Acts 16:1 in Nepali

Nepali Nepali Bible Acts Acts 16 Acts 16:1

Acts 16:1
पावल डर्बी र लिस्त्रा शहरहरूमा पुगे। ख्रीष्टका एकजना चेला तिमोथी त्यहाँ थिए। तिमोथीकी आमा यहूदी थिइन् तर येशूमा विश्वास र्गथिन्। उनको बाबु ग्रीक थिए।

Acts 16Acts 16:2

Acts 16:1 in Other Translations

King James Version (KJV)
Then came he to Derbe and Lystra: and, behold, a certain disciple was there, named Timotheus, the son of a certain woman, which was a Jewess, and believed; but his father was a Greek:

American Standard Version (ASV)
And he came also to Derbe and to Lystra: and behold, a certain disciple was there, named Timothy, the son of a Jewess that believed; but his father was a Greek.

Bible in Basic English (BBE)
And he came to Derbe and Lystra: and there was a certain disciple there named Timothy, whose mother was one of the Jews of the faith, but his father was a Greek;

Darby English Bible (DBY)
And he came to Derbe and Lystra: and behold, a certain disciple was there, by name Timotheus, son of a Jewish believing woman, but [the] father a Greek,

World English Bible (WEB)
He came to Derbe and Lystra: and behold, a certain disciple was there, named Timothy, the son of a Jewess who believed; but his father was a Greek.

Young's Literal Translation (YLT)
And he came to Derbe and Lystra, and lo, a certain disciple was there, by name Timotheus son of a certain woman, a believing Jewess, but of a father, a Greek,

was
Κατήντησενkatēntēsenka-TANE-tay-sane
came
he
δὲdethay
Then
εἰςeisees
to
ΔέρβηνderbēnTHARE-vane
Derbe
καὶkaikay
and
ΛύστρανlystranLYOO-strahn
Lystra:
καὶkaikay
and,
ἰδού,idouee-THOO
behold,
disciple
μαθητήςmathētēsma-thay-TASE
a
τιςtistees
certain
ἦνēnane
was
ἐκεῖekeiake-EE
there,
ὀνόματιonomatioh-NOH-ma-tee
named
Τιμόθεοςtimotheostee-MOH-thay-ose
Timotheus,
son
υἱὸςhuiosyoo-OSE
the
woman,
of
γυναικὸςgynaikosgyoo-nay-KOSE
a
τινοςtinostee-nose
certain
which
was
a
Ἰουδαίαςioudaiasee-oo-THAY-as
Jewess,
believed;
πιστῆςpistēspee-STASE
and
πατρὸςpatrospa-TROSE
his
father
δὲdethay
but
a
Greek:
ἝλληνοςhellēnosALE-lane-ose

Cross Reference

2 तिमोथी 1:5
म तिम्रो सत्य विश्वास पनि सम्झन्छु। तिम्री बज्यै लोइस र तिम्री आमा युनिसमा त्यस किसिमको विश्वास थियो। अहिले म निश्चित छु तिम्रो पनि त्यस्तै विश्वास छ।

प्रेरित 14:6
जब पावल र बर्णाबासले त्यस्तो षडयन्त्रहरू थाहा पाए तिनीहरूले त्यो शहर छोडे अनि लाइकाओनियाका लिस्त्रा अनि डर्बी शहरहरू र त्यसका वरिपरिका क्षेत्रहरू तर्फ गए।

प्रेरित 17:14
त्यहाँ थाइआटीरा भन्ने शहरबाट लिडिया नाउँकी एक पत्नी मानिस पनि थिई। उसको पेशा बैगुनी लुगा बेच्ने थियो। तिनले साँचो परमेश्वरको आराधना र्गथिन्। लिडियाले पावल बोलेको सुनिरहेकी थिई अनि प्रभुले पावलले भनेको कुरा विश्वास गराउन उसको हृदय उगारिदिनु भयो।

प्रेरित 18:5
सिलास र तिमोथी म्यासिडोनियाबाट पावललाई भेट्न कोरिन्थमा आए। त्यसपछि आफ्नो समय मानिसहरूलाई सुसमाचार भन्नमा बिताए। उनले यहूदीहरूलाई येशू नै ख्रीष्ट हुन भनेर देखाए।

