Solomon 5:2 in Nepali

Nepali Nepali Bible Song of Solomon Song of Solomon 5 Song of Solomon 5:2

Song Of Solomon 5:2
म मस्त सुतें, तर मेरो हृदय जाग्रित थियो। मैले मेरा प्रेमीले ढोका ढक्ढकाइरहेको सुन्छु। ढोका खोल मेरी प्रेमी, मेरी ढुकुर, मेरी प्रियतमा, पुर्णता मेरो शीर शीतले भिजेकोछ, मेरो केश मध्य रातले भिजाएकोछ।

Song Of Solomon 5:1Song Of Solomon 5Song Of Solomon 5:3

Song Of Solomon 5:2 in Other Translations

King James Version (KJV)
I sleep, but my heart waketh: it is the voice of my beloved that knocketh, saying, Open to me, my sister, my love, my dove, my undefiled: for my head is filled with dew, and my locks with the drops of the night.

American Standard Version (ASV)
I was asleep, but my heart waked: It is the voice of my beloved that knocketh, `saying', Open to me, my sister, my love, my dove, my undefiled; For my head is filled with dew, My locks with the drops of the night.

Bible in Basic English (BBE)
I am sleeping, but my heart is awake; it is the sound of my loved one at the door, saying, Be open to me, my sister, my love, my dove, my very beautiful one; my head is wet with dew, and my hair with the drops of the night.

Darby English Bible (DBY)
I slept, but my heart was awake. The voice of my beloved! he knocketh: Open to me, my sister, my love, my dove, mine undefiled; For my head is filled with dew, My locks with the drops of the night.

World English Bible (WEB)
I was asleep, but my heart was awake. It is the voice of my beloved who knocks: Open to me, my sister, my love, my dove, my undefiled; For my head is filled with dew, My hair with the dampness of the night.

Young's Literal Translation (YLT)
I am sleeping, but my heart waketh: The sound of my beloved knocking! `Open to me, my sister, my friend, My dove, my perfect one, For my head is filled `with' dew, My locks `with' drops of the night.'

and
אֲנִ֥יʾănîuh-NEE
saying,
יְשֵׁנָ֖הyĕšēnâyeh-shay-NA
is
it
I
וְלִבִּ֣יwĕlibbîveh-lee-BEE
sleep,
עֵ֑רʿērare
heart
my
but
waketh:
ק֣וֹל׀qôlkole
the
voice
my
דּוֹדִ֣יdôdîdoh-DEE
beloved
of
דוֹפֵ֗קdôpēqdoh-FAKE
knocketh,
that
פִּתְחִיpitḥîpeet-HEE
Open
to
me,
my
לִ֞יlee
sister,
love,
אֲחֹתִ֤יʾăḥōtîuh-hoh-TEE
my
my
רַעְיָתִי֙raʿyātiyra-ya-TEE
dove,
my
יוֹנָתִ֣יyônātîyoh-na-TEE
undefiled:
for
head
תַמָּתִ֔יtammātîta-ma-TEE
my
is
שֶׁרֹּאשִׁי֙šerrōʾšiysheh-roh-SHEE
filled
dew,
נִמְלָאnimlāʾneem-LA
with
my
locks
טָ֔לṭāltahl
with
the
drops
קְוֻּצּוֹתַ֖יqĕwwuṣṣôtaykeh-woo-tsoh-TAI
of
the
night.
רְסִ֥יסֵיrĕsîsêreh-SEE-say
לָֽיְלָה׃lāyĕlâLA-yeh-la

Cross Reference

श्रेष्ठगीत 2:14
अग्लो चट्टानको गुफाहरूमा र, पहाडहरू माथि लुक्ने मेरो ढुकुर, मलाई तिम्रो दर्शन देऊ, मैले तिम्रो स्वर सुन्नु पाउँ। कारण तिम्रो स्वर अत्यन्तै प्रिय लाग्छ अनि तिमी अत्यन्तै सुन्दरी छौ।

श्रेष्ठगीत 6:9
तर त्यहाँ मेरो ढुक्कुरको निम्ति एउटै स्त्री छन् मेरो सम्पूर्णता जुन आमाले तिनलाई जन्माइन् ती आमाकी प्रसिद्ध नानी जवान स्त्रीहरूले देखेर प्रशंसा गरे, अनि रानीहरू र रखौटीहरूले पनि तिनको प्रशंसा गरे।

प्रकाश 3:20
म यहाँ छु! म ढोकामा उभिन्छु अनि ढक्ढकाउँछु। यदि कुनै मानिसले मेरो स्वर सुन्छ अनि ढोका खोल्छ भने म भित्र पस्नेछु अनि म तिनीसंग भोजन गर्नेछु। अनि उसले मसित भोजन गर्नेछ।

श्रेष्ठगीत 8:7
के कसैले आफ्नो प्रेमका निम्ति आफ्नोमा भएको प्रत्येक चीज दिन्छ भने ऊ उपेक्षित हुन्छ र?

लूका 6:12
त्यस समयमा येशू एउटा डाँडामा गएर प्रार्थना गर्ने गर्नु हुन्थ्यो। सारा रात उहाँले प्रार्थना गरेर बिताउनु हुन्थ्यो।

मर्कूस 1:35
भोलिपल्ट बिहान, येशू चाँडै उठनुभयो। उहाँले घर छोडनुभयो, विहान अंध्यारोमा नै येशू एकान्तमा जानूभयो अनि प्रार्थना गर्न लाग्नु भयो।

मत्ती 26:40
त्यसपछि येशू आफ्ना चेलाहरू भएकहाँ र्फकिनुभयो। येशूले तिनीहरूलाई मस्त निदाइरहेको पाउनुभयो। येशूले पत्रुसलाई भन्नुभयो, “तिमी मेरो निम्ति एक घण्टा पनि जागा बस्न सक्दैनौ?

मत्ती 25:35
यो तिमीहरूको राज्य हो, किनभने म भोकाएको बेला तिमीहरूले मलाई खाना दिएका थियौ। म तिर्खाएको बेला तिमीहरूले मलाई पानी पिउन दिएका थियौ। म एक्लै र घरबाट टाडिएको थिएँ, अनि तिमीहरूले मलाई आफ्नो घरमा स्वागत गरेका थियौ।

मत्ती 25:4
तर पाँचवटी बुद्धिमती कन्याहरूले आफ्ना-आफ्ना दीयोहरू लिए अनि तिनीहरूले जगमा जगेडा तेल पनि बोकेका थिए।

लूका 9:32
पत्रुस र अरूहरू मस्त निदाएका थिए। तिनीहरू बिउँझिए अनि येशूको महिमा देखे। तिनीहरूले येशूको साथमा दुइजना उभिएका मानिसलाई देखो।

लूका 22:44
येशू अति संकष्टमा पर्नुभयो; उहाँले झन् परिश्रमसंग प्रार्थना गर्नुभयो रगत बगे जस्तै उहाँका अनुहारबाट पसीना चुह्यो।

यूहन्ना 10:4
गोठालाले सबै भेडाहरू बाहिर निकाल्दछ। तब ऊ सबैको अघि जाँदछ तिनीहरूको अगवाई गर्दछ। भेडाहरू उसैको पछि लाग्दछन् किनभने तिनीहरूले उसको आवाज चिन्दछन्।

2 कोरिन्थी 5:14
ख्रीष्टको प्रेमले हामीलाई वशमा राख्दछ। किनभने हामी जान्दछौं हामी सबैको लागि ख्रीष्टले मृत्युलाई सहनु भयो।

गलाती 2:20
यसैले म बाँचिरहेको छैन तर ख्रीष्ट हुनुहुन्छ जो ममा बाँचिरहनु भएकोछ। म मेरो शरीरमा अझै जीवित छु तर म परमेश्वरका पुत्रको विश्वासमा जीवित छु। मलाई उहाँले प्रेम गर्नु भयो अनि मलाई बचाउन उहाँले मेरो निम्ति आफैलाई अर्पण गर्नु भयो।

एफिसी 5:14
अनि ज्योति नै हो जसले हरेक कुरो प्रत्यक्ष पार्छ। त्यसैले हामी भन्छौः“जाग, हे निदाएकाहरू हो! मृत्युबाट उठ अनि तिमीहरूमाथि ख्रीष्ट चम्कुनु हुनेछ।”

प्रकाश 3:4
तर सार्डिसको तिमीहरुसित तिमीहरुको समूहमा कोही मानिसहरु छन् जसले तिनीहरु स्वयंलाई स्वच्छ राखेका छन्। ती मानिसहरु मसित हिडेनेछन्। तिनीहरुले सेतो वस्त्र पहिरिने छन् किनभने तिनीहरु त्यसका योग्य छन्।

प्रकाश 14:4
यी एक लाख चवालीस हजार मानिसहरु जसले स्त्रीहरुसित अनुचित कर्म गरेनन् अनि स्वयंलाई शुद्ध राखे। तिनीहरुले परमेश्वरको थुमा जता गयो त्यतै पछ्याए। यी एक लाख चवालीस हजारलाई पृथ्वीका मानिसहरुबाट मुक्त गरिएको थियो। परमेश्वर अनि परमेश्वरको थुमालाई अर्पण गरिएका तिनीहरु नै पहिलो मानिसहरु थिए।

मत्ती 8:17
यशैया अगमवक्ताले भनेका सबै कुरा येशूले पूरा गर्नुभयो‘उहाँले हाम्रा यातनाहरू हटाइदिनु भयो, अनि हाम्रा रोगहरू उहाँले बोक्नुभयो”

जकरिया 4:1
तब मसित कुरा गरिरहेको स्वर्गदूत मकहाँ फर्केर आए अनि उनले मलाई निन्द्राबाट जगाए झैं जगाए।

उत्पत्ति 31:40
दिउँसोको घामले मेरो शक्ति नष्ट गर्यो अनि रातको चिसोले निद्रा लग्यो।

भजनसंग्रह 24:7
हे मूल प्रवेश-द्वारहरू। आफ्ना टाउकाहरू उठाऊ! सनातनका द्वारहरू, खोल, अनि महिमापूर्ण राजा आउनु हुनेछ।

भजनसंग्रह 81:10
म, परमप्रभु, तिमीहरूको परमेश्वर हुँ, मैले तिमीहरूलाई मिश्रबाट निकालेर ल्याएँ। इस्राएल , तिमीहरू मुख खोल अनि म खुवाउने छु।

भजनसंग्रह 119:1
शुद्ध जीवन जिउने मानिसहरू खुशी हुन्छन्। ती मानिसहरूले परमप्रभुको उपदेशहरू पछ्याउँदछ।

हितोपदेश 23:26
हे मेरो छोरो! म जे भन्दैछु अलिक ध्यान दिएर सुन। मैले भनेका कुराहरू स्वीकार गर।

श्रेष्ठगीत 2:8
मेरो प्रेमीकाको स्वर सुन! लौ हेर, उहाँ आउँनु हुँदैंछ, पहाडहरूमा उफ्रँदै अनि डाँडाहरूमा दगुर्दै।

श्रेष्ठगीत 2:10
मेरा प्रेमीले भन्नु भयो, हे सुन्दरी, मेरी प्यारी उठ, कतै टाडा जाऊँ।

श्रेष्ठगीत 3:1
राती मेरो ओछ्यानमा, म आफूले माया गरेको मानिस खोज्छु। मैले उसलाई खोजें तर पाउन सकिनँ।

श्रेष्ठगीत 4:7
मेरी प्रेमी, तिमी सबैभन्दा सुन्दरी छौ, तिमीमा कुनै प्रकारको दाग छैन।

श्रेष्ठगीत 4:9
मेरी प्रेमिका, मेरी दुलही तिमीले मलाई उत्तेजित गराउछ्यौ। तिम्रो आखाँको एक झलकले तिम्रो गलामा लगाइएको मोतीको हारका एउटै दानाले, मेरो हृदय चोरेकी छौ।

श्रेष्ठगीत 5:11
उहाँको शीर शुद्ध सुन जस्तै छ, उहाँको घुँघुरिएको कालो काग जस्तै केश छ।

श्रेष्ठगीत 7:9
तिम्रो मुख विशेष दाखमद झैं होस् जुन मेरो मायामा सोझै तल बगोस् त्यो बिस्तारैसित मस्त निद्राँमा परेका मानिसहरूको ओंठ सम्म बगोस्।

यशैया 50:6
मलाई कुट्न ती मानिसहरू छाडी दिन्छु। उनीहरूलाई मेरो बारीबाट केरा उखेल्न छाडी दिन्छु। पीर पर्ने कुराहरू भने पनि म मेरो अनुहारमा थुके पनि उनीहरूबाट अनुहार लुकाउने छैन।

यशैया 52:14
“तर मानिसहरू मेरो दासलाई देखेर छक्क पर्नेछन्। उसलाई यस्तो प्रकारले चोट पुर्याइएको थियो कि उसलाई मानिस भनेर चिन्नलाई पनि गाह्रो पर्थ्यो।

यशैया 53:3
मानिसहरूले उसलाई हाँसोको पात्र बनाए अनि आफ्नो साथीहरूले उसलाई छाडिदिए। ऊ पीडा नै पीडाले भरिएको मानिस थियो। ऊ राम्रो प्रकारले निको हुनेछ भनेर जान्दथे। मानिसहरूले उसलाई हेर्न दिएनन्। हामीले उसलाई ध्यानै दिएनौं।

दानियल 8:18
ऊ बोल्दा बोल्दै म भुइँमा अचेत भएर लडें। तर उसले मलाई समातेर म उभिएकै ठाउँमा फेरि उभ्याए।

उत्पत्ति 29:20
याकूबले सात वर्षसम्म लाबानको सेवा गर्यो तर उनले राहेललाई अत्यन्तै माया गरेकोले सात वर्ष समय बिताउन केही गाह्रो परेन।