Numbers 4 - WEB (Nepali)
1 Yahweh spoke to Moses and to Aaron, saying,परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो,
2 "Take a census of the sons of Kohath from among the sons of Levi, by their families, by their fathers' houses,“लेवीहरूको बीचमा कहातीहरूको उनीहरूको वंश तथा परिवार समूहको हिसाबले गन्ती गर।
3 from thirty years old and upward even until fifty years old, all who enter into the service, to do the work in the Tent of Meeting.भेट हुने पालमा सेवा गर्न आउने मध्ये तीस देखि पचास वर्ष उमेर सम्मका मानिसहरूको गन्ती गर।
4 This is the service of the sons of Kohath in the Tent of Meeting, the most holy things.कहातीहरूको काम भेट हुने पालमा सब भन्दा पवित्र चीजहरूको हेरचाहा गर्नु हो।
5 When the camp moves forward, Aaron shall go in, and his sons, and they shall take down the veil of the screen, and cover the ark of the Testimony with it,“जब इस्राएलीहरू नयाँ क्षेत्रमा सर्न तयार हुन्छन्, हारून र तिनका छोराहरूले भेट हुने पाल पर्दा तल झार्नु पर्छ अनि यसले करारको सन्दूकलाई ढाक्नु पर्छ।
6 and shall put a covering of sealskin on it, and shall spread over it a cloth all of blue, and shall put in its poles.तिनीहरूलाई यसमाथि नरम छाला लगाइ देऊ अनि छालालाई नीलो लुगासित छोपी देऊ अनि बोक्ने डण्डालाई यसको ठाउँमा राख्नु पर्छ।
7 On the table of show bread they shall spread a blue cloth, and put on it the dishes, the spoons, the bowls, and the cups with which to pour out; and the continual bread shall be on it.“तिनीहरूले पवित्र टेबलमाथि निलो रंङ्गको लुगा ओछ्याऊन् अनि त्यसमाथि, रिकावी, धूपौरोहरू, बाटाहरू अनि अर्ध-बलिका कचौराहरू राखून्, अथवा ढुँङ्ग्रा राखिदिऊन्। विषेश रोटी त्यो पवित्र टेबलमा सँधै रहोस्।
8 They shall spread on them a scarlet cloth, and cover the same with a covering of sealskin, and shall put in its poles.तिनीहरूले तिनीहरू माथि रातो लुगा ओछ्याऊन् अनि त्यसमाथि फेरि नरम छालाले यसलाई छोपिदिउन्। बोक्नुको लागि प्रयोग गरिने डण्डाहरू टेबलमा राखुन्।
9 They shall take a blue cloth, and cover the lampstand of the light, and its lamps, and its snuffers, and its snuff dishes, and all its oil vessels, with which they minister to it.“तिनीहरूले निलो लुगाले सामदान, यसको बत्तीहरू, बत्तीका सलेदोहरू, मसीदानी अनि जुन भाँडाहरूबाट तेल बत्तीमा लगाइन्छ ती भाडाहरू सबै ढाकिदिनू।
10 They shall put it and all its vessels within a covering of sealskin, and shall put it on the frame.त्यसपछि त्यो सामदान र यसका सबै समानहरू सील छालाको च्यादरले छोपेर तिनीहरू बोकिने डण्डामा राखुन्।
11 On the golden altar they shall spread a blue cloth, and cover it with a covering of sealskin, and shall put in its poles.“तिनीहरूले सुनको वेदीमाथि निलो लुगाले ढाकि दिऊन् र त्यसमाथि नरम छालाको टुक्राले छोपिदिउन् अनि बोकेर ल्याइएका खम्बाहरू ठाउँमा राखुन्।
12 They shall take all the vessels of ministry, with which they minister in the sanctuary, and put them in a blue cloth, and cover them with a covering of sealskin, and shall put them on the frame.“पवित्र स्थानमा सेवा गर्दा प्रयोग गरिने वस्तुहरू तिनीहरूले लैजाऊन् र एउटा निलो लुगामाथि नरम छालाको च्यादरले छोपि दिऊन् र तिनीहरूलाई बोकी लैजाने डण्डी माथि राखुन्।
13 They shall take away the ashes from the altar, and spread a purple cloth on it.“काँसको वेदीबाट तिनीहरूले खरानी सफा गरून् र त्यसमाथि बैजनी रंगको लुगाले ढाकुन्।
