Bible

John 10 - BBE (Nepali)

1 Truly I say to you, He who does not go through the door into the place where the sheep are kept, but gets in by some other way, is a thief and an outlaw.येशूले भन्नुभयो, “म तिमीहरूलाई साँचो भन्दछु। जब कुनै पनि एक मानिस भेडा-गोठभित्र पस्दछ, त्यो ढोकाबाट पस्दछ। यदि त्यो अर्को तिरबाट पस्छ भने त्यो चोर अनि डाकू हो।

2 He who goes in by the door is the keeper of the sheep.तर कुनै मानिस ढोका खोलेर गोठमा पस्दछ तब ऊ गोठाला हो।

3 The porter lets him in; and the sheep give ear to his voice; he says over the names of the sheep, and takes them out.जसले ढोकाको देखरेख गर्छ उसैले गोठालाको लागी ढोका खोल्दछ। अनि भेडाले पनि उसैको कुरा सुन्छ। गोठालाहरूले नामद्वारा आफ्नो भेडाहरूलाई डाक्दछन अनि गोठ बाहिर निकाल्दछन्।

4 When he has got them all out, he goes before them, and the sheep go after him, for they have knowledge of his voice.गोठालाले सबै भेडाहरू बाहिर निकाल्दछ। तब ऊ सबैको अघि जाँदछ तिनीहरूको अगवाई गर्दछ। भेडाहरू उसैको पछि लाग्दछन् किनभने तिनीहरूले उसको आवाज चिन्दछन्।

5 They will not go after another who is not their keeper, but will go from him in flight, because his voice is strange to them.भेडाहरूले नचिनेको मानिसलाई पछ्याउँदैन। तिनीहरू त्यस्ता नचिनेको मान्छेदेखि टाडा भाग्दछन्, किनभने तिनीहरूले उसको आवाज चिन्दैनन्।”

6 In this Jesus was teaching them in the form of a story: but what he said was not clear to them.यसरी येशूले मानिसहरूलाई एउटा कथा सुनाउनु भयो। तर त्यस कथाको तात्पर्य के हो तिनीहरूले बुझेनन्।

7 So Jesus said again, Truly I say to you, I am the door of the sheep.येशूले फेरि भन्नुभयो, “म साँचो भन्दछु। म भेडाहरूको लागि ढोका हुँ।

8 All who came before me are thieves and outlaws: but the sheep did not give ear to them.जो मेरो अघि आए, तिनीहरू सबै चोरहरू र डाकूहरू हुन्। भेडाले तिनीहरूलाई ध्यान दिएनन्।

9 I am the door: if any man goes in through me he will have salvation, and will go in and go out, and will get food.म ढोका हुँ। जुन मानिस मद्वारा पस्दछ ऊ जोगिन्छ। त्यो मानिस भित्र आउने र बाहिर जाने योग्य हुँदछ। उसले चाहेको जति सबै कुराहरू पाउनेछ।

10 The thief comes only to take the sheep and to put them to death: he comes for their destruction: I have come so that they may have life and have it in greater measure.एक चोर चोर्न, मार्न र ध्वंस गर्न मात्र आउँदछ। तर म जीवन-दान गर्न आएँ-त्यस्तो जीवन जुन पूर्ण र असल छ।

11 I am the good keeper of sheep: the good keeper gives his life for the sheep.“म असल गोठालो हुँ। असल गोठालोले भेडाका निम्ति आफ्नो जीवन प्रदान गर्दछ।

12 He who is a servant, and not the keeper or the owner of the sheep, sees the wolf coming and goes in flight, away from the sheep; and the wolf comes down on them and sends them in all directions:पैसा दिएर राखेको कर्मी र खास गोठालोमा भिन्नता हुँदछ। तलब दिएर राखेका गोठालाहरूको आफ्नो भेडा हुदैन। जब उसले ब्वाँसो देख्दछ, ऊ भेडालाई छाडेर भाग्दछ। तब ब्वाँसोले भेडाहरूमाथि आक्रमण गरेर तितर-बितर पार्दछ।

13 Because he is a servant he has no interest in the sheep.किनभने ऊ तलबमा राखिएको मान्छे हो। त्यसकारणले भाग्छ। उसले भेडाको देखरेख गर्दैन। उसलाई भेडाको चिन्ता हुँदैन। उसलाई भेडासँग कुनै मतलब रंहदैन।

14 I am the good keeper; I have knowledge of my sheep, and they have knowledge of me,“म त्यो गोठालो हुँ जसले भेडालाई साँचो मनले रक्षा गर्छ। म मेरा भेडाहरू चिन्दछु जसरी पिताले मलाई चिन्नुहुन्छ।

