Bible

Numbers 4 - YLT (Nepali)

1 And Jehovah speaketh unto Moses, and unto Aaron, saying,परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो,

2 `Take up the sum of the sons of Kohath from the midst of the sons of Levi, by their families, by the house of their fathers;“लेवीहरूको बीचमा कहातीहरूको उनीहरूको वंश तथा परिवार समूहको हिसाबले गन्ती गर।

3 from a son of thirty years and upward, even till a son of fifty years, every one going in to the host, to do work in the tent of meeting.भेट हुने पालमा सेवा गर्न आउने मध्ये तीस देखि पचास वर्ष उमेर सम्मका मानिसहरूको गन्ती गर।

4 `This `is' the service of the sons of Kohath in the tent of meeting, the holy of holies:कहातीहरूको काम भेट हुने पालमा सब भन्दा पवित्र चीजहरूको हेरचाहा गर्नु हो।

5 that Aaron and his sons have come in, in the journeying of the camp, and have taken down the vail of the hanging, and have covered with it the ark of the testimony;“जब इस्राएलीहरू नयाँ क्षेत्रमा सर्न तयार हुन्छन्, हारून र तिनका छोराहरूले भेट हुने पाल पर्दा तल झार्नु पर्छ अनि यसले करारको सन्दूकलाई ढाक्नु पर्छ।

6 and have put on it a covering of badger skin, and have spread a garment completely of blue above, and have placed its staves.तिनीहरूलाई यसमाथि नरम छाला लगाइ देऊ अनि छालालाई नीलो लुगासित छोपी देऊ अनि बोक्ने डण्डालाई यसको ठाउँमा राख्नु पर्छ।

7 `And on the table of the presence they spread a garment of blue, and have put on it the dishes, and the spoons, and the bowls, and the cups of the libation, and the bread of continuity is on it,“तिनीहरूले पवित्र टेबलमाथि निलो रंङ्गको लुगा ओछ्याऊन् अनि त्यसमाथि, रिकावी, धूपौरोहरू, बाटाहरू अनि अर्ध-बलिका कचौराहरू राखून्, अथवा ढुँङ्ग्रा राखिदिऊन्। विषेश रोटी त्यो पवित्र टेबलमा सँधै रहोस्।

8 and they have spread over them a garment of scarlet, and have covered it with a covering of badger skin, and have placed its staves,तिनीहरूले तिनीहरू माथि रातो लुगा ओछ्याऊन् अनि त्यसमाथि फेरि नरम छालाले यसलाई छोपिदिउन्। बोक्नुको लागि प्रयोग गरिने डण्डाहरू टेबलमा राखुन्।

9 and have taken a garment of blue, and have covered the candlestick of the lamp, and its lights, and its snuffers, and its snuff-dishes, and all its oil vessels wherewith they minister to it;“तिनीहरूले निलो लुगाले सामदान, यसको बत्तीहरू, बत्तीका सलेदोहरू, मसीदानी अनि जुन भाँडाहरूबाट तेल बत्तीमा लगाइन्छ ती भाडाहरू सबै ढाकिदिनू।

10 and they have put it and all its vessels unto a covering of badger skin, and have put `it' on the bar.त्यसपछि त्यो सामदान र यसका सबै समानहरू सील छालाको च्यादरले छोपेर तिनीहरू बोकिने डण्डामा राखुन्।

11 `And on the golden altar they spread a garment of blue, and have covered it with a covering of badger skin, and have placed its staves;“तिनीहरूले सुनको वेदीमाथि निलो लुगाले ढाकि दिऊन् र त्यसमाथि नरम छालाको टुक्राले छोपिदिउन् अनि बोकेर ल्याइएका खम्बाहरू ठाउँमा राखुन्।

12 and have taken all the vessels of ministry wherewith they minister in the sanctuary, and have put `them' unto a garment of blue, and have covered them with a covering of badger skin, and have put `them' on the bar,“पवित्र स्थानमा सेवा गर्दा प्रयोग गरिने वस्तुहरू तिनीहरूले लैजाऊन् र एउटा निलो लुगामाथि नरम छालाको च्यादरले छोपि दिऊन् र तिनीहरूलाई बोकी लैजाने डण्डी माथि राखुन्।

13 and have removed the ashes of the altar, and have spread over it a garment of purple;“काँसको वेदीबाट तिनीहरूले खरानी सफा गरून् र त्यसमाथि बैजनी रंगको लुगाले ढाकुन्।

