Bible

Numbers 12 - WEB (Nepali)

1 Miriam and Aaron spoke against Moses because of the Cushite woman whom he had married; for he had married a Cushite woman.मरियम र हारूनले मोशाको विरूद्धमा आलोचना गरे किनभने तिनले एउटी कूशी महिलासित विवाह गरे।

2 They said, Has Yahweh indeed spoken only with Moses? Hasn't he spoken also with us? Yahweh heard it.तिनीहरूले भने, “के परमप्रभु मोशा मार्फत मात्र बोल्नु भयो र? के उहाँ हामी मार्फत बोल्नु भएन?”परमप्रभुले यो कुरा सुन्नुभयो।

3 Now the man Moses was very humble, above all the men who were on the surface of the earth.मोशा अति नै विनम्र मानिस थिए। पृथ्वीमा तिनी कुनै पनि मानिस भन्दा अधिक विनम्र मानिस थिए।

4 Yahweh spoke suddenly to Moses, and to Aaron, and to Miriam, Come out you three to the tent of meeting. They three came out.परमप्रभुले तुरून्तै मोशा, हारून र मरियमलाई बोलाउनु भयो, “तिमीहरू तीनजना भेट हुने पालमा आऊ।”यसकारण ती तीन जना त्यहाँ गए।

5 Yahweh came down in a pillar of cloud, and stood at the door of the Tent, and called Aaron and Miriam; and they both came forth.तब परमप्रभु बादलको खम्बामा आउनु भयो र पालको प्रवेशद्वारमा उभिनु भयो, “हारून र मरियम!” बोलाउनु भयो। तब यी दुईजना बाहिरा आए।

6 He said, Hear now my words: if there be a prophet among you, I Yahweh will make myself known to him in a vision, I will speak with him in a dream.परमप्रभुले भन्नुभयो, “मलाई सुन! जब तिमीहरू माझ अगमवक्ता छन् म, परमप्रभु आफै दर्शनमा उसलाई परिचय दिन सक्छु। म सपनामा त्योसित कुरा गर्न सक्छु।

7 My servant Moses is not so; he is faithful in all my house:तर मोशा त्यस्तो होइन। ऊ मेरो विश्वासी दास हो र मेरो सबै घरानामा उसलाई विश्वास गर्न सक्छु।

8 with him will I speak mouth to mouth, even manifestly, and not in dark speeches; and the form of Yahweh shall he see: why then were you not afraid to speak against my servant, against Moses?जब म उनीसित बात गर्छु, म आम्ने-साम्ने बात गर्न सक्छु। जे सुकै म सोच्छु उसले जान्नु पर्छ। मैले उसलाई अड्को प्रयोग नगरी भन्न सक्छु। अनि मोशाले परमप्रभुको रूप देख्न सक्छन्। यसकारण तिमीहरू किन मेरो दासको विरूद्धमा बोल्न डराएनौ?”

9 The anger of Yahweh was kindled against them; and he departed.परमप्रभु तिनीहरूसित साह्रै क्रोधित हुनुभयो र तिनीहरूलाई त्याग्नु भयो।

10 The cloud removed from over the Tent; and, behold, Miriam was leprous, as [white as] snow: and Aaron looked at Miriam, and, behold, she was leprous.बादल पालबाटमाथि उठ्‌यो। हारूनले मारियमतिर हेरे अनि देखे कि तिनको छाला हिऊँ झैं सेतो भएको थियो अनि त्यो तिनलाई भयंङ्कर चर्म रोग लाग्यो।

11 Aaron said to Moses, Oh, my lord, please don't lay sin on us, for that we have done foolishly, and for that we have sinned.तब हारूनले मोशालाई भने, “महाशय विन्ती छ, हामीले मूर्खतापूर्वक गरेको पाप दया गरी माफ दिनुहोस।

12 Let her not, I pray, be as one dead, of whom the flesh is half consumed when he comes out of his mother's womb.कृपा गरी गर्भमा कुहेको नानीको झैं उसले आफ्नो छाला गुमाउनु नदिनुहोस्।” कहिले काही मृत जन्मेको बच्चाको आधा छाला सडेको हुन्छ।

13 Moses cried to Yahweh, saying, Heal her, God, I beg you.यसकारण मोशाले परमप्रभुलाई प्रार्थना गरे, “हे परमेश्वर कृपा गरी उसलाई रोग मुक्त गराइ दिनु होस्।”

14 Yahweh said to Moses, If her father had but spit in her face, shouldn't she be ashamed seven days? let her be shut up outside of the camp seven days, and after that she shall be brought in again.परमप्रभुले मोशालाई उत्तर दिनुभयो, “यदि तिनको बाबुले तिनको मुखमा थुकिदिए भने, तिनी सात दिन सम्म लज्जित हुनुपर्छ। यसकारण तिनलाई सात दिन सम्म छाउनी बाहिर राख। त्यति समय पछि, तिनी स्वस्थ हुन्छिन। त्यसपछि तिनी छाउनीमा फर्की आउन सक्छिन्?”

15 Miriam was shut up outside of the camp seven days: and the people didn't travel until Miriam was brought in again.यसर्थ तिनीहरूले मरियमलाई सात दिन सम्म छाउनी बाहिर राखे अनि तिनलाई छाउनीमा फर्काई नल्याए सम्म मानिसहरू त्यस ठाँउबाट कतै गएनन्।

16 Afterward the people traveled from Hazeroth, and encamped in the wilderness of Paran.त्यसपछि मानिसहरूले हसेरोतबाट छाउनी उठाई परान मरूभूमि सम्म यात्रा गरी त्यहीं छाउनी हाले।

Nepali Bible