Proverbs 14 - ASV (Nepali)
1 Every wise woman buildeth her house; But the foolish plucketh it down with her own hands.बुद्धिमान स्त्रीले आफ्नो घर निर्माण गर्छे, तर बुद्धिहीन स्त्रीले बनिएको घर आफ्नै हातले भत्काउँछे।
2 He that walketh in his uprightness feareth Jehovah; But he that is perverse in his ways despiseth him.जुन मानिसको मार्ग सिधा छ, उसले परमप्रभुको सम्मान गर्छ तर जुन मानिसको मार्ग कुटिल छ उसले उहाँलाई घृणा गर्छ।
3 In the mouth of the foolish is a rod for `his' pride; But the lips of the wise shall preserve them.मूर्खको कुराले उसकै ढाडमा लट्ठी बज्राउँछ, तर बुद्धिमानको कुराले उसलाई सुरक्षा गर्छ।
4 Where no oxen are, the crib is clean; But much increase is by the strength of the ox.जहाँ गोरूहरू हुँदैन त्यहाँ ढिकुटी खाली रहन्छ, अनि गोरूहरूको बलले नै अन्न प्रशस्त उब्जिन्छ।
5 A faithful witness will not lie; But a false witness uttereth lies.एकजना साँचो गवाहीले साँचो बोल्छ, तर झूटो गवाहीले सधैं झूटो नै बोलिरहन्छ।
6 A scoffer seeketh wisdom, and `findeth it' not; But knowledge is easy unto him that hath understanding.एक अभिमानी मानिसले ज्ञान खोजिरहन्छ, तर त्यसलाई भेट्दैन, तर एउटा ज्ञानी मानिसलाई बुद्धि सजिलै आउँछ।
7 Go into the presence of a foolish man, And thou shalt not perceive `in him' the lips of knowledge.मूर्खको संगतबाट तिमी सधैं टाढा बस, किनभने उसको बचनबाट तिमीले केही बुद्धि पाउँदैनौ।
8 The wisdom of the prudent is to understand his way; But the folly of fools is deceit.ज्ञानी मानिसको ज्ञान यो हो कि कुन बाटोले उसलाई कता डोर्याउदैछ त्यो उसले बुझ्छ, तर मूर्ख मानिसको मूर्खताले आफैंलाई छलेको हुन्छ।
9 A trespass-offering mocketh fools; But among the upright there is good will.पाप निवारण गर्ने विचारमा मूर्ख मानिस हाँस्छ, तर त्यहाँ इमानदारी मानिसहरूको बीचमा सद्भाव पाइन्छ।
10 The heart knoweth its own bitterness; And a stranger doth not intermeddle with its joy.यदि एकजना मानिस दुःखी भए उसले आफ्नो दुःख मात्र बुझ्छ, अनि यदि कोही खुशी छ भने, उसको खुशी उसले मात्र बुझ्छ।
11 The house of the wicked shall be overthrown; But the tent of the upright shall flourish.एक दुष्ट मानिसको घर ध्वंश हुनेछ, तर इमानदार मानिसको घर फलिफाप हुनेछ।
12 There is a way which seemeth right unto a man; But the end thereof are the ways of death.त्यहाँ एउटा यस्तो मार्ग पनि छ जसलाई मानिसहरूले सही भनी सम्झन्छन्, तर अन्त्यमा त्यस मार्गले मृत्युतिर डोर्याउँछ।
13 Even in laughter the heart is sorrowful; And the end of mirth is heaviness.कुनै मानिस यदि उसको मनमा पीर भए पनि हाँसिरहनु सक्छ, तर हाँसी सक्दा पनि उसको पीर रहिरहन्छ।
14 The backslider in heart shall be filled with his own ways; And a good man `shall be satisfied' from himself.एकजना दुष्ट मानिस उसले गरेको खराब कार्यको फल भोग्छ अनि त्यसै गरी एउटा असल मानिसले गरेको असल कार्यको फल उसले पाउँछ।
15 The simple believeth every word; But the prudent man looketh well to his going.एकजना अनुभवरहित मानिसले आफूले सुनेको प्रत्येक कुरामा विश्वास गर्छ, तर एकजना ज्ञानी मानिसले उसले टेकेको प्रत्येक पाइलाको राम्ररी विचार गर्छ।
16 A wise man feareth, and departeth from evil; But the fool beareth himself insolently, and is confident.एकजना ज्ञानी मानिस सतर्क रहन्छ अनि दुःखहरूबाट तर्कन्छ, तर एकजना मूर्ख विश्वासको साथ यसै दुःखतिर अघि बढछ।
17 He that is soon angry will deal foolishly; And a man of wicked devices is hated.चाँडो रिसाउने मानिसले मूर्खतापूर्ण कामहरू गर्छ अनि एकजना कुबाटोमा लाग्ने मानिस घृणित हुन्छ।