14 and have put on it all its vessels wherewith they minister about it, the censers, the hooks, and the shovels, and the bowls, all the vessels of the altar, and have spread on it a covering of badger skin, and have placed its staves:त्यसपछि तिनीहरूले त्यस वेदीमा आराधना गर्दा प्रयोग गरिने वस्तुहरू जस्तै अँगेटी, काँटाहरू बेल्चाहरू छर्कने बाटाहरू र ती सब काँसाको वेदीमाथि राखुन्। त्यसपछि तिनीहरूले त्यसमाथि नरम छालाले वेदीलाई ढाकुन् र बोक्नुको लागि प्रयोग गरिने डण्डीहरू यसको ठाउँमा राखुन्।

15 `And Aaron hath finished -- his sons also -- covering the sanctuary, and all the vessels of the sanctuary, in the journeying of the camp, and afterwards do the sons of Kohath come in to bear `it', and they do not come unto the holy thing, that they have died; these `things are' the burden of the sons of Kohath in the tent of meeting.“जब हारून र तिनका छोराहरूले पवित्र सर-सामानहरू छोपिदिन सक्छन् तब कहाती वंशका मानिसहरूले त्यस समानहरू बोक्न शुरू गर्न सक्छन् र यसरी तिनीहरूले पवित्रस्थान स्पर्श गर्ने छैनन् नत्र तिनीहरू मर्नेछन्। भेट हुने पालको सबै सर-समानहरू कहातीहरूले नै बोकुन्।

16 `And the oversight of Eleazar, son of Aaron the priest, `is' the oil of the lamp, and the spice-perfume, and the present of continuity, and the anointing oil, the oversight of all the tabernacle, and of all that `is' in it, in the sanctuary, and in its vessels.'“पूजाहारी हारूनको छोरो एलाजार वत्तीको तेल, सुगन्धित धूप दैनिक अन्नबलि अनि अभिषेक तेलको निम्ति जिम्मावार रहनेछन्। तिनी भेट हुने पाल र त्यसभित्र भएको प्रत्येक कुराको जिम्मावार रहनेछ।”

17 And Jehovah speaketh unto Moses and unto Aaron, saying,परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो,

18 `Ye do not cut off the tribe of the families of the Kohathite from the midst of the Levites;“कहातीहरूलाई लेवीहरूबाट अलग हुन नदेऊ।

19 but this do to them, and they have lived, and do not die in their drawing nigh the holy of holies: -- Aaron and his sons go in, and have set them, each man to his service, and unto his burden,तिमीहरूले तिनीहरूको निम्ति यस्तो गर ताकि तिनीहरू अति पवित्र स्थान नजीक जाऊन् तर नमरून्। हारून अनि तिनका छोराहरूले कहाती मानिसहरूलाई पवित्र स्थान भित्र गएर तिनीहरूले बोक्नु पर्ने समानहरू सबै देखाइ दिऊन्।

20 and they go not in to see when the holy thing is swallowed, that they have died.'यदि तिमीहरूले त्यसो गरेनौ भने ती कहाती मानिसहरू भित्र पस्छन् र पवित्र चीजहरू देख्छन् अनि तिनीहरूले केही समयको निम्ति मात्र पनि ती पवित्र चीजहरू हेरे भने तिनीहरू निश्चय मर्छन्।”

21 And Jehovah speaketh unto Moses, saying,परमप्रभुले मोशालाई भन्नुभयो,

22 `Take up the sum of the sons of Gershon also by the house of their fathers, by their families;“गेर्शोनी वंशका सबै मानिसहरूको आफ्नो आफ्नो परिवार र वंश अनुसार गन्ती गर।

23 from a son of thirty years and upward, till a son of fifty years thou dost number them, every one who is going in to serve the host, to do the service in the tent of meeting.सबै भेट हुने पालमा सेवा गर्न आउने तीस देखि पचास वर्ष उमेरका मानिसहरूको गन्ती गर।

24 `This `is' the service of the families of the Gershonite, to serve -- and for burden,“गेर्शोनी वंशका मानिसहरूले बोक्नु पर्ने र गर्नु पर्ने काम यही हो।

25 and they have borne the curtains of the tabernacle, and the tent of meeting, its covering, and the covering of the badger `skin' which `is' on it above, and the vail at the opening of the tent of meeting,पवित्र स्थानको पर्दाहरू, भेट हुने पाल, त्यसको छाना र त्यसमाथि रहने नरम छालाको आवरण अनि भेट हुने पालको ढोकाको पर्दा तिमीहरूले बोक्नु पर्छ।

