2 Chronicles 34 - WEB (Nepali)
1 Josiah was eight years old when he began to reign; and he reigned thirty-one years in Jerusalem.योशियाह आठ वर्ष पुगेका थिए जब तिनी राजा भए। तिनी एकतीस वर्षसम्म यरूशलेममा राजा थिए।
2 He did that which was right in the eyes of Yahweh, and walked in the ways of David his father, and didn't turn aside to the right hand or to the left.योशियाहले त्यही गरे जो सही थियो। परमप्रभुले चाहनु भएका कुराहरू नै तिनले गरे। तिनले तिनका पुर्खा दाऊदले जस्तै राम्रा कुराहरू गरे। योशियाहले उचित कुराहरू गर्नबाट मुख मोडेनन्।
3 For in the eighth year of his reign, while he was yet young, he began to seek after the God of David his father; and in the twelfth year he began to purge Judah and Jerusalem from the high places, and the Asherim, and the engraved images, and the molten images.जब योशियाह उसको राज्यको आठौं वर्षमा पुगेका थिए तिनले परमेश्वरको अनुसरण गर्न शुरू गरे जसलाई तिनका पुर्खा दाऊदले अनुसरण गरेका थिए। योशियाह अझ सानै थिए जब तिनले परमेश्वरलाई पछ्याउन शुरू गरे। जब योशियाह उनी राजा राज्यको बाह्रौं वर्षमा थिए तिनले उच्च स्थानहरू, अशेरा स्तम्भहरू अनि मूर्तिहरू जो कुँदिएका थिए, अनि मूर्तिहरू जो यहूदा अनि यरूशलेमका साँचाहरूबाट निर्माण गरिएका थिए सबै नष्ट गर्न शुरू गरे।
4 They broke down the altars of the Baals in his presence; and the sun-images that were on high above them he hewed down; and the Asherim, and the engraved images, and the molten images, he broke in pieces, and made dust of them, and strewed it on the graves [of those] who had sacrificed to them.मानिसहरूले बाल देवताहरूका वेदीहरू भत्काइदिए। तिनीहरूले योशियाहका सामुन्ने यसो गरे। तब योशियाहले धूप वेदीहरू काटिदिए जो वेदीमाथि बाललाई अर्पण गरेका थिए। उसले मूर्तिहरू जो कुँदिएका थिए अनि मूर्तिहरू जो साँचोमा ढालेर निर्माण गरिएका थिए, भत्काइदिए। तिनले ती मूर्तिहरूलाई धूलो-पीठो पारिदिए। तब योशियाहले त्यो पीठो ती मानिसहरूका चिहानहरूमा छर्किदिए जसले बाल देवताहरूलाई बलिहरू चढाएका थिए।
5 He burnt the bones of the priests on their altars, and purged Judah and Jerusalem.योशियाहले ती पूजाहारीहरूका हाडहरू पनि जलाइदिए जसले आफ्नै वेदीमा बाल देवताहरूको सेवा गरेका थिए। यस्तै प्रकार योशियाले यहूदा अनि यरूशलेमलाई शुद्ध पारे।
6 [So did he] in the cities of Manasseh and Ephraim and Simeon, even to Naphtali, in their ruins round about.योशियाहले मनश्शे, एप्रैम, शिमोन देखि नप्ताली सम्मका इलाकाका शहरहरूमा पनि यसै गरे।
7 He broke down the altars, and beat the Asherim and the engraved images into powder, and hewed down all the sun-images throughout all the land of Israel, and returned to Jerusalem.योशियाहले वेदीहरू अनि अशेरा स्तम्भहरू भत्काइदिए। तिनले मूर्तिहरूलाई धूलो पीठो पारिदिए। तिनले इस्राएल देश भरि बाल पूजाका निम्ति प्रयोग गरिएका धूप वेदीहरू काटिदिए। त्यसपछि योशियाह यरूशलेम फर्केर गए।
8 Now in the eighteenth year of his reign, when he had purged the land and the house, he sent Shaphan the son of Azaliah, and Maaseiah the governor of the city, and Joah the son of Joahaz the recorder, to repair the house of Yahweh his God.जब योशियाह यहूदाका राजाका रूपमा अठाह्रौ वर्षमा थिए तिनले शापान, मासेयाह अनि योआहलाई तिनका परमप्रभु परमेश्वरको मन्दिरलाई फेरि निर्माण अनि स्थापना गर्नु भनी पठाए। शापानका पिताको नाउँ अजलियाह थियो। मासेयाह शहरका प्रमुख थिए, अनि योआहका पिताको नाउँ योआहाश थियो। योआहाश त्यही मानिस थिए जसले जे कुराहरू घटे ती लेखे।यसरी योशियाहले मन्दिरलाई स्थापना गर्ने आदेश दिए जसद्वारा तिनले यहूदा अनि मन्दिरलाइ शुद्ध तुल्याउन सकून्।