14 They shall put on it all its vessels, with which they minister about it, the fire pans, the flesh hooks, the shovels, and the basins; all the vessels of the altar; and they shall spread on it a covering of sealskin, and put in its poles.त्यसपछि तिनीहरूले त्यस वेदीमा आराधना गर्दा प्रयोग गरिने वस्तुहरू जस्तै अँगेटी, काँटाहरू बेल्चाहरू छर्कने बाटाहरू र ती सब काँसाको वेदीमाथि राखुन्। त्यसपछि तिनीहरूले त्यसमाथि नरम छालाले वेदीलाई ढाकुन् र बोक्नुको लागि प्रयोग गरिने डण्डीहरू यसको ठाउँमा राखुन्।
15 "When Aaron and his sons have finished covering the sanctuary, and all the furniture of the sanctuary, as the camp moves forward; after that, the sons of Kohath shall come to carry it: but they shall not touch the sanctuary, lest they die. These things are the burden of the sons of Kohath in the Tent of Meeting.“जब हारून र तिनका छोराहरूले पवित्र सर-सामानहरू छोपिदिन सक्छन् तब कहाती वंशका मानिसहरूले त्यस समानहरू बोक्न शुरू गर्न सक्छन् र यसरी तिनीहरूले पवित्रस्थान स्पर्श गर्ने छैनन् नत्र तिनीहरू मर्नेछन्। भेट हुने पालको सबै सर-समानहरू कहातीहरूले नै बोकुन्।
16 "The charge of Eleazar the son of Aaron the priest shall be the oil for the light, the sweet incense, the continual meal offering, and the anointing oil, the charge of all the tabernacle, and of all that is in it, the sanctuary, and its furnishings."“पूजाहारी हारूनको छोरो एलाजार वत्तीको तेल, सुगन्धित धूप दैनिक अन्नबलि अनि अभिषेक तेलको निम्ति जिम्मावार रहनेछन्। तिनी भेट हुने पाल र त्यसभित्र भएको प्रत्येक कुराको जिम्मावार रहनेछ।”
17 Yahweh spoke to Moses and to Aaron, saying,परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो,
18 "Don't cut off the tribe of the families of the Kohathites from among the Levites;“कहातीहरूलाई लेवीहरूबाट अलग हुन नदेऊ।
19 but thus do to them, that they may live, and not die, when they approach to the most holy things: Aaron and his sons shall go in, and appoint them everyone to his service and to his burden;तिमीहरूले तिनीहरूको निम्ति यस्तो गर ताकि तिनीहरू अति पवित्र स्थान नजीक जाऊन् तर नमरून्। हारून अनि तिनका छोराहरूले कहाती मानिसहरूलाई पवित्र स्थान भित्र गएर तिनीहरूले बोक्नु पर्ने समानहरू सबै देखाइ दिऊन्।
20 but they shall not go in to see the sanctuary even for a moment, lest they die."यदि तिमीहरूले त्यसो गरेनौ भने ती कहाती मानिसहरू भित्र पस्छन् र पवित्र चीजहरू देख्छन् अनि तिनीहरूले केही समयको निम्ति मात्र पनि ती पवित्र चीजहरू हेरे भने तिनीहरू निश्चय मर्छन्।”
21 Yahweh spoke to Moses, saying,परमप्रभुले मोशालाई भन्नुभयो,
22 "Take a census of the sons of Gershon also, by their fathers' houses, by their families;“गेर्शोनी वंशका सबै मानिसहरूको आफ्नो आफ्नो परिवार र वंश अनुसार गन्ती गर।
23 from thirty years old and upward until fifty years old shall you number them; all who enter in to wait on the service, to do the work in the Tent of Meeting.सबै भेट हुने पालमा सेवा गर्न आउने तीस देखि पचास वर्ष उमेरका मानिसहरूको गन्ती गर।
24 This is the service of the families of the Gershonites, in serving and in bearing burdens:“गेर्शोनी वंशका मानिसहरूले बोक्नु पर्ने र गर्नु पर्ने काम यही हो।
25 they shall carry the curtains of the tabernacle, and the Tent of Meeting, its covering, and the covering of sealskin that is above on it, and the screen for the door of the Tent of Meeting,पवित्र स्थानको पर्दाहरू, भेट हुने पाल, त्यसको छाना र त्यसमाथि रहने नरम छालाको आवरण अनि भेट हुने पालको ढोकाको पर्दा तिमीहरूले बोक्नु पर्छ।