26 and the hangings of the court, and the vail at the opening of the gate of the court which `is' by the tabernacle, and by the altar round about, and their cords, and all the vessels of their service, and all that is made for them -- and they have served.पवित्र स्थान वरिपरिको आँगनमा भएका पर्दाहरू, वेदीको पर्दाहरू, आँगनको द्वाराहरूका पर्दाहरू र डोरीहरू तथा पर्दामा लाग्ने सबै सर-समानहरू तिनीहरूले बोकुन्। यी वस्तुहरूका सम्बन्धमा जे कुराहरू पनि गरिन्छ त्यसको निम्ति गेर्शोनीहरू मानिसहरू जिम्मावार थिए।

27 `By the command of Aaron and his sons is all the service of the sons of the Gershonite in all their burden, and in all their service; and ye have laid a charge on them concerning the charge of all their burden.गेर्शोनी मानिसहरूले जे पनि गर्छन भारी वोक्ने काम होस् अथवा अन्य काम हारून र तिनका छोराहरूको आदेश अनुसार गर्नेछन् र गेर्शोनी मानिसहरूको काम तिनीहरूले रेख-देख गर्नेछन्। यसर्थ गेर्शोनी मानिसहरूलाई तिनीहरूले काममा खटाऊन्।

28 This `is' the service of the families of the sons of the Gershonite in the tent of meeting; and their charge `is' under the hand of Ithamar son of Aaron the priest.गेर्शोनी वंशका मानिसहरूले भेट हुने पालमा गर्नु पर्ने काम यिनीहरू नै हुन् र पूजाहारी हारूनको छोरो ईतामारले तिनीहरूको काम रेख-देख गर्नेछ।”

29 `The sons of Merari, by their families, by the house of their fathers, thou dost number them;“मरारी वंशहरू र परिवारका मानिसहरू ज-जसले भेट हुने पालमा सेवा गरे अनि तीसदेखि पचास वर्ष उमेरका छन् तिनीहरू सबैको गन्ती गर।

30 from a son of thirty years and upward even unto a son of fifty years thou dost number them, every one who is going in to the host, to do the service of the tent of meeting.तिनीहरूले भेट हुने पालको निम्ति विशेष काम गर्नेछन्।

31 `And this `is' the charge of their burden, of all their service in the tent of meeting; the boards of the tabernacle, and its bars, and its pillars, and its sockets,भेट हुने पालमा तिनीहरूले यात्राको समयमा गर्नु पर्ने कामहरू यिनै हुन् पवित्र स्थानका फल्याकहरू, त्यसका बारहरू र डण्डीहरू, खम्बाहरू अनि आधारहरू।

32 and the pillars of the court round about, and their sockets, and their pins, and their cords, of all their vessels, and of all their service; and by name ye do number the vessels of the charge of their burden.वरिपरिका आँगनका खम्बाहरू र तिनीहरूका आधारहरू, कीलाहरू, डोरीहरू र तिनका सबै सामानहरू र यी सब सामानहरूसित सम्बन्धित सर-सामानहरू तिनीहरूले बोकून्।

33 `This `is' the service of the families of the sons of Merari, for all their service, in the tent of meeting, by the hand of Ithamar son of Aaron the priest.'मानिसहरूको सूचि तयार पार्नु र प्रत्येक मानिसले बोक्नु पर्ने के के हो खटाउनु। हारून पूजाहारीका छोरो ईतामारले तिनीहरूको काम रेख-देख गर्नेछ।”

34 And Moses numbereth -- Aaron also, and the princes of the company -- the sons of the Kohathite, by their families, and by the house of their fathers,मोशा, हारून अनि इस्राएली मानिसहरूका प्रधानहरूले कहाती मानिसहरूको गन्ती गरे। तिनीहरूले तिनीहरूको वंशहरू र परिवार समूहहरूको गन्ती गरे।

35 from a son of thirty years and upward even unto a son of fifty years, every one who is going in to the host, for service in the tent of meeting,तिनीहरूले तीसदेखि पचाससम्म उमेर भएका मानीसहरू जसले भेट हुने पालमा काम गरेका थिए तिनीहरूको गन्ती गरे। यी मानिसहरूलाई भेट हुने पालमा विशेष कामहरू दिइएको थियो।

