनाई दिन्छ।
Proverbs 10:18
जसले आफ्नो घृणा लुकाएर राख्छ, त्यो कपटी हो र जसले आफूले फैलाउनु सक्ने कथाहरू मात्र खोज्छ त्यो मूर्ख हो।
Proverbs 10:19
धेरै बोल्ने मानिसले प्रायः समस्या उबजाउँछ, तर चुपचाप रहने मानिस विवेकी हुन्छ।
Proverbs 10:20
इमान्दार मानिसको मुखबाट निस्केका शब्दहरू निखुर चाँदी झैं बहूमूल्य हुन् तर नराम्रो मानिसका विचारहरूको मूल्य हुँदैन।
Proverbs 10:21
इमान्दार मानिसका वचनहरूले धेरै मानिसहरूलाई सहायता गर्छ, तर एउटा मूर्खको मूर्खयाँईंले उसलाई मार्छ।
Proverbs 10:22
परमेश्वरको आशीर्वादले धन सम्पत्ति ल्याउँछ अनि उहाँले यसमा कष्टहरू थप्नु हुन्न।
Proverbs 10:23
एउटा मूर्ख मानिस दुष्कर्ममा रमाउँछ, तर समझदार मानिस ज्ञानमा खुशी हुन्छ।
Proverbs 10:24
दुष्ट मानिसहरू जे कुरामा डराउनछन् तिनीहरूलाई त्यहि हुन्छ तर एउटा धर्मी मानिसले जे चिताँउछ त्यहि प्राप्त गर्छ।
Proverbs 10:25
आँधी-बेहरीले उडाएर लगे झैं दुष्ट मानिसहरू एक क्षणमै नष्ट हुन्छन्, तर धर्मी मानिस अनन्त सम्मै दृढ रहिरहन्छ।
Proverbs 10:26
जसले अल्छी मानिसलाई काम अह्राएर पठाउँछ उसलाई दाँतमा अमिलो सिरका परे झैं र आखाँमा धूवाँ लागे झैं हुन्छ।
Proverbs 10:27
परमप्रभुको भयले मानिसको आयु बढाइ दिन्छ, तर दुष्ट मानिसको आयु घटूनेछ।
Proverbs 10:28
धर्मी मानिसका आशाहरू खुशीमा अन्त हुन्छन, तर दुष्ट मानिसहरूकाा आशाहरू शुन्यमा अन्त हुन्छ।
Proverbs 10:29
परमप्रभुको मार्ग धर्मी मानिसहरूको लागि शरणस्थान हो, तर दुष्ट मानिसहरूको लागि विध्वंस हो।
Proverbs 10:30
धर्मी व्याक्ति कहिले डग्मगाउदैन तर दुष्ट मानिसहरू पृथ्वीमा टिक्ने छैनन्।
Nepali Bible