Numbers 35 - DBY (Nepali)
1 And Jehovah spoke to Moses in the plains of Moab by the Jordan of Jericho, saying,येरीहोदेखि पारी मोआबमा यर्दन नदीको नजिकै यर्दन बेंसीमा परमप्रभुले मोशालाई भन्नुभयो,
2 Command the children of Israel, that of the inheritance of their possession they give unto the Levites cities to dwell in; and a suburb for the cities round about them shall ye give unto the Levites.“इस्राएलका मानिसहरूलाई भन कि तिनीहरूको हिस्सामा परेको भूमिका केही शहरहरू लेवीहरूलाई दिऊन्। तिनीहरूले ती शहरहरूको वरिपरि रहेका र्खकको भूमि पनि दिऊन्।
3 And the cities shall they have to dwell in, and their suburbs shall be for their cattle, and for their goods, and for all their beasts.लेवीहरू ती शहरहरूमा बस्नेछन् तथा ती गौचर भूमिमा आफ्नो गाई-वस्तुहरू चर्नेछन्।
4 And the suburbs of the cities that ye shall give unto the Levites shall be from the walls of the city outward, a thousand cubits round about.तिमीहरूले लेवीहरूलाई शहरहरूका जुन जुन र्खकहरू दिनेछौ त्यो शहरहरूको पर्खालबाट 1,000 हात क्षेत्र फैलिएको हुनुपर्छ।
5 And ye shall measure, without the city, the east side two thousand cubits, and the south side two thousand cubits, and the west side two thousand cubits, and the north side two thousand cubits, and the city shall be in the midst: they shall have this as suburbs of the cities.तिमीहरूले शहरहरूलाई माझमा राखी त्यसको पूर्व पट्टि 2000 हात, पश्चिम पट्टि 2,000 हात, उत्तर पट्टि 2,000 हात र दक्षिण पट्टि 2,000 हात गौचर भूमि हुनु पर्छ। तिनीहरूको शहरहरूको निम्ति गौचर भूमि यही हुनेछ।
6 And [among] the cities that ye shall give unto the Levites [shall be] the six cities of refuge, which ye shall appoint for the manslayer, that he may flee thither, -- and besides them ye shall give forty-two cities:तिमीहरूले लेवीहरूलाई दिएको शहरहरूबाट छवटा शहरहरू बचाऊ शहरहरूको निम्ति रहनेछ। यदि कसैले अञ्जानमा कसैलाई मारे त्यो व्यक्ति भागेर त्यहाँ आफ्नो रक्षाको निम्ति बस्न सक्नेछ। यी छवटा शहरहरू बाहेक तिमीहरूले लेवीहरूलाई बयालीसवटा शहरहरू दिनेछौ।
7 all the cities that ye shall give to the Levites shall be forty-eight cities, they and their suburbs.यसर्थ तिमीहरूले लेवीहरूलाई जम्मा अठ्चालीसवटा शहरहरू र ती शहरहरूको परिपरिको र्खकहरू दिनेछौ।
8 And the cities which ye shall give shall be of the possession of the children of Israel: from them that have much ye shall take much, and from them that have little ye shall take little; each one according to his inheritance which he will inherit shall give of his cities to the Levites.इस्राएलका ठूलो परिवार समूहले धेरै भूमि पाउँछ र इस्राएलका सानो परिवार समूहले थोरै भूमि पाउँछ जसले धेरै भूमि पाउँछ तिनीहरूले धेरै शहरहरू दिनु पर्छ अनि ती जसले धेरै भूमि पाउँछ तिनीहरूले केही शहरहरू लेवीहरूलाई दिनु पर्छ।”
9 And Jehovah spoke to Moses, saying,परमप्रभुले मोशालाई भन्नुभयो,
10 Speak unto the children of Israel, and say unto them, When ye pass over the Jordan into the land of Canaan,“इस्राएली मानिसहरूलाई भन ‘जब तिनीहरू यर्दन नदी तरेर कनान देशमा पस्नेछन्,
11 then ye shall appoint for yourselves cities: cities of refuge shall they be for you; that a manslayer may flee thither, who without intent smiteth a person mortally.तिनीहरूले केही शहर चुन्नु पर्छ र तिनीहरूलाई सुरक्षा शहरहरू झैं तयार गर्नु पर्छ। यदि कुनै व्यक्तिले कुनै अर्को व्यक्तिलाई अञ्जानमा हत्या गरे, त्यो हत्यारा आफ्नो सुरक्षाको निम्ति त्यहाँ गई बस्न सक्छ।