9 They came to Hilkiah the high priest, and delivered the money that was brought into the house of God, which the Levites, the keepers of the threshold, had gathered of the hand of Manasseh and Ephraim, and of all the remnant of Israel, and of all Judah and Benjamin, and of the inhabitants of Jerusalem.ती मानिसहरू हिल्कियाह, प्रधान पूजाहारी कहाँ आए। तिनीहरूले तिनलाई धन दिए जो मानिसहरूले परमेश्वरका मन्दिरका निम्ति दिएका थिए। लेवी द्वारपालहरूले मनश्शे, एप्रैमका मानिसहरूबाट अनि रहेका सबै इस्राएलीबाट धनसंग्रह गरेका थिए। तिनीहरूले यो धन यहूदा, बिन्यामीन अनि यरूशलेममा बस्ने समस्त मानिसहरूबाट पनि संग्रह गरेका थिए।
10 They delivered it into the hand of the workmen who had the oversight of the house of Yahweh; and the workmen who labored in the house of Yahweh gave it to mend and repair the house;तब लेवीहरूले ती मानिसहरूलाई पैसा भुक्तानी गरे जसले परमप्रभुको मन्दिरको काम देख-रेख गरे। अनि देख-रेख गर्नेहरूले कर्मीहरूलाई भुक्तानी गरे जसले परमप्रभुको मन्दिर स्थापित गरे।
11 even to the carpenters and to the builders gave they it, to buy hewn stone, and timber for couplings, and to make beams for the houses which the kings of Judah had destroyed.तिनीहरूले धन सिकर्मी अनि निर्माण कर्त्ताहरूलाई ठूला ढुङ्गाहरू किन्न जो अघिनै काटि राखेका थिए अनि काठहरू किन्न भनी दिए। काठहरू मन्दिरहरूलाई फेरि निर्माण गर्न अनि मन्दिरहरूका निम्ति आड दिने काठ बनाउनमा प्रयोग गरिए। विगत समयमा यहूदाका राजाहरूले मन्दिरहरूको वास्ता गरेका थिएनन्। ती मन्दिरहरू पुराना अनि ध्वस्त भएका थिए।
12 The men did the work faithfully: and the overseers of them were Jahath and Obadiah, the Levites, of the sons of Merari; and Zechariah and Meshullam, of the sons of the Kohathites, to set it forward; and [others of] the Levites, all who were skillful with instruments of music.मानिसहरूले विश्वास पूर्वक काम गरे। तिनीहरूका निरीक्षकहरू पहत अनि ओबदियाह थिए। यहत अनि ओबदियाह लेवीहरू थिए, अनि तिनीहरू मरारीका सन्तान थिए। अन्य निरीक्षकहरू जकर्याह अनि मशुल्लाम थिए। तिनीहरू कहातका सन्तानहरू थिए।
13 Also they were over the bearers of burdens, and set forward all who did the work in every manner of service: and of the Levites there were scribes, and officers, and porters.लेवीहरू जो संङ्गीतका वाध्य यन्त्रहरू बजाउनमा सिपालु थिए तिनीहरूले श्रमिकहरूको र अन्य सबै कर्मीहरूको निरिक्षण पनि गर्दथे। केही लेवीहरूले सचिव, अधिकारी अनि द्वारापालहरूको रूपमा काम गर्दथे।व्
14 When they brought out the money that was brought into the house of Yahweh, Hilkiah the priest found the book of the law of Yahweh [given] by Moses.लेवीहरूले त्यो धन बाहिर निकाले जो परमप्रभुको मन्दिरमा थियो। त्यस समयमा पूजाहारी हिल्कियाहले ‘परमप्रभुको व्यवस्थाको पुस्तक’ पाए जो मोशा द्वारा दिइएको थियो।
15 Hilkiah answered Shaphan the scribe, I have found the book of the law in the house of Yahweh. Hilkiah delivered the book to Shaphan.हिल्कियाहले सचिव शापानलाई भने, “मैले व्यवस्थाको पुस्तक’ परमप्रभुको मन्दिरमा पाएँ।” हिल्कियाहले त्यो पुस्तक शापानलाई दिए।
16 Shaphan carried the book to the king, and moreover brought back word to the king, saying, All that was committed to your servants, they are doing.शापानले त्यो पुस्तक राजा योशियाह कहाँ ल्याए। शापानले राजालाई सूचना दिए, “तपाईंका सेवकहरूले तपाईंले तिनीहरूलाई गर्नु भन्नु भएका हरेक कुराहरू गरिरहेका छन्।
