Bible

Proverbs 5 - ASV (Nepali)

1 My son, attend unto my wisdom; Incline thine ear to my understanding:हे मेरो छोरो! तिमी मेरो ज्ञानपूर्ण शिक्षाहरूमा ध्यान देऊ। मेरा बुद्धिका वचनहरू होशियार साथ सुन।

2 That thou mayest preserve discretion, And that thy lips may keep knowledge.यी कुराहरूबाट तिमीलाई कुन असल अथवा खराब त्यो बोध भइरहनेछ र तिम्रो ओठमा ज्ञानका कुराहरू वास गरिरहन्छन्।

3 For the lips of a strange woman drop honey, And her mouth is smoother than oil:कारण पर स्त्रीको मुखबाट मह टप्किन्छ अनि ओठ भद्राक्षको तेल दले झैं चिप्लो हुन्छ।

4 But in the end she is bitter as wormwood, Sharp as a two-edged sword.तर पछि परिणाम चाँहि नीमको पत्ता झैं तीतो तथा दुई धारे तरवार जस्तै धारिलो हुन्छ।

5 Her feet go down to death; Her steps take hold on Sheol;परस्त्रीको गोडाहरू मृत्यु तिर लम्कन्छन र उसको पाइला चिहानतिर जान्छन्।

6 So that she findeth not the level path of life: Her ways are unstable, `and' she knoweth `it' not.उसको मार्गले कहाँ लगिरहेको छ त्यसले विचार गर्दिन त्यसले बाटो विराएर हिँडेकि हुन्छे तैपनि त्यसले त्यो जान्दिन।

7 Now therefore, `my' sons, hearken unto me, And depart not from the words of my mouth.यस कारण अब मेरो छोराहरू सुन! त्यो मैले दिएको उपदेशहरूबाट निलित नहोऊ।

8 Remove thy way far from her, And come not nigh the door of her house;स्त्री देखि टाढा बस अनि त्यसको घरको ढोका नजिक पनि नजाऊ।

9 Lest thou give thine honor unto others, And thy years unto the cruel;नत्र आफ्नो सर्वोत्तम शक्ति अर्कालाई दिनेछौ, अनि त्यस द्वारा तिम्रो सम्पूर्ण जीवनको प्राप्तिहरू निष्ठूर एउटा दुष्ट मानिसको हातहरूमा राख्ने छौ।

10 Lest strangers be filled with thy strength, And thy labors `be' in the house of an alien,यस्तो चाँहि नहोस कि तिम्रो धनमा अरूले आनन्द भोगोस् र तिमीहरूको परिश्रमले अन्य मानिसको ढिकुटी भरियोस्।

11 And thou mourn at thy latter end, When thy flesh and thy body are consumed,जब तिम्रो धन सम्पत्ति शरीर तथा आयु सब शेष हुन्छ त्यतिबेला चिन्ता गरेर रोई बस्नु पर्ला।

12 And say, How have I hated instruction, And my heart despised reproof;तिमीले भन्नेछौ, “अहा! मैले अनुशासनलाई किन घृणा गरें? किन मेरो हृदयले सुधारलाई अस्वीकार गर्यो?

13 Neither have I obeyed the voice of my teachers, Nor inclined mine ear to them that instructed me!मैले आफ्नो शिक्षकहरूको कुरा मानिनँ अनि उनिहरू प्रति ध्यान नै दिइनँ।

14 I was well-nigh in all evil In the midst of the assembly and congregation.म प्रायः पूर्णरूपले ध्वंश भएको छु भनी प्रत्येकले जान्दछन्।

15 Drink waters out of thine own cistern, And running waters out of thine own well.तिमी आफ्नै पानीको कुवाबाट निकालेको पानी पिउने गर। तिमी आफ्नै जल श्रोतबाट स्वच्छ पानी पिउने गर।

16 Should thy springs be dispersed abroad, And streams of water in the streets?तिमी नै भन, के तिम्रो आफ्नो जल श्रोतबाट पानी बाटोमा जताततै बगोस्। तिम्रो जलश्रोतबाट निस्केको पानी बाहिर कहीं नबगोस्।

17 Let them be for thyself alone, And not for strangers with thee.त्यो पानी त केवल तिम्रो हो, तिम्रो मात्र। त्यसमा कुनै विदेशीको अंश नहोस्।

18 Let thy fountain be blessed; And rejoice in the wife of thy youth.तिम्रो श्रोत धन्य रहोस् अनि आफूले तन्नेरी हुँदा विहे गरेकी पत्नीसित आनन्द गर।

19 `As' a loving hind and a pleasant doe, Let her breasts satisfy thee at all times; And be thou ravished always with her love.ऊ एउटी सुन्दरी मृर्ग झैं होस्, एउटी प्यारी हरिणको बच्चा झैं होस्, उसका स्तनहरूले तिमीलाई सधैं तृप्त पारून् र उसको प्रेमले तिमीलाई सधैं बाँधोस्।

20 For why shouldest thou, my son, be ravished with a strange woman, And embrace the bosom of a foreigner?हे मेरो छोरो, तिमीलाई किन व्यभिचारी स्त्रीले वशमा राख्छे। किन तिमीले अर्को स्त्रीको छातीलाई अंगालो हाल्नै पर्छ?

21 For the ways of man are before the eyes of Jehovah; And he maketh level all his paths.परमप्रभुको आँखाहरूले मानिसको बाटोहरूलाई हेरीरहन्छन्, उसले गरेको प्रत्येक चीज उहाँले देख्नु हुन्छ।

22 His own iniquities shall take the wicked, And he shall be holden with the cords of his sin.एकजना खराब मानिस उसले गरेको खराब कर्महरूद्वारा नै फँस्छ। उसको पापले उसलाई डोरीले झैं बाध्ने छ।

23 He shall die for lack of instruction; And in the greatness of his folly he shall go astray.एकजना खराब मानिस अनुशासनको अभावले मर्नेछ। उसको ठूलो मूर्खताले उसलाई पथभ्रष्ट बनाउँछ।

Nepali Bible