Bible

Numbers 29 - YLT (Nepali)

1 `And in the seventh month, in the first of the month, a holy convocation ye have, ye do no servile work; a day of shouting it is to you;“सातौं महीनाको पहिलोदिन तिमीहरूको निम्ती एउटा विशेष सभा डाकिनु पर्छ। त्यस दिन तिमीहरूले कुनै अरू परिश्रम गर्नु हुँदैन। त्यो दिन तिमीहरूको निम्ति तुरही बजाउने दिन हुन्छ।

2 and ye have prepared a burnt-offering, for sweet fragrance to Jehovah: one bullock, a son of the herd, one ram, seven lambs, sons of a year, perfect ones;तिमीहरूले एउटा बाछा बथानबाट, एउटा भेडा र सातवटा एक वर्षे थुमाहरू परमप्रभुलाई मिठो सुगन्ध दिने होमबलि चढाउने छौ। यी पशुहरू सबै निष्खोट हुनुपर्छ।

3 and their present, flour mixed with oil, three-tenth deals for the bullock, two-tenth deals for the ram,परमप्रभुलाई अन्नबलिको निम्ति तेलमा मुछेको एपाको दश खण्डको तीन खण्ड मसिनो पीठो साँढेसित, एपाको दश खण्डको दुई खण्ड भेडासित,

4 and one-tenth deal for the one lamb, for the seven lambs;अनि एपाको दश खण्डको एक खण्ड गरी सातवटा थुमाहरूमा प्रत्येक थुमाहरूसित चढाउनु पर्छ।

5 and one kid of the goats, a sin-offering, to make atonement for you;तिमीहरूले एउटा बाख्रा तिम्रो पाप प्रायश्चित गर्नका निम्ति बलि चढाउ।

6 apart from the burnt-offering of the month, and its present, and the continual burnt-offering, and its present, and their libations, according to their ordinance, for sweet fragrance, a fire-offering to Jehovah.ती औसीको बलिहरू प्रत्येक महिनाको निम्ति चढाइने बलिहरू र तिनीहरूको साथमा चढाइने अन्नबलि, प्रत्येक दिन चढाइने बलिहरू र तिनीहरूको साथमा चढाइने अन्नबलि तथा अर्घबलि देखि वाहेक हुन्। यी बलिहरू नियम रूपमा हुनु पर्छ र यी बलिहरू आगोद्वारा चढाइनु पर्छ र सुगन्धले परमप्रभुलाई आनन्द तुल्याउनेछ।

7 `And on the tenth of this seventh month a holy convocation ye have, and ye have humbled your souls; ye do no work;“सातौं महीनाको दशौं दिन त्यहाँ तिमीहरूको निम्ति एउटा विशेष सभा हुनेछ। त्यस दिन तिमीहरू उपवास बस्नु पर्छ अनि कुनै काम गर्नु हुदैन।

8 and ye have brought near a burnt-offering to Jehovah, a sweet fragrance, one bullock, a son of the herd, one ram, seven lambs, sons of a year, perfect ones they are for you,परमप्रभुको निम्ति मगमग सुगन्धित वास्नाको रूपमा एउटा बाछा एउटा भेडा अनि सातवटा एक वर्षे थुमाहरू होमबलिमा चढाइनुपर्छ। ती पशुहरूमा कुनै प्रकारको खोट रहनु हुँदैन।

9 and their present, flour mixed with oil, three-tenth deals for the bullock, two-tenth deals for the one ram,अनि तिमीहरूले त्यो होमबलिको साढेसित तेलमा मुछेको एपाको दश खण्डको तीन खण्ड मसिनो पीठो, भेडासित एपाको दश खण्डको दुई खण्ड तेलमा मुछेको मसिनो पीठो,

10 a several tenth deal for the one lamb, for the seven lambs,अनि सातवटा थुमाहरूमा प्रत्येकको एपाको दश खण्डको एक खण्ड तेलमा मुछेको मसिनो पीठो चढाउनुपर्छ।

11 one kid of the goats, a sin-offering; apart from the sin-offering of the atonements, and the continual burnt-offering, and its present, and their libations.पापबलिको निम्ति तिमीहरूले एउटा बोका पनि चढाउनुपर्छ। यो बलि चाँहि प्रायश्चित बलिको अतिरिक्त हो र नियमित रूपले चढाएको दैनिक अन्नबलि र अर्घबलिको पनि अतिरिक्त हो।

12 `And on the fifteenth day of the seventh month a holy convocation ye have; ye do no servile work; and ye have celebrated a festival to Jehovah seven days,“सातौं महिनाको पन्ध्रौं दिन तिमीहरूले एउटा विशेष सभा राख्नु अनि त्यसदिन कुनै दैनिक काम नगर्नू। परमप्रभुको सम्मानमा सात दिनसम्म उत्सव मनाउनू।

13 and have brought near a burnt-offering, a fire-offering, a sweet fragrance, to Jehovah; thirteen bullocks, sons of the herd, two rams, fourteen lambs, sons of a year; perfect ones they are;तिमीहरूले बथानबाट तेह्रवटा बहर गोरू दुइवटा भेडा र एक वर्षे चौधवटा थुमाहरू परमप्रभुको निम्ति मगमग सुगन्धित वास्ना बनाउनलाई होमबलि चढाउनुपर्छ। यी पशुहरू निष्खोट हुनुपर्छ।