17 They have emptied out the money that was found in the house of Yahweh, and have delivered it into the hand of the overseers, and into the hand of the workmen.तिनीहरूले त्यो धन निकाले जो परमप्रभुको मन्दिरमा थियो अनि तिनीहरूले धन निरीक्षकहरू अनि कर्मीहरूलाई भुक्तानी गर्दै छन्।”
18 Shaphan the scribe told the king, saying, Hilkiah the priest has delivered me a book. Shaphan read therein before the king.तब शापानले राजा योशियाहलाई भने, “पूजाहारी हिल्कियाहले मलाई एउटा पुस्तक दिएका छन्।” तब शापानले पुस्तकबाट पढे। तिनी पढ्दै गर्दा राजाका सामुन्ने थिए।
19 It happened, when the king had heard the words of the law, that he tore his clothes.जब राजा योशियाहले पढिएको व्यवस्थाका शब्दहरू सुने, तिनले तिनका बस्त्रहरू च्याते।
20 The king commanded Hilkiah, and Ahikam the son of Shaphan, and Abdon the son of Micah, and Shaphan the scribe, and Asaiah the king's servant, saying,तब राजाले हिल्कियाह, शापानका छोरा अहीकम, मीकाका छोरा अब्दोन, सचिव शापान अनि सेवक असायालाई एक आदेश दिए।
21 Go you, inquire of Yahweh for me, and for those who are left in Israel and in Judah, concerning the words of the book that is found; for great is the wrath of Yahweh that is poured out on us, because our fathers have not kept the word of Yahweh, to do according to all that is written in this book.राजाले भने, “जाऊ, मेरा निम्ति अनि मानिसहरूका निम्ति जो इस्राएल अनि यहूदामा रहेका छन्, परमप्रभु सित याचना गर। ती पुस्तकका शब्दहरूको बारेमा जो पाइएको थियो, सोध। परमप्रभु हामी सित अत्यन्त क्रोधित हुनुहुन्छ किनभने हाम्रा पुर्खाहरूले परमप्रभुको बचनको पालन गरेनन्। तिनीहरूले यो पुस्तकले गर्नु भनेका सबै कुराहरू गरेनन्।”
22 So Hilkiah, and they whom the king [had commanded], went to Huldah the prophetess, the wife of Shallum the son of Tokhath, the son of Hasrah, keeper of the wardrobe; (now she lived in Jerusalem in the second quarter;) and they spoke to her to that effect.हिल्कियाह अनि राजाका सेवकहरू अगमवादिनी हुल्दा कहाँ गए। हुल्दा शल्लूमकी पत्नी थिइन्। शल्लूम तोखतका छोरा थिए। तोखत हसराका छोरा थिए। शल्लूम राज-बस्त्रहरूको हेरचाह गर्दथे। हुल्दा यरूशलेमको नयाँ अंशमा बस्थीन्। हिल्किया अनि सेवकहरूले हुल्दालाई सबै कुरा भने जो भइसकेको थियो।
23 She said to them, Thus says Yahweh, the God of Israel: Tell you the man who sent you to me,हुल्दाले तिनीहरूलाई भनीन्, “इस्राएलका परमप्रभु परमेश्वर जे भन्नुहुन्छ त्यो यो होः राजा योशियाहलाई भनः
24 Thus says Yahweh, Behold, I will bring evil on this place, and on the inhabitants of it, even all the curses that are written in the book which they have read before the king of Judah.‘म यो स्थानमा अनि यहाँ बस्ने मानिसहरू माथि दुःख कष्ट ल्याइदिनेछु। म ती सबै भयानक कुराहरू ल्याउनेछु जो त्यो पुस्तकमा लेखिएका छन् जसलाई यहूदाका राजाको सामुन्ने पढिएको थियो।
25 Because they have forsaken me, and have burned incense to other gods, that they might provoke me to anger with all the works of their hands; therefore is my wrath poured out on this place, and it shall not be quenched.म यसो गर्नेछु किनभने मानिसहरूले मलाई त्याग गरे अनि अन्य देवताहरूलाई धूप बाले। ती मानिसहरूले मलाई क्रोधित तुल्याए किनभने तिनीहरूले सबै नराम्रा कुराहरू गरेका छन्। यसर्थ म यो स्थान माथि मेरो क्रोध पोखाउने छु। तातो बल्दो आगो जस्तै मेरो क्रोधलाई निभाउन सकिने छैन।’
26 But to the king of Judah, who sent you to inquire of Yahweh, thus shall you tell him, Thus says Yahweh, the God of Israel: As touching the words which you have heard,तर यो कुरा यहूदाका राजा योशियाहलाई भन जसले तिमीहरूलाई परमप्रभु सित सोध्नु पठाउनुभयो यही परमप्रभु इस्राएलका परमेश्वर तिमीहरूले सुनेक वचनहरू बारेमा भन्नुहुन्छ।