18 The simple inherit folly; But the prudent are crowned with knowledge.अज्ञानीले मूर्खता प्राप्त गर्नेछ, तर विवेकी मानिसहरूलाई ज्ञानको मुकुट लगाई दिइनेछ।
19 The evil bow down before the good; And the wicked, at the gates of the righteous.नराम्रा मानिसहरू असल मानिसहरूको अघि झुक्नु पर्छ अनि दुष्ट मानिसहरू धर्मी मानिसहरूको दैलोमा झुक्नुपर्छ।
20 The poor is hated even of his own neighbor; But the rich hath many friends.गरीब मानिसहरूलाई तिनीहरूका छिमेकीहरूले पनि मन पराउँदैनन्। तर धनीका त धेरै मित्रहरू हुन्छन्।
21 He that despiseth his neighbor sinneth; But he that hath pity on the poor, happy is he.जसले आफ्नो छिमेकिलाई हेला गर्छ उसले पाप गर्छ, तर जसले गरीब माथि दया गर्छ त्यो धन्यको हुन्छ।
22 Do they not err that devise evil? But mercy and truth `shall be to' them that devise good.जुन मानिसले षड्यन्त्र मात्र रचिरहन्छ त्यो बरालिन्छ नै, तर जुन मानिसले राम्रो राम्रो योजनाहरू बनाउँछ उसले प्रेम र विश्वास पाउँछ।
23 In all labor there is profit; But the talk of the lips `tendeth' only to penury.यदि कसैले कडा परिश्रम गर्यो भने उसले इच्छा गरेको वस्तु पाउँछ, तर यदि कसैले कुरा मात्र गरिरहन्छ भने तब त्यो गरीब हुँदै जान्छ।
24 The crown of the wise is their riches; `But' the folly of fools is `only' folly.ज्ञानी मानिसले पुरस्कार धन पाउँछ, तर मूर्ख मानिसले मूर्खता नै पाउँछ।
25 A true witness delivereth souls; But he that uttereth lies `causeth' deceit.साँचो गवाहीले जीवनको रक्षा गर्छ, तर झूटो गवाहीले झूटो बोल्छ।
26 In the fear of Jehovah is strong confidence; And his children shall have a place of refuge.परमप्रभु प्रतिको सम्मान एउटा बलियो किल्ला हो, यो उसका छोरा-छोरीहरूको लागि सुरक्षित स्थान हुनेछ।
27 The fear of Jehovah is a fountain of life, That one may depart from the snares of death.परमप्रभुको सत्कार गर्नु जीवनको मूल हो, यसले मानिसलाई मृत्युको पासोहरूबाट टाढा राख्छ।
28 In the multitude of people is the king's glory; But in the want of people is the destruction of the prince.यदि धेरै मानिसहरू माथि राजाले शासन चलाउँछ भने त्यो महान हो, तर प्रजा बिनाको राजा तुच्छ हो।
29 He that is slow to anger is of great understanding; But he that is hasty of spirit exalteth folly.धैर्यशील मानिसले धेरै विचार गरी काम गर्छ, तर जो मानिस चाँडै रिसको प्रकोपमा पर्छ उसले धेरै मूर्खतापूर्ण कामहरू गर्छ।
30 A tranquil heart is the life of the flesh; But envy is the rottenness of the bones.शान्ति हृदयले शरीरलाई जीवन दिन्छ, तर डाहले शरीरको हड्डी सम्म मककाउँछ।
31 He that oppresseth the poor reproacheth his Maker; But he that hath mercy on the needy honoreth him.जो मानिसले गरीबलाई दुःख दिन्छ उसले सृष्टिकर्तालाई अपमान गर्छ, तर जसले उहाँलाई आदर गर्छ गरीबलाई दया देखाउँछ।
32 The wicked is thrust down in his evil-doing; But the righteous hath a refuge in his death.एकजना दुष्ट मानिस उसको दुष्टताद्वारा पारजित हुन्छ, तर एकजना धर्मी मानिस उसको पवित्रतामा सुरक्षित रहन्छ।
33 Wisdom resteth in the heart of him that hath understanding; But `that which is' in the inward part of fools is made known.ज्ञानी मानिसहरूको विचार ज्ञानको घर हो तर एकजना मूर्ख मानिसले ज्ञान के हो जान्दैन।
34 Righteousness exalteth a nation; But sin is a reproach to any people.धार्मिकताले राष्ट्रलाई महान तुल्याँउछ तर पाप भनेको सबैको लागि लज्जाजनक हो।
35 The king's favor is toward a servant that dealeth wisely; But his wrath will be `against' him that causeth shame.ज्ञानी सेवकले राजाको अनुग्रह पाउँदछ, तर एक जसले झमेला उत्पन्न गर्छ तिनले क्रोध पाउँछ।
Nepali Bible