Bible

Numbers 10 - WEB (Nepali)

1 Yahweh spoke to Moses, saying,परमप्रभुले मोशालाई भन्नुभयोः

2 Make you two trumpets of silver; of beaten work shall you make them: and you shall use them for the calling of the congregation, and for the journeying of the camps.“दुइवटा तुरहीहरू बनाऊ। चाँदी पिटेर तुरहीहरू बनाउनू। यी तुरहीहरू मानिसहरूलाई एक साथ भेला गराउनु तथा कति बेला छाउनीबाट यात्रा शुरू गर्नु पर्ने शंकेतको निम्ति प्रयोग गरिनेछ।

3 When they shall blow them, all the congregation shall gather themselves to you at the door of the tent of meeting.यदि दुवै तुरहीहरू लामो तानेर बजाईयो भने सबै मानिसहरू भेट हुने पालको प्रवेशद्वारमा भेला हुनेछन्।

4 If they blow but one, then the princes, the heads of the thousands of Israel, shall gather themselves to you.तर जब एउटा मात्र तुरही लामो बजाइन्छ तब केवल कुलनायकहरू मात्र तिमीलाई भेट्न आउनेछन्। ती प्रमुखहरू इस्राएलका बाह्र कुल समूहका हुन्।

5 When you blow an alarm, the camps that lie on the east side shall take their journey.“जब तिमीहरूले तुरही बजाएर जागरन ध्वनी दिन्छौ, पूर्वमा छाउनी बनाउने मानिसहरूले यात्रा शुरू गर्ने छन्।

6 When you blow an alarm the second time, the camps that lie on the south side shall take their journey: they shall blow an alarm for their journeys.जब तिमीहरूले दोस्रो पल्ट तुरहीको सूक्ष्म ध्वनी दिन्छौ दक्षिणका छाउनीमा रहेकाहरूले यात्रा शुरू गर्छन्। तिनीहरूले यात्रा शुरू गराउँदा चेतावनीको तुरही बजाउनुपर्छ।

7 But when the assembly is to be gathered together, you shall blow, but you shall not sound an alarm.तर जब तिमीहरू मानिसहरूलाई भेला गराउँछौ भने तुरही दीर्घ फुक्नु पर्छ तर चेतावनी ध्वनि नदेऊ।

8 The sons of Aaron, the priests, shall blow the trumpets; and they shall be to you for a statute forever throughout your generations.हारूनका छोराहरू, पूजाहारीहरूले तुरही फुक्नु पर्छ। तिमीहरूको सन्तानको निम्ति यो नियम हुनेछ।

9 When you go to war in your land against the adversary who oppresses you, then you shall sound an alarm with the trumpets; and you shall be remembered before Yahweh your God, and you shall be saved from your enemies.“अनि जब तिमीहरू आफ्नो भूमिमा तिमीहरूलाई आक्रमण गर्ने तिमीहरूको शत्रुको विरूद्धमा युद्ध गर्न जान्छौ, तिमीहरूले चेतावनी दिने तुरही बजाऊ अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू प्रति ध्यान दिनुहुनेछ। अनि उहाँले तिमीहरूको रक्षा गर्नुहुनेछ।

10 Also in the day of your gladness, and in your set feasts, and in the beginnings of your months, you shall blow the trumpets over your burnt offerings, and over the sacrifices of your peace-offerings; and they shall be to you for a memorial before your God: I am Yahweh your God.तिमीहरूको र्हषको दिन, तिमीहरूको औंसीका चाडहरूका दिन तिमीहरूले होमबलि र मेलबलि चढाउँदा तुरही बजाउनु पर्छ। परमप्रभुको स्मरण गर्नु तिमीहरूको निम्ति यो एउटा विशेष तरिका हुनेछ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।”

11 It happened in the second year, in the second month, on the twentieth day of the month, that the cloud was taken up from over the tent of the testimony.मानिसहरूले मिश्र देश छोडेको दोस्रो वर्षको दोस्रो महीनाको बिसौं दिनमा साक्षीको पवित्र पालबाट बादल सर्यो।

12 The children of Israel set forward according to their journeys out of the wilderness of Sinai; and the cloud abode in the wilderness of Paran.यसकारण इस्राएलका मानिसहरूले सीनै मरूभूमिबाट आफ्नो यात्रा शुरू गरे। यात्रीहरू पारान मरूभूमिमा आइपुग्दा त्यो बादल अडियो।

13 They first took their journey according to the commandment of Yahweh by Moses.यसर्थ मानिसहरूले यात्रा शुरू गरेको यही पहिलो पल्ट थियो। परमप्रभुले मोशालाई दिनुभएको आज्ञा अनुसार तिनीहरूले यात्रा गर्दथे।

14 In the first [place] the standard of the camp of the children of Judah set forward according to their hosts: and over his host was Nahshon the son of Amminadab.यहूदाको दलको शिविरबाट आफ्नो झण्डा लिएर तीन समूह पहिले गए। अम्मीनादाबको छोरो नहशोनले दलको नेतृत्व गरेका थिए।

15 Over the host of the tribe of the children of Issachar was Nethanel the son of Zuar.इस्साकारको कुलको अगुवाई सूआरका छोरो नतनेलले गरेका थिए।

16 Over the host of the tribe of the children of Zebulun was Eliab the son of Helon.अनि त्यसपछि जबूलून कुलको दल आए र यस दलहरूका नायक हलोनका छोरो एलीआब थिए।

17 The tent was taken down; and the sons of Gershon and the sons of Merari, who bore the tent, set forward.त्यसपछि पवित्र पाल उठाइयो अनि गेर्शोनी र मरारी कुलका मानिसहरूले त्यो पाल बोके। यसर्थ यस परिवारका मानिसहरू दोस्रो पक्तिमा आए।