27 because your heart was tender, and you did humble yourself before God, when you heard his words against this place, and against the inhabitants of it, and have humbled yourself before me, and have torn your clothes, and wept before me; I also have heard you, says Yahweh.योशियाह जब तैंले यो भूमि अनि बासिन्दाहरूको विषयमा कुराहरू सुनिस् तैंले आफैंलाई नम्र बनाइस् अनि तेरो लुगाहरू च्यातिस्। तँ मेरो सामुन्ने रोइस् अनि मैले यो सुने यसकारण तेरो हृदय कोमल छ।
28 Behold, I will gather you to your fathers, and you shall be gathered to your grave in peace, neither shall your eyes see all the evil that I will bring on this place, and on the inhabitants of it. They brought back word to the king.म तँलाई तेरो पिता-पुर्खाहरू कहाँ लाने छु। तँ तेरो चिहानमा शान्तिसित जाने छस्। तैंले कुनै पनि दुःख कष्टहरू देख्नु पर्ने छैन जो म यो स्थान माथि अनि यहाँ बस्ने मानिसहरू माथि ल्याउने छु।”‘ हिल्कियाह अनि राजाका सेवकहरू यो संन्देश लिएर राजा योशियाह कहाँ फर्के।
29 Then the king sent and gathered together all the elders of Judah and Jerusalem.तब राजा योशियाहले यहूदा अनि यरूशलेमका सबै अग्रज मानिसहरूलाई आउनु अनि तिनीसित भेट्नु भनी बोलाए।
30 The king went up to the house of Yahweh, and all the men of Judah and the inhabitants of Jerusalem, and the priests, and the Levites, and all the people, both great and small: and he read in their ears all the words of the book of the covenant that was found in the house of Yahweh.राजा परमप्रभुको मन्दिर सम्म गए। यहूदाका सबै मानिसहरू, अनि यरूशलेममा बस्ने मानिसहरू, पूजाहारीहरू लेवीहरू अनि सबै मुख्य अनि साधरण मानिसहरू योशियाहसाथ थिए। योशियाहले तिनीहरूलाई “करारको पुस्तकमा” भएका सबै कुराहरू पढेर सुनाए। त्यो पुस्तक परमप्रभुको मन्दिरमा पाइएको थियो।
31 The king stood in his place, and made a covenant before Yahweh, to walk after Yahweh, and to keep his commandments, and his testimonies, and his statutes, with all his heart, and with all his soul, to perform the words of the covenant that were written in this book.तब राजा आफ्ना स्थानमा उभिए। तिनले परमप्रभुसित करार गरे। तिनी परमप्रभुको अनुसरण गर्न अनि परमप्रभुको आदेश, नियम, विधिहरू पालन गर्न सहमत भए। योशियाहले आफ्नो सम्पूर्ण हृदय अनि आत्माद्वारा आज्ञा पालन गर्न सहमत भए। तिनी यो पुस्तकमा लेखिएका करारका कुराहरू पालन गर्न सहमत भए।
32 He caused all who were found in Jerusalem and Benjamin to stand [to it]. The inhabitants of Jerusalem did according to the covenant of God, the God of their fathers.तब योशियाहले यरूशलेम अनि बिन्यामीनका सबै मानिसहरूलाई करार स्वीकार गर्न प्रतिज्ञा गराए। यरूशलेमका मानिसहरूले परमेश्वरको आज्ञापालन गरे, जसरी तिनीहरूका पिता-पुर्खाहरूले परमेश्वरलाई पछ्याएका थिए।
33 Josiah took away all the abominations out of all the countries that pertained to the children of Israel, and made all who were found in Israel to serve, even to serve Yahweh their God. All his days they didn't depart from following Yahweh, the God of their fathers.इस्राएलका मानिसहरू सित विभिन्न देशका मूर्तिहरू थिए। तर योशियाहले ती भयानक मूर्तिहरू सबै ध्वस्त गरिदिए। योशियाहले इस्राएलका सबै मानिसहरूलाई परमप्रभु तिनीहरूका परमेश्वरको सेवा गर्न लगाए। अनि जब सम्म योशियाह जीवित थिए तब सम्म मानिसहरूले तिनीहरूका पुर्खाहरूका परमप्रभु परमेश्वरको सेवा गरिरहे।
Nepali Bible