36 and their numbered ones, by their families, are two thousand seven hundred and fifty.कहाती परिवार समूहमा 2,750 मानिसहरू थिए अनि तिनीहरू भेट हुने पालमा विशेष सेवाको निम्ति लायक थिए।

37 These `are' those numbered of the families of the Kohathite, every one who is serving in the tent of meeting, whom Moses and Aaron numbered, by the command of Jehovah, by the hand of Moses.यसर्थ यी कहाती वंशका मानिसहरूलाई भेट हुने पालमा विशेष कामहरूको निम्ति खटाइयो। परमप्रभुले मोशालाई भन्नु भए अनुसार मोशा र हारूनले गरे।

38 And those numbered of the sons of Gershon, by their families, and by the house of their fathers,गेर्शोनी मानिसहरूमा पनि तीसदेखि पचास वर्ष उमेर भएका र भेट हुने पालमा काम गरेकाहरूको गन्ती गरिएको थियो।

39 from a son of thirty years and upward even unto a son of fifty years, every one who is going in to the host, for service in the tent of meeting,यी मानिसहरूलाई भेट हुने पालमा विशेष कामको निम्ति खटाइएको थियो।

40 even their numbered ones, by their families, by the house of their fathers, are two thousand and six hundred and thirty.यस परिवार समूहमा 2,630 मानिसहरू गनिएका थिए।

41 These `are' those numbered of the families of the sons of Gershon, every one who is serving in the tent of meeting, whom Moses and Aaron numbered by the command of Jehovah.यी सबै मानिसहरू भेट हुने पालमा सेवारत थिए जसलाई परमप्रभुले दिनु भएको आज्ञा अनुसार मोशा र हारूनले गन्ती गरेका थिए।

42 And those numbered of the families of the sons of Merari, by their families, by the house of their fathers,मरारीहरू आफ्नो आफ्नो वंश तथा परिवार अनुसार गनिएका थिए।

43 from a son of thirty years and upward even unto a son of fifty years, every one who is going in to the host, for service in the tent of meeting,तीसदेखि पचास वर्ष उमेर भएका जो भेट हुने पालको सेवामा लागेका थिए तिनीहरूको गन्ती भएको थियो अनि तिनीहरूलाई भेट हुने पालमा विशेष सेवाको निम्ति खटाइएको थियो।

44 even their numbered ones, by their families, are three thousand and two hundred.मेरारी परिवार समूहमा 3,200 मानिसहरू भेट हुने पालमा विशेष सेवाको निम्ति लायक थिए।

45 These `are' those numbered of the families of the sons of Merari, whom Moses and Aaron numbered, by the command of Jehovah, by the hand of Moses.यसर्थ यी मरारी परिवार समुहका मानिसहरूलाई भेट हुने पालमा विशेष कामको निम्ती खटाइयो। मोशा र हारूनले मोशालाई परमप्रभुले भन्नुभए अनुसार यसो गरे।

46 All those numbered, whom Moses numbered -- Aaron also, and the princes of Israel -- of the Levites, by their families, and by the house of their fathers,यसर्थ, मोशा, हारून र इस्राएली मानिसहरूका नायकहरूले लेवी मानिसहरूका प्रत्येक वंश र प्रत्येक परिवार समूहको मानिसहरूको गन्ती गरे।

47 from a son of thirty years and upward even unto a son of fifty years, every one who is going in to do the work of the service, even the service of burden in the tent of meeting,तीसदेखि पचास वर्ष उमेर भएका र भेट हुने पालमा काम गरेका सबै मानिसहरूको तिनीहरूले गन्ती गरे। तिनीहरूलाई भेट हुने पालमा विशेष कामको निम्ति खटाइयो। तिनीहरूले यात्रा गर्दा भेट हुने पाल बोक्ने काम गरे।

48 even their numbered ones are eight thousand and five hundred and eighty;तिनीहरूको कुल संख्या 8,480 थियो।

49 by the command of Jehovah hath `one' numbered them, by the hand of Moses, each man by his service, and by his burden, with his numbered ones, as Jehovah hath commanded Moses.परमप्रभुको आज्ञा अनुसार नै मोशाले प्रत्येक मानिसको गन्ती गरेका थिए। प्रत्येक मानिसलाई उसले के बोक्नु पर्थ्यो उसलाई भनिएको थियो। यो परमप्रभुले भन्नुभए जस्तै गरिएको थियो।

Nepali Bible