26 and the hangings of the court, and the screen for the door of the gate of the court, which is by the tabernacle and around the altar, and their cords, and all the instruments of their service, and whatever shall be done with them. Therein shall they serve.पवित्र स्थान वरिपरिको आँगनमा भएका पर्दाहरू, वेदीको पर्दाहरू, आँगनको द्वाराहरूका पर्दाहरू र डोरीहरू तथा पर्दामा लाग्ने सबै सर-समानहरू तिनीहरूले बोकुन्। यी वस्तुहरूका सम्बन्धमा जे कुराहरू पनि गरिन्छ त्यसको निम्ति गेर्शोनीहरू मानिसहरू जिम्मावार थिए।
27 At the commandment of Aaron and his sons shall be all the service of the sons of the Gershonites, in all their burden, and in all their service; and you shall appoint to them in charge all their burden.गेर्शोनी मानिसहरूले जे पनि गर्छन भारी वोक्ने काम होस् अथवा अन्य काम हारून र तिनका छोराहरूको आदेश अनुसार गर्नेछन् र गेर्शोनी मानिसहरूको काम तिनीहरूले रेख-देख गर्नेछन्। यसर्थ गेर्शोनी मानिसहरूलाई तिनीहरूले काममा खटाऊन्।
28 This is the service of the families of the sons of the Gershonites in the Tent of Meeting: and their charge shall be under the hand of Ithamar the son of Aaron the priest.गेर्शोनी वंशका मानिसहरूले भेट हुने पालमा गर्नु पर्ने काम यिनीहरू नै हुन् र पूजाहारी हारूनको छोरो ईतामारले तिनीहरूको काम रेख-देख गर्नेछ।”
29 "As for the sons of Merari, you shall number them by their families, by their fathers' houses;“मरारी वंशहरू र परिवारका मानिसहरू ज-जसले भेट हुने पालमा सेवा गरे अनि तीसदेखि पचास वर्ष उमेरका छन् तिनीहरू सबैको गन्ती गर।
30 from thirty years old and upward even to fifty years old shall you number them, everyone who enters on the service, to do the work of the Tent of Meeting.तिनीहरूले भेट हुने पालको निम्ति विशेष काम गर्नेछन्।
31 This is the charge of their burden, according to all their service in the Tent of Meeting: the tabernacle's boards, its bars, its pillars, its sockets,भेट हुने पालमा तिनीहरूले यात्राको समयमा गर्नु पर्ने कामहरू यिनै हुन् पवित्र स्थानका फल्याकहरू, त्यसका बारहरू र डण्डीहरू, खम्बाहरू अनि आधारहरू।
32 and the pillars of the court around it, and their sockets, and their pins, and their cords, with all their instruments, and with all their service: and by name you shall appoint the instruments of the charge of their burden.वरिपरिका आँगनका खम्बाहरू र तिनीहरूका आधारहरू, कीलाहरू, डोरीहरू र तिनका सबै सामानहरू र यी सब सामानहरूसित सम्बन्धित सर-सामानहरू तिनीहरूले बोकून्।
33 This is the service of the families of the sons of Merari, according to all their service, in the Tent of Meeting, under the hand of Ithamar the son of Aaron the priest."मानिसहरूको सूचि तयार पार्नु र प्रत्येक मानिसले बोक्नु पर्ने के के हो खटाउनु। हारून पूजाहारीका छोरो ईतामारले तिनीहरूको काम रेख-देख गर्नेछ।”
34 Moses and Aaron and the princes of the congregation numbered the sons of the Kohathites by their families, and by their fathers' houses,मोशा, हारून अनि इस्राएली मानिसहरूका प्रधानहरूले कहाती मानिसहरूको गन्ती गरे। तिनीहरूले तिनीहरूको वंशहरू र परिवार समूहहरूको गन्ती गरे।
35 from thirty years old and upward even to fifty years old, everyone who entered into the service, for work in the Tent of Meeting.तिनीहरूले तीसदेखि पचाससम्म उमेर भएका मानीसहरू जसले भेट हुने पालमा काम गरेका थिए तिनीहरूको गन्ती गरे। यी मानिसहरूलाई भेट हुने पालमा विशेष कामहरू दिइएको थियो।
36 Those who were numbered of them by their families were two thousand seven hundred fifty.कहाती परिवार समूहमा 2,750 मानिसहरू थिए अनि तिनीहरू भेट हुने पालमा विशेष सेवाको निम्ति लायक थिए।