12 And ye shall have these cities for refuge from the avenger; that the manslayer die not, until he have stood before the assembly in judgment.त्यो हत्यारा मारिने मानिसको आफन्तहरूको बद्लालिने विचारबाट अनि अदालतले हत्याराको कसुरमाथि न्यायोचित विचार नगरूञ्ञेल सम्म त्यहाँ सुरक्षित रहनु सक्छ।
13 And the cities that ye shall give shall be six cities of refuge for you.यस्ता बचाऊ शहरहरू छवटा हुनेछन्।
14 Three cities shall ye give on this side of the Jordan, and three cities shall ye give in the land of Canaan; they shall be cities of refuge.जसमा यर्दन नदीको पूर्वमा तीनवटा र कनान देशभित्र तीनवटा हुनेछन्।
15 For the children of Israel, and for the stranger, and for the sojourner among them shall these six cities be a refuge, that one who smiteth a person mortally without intent may flee thither.यी शहरहरू, इस्राएलका मानिसहरूका निम्ति सुरक्षा का शहरहरू हुनेछन् विदेशीहरू र यात्रीहरू त्यहाँ बस्नेछन्। यी मानिसहरू मध्ये यदि कसैले अञ्जानमा कुनै अर्को व्यक्तिको हत्या गरे त्यो व्यक्ति ती शहरहरू कुनैमा गएर शरण लिन सक्छ।
16 And if he have smitten him with an instrument of iron, so that he die, he is a murderer: the murderer shall certainly be put to death.“कसैलाई मार्न यदि कुनै व्यक्तिले फलामको हतियार प्रयोग गरे त्यो हत्यारा हो र त्यसले प्राण दण्ड पाउनै पर्छ।
17 And if he have smitten him with a stone from the hand, wherewith one may die, and he die, he is a murderer: the murderer shall certainly be put to death.यदि कुनै व्यक्तिले ढुङ्गाले हिर्काएर कसैलाई मार्छ भने, त्यो व्यक्ति पनि हत्यारा नै हो र त्यसलाई पनि प्राण दण्ड दिनै पर्छ।
18 Or if he have smitten him with an instrument of wood, in the hand, wherewith one may die, and he die, he is a murderer: the murderer shall certainly be put to death;यदि कसैले दाउराले हिर्काएर कसैलाई मार्छ भने त्यो पनि हत्यारा नै हो र त्यसले पनि प्राण दण्ड पाउनै पर्छ।
19 the avenger of blood, he shall put the murderer to death; when he meeteth him, he shall put him to death.यदि हत्या भएको परिवारको कुनै सदस्यले ज्यानको साटो ज्यानै लिन चाहान्छ भने उसले त्यो हत्यारालाई खोजी मार्न सक्छ।
20 And if he thrust at him out of hatred, or hurl at him intentionally, so that he die,“यदि कसैले कसैलाई घृणा गरेर घचेट्छ भने अथवा ऊसमाथि केही चीज फ्याँक्छ अनि उ त्यसैले मर्छ,
21 or from enmity smite him with his hand, so that he die, he that smote him shall certainly be put to death; he is a murderer: the avenger of blood shall put the murderer to death, when he meeteth him. --अथवा घृणा गरेर उसलाई हातले हिर्काउँछ र त्यसको चोटले त्यो व्यक्ति मर्यो भने त्यो हिर्काउँने व्यक्ति हत्यारा ठहरिन्छ, र उसलाई प्राण दण्ड दिनुपर्छ। त्यो मर्ने व्यक्तिको आफन्तले उसलाई भेटेर मार्छ भने उसले मार्न सक्छ।
22 But if he have thrust at him suddenly without enmity, or have cast upon him anything unintentionally,“तर यदि कसैले कसैलाई अञ्जानमा मारेको हो, अनि त्यो मर्ने व्यक्तिमाथि मार्ने व्यक्तिको शत्रुता होइन, अथवा एक व्यक्तिले केहि चीज फ्याँक छ र संयोग वश कसैलाई मार्छ भने यो मर्ने व्यक्तिमाथि घृणा थिएन,
23 or [have smitten him] with any stone wherewith one may die, without seeing him, and have cast it upon him so that he die, and he was not his enemy, neither sought his harm:अथवा उसले मार्छु भनी घचेटेको, कुनै प्रहार गरेको होइन अथवा मार्ने व्यक्तिको त्यस्तो कुनै योजना नै थिएन भने, अथवा त्यो व्यक्तिले केही फ्याँक्दा कसैलाई लाग्यो अनि त्यो मर्यो भने त्यो अञ्जानमा घटेको घटना हो।