15 Even as the Father has knowledge of me and I of the Father; and I am giving my life for the sheep. अनि भेडाले पनि मलाई चिन्दछ जसरी म पितालाई चिन्दछु। म ती भडाहरूका लागि जीवन अर्पण गर्छु।

16 And I have other sheep which are not of this field: I will be their guide in the same way, and they will give ear to my voice, so there will be one flock and one keeper.मसंग अन्य भेडाहरू पनि छन्। तिनीहरू यस झुण्डमा छैनन्। मैले तिनीहरूलाई पनि अगुवाई गर्नु पर्छ। तिनीहरूले मेरो आवाज सुन्नेछन्, तब तिनीहरू एउटै झुण्डमा हुनेछन् तब त्यहाँ, एउटा बगाल अनि एउटै गोठालो हुदँछ।

17 For this reason am I loved by the Father, because I give up my life so that I may take it again.मेरो पिताले मलाई प्रेम गर्नुहुन्छ किनभने म मेरो जीवन दिनु तयार छु ताकि त्यो म फेरि फिर्ता लिनेछु।

18 No one takes it away from me; I give it up of myself. I have power to give it up, and I have power to take it again. These orders I have from my Father.मबाट कसैले जीवन लिन सक्दैन, मेरो आफ्नै जीवन आफ्नो इच्छाले दिन्छु मेरो आफ्नो जीवन दिने अधिकार छ। अनि त्यसैलाई पुनः प्राप्त गर्न अधिकार पनि छ। यही नै त मेरा पिताले मलाई गर्नु अधिकार पनि छ। यही नै त मेरा पिताले मलाई गर्नु भन्नुभयो।”

19 There was a division again among the Jews because of these words.फेरि यहूदीहरूको आपसमा सहमती भएनन्, किनभने यशूले यी कुराहरू भन्नु भएको थियो।

20 And a number of them said, He has an evil spirit and is out of his mind; why do you give ear to him?धेरै यहूदीहरूले भने, “भुतात्मा उसमा छ र ऊ बौलाहा भएको छ। किन उसलाई ध्यान दिनु?”

21 Others said, These are not the words of one who has an evil spirit. Is it possible for an evil spirit to make blind people see?तर अन्य यहूदीहरूले भने, “भुतात्माले भेट्टाएको मान्छेले यस्तो प्रकारको कुरा गर्नसक्तैन। के भुतात्माले अन्धा मान्छेहरूका आँखा निको पार्न सक्छ? अहँ!”येशूको विरुद्ध यहूदीहरू

22 Then came the feast of the opening of the Temple in Jerusalem: it was winter;यरूशलेममा हिउँदको बेला थियो साथै समर्पणको चाडपनि आयो।

23 And Jesus was walking in the Temple, in Solomon's covered way.येशू मन्दिरको प्राङ्गाण अन्तर्गत सुलेमानको दलानमा टहलिरहनुभएको थियो।

24 Then the Jews came round him, saying, how long are you going to keep us in doubt? If you are the Christ, say so clearly.यहूदीहरूले येशूलाई वरिपरि घेरे। तिनीहरूले भने, “कहिले सम्म तिम्रो विषयमा हामीलाई रहस्यमा राख्छौ? यदि तिमी ख्रीष्ट नै हौ भने, हामीलाई स्पष्ट पार।”

25 Jesus said in answer, I have said it and you have no belief: the works which I do in my Father's name, these give witness about me.येशूले उत्तर दिनुभयो, “मैले तिमीहरूलाई पहिल्यै भनिसकेको छु, तर तिमीहरूले विश्वास गरेनौ। म चमत्कारहरू गर्छु, मेरो पिताको नाममा। ती चमत्कारहरूले मेरो बारेमा प्रमाण दिन्छ।

26 But you have no belief because you are not of my sheep.तिमीहरू तर विश्वास गर्दैनौ। किन? किनभने तिमीहरू मेरा भेडाहरू होइनौ।

27 My sheep give ear to my voice, and I have knowledge of them, and they come after me:मेरो भेडाहरू मेरो आवाज सुन्दछन्। म तिनीहरूलाई जान्दछु र तिनीहरूले मलाई पछ्याउँदछन्।

28 And I give them eternal life; they will never come to destruction, and no one will ever take them out of my hand.म मेरा भेडाहरूलाई अनन्त जीवन दिंदछु। तिनीहरू कहिल्यै मर्ने छैनन्। अनि कसैले पनि तिनीहरूलाई मेरो हातबाट खोसेर लान सक्तैन।