प्रेरित 19:22
तिमोथि र इरास्तस दुइजना पावलका सहकर्मीहरू थिए। पावलले तिनीहरूलाई म्यासिडोनिया अगाडी नै पठाए। पावल केही समयको लागि एशियामै बसे।

रोमी 16:21
तिमोथी, मेरा सहकर्मीले तिमीहरूलाई नमस्कार चढाउँदछन्। लुसियस, यासोन, अनि सोसिपेटरले (जो मेरा आफन्तहरू हुन्) पनि तिमीहरूलाई नमस्कार पठाउँदछन्।

1 कोरिन्थी 4:17
यसकारण म तिमोथीलाई तिमी भएकोमा पठाउँदैछु। परमप्रभुमा उनी मेरा पुत्र हुन्। म तिमोथीलाई माया गर्छु, उनी विश्वासनीय छन्। म ख्रीष्ट येशूमा कुन प्रकारले रहेकोछु त्यो उनले तिमीहरूलाई संझाउनेछन्। यही जीवन मार्ग म सबै ठाउँहरूका मण्डलीहरूलाई सिकाँउछु।

1 थिस्सलोनिकी 3:2
तिमीहरूलाई आफ्नो विश्वासमा दृढ र उत्साह दिन हामीले तिमोथीलाई पठाएका छौं।

1 तिमोथी 1:2
तिमोथीलाई, जो विश्वासमा मेरा सच्चा पुत्र हुन, हाम्रा पिता परमेश्वर र हाम्रा प्रभु ख्रीष्ट येशूबाट अनुग्रह करूणा र शान्ति।

2 तिमोथी 1:2
मेरो प्यारो छोरो तिमोथी प्रति। पिता परमेश्वर अनि हाम्रो प्रभु ख्रीष्ट येशूबाट तिमीलाई, अनुग्रह कृपा र शान्ति मिलोस्।उत्साह अनि धन्यवाद

2 थिस्सलोनिकी 1:1
पावल, सिलवानस, र तिमोथीबाट थिस्सलोनिका मण्डलीलाई प्रणाम। तँपाईहरू हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टमा हुनुहुन्छ।

कलस्सी 1:1
ख्रीष्ट येशूको प्रेरित पावलबाट। म एक जना प्रेरित हुँ किनकि परमेश्वरले यही चाहनु भयो। तिमोथी ख्रीष्टमा भएका हाम्रा भाइबाट पनि।

फिलिप्पी 2:19
तिमोथीलाई तिमीहरूकहाँ चाडै पठाउँला भनी म प्रभु येशूमा आशा गर्दछु। तिमीहरूको बारेमा सुनेर म र्हषित हुनेछु।

हिब्रू 13:23
हाम्रो भाइ तिमोथी कैदबाट निस्के। म यो तिमीहरूलाई जनाउन चाहन्छु। अनि यदि उनी म भएकोमा छिटै आएछन् भने हामी दुवै तिमीहरूलाई भेट्न आउनेछौं।

1 तिमोथी 1:18
तिमोथी, तिमी मेरा पुत्र जस्तो हौ। म तिमीलाई यो आज्ञा दिंदैछु। यो आज्ञा त्यो अगमवाणीसित सम्मत हुनेछ जो तिम्रो बारेमा पहिल्यै भनिएको थियो। म तिमीलाई यो भन्दछु कि तिमी त्यो अगमवाणी अनुसार कार्य गर अनि विश्वासको असल लडाइँ लड।

1 थिस्सलोनिकी 1:1
पावल, सिलवानस र तिमोथी थिस्सलोनिकीमा बस्ने मण्डलीलाई अभिवादन गर्छन, जुन मण्डली परम पिता परमेश्वपर र प्रभु येशू ख्रीष्टमा छ। परमेश्वरको अनुग्रह र शान्ति तिमीहरूलाई होस्।

फिलिप्पी 1:1
ख्रीष्ट येशूका सेवक पावल र तिमोथीबाट प्रणाम। ख्रीष्ट येशूमा भएका फिलिप्पीमा बस्ने परमेश्वरको सबै पवित्रजनलाई अनि तिमीहरूको सबै अग्रजहरू तथा विशिष्ट सहायकहरूलाई।