18 The standard of the camp of Reuben set forward according to their hosts: and over his host was Elizur the son of Shedeur.त्यसपछि रूबेन कुलका मानिसहरूले आफ्नो झण्डा लिएर यात्रा शुरू गरे। पहिलो दल रूबेनकै कुलबाट थियो। शेदेऊरको छोरो एलीसूर यस दलहरूको नायक थिए।

19 Over the host of the tribe of the children of Simeon was Shelumiel the son of Zurishaddai.त्यसपछि शिमोन कुलका मानिसहरू थिए। यस दलहरूका नायक सरीशदूदैका छोरो सलूमीएल थिए।

20 Over the host of the tribe of the children of Gad was Eliasaph the son of Deuel.अनि त्यसपछि गाद कुलका मानिसहरू आए अनि यस दलहरूका नायक रूएलका छोरो एल्यासाप थिए।

21 The Kohathites set forward, bearing the sanctuary: and [the others] did set up the tent against their coming.त्यसपछि कहात कुलका मानिसहरू आए। तिनीहरूले पवित्र-स्थान भित्रको समान बोकेका थिए। तिनीहरू यस्तो समयमा आइपुगे कि त्यस समयमा अन्य मानिसहरूले नयाँ शिविरमा पवित्र पाल खडा गरी सकेका थिए।

22 The standard of the camp of the children of Ephraim set forward according to their hosts: and over his host was Elishama the son of Ammihud.त्यसपछि एप्रैमको शिविरका दलहरू आफ्नो झण्डा लिएर अघि बढे। अम्मीहूदको छोरो एलीशामा दलहरूको नेतृत्वमा थिए।

23 Over the host of the tribe of the children of Manasseh was Gamaliel the son of Pedahzur.पदासूरका छोरो गमलीएल मनश्शे कुलका दल नायक थिए।

24 Over the host of the tribe of the children of Benjamin was Abidan the son of Gideoni.त्यसपछि गिदोनीका छोरो अबीदान बिन्यामीन दल समूहका नायक थिए।

25 The standard of the camp of the children of Dan, which was the rearward of all the camps, set forward according to their hosts: and over his host was Ahiezer the son of Ammishaddai.अन्तमा दान कुल समूहका मानिसहरू तीन दलहरूमा आफ्नो झण्डा लिएर अघि बढे। यसमा पहिलो दलहरू दान कुलका मानिसहरू थिए। यस दलहरूको नायक अम्मीशद्‌दैका छोरो अहीएजेर थिए।

26 Over the host of the tribe of the children of Asher was Pagiel the son of Ochran.त्यसपछि ओक्रानको छोरो पगीएल आशेर कुल समूहका दल नायक थिए।

27 Over the host of the tribe of the children of Naphtali was Ahira the son of Enan.त्यसपछि नप्ताली कुल समूहका मानिसहरू अघि आए अनि यस दलहरूको नायक एनानका छोरो अहीरा थिए।

28 Thus were the travels of the children of Israel according to their hosts; and they set forward.यसरी नै इस्राएलका मानिसहरू एक ठाँउदेखि अर्को ठाँउ बसाँई सर्दै थिए।

29 Moses said to Hobab, the son of Reuel the Midianite, Moses' father-in-law, We are journeying to the place of which Yahweh said, I will give it you: come you with us, and we will do you good; for Yahweh has spoken good concerning Israel.मोशाले आफ्नो ससुरा रूएल मिद्यानीको छोरो होबाबलाई भने, “परमेश्वरले हामीलाई दिनेछु भनी प्रतिज्ञा गर्नु भएको ठाँउमा हामी जाँदैछौ, हामीसितै आउनुहोस्, हामी तपाईंलाई राम्रो गर्नेछौं। परमप्रभुले इस्राएलका मानिसहरूको निम्ति राम्रो राम्रो चिजहरू दिन्छु भनी प्रतिज्ञा गर्नु भएको छ।”

30 He said to him, I will not go; but I will depart to my own land, and to my relatives.तर होबाबले उत्तर दिए, “होइन म तिमीहरूसित जान्न, म आफ्नौं देश र मानिसहरूकहाँ जान्छु।”

31 He said, Don't leave us, please; because you know how we are to encamp in the wilderness, and you shall be to us instead of eyes.तब मोशाले भने, “तपाईंले हामीलाई नछाड्नु होस्। तपाईं हाम्रो पथ प्रदर्शक बन्न सक्नु हुन्छ कारण मरूभूमिको विषयमा हामीले भन्दा बेशी तपाईंले जान्नुहुन्छ।

32 It shall be, if you go with us, yes, it shall be, that whatever good Yahweh shall do to us, the same will we do to you.यदि तपाईं हामीसित हिडनु भए परमप्रभुले हामीलाई दिनु भएको असल चीजहरू बाँड्नेछौं।”

33 They set forward from the Mount of Yahweh three days' journey; and the ark of the covenant of Yahweh went before them three days' journey, to seek out a resting-place for them.होबाब राजी भए अनि परमप्रभुको पर्वतबाट तिनीहरूले यात्रा शुरू गरे। पूजाहारीले परमप्रभुको करारको सन्दूक लिएर मानिसहरूको अगाडी हिडे। तिनीहरूले पवित्र सन्दूक बोकेर नयाँ शिविर बनाउने ठाँउ खोज्दै तीन दिन सम्म हिडे।

34 The cloud of Yahweh was over them by day, when they set forward from the camp.परमप्रभुको बादल प्रत्येