Luke 23:31 in Nepali

Nepali Nepali Bible Luke Luke 23 Luke 23:31

Luke 23:31
जब जीवन सुखी हुँदा यदि मानिसहरूले यस्तो कर्म गर्छन् भने, जब नराम्रो समय आएको बेला के हुने होला?”

Luke 23:30Luke 23Luke 23:32

Luke 23:31 in Other Translations

King James Version (KJV)
For if they do these things in a green tree, what shall be done in the dry?

American Standard Version (ASV)
For if they do these things in the green tree, what shall be done in the dry?

Bible in Basic English (BBE)
For if they do these things when the tree is green, what will they do when it is dry?

Darby English Bible (DBY)
for if these things are done in the green tree, what shall take place in the dry?

World English Bible (WEB)
For if they do these things in the green tree, what will be done in the dry?"

Young's Literal Translation (YLT)
for, if in the green tree they do these things -- in the dry what may happen?'

For
ὅτιhotiOH-tee
if
εἰeiee
in
a
ἐνenane
green
tree,
τῷtoh
things
ὑγρῷhygrōyoo-GROH
these
ξύλῳxylōKSYOO-loh
do
ταῦταtautaTAF-ta
they
ποιοῦσινpoiousinpoo-OO-seen
in
ἐνenane
the
dry?
what
τῷtoh
be
ξηρῷxērōksay-ROH
done
τίtitee
shall
γένηταιgenētaiGAY-nay-tay

Cross Reference

यूहन्ना 15:6
यदि कोही ममा रहँदैन भने तब ऊ त्यो हाँगा जस्तो हुन्छ जो फ्याँकिएर जान्छ। त्यो हाँगा मर्दछ। मानिसहरूले त्यस्तो मरेको हाँगाहरू टिपेर आगोमा हालिदिन्छन् र तिनीहरू जल्छन्।

मत्ती 3:12
उहाँले अन्न र भूसलाई अलग पार्न निफन्ने नाङ्गलो आफ्नो हातमा लिनु भएकोछ, उहाँले गहुँ संग्रह गरी आफ्नो गह्रौ भकारीमा जम्मा गर्नुहुनेछ। अनि भूस जति ननिभ्ने आगोमा जलाउनुहुनेछ।”

इजकिएल 20:47
नेगेव जङ्गललाई भन, ‘परमप्रभुको समाचार सुन। परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नु भयो ध्यान देऊ, म तिम्रो जङ्गलमा आगो लगाउनेछु। आगोले प्रत्येक वृक्ष अनि प्रत्येक सुख्खा वृक्षलाई नाश पार्नेछ। त्यसको दन्केको ज्वाला निभ्नेछैन। दक्षिणबाट उत्तर सम्म सम्पूर्ण देश आगाले जलाइनेछ।

इजकिएल 15:2
“हे मानिसको छोरो! के दाखको बोटको दाउरा जङ्गलको कुनै अर्को रूखको काठको सानो हाँगाभन्दा अधिक राम्रो हुन्छ? अहँ।

यर्मिया 25:29
मैले यरूशलेममाथि जसलाई मेरो नाउँले कहलाइन्छ अनि सायद तिमीहरूले दण्ड पाउँदैनौ भनेर सोचिरहेका होलाऊ, विपत्ति ल्याउन थालिसकेकोछु। म पृथ्वीमा भएका सारा मानिसहरू प्रति आक्रमण गर्न तरवारलाई बोलाउनेछु।”‘ यो सेनाहरूका परमप्रभुबाट आएको सन्देश हो।

हितोपदेश 11:31
यदि एकजना धर्मी मानिसलाई अफूले पृथ्वीमा गरेको राम्रो कामको फल प्राप्त हुन्छ।

यहूदा 1:12
यी मानिसहरु तिमीहरुको समूह भोजमा भएका फोहोर दागहरु जस्तै हुन्। तिनीहरु तिमीहरुको भोजनमा साथ दिन्छन् अनि निर्भय साथ खान्छन्। तिनीहरु आफ्नै स्वार्थ केन्द्रित गोठालाहरु हुन्। ती वृष्टिहीन मेघहरु हुन्। बतासले तिनीहरुलाई चारैतिर उडाउँछ। तिनीहरु ती बृक्षहरु हुन् जुन समयमा फल दिँदैनन्, अनि भूँइबाट उखेलिन्छन्। यसरी तिनीहरु पूर्णरुपले मर्छन्।

1 पत्रुस 4:17
न्याय गरिने समय आएको छ। यो कार्य परमेश्वरको परिवारबाट शुरु गरिने छ। तर यदि त्यो न्याय गरिने कार्य हामीबाट शुरु भयो भने जसले परमेश्वरको सुसमाचार स्वीकार गर्दैनन् तिनीहरुको के अवस्था हुनेछ?

हिब्रू 6:8
तर यदि त्यस जमीनले काँढा र सिउँडीहरू उमार्छ भने त्यो बेकार छ। त्यस जमीनले परमेश्वरबाट श्राप पाउने डर छ र त्यसलाई आगोले डडाउने छ।

दानियल 9:26
त्यस समयमा अर्थात बैसठ्ठी हप्तापछि अभिषेक गरिएको मानिस हटाइनेछ। त्यसपछि एकजना राजकुमारको सेनाले आक्रमण गर्नेछ अनि शहरका पवित्र स्थान ध्वंश गर्नेछ। तब त्यहाँ ठूलो युद्ध हुनेछ अनि सम्पूर्ण ध्वंशको योजना बनाइनेछ।

इजकिएल 21:3
इस्राएल देशलाई भन, ‘परमप्रभुले यी कुराहरू भन्नुभएको छ म तिमीहरूको विरूद्धमा छु! म आफ्नो तरवार म्यानबाट बाहिर निकाल्छु! तिमीहरूबाट दुवै राम्रो नराम्रो सबै मानिसहरू काटेर हटाउनेछु।