प्रेरित 14:1
पावल र बर्णाबास आइकोनियम शहरमा गए। तिनीहरू यहूदीहरूका सभाघर भित्र पसे (उनिहरूले प्रत्येक शहरमा गरे जस्तै) तिनीहरूले यस्तो प्रकारले बोले कि धेरै यहूदीहरू अनि गैर-यहूदीहरूले उनीहरूले भनेका कुरामा विश्वास गरे।

प्रेरित 14:21
पावल र बर्णाबसले डर्बीमा सुसमाचार प्रचार गरे। धेरै मानिसहरू येशूका चेला भए। पावल र बर्णाबास लिस्त्रा, आइकोनियम र एन्टिओक शहर तिर र्फकिए।

प्रेरित 20:4
कतिपय मानिसहरू उनीसंग थिए। तिनीहरू थिएः पाईरसको छोरो बिरियावासी सोपाटर, थिस्सलोनिकावासी, अरिस्तार्खस र सिकन्डस, डर्बी शहरका निवासी गायस, तिमोथी अनि एशियाबाट दुइजना जो टाइकिकस र त्रोफिमस थिए।

1 कोरिन्थी 7:14
एक अविश्वासी पति विश्वासी पत्नीद्वारा पवित्र बन्दछ। अनि अविश्वासी पत्नी पनि पनि विश्वासी पतिद्वारा पवित्र बन्दछे। योस नहुँदो होत तिमीहरूका छोर-छोरी अशुद्ध हुने थिए। तर अहिले उनीहरू पवित्र छन्।

2 कोरिन्थी 1:1
ख्रीष्ट येशूको एकजना प्रेरित पावलबाट। परमेश्वरले इच्छा गरे अनुसार मलाई एक प्रेरित रोज्नु भयो। हाम्रा ख्रीष्टमा भाइ तिमोथिबाट पनि कोरिन्थीमा बस्ने परमेश्वरको मण्डलीलाई र सारा अखैया देशमा बस्ने परमेश्वरका मानिसहरूलाई प्रणामः

2 कोरिन्थी 1:19
परमेश्वरको पुत्र येशू ख्रीष्ट जसको बारेमा सिल्भानस, तिमोथी र मैले तिमीहरू माझ गरेको प्रचारमा दुवै “हो” र “होइन” थिएन। ख्रीष्टमा यो सँधै “हो” हो।

1 थिस्सलोनिकी 3:6
तर तिमोथी तिमीहरूकहाँ आफ्नो भ्रमणबाट भर्खर फर्केर आई तिमीहरूको विषयमा प्रेम र विश्वासको शुभ समाचार हामीलाई सुनाए। उनीबाट बुझ्यौं कि तिमीहरूले हामीलाई सधैं सम्झदा रहेछौ र हामीलाई भेट्ने ठूलो इच्छा रहेछ। हामीलाई पनि त्यस्तै भइरहेछ।

2 तिमोथी 3:11
तिमी मेरो कष्टहरू र यातनाहरू जान्दछौ। एन्टिओक, आइकोनियम र लिस्त्रामा ममाथि घटेका घटनाहरू तिमी सबै जान्दछौ। ती स्थानहरूमा मैले सामना गर्न परेका कष्टहरू तिमीलाई थाहा छ। तर प्रभुले मलाई ती विपदहरूबाट बचाउनु भयो।

2 तिमोथी 3:15
तिम्रो बाल्यकालदेखि नै तिमीलाई पवित्र शास्त्र थाहा छ। ती धर्मशास्त्रले तिमीलाई ज्ञानी तुल्याउनेछ। अनि त्यो ज्ञानले ख्रीष्ट येशूमा विश्वासद्वारा मुक्ति तर्फ डोर्याउँछ।

एज्रा 9:2
किनभने तिनीहरूले आफू स्वयं अनि आफ्ना छोराहरूका निम्ति तिनीहरूले वरिपरीका छिमेकिका छोरीहरूलाई पत्निको रूपमा राखेकाछन्। अनि तिनीहरूले पवित्र मानिसहरूलाई भूमिका अरू मानिसहरूसित मिलाएका छन्। अधिकारीहरू र अगूवाहरूले परमेश्वर प्रति अविश्वसनीय कार्यमा अगुवाइ गरेकाछन्।”