14 and their present, flour mixed with oil, three-tenth deals to the one bullock, for the thirteen bullocks, two-tenth deals to the one ram, for the two rams,यो होमबलिसित एपाको दश खण्डको तीन खण्ड तेलसित मुछेको मसिनो पीठो प्रत्येक जवान साँढेसित एपाको दश खण्डको दुई खण्ड तेलसित मिसिएको मसिनो पीठो प्रत्येक भेडासित

15 and a several tenth deal to the one lamb, for the fourteen lambs,र प्रत्येक थुमासित एपाको दश खण्डको एक खण्ड तेलसित मुछेको मसिनो पीठो होमबलि चढाउनु पर्छ।

16 and one kid of the goats, a sin-offering; apart from the continual burnt-offering, its present, and its libation.यसैसित पापबलिको निम्ति एउटा पाठो पनि चढाउनुपर्छ। यो नित्य चढाइने होमबलि र अन्नबलिको अतिरिक्त हो।

17 `And on the second day twelve bullocks, sons of the herd, two rams, fourteen lambs, sons of a year, perfect ones;“उत्सवको दोस्रो दिन तिमीहरूले बाह्रवटा बहर गोरू, दुइवटा भेडाहरू र एक वर्षे चौधवटा थुमाहरू बलि चढाउनुपर्छ। यी बलि दिइने पशुहरूमा कुनै खोट नहोस्।

18 and their present, and their libations, for the bullocks, for the rams, and for the sheep, in their number, according to the ordinance;तिमीहरूले यी साँढे, भेडाहरू तथा थुमाहरूसित यिनीहरूको तोकिएको संख्या अनुसार सही परिमाणको अन्नबलि तथा अर्घबलि पनि चढाउनु पर्छ।

19 and one kid of the goats, a sin-offering; apart from the continual burnt-offering, and its present, and their libations.तिमीहरूले पापबलिको निम्ति एउटा बोको पनि चढाउनु पर्छ। यो बलि तिमीहरूले चढाउने दैनिकबलि र यससित चढाइने अन्नबलि र अर्घबलिको अतिरिक्त हो।

20 `And on the third day eleven bullocks, two rams, fourteen lambs, sons of a year, perfect ones;“उत्सवको तेस्रो दिन तिमीहरूले एघारवटा बहर गोरू, दुइवटा भेडा र चौधवटा एक वर्षे थुमाहरू चढाउनु पर्छ। यी चढाइने पशुहरूमा कुनै प्रकारको खोट हुनुहुँदैन।

21 and their present, and their libations, for the bullocks, for the rams, and for the lambs, in their number, according to the ordinance;तिमीहरूले यी बहर, भेडा र थुमाहरू चढाउँदा यिनीहरूको तोकिएको संख्या अनुसार चढाउनु पर्छ र अन्नबलि अर्घबलि पनि सही परिमाणमा चढाउनु पर्छ।

22 and one goat, a sin-offering; apart from the continual burnt-offering, and its present, and its libation.पाप बलिको निम्ति एउटा बोको पनि चढाउनु पर्छ। यो बलि तिमीहरूले चढाउने दैनिक बलि र त्यससित चढाइने अन्न बलि तथा अर्घबलिको अतिरिक्त हो।

23 `And on the fourth day ten bullocks, two rams, fourteen lambs, sons of a year, perfect ones;“उत्सवको चौथो दिन तिमीहरूले दशवटा बहर गोरू, दुइवटा भेडा र चौधवटा एक वर्षे थुमाहरू चढाउनु पर्छ। यी चढाइने पशुहरूमा कुनै प्रकारको खोट हुनु हुँदैन।

24 their present, and their libations, for the bullocks, for the rams, and for the lambs, in their number, according to the ordinance;तिमीहरूले यी बहर गोरू, भेडा र थुमाहरू चढाउँदा यिनीहरूको तोकिएको संख्या अनुसार चढाउँनुपर्छ र अन्नबलि र अर्घबलि पनि सही परिमाणमा चढाउनुपर्छ।

25 and one kid of the goats, a sin-offering, apart from the continual burnt-offering, its present, and its libation.पापबलिको निम्ति एउटा वोको पनि चढाउनुपर्छ। यो बलि तिमीहरूले चढाउने दैनिक बलि र त्यससित चढाइने अन्नबलि तथा अर्घबलिको अतिरिक्त हो।

26 `And on the fifth day nine bullocks, two rams, fourteen lambs, sons of a year, perfect ones;“उत्सवको पाँचौदिन तिमीहरूले नौवटा बाछा, दुइवटा भेडा र चौधवटा एक बर्षे थुमाहरू चढाउनु पर्छ। यी चढाइने पशुहरूमा कुनै प्रकारको खोट हुनु हुँदैन।