29 That which my Father has given to me has more value than all; and no one is able to take anything out of the Father's hand.मेरा पिताले मेरो भेडा मलाई दिनु भयो। उहाँ सबैभन्दा महान हुनुहुन्छ। कसैले पनि मेरो पिताको हातबाट भेडा खोसेर लान सक्तैन।

30 I and my Father are one.पिता र म एकै हौं।”

31 Then the Jews took up stones again to send at him.फेरि यहूदीहरूले येशूलाई मार्न ढुङ्गा टिपे।

32 Jesus said to them in answer, I have let you see a number of good works from the Father; for which of those works are you stoning me?तर येशूले तिनीहरूलाई भन्नुभयो, “मेरा पिताबाट तिमीहरूलाई मैले धेरै राम्रा कामहरू देखाइसकेको छु। ती चीजहरू मध्ये कुन चाँहि कामको लागि मलाई ढुङ्गाले हिर्काउन खोज्छौ?”

33 This was their answer: We are not stoning you for a good work but for evil words; because being a man you make yourself God.यहूदीहरूले भने, “तिमीले कुनै राम्रो काम गरेकोमा तिमीलाई हामी ढुङ्गाले हानेर मार्ने छैनौं। तर तिमीले भनेका ती कुराहरू परमेश्वरको विरूद्ध छन्। तिमी खाली मान्छे मात्र हौ, तर तिमी भन्छौ तिमी परमेश्वर समान हौ। त्यही कारणले गर्दा हामीले तिमीलाई ढुङ्गाले हिर्काएर मार्न खोजेका हौं।”

34 In answer, Jesus said, Is there not a saying in your law, I said, You are gods?येशूले उत्तर दिनुभयो, “यो तिमीहरूको व्यवस्थामा लेखिएको छ, ‘मैले भनें, तिमीहरू देवहरू हौ।

35 If he said they were gods, to whom the word of God came (and the Writings may not be broken),यो धर्माशास्त्रले तिनीहरूलाई देवहरू भन्यो। मानिसहरू जसले परमेश्वरको सुसमाचार ग्रहण गरे। अनि धर्मशास्त्रमा सधैं सत्य छ।

36 Do you say of him whom the Father made holy and sent into the world, Your words are evil; because I said, I am God's Son?यसर्थ तिमीहरू मलाई किन भन्छौ, “तिमी परमेश्वरको निन्दा गर्छौ, किनभने मैले भने, ‘म परमेश्वरको पुत्र हुँ?’ पिताले मलाई चुन्नु भयो अनि संसारमा पठाउनु भयो।

37 If I am not doing the works of my Father, do not have belief in me;यदि मैले मेरा पिताको कामहरू र्गदिन भने मलाई विश्वास नगर।

38 But if I am doing them, then have belief in the works even if you have no belief in me; so that you may see clearly and be certain that the Father is in me and I am in the Father.तर यदी मैले मेरा पिताका कामहरू गरें भने तिमीहरूले मलाई विश्वास गर्नु पर्छ। यदि तिमीहरूले मलाई विश्वास गरेनौ भने, म जे गर्छु मेरो काममा विश्वास गर। तब तिमीहरूले थाहा पाउनेछौ अनि बुझ्नेछौ कि म परमेश्वरमा छु औ परमेश्वर ममा हुनुहुन्छ।”

39 Then again they made an attempt to take him; but he got away from them.यहूदीहरूले येशूलाई फेरि पक्रने प्रयास गरे। तर येशू तिनहरूबाट उम्कनु भयो।

40 And he went again to the other side of the Jordan, to the place where John first gave baptism; and he was there for a time.त्यसपछि येशू फेरि यर्दन नदीको क्षेत्र पार गरेर जानु भयो। येशू त्यस ठाउँ जानु भयो जहाँ यूहन्नाले पहिला बप्तिस्मा दिएका थिए।

41 And a great number of people came to him, saying, John did no sign: but everything John said of this man was true.येशू त्यहाँ बस्नु भयो र उहाँ-कहाँ धेरै मानिसहरू आए। मानिसहरूले भने, “यूहन्नाले कहिल्यै चमत्कार देखाएनन्। तर यूहन्नाले जुन मानिसको विषयमा जो सबै भन्नुभयो त्यो साँचो थियो।”

42 And a number came to have faith in him there.अनि त्यहाँ धेरै मानिसहरूले येशूमा विश्वास गरे।

Nepali Bible