37 These are those who were numbered of the families of the Kohathites, all who served in the Tent of Meeting, whom Moses and Aaron numbered according to the commandment of Yahweh by Moses.यसर्थ यी कहाती वंशका मानिसहरूलाई भेट हुने पालमा विशेष कामहरूको निम्ति खटाइयो। परमप्रभुले मोशालाई भन्नु भए अनुसार मोशा र हारूनले गरे।
38 Those who were numbered of the sons of Gershon, their families, and by their fathers' houses,गेर्शोनी मानिसहरूमा पनि तीसदेखि पचास वर्ष उमेर भएका र भेट हुने पालमा काम गरेकाहरूको गन्ती गरिएको थियो।
39 from thirty years old and upward even to fifty years old, everyone who entered into the service, for work in the Tent of Meeting,यी मानिसहरूलाई भेट हुने पालमा विशेष कामको निम्ति खटाइएको थियो।
40 even those who were numbered of them, by their families, by their fathers' houses, were two thousand six hundred thirty.यस परिवार समूहमा 2,630 मानिसहरू गनिएका थिए।
41 These are those who were numbered of the families of the sons of Gershon, all who served in the Tent of Meeting, whom Moses and Aaron numbered according to the commandment of Yahweh.यी सबै मानिसहरू भेट हुने पालमा सेवारत थिए जसलाई परमप्रभुले दिनु भएको आज्ञा अनुसार मोशा र हारूनले गन्ती गरेका थिए।
42 Those who were numbered of the families of the sons of Merari, by their families, by their fathers' houses,मरारीहरू आफ्नो आफ्नो वंश तथा परिवार अनुसार गनिएका थिए।
43 from thirty years old and upward even to fifty years old, everyone who entered into the service, for work in the Tent of Meeting,तीसदेखि पचास वर्ष उमेर भएका जो भेट हुने पालको सेवामा लागेका थिए तिनीहरूको गन्ती भएको थियो अनि तिनीहरूलाई भेट हुने पालमा विशेष सेवाको निम्ति खटाइएको थियो।
44 even those who were numbered of them by their families, were three thousand two hundred.मेरारी परिवार समूहमा 3,200 मानिसहरू भेट हुने पालमा विशेष सेवाको निम्ति लायक थिए।
45 These are those who were numbered of the families of the sons of Merari, whom Moses and Aaron numbered according to the commandment of Yahweh by Moses.यसर्थ यी मरारी परिवार समुहका मानिसहरूलाई भेट हुने पालमा विशेष कामको निम्ती खटाइयो। मोशा र हारूनले मोशालाई परमप्रभुले भन्नुभए अनुसार यसो गरे।
46 All those who were numbered of the Levites, whom Moses and Aaron and the princes of Israel numbered, by their families, and by their fathers' houses,यसर्थ, मोशा, हारून र इस्राएली मानिसहरूका नायकहरूले लेवी मानिसहरूका प्रत्येक वंश र प्रत्येक परिवार समूहको मानिसहरूको गन्ती गरे।
47 from thirty years old and upward even to fifty years old, everyone who entered in to do the work of service, and the work of bearing burdens in the Tent of Meeting,तीसदेखि पचास वर्ष उमेर भएका र भेट हुने पालमा काम गरेका सबै मानिसहरूको तिनीहरूले गन्ती गरे। तिनीहरूलाई भेट हुने पालमा विशेष कामको निम्ति खटाइयो। तिनीहरूले यात्रा गर्दा भेट हुने पाल बोक्ने काम गरे।
48 even those who were numbered of them, were eight thousand five hundred eighty.तिनीहरूको कुल संख्या 8,480 थियो।
49 According to the commandment of Yahweh they were numbered by Moses, everyone according to his service, and according to his burden. Thus were they numbered by him, as Yahweh commanded Moses.परमप्रभुको आज्ञा अनुसार नै मोशाले प्रत्येक मानिसको गन्ती गरेका थिए। प्रत्येक मानिसलाई उसले के बोक्नु पर्थ्यो उसलाई भनिएको थियो। यो परमप्रभुले भन्नुभए जस्तै गरिएको थियो।
Nepali Bible