24 then the assembly shall judge between the smiter and the avenger of blood according to these judgments;तब समूदायले मार्ने व्यक्ति र मर्ने व्यक्तिका आफन्तहरू र हत्यारा बीचमा नियम अनुसार न्याय गर्नुपर्छ।
25 and the assembly shall rescue the manslayer out of the hand of the avenger of blood, and the assembly shall restore him to the city of his refuge, whither he had fled; and he shall abide in it until the death of the high-priest, who was anointed with the holy oil.त्यो न्यायालयले मानिसलाई मर्ने मानिसका आफन्तहरूबाट मार्न देखी बचाउँछ। र उसलाई फेरि सुरक्षित शहरमा पठाइदिन्छ। हत्यारा त्यही शहरमा रहनु पर्छ जब सम्म प्रधान पूजाहारीले तेलसित अभिषेक गर्दैन मार्दैन।
26 But if the manslayer shall in any way come outside the limits of the city of his refuge whither he hath fled,“तर यदि त्यो हत्यारा सुरक्षित शहरको सिमानाबाट बाहिर जान्छु, जुन घरमा त्यो आफ्नो सुरक्षाको निम्ति पुगेको थियो,
27 and the avenger of blood find him outside the limits of his city of refuge, and the avenger of blood kill the manslayer, there shall be no blood-guiltiness upon him;अनि मारिने व्यक्तिका आफन्तहरूले सुरक्षित शहर सिमाना बाहिर हत्यारालाई भेटे हत्या भएको व्यक्तिका आफन्तहरूले त्यसलाई मार्न सक्छन्। हत्या भएको व्यक्तिका आफन्तहरूको कुनै दोष हुने छैन।
28 for the manslayer should have remained in the city of his refuge until the death of the high-priest; but after the death of the high-priest he may return into the land of his possession.किनभने त्यो हत्यारा सुरक्षित शहरमा प्रधान पूजाहारीको मृत्यु पर्यन्त बस्नु पर्ने थियो। प्रधान पूजाहारीको मृत्यु पछि तिनी आफ्नो घर फर्कनु सक्छ।
29 And this shall be unto you a statute of right throughout your generations in all your dwellings.यी नियमहरू ती मानिसहरू जहाँ कहीं बसे पनि तिनीहरूको निम्ति सदा-सर्वदाको निम्ति कानुन भएर रहनेछ।
30 Whoever shall smite a person mortally, at the mouth of witnesses shall the murderer be put to death; but one witness shall not testify against a person to cause him to die.“यदि कुनै व्यक्तिले कसैलाई मारेको पूरा साक्षीहरू भए मात्र उसलाई मृत्यु दण्ड दिन सकिन्छ। एकजना व्यक्तिले दिएको गवाहीमा मृत्यु दण्ड दिन सकिंदैन।
31 And ye shall take no satisfaction for the life of a murderer, who is guilty of death, but he shall certainly be put to death.“यदि एक व्यक्ति हत्यारा हो भने उसले प्राण दण्ड भोग्नै पर्छ। पैसा लिएर अथवा घूस खाएर प्राण दण्ड बद्लि गर्न पाँइदैन। उसले प्राण दण्ड भोग्नै पर्छ।
32 And ye shall take no satisfaction for him that hath fled to the city of his refuge, that he should come again to dwell in the land, until the death of the priest.“यदि कुनै व्यक्तिले कसैलाई मारेर सुरक्षित शहरमा आश्रय लिनु गएको छ भने, त्यो व्यक्ति प्रधान पूजाहारी नमरूञ्जेल सम्म त्यहाँ बस्नै पर्छ, पैसा दिएर त्यो व्यक्ति आफ्नो घर फर्कन सक्तैन।
33 And ye shall not pollute the land wherein ye are; for blood, it polluteth the land; and there can be no atonement made for the land, for the blood that hath been shed therein, but by the blood of him that shed it.“निर्दोष व्यक्तिहरूको रगतले तिमीहरूको भूमिलाई दोषित नतुल्याऊ। यदि कसैले हत्या गर्छ भने त्यसको औषधी एउटै छ, त्यो हो प्राण दण्ड। अरू कुनै त्यस्तो पथ छैन कि हत्यालाई मुक्त पार्ने।
34 And ye shall not defile the land that ye inhabit, in the midst whereof I dwell; for I am Jehovah who dwell in the midst of the children of Israel.म परमप्रभु हुँ। म सधें इस्राएली मानिसहरूको साथमा तिनीहरूको भूमिमा रहनेछु। म त्यँही हुनेछु, यसर्थ त्यस भूमिलाई निर्दोष मानिसहरूको रगतले दोषित नबनाऊ।”सलोफादकी छोरीहरूको देश
Nepali Bible