27 and their present, and their libations, for the bullocks, for the rams, and for the lambs, in their number, according to the ordinance;तिमीहरूले यी बाछा, भेडा र थुमाहरू चढाउँदा यिनीहरूको तोकिएको संख्या अनुसार चढाउनु पर्छ र अन्नबलि र अर्घबलि पनि सही परिमाणमा चढाउनु पर्छ।

28 and one goat, a sin-offering; apart from the continual burnt-offering, and its present, and its libation.पापबलिको निम्ति एउटा बोका पनि चढाउनु पर्छ। यो बलि तिमीहरूले चढाउने दैनिकबलि र त्यससित चढाइने अन्नबलि तथा अर्घबलिको अतिरिक्त हो।

29 `And on the sixth day eight bullocks, two rams, fourteen lambs, sons of a year, perfect ones;“उत्सवको छौंटौं दिन तिमीहरूले आठवटा बाछा, दुइवटा भेडा र चौधवटा एक बर्षे थुमाहरू चढाउनु पर्छ। यी बलि चढाइने पशुहरूमा कुनै प्रकारको खोट हुनु हुँदैन।

30 and their present, and their libations, for the bullocks, for the rams, and for the lambs, in their number, according to the ordinance;तिमीहरूले यी बाछा, भेडा र थुमाहरू चढाउँदा यिनीहरूको तोकिएको संख्या अनुसार चढाउनु पर्छ र अन्नबलि र अर्घबलि पनि सही परिमाणको चढाउने पर्छ।

31 and one goat, a sin-offering; apart from the continual burnt-offering, its present, and its libation.पापबलिको निम्ति एउटा बोको पनि चढाउनु पर्छ। यो बलि तिमीहरूले चढाउने दैनिक बलि, त्यससित चढाइने अन्नबलि तथा पेयबलिको अतिरिक्त हो।

32 `And on the seventh day seven bullocks, two rams, fourteen lambs, sons of a year, perfect ones;“उत्सवको सातौं दिन तिमीहरूले सातवटा बाछा, दुइवटा भेडा र चौधवटा एक वर्षे थुमाहरू चढाउनु पर्छ। यी बलि चढाइने पशुहरू निष्खोट हुनु पर्छ।

33 and their present, and their libations, for the bullocks, for the rams, and for the lambs, in their number, according to the ordinance;तिमीहरूले यी बाछा, भेडा र थुमाहरू चढाउँदा यिनीहरूको तोकिएको संख्या अनुसार चढाउन पर्छ र अन्नबलि र अर्घबलि पनि सही परिमाणको चढाउनु पर्छ।

34 and one goat, a sin-offering; apart from the continual burnt-offering, its present, and its libation.पाप-बलिको निम्ति एउटा बोको पनि चढाउनु पर्छ। यो बलि तिमीहरूले चढाउने दैनिकबलि, त्यसित चढाइने अन्नबलि तथा अर्घबलिको अतिरिक्त हो।

35 `On the eighth day a restraint ye have, ye do no servile work;“उत्सवको आठौं दिनमा एउटा विशेष सभा हुनेछ। त्यस दिन तिमीहरूले परिश्रमको कार्य गर्नुहुँदैन।

36 and ye have brought near a burnt-offering, a fire-offering, a sweet fragrance, to Jehovah; one bullock, one ram, seven lambs, sons of a year, perfect ones;त्यस दिन तिमीहरूले परमप्रभुलाई मीठो वास्नाले खुशी तुल्याउनको निम्ति एउटा बाछा, एउटा भेडा र सातवटा एक वर्षे थुमाहरू चढाउनु पर्छ। ती बलि चढाइने पशुहरूमा कुनै खोट हुनुहुँदैन।

37 their present, and their libations, for the bullock, for the ram, and for the lambs, in their number, according to the ordinance;यी बाछा, भेडा र थुमाहरू चढाउँदा यिनीहरूको तोकिएको संख्या अनुसार चढाउनु पर्छ र अन्नबलि र अर्घबलि पनि सही परिमाणको चढाउनुपर्छ।

38 and one goat, a sin-offering; apart from the continual burnt-offering, and its present, and its libation.तिमीहरूले पाप बलिको निम्ति एउटा बोको पनि चढाउनुपर्छ। यो बलि तिमीहरूले चढाउने दैनिकबलि, त्यससित चढाइने अन्नबलि तथा अर्घबलिको अतिरिक्त हो।

39 `These ye prepare to Jehovah in your appointed seasons, apart from your vows, and your free-will offerings, for your burnt-offerings, and for your presents, and for your libations, and for your peace-offerings.'“विशेष उत्सवहरूमा होमबलि, अन्नबलि, अर्घबलि तथा मेलबलि तिमीहरूले परमप्रभुलाई चढाउनु पर्छ। यो बलि तिमीहरूले चढाउनु खोजेको कुनै विशेष बलि तथा कुनै भाकल बलिको अतिरिक्त हो।”

40 And Moses saith unto the sons of Israel according to all that Jehovah hath commanded Moses.परमप्रभुले मोशालाई आज्ञादिनुभए अनुसार तिनले सबै कुराहरू इस्राएली मानिसहरूलाई बताए।

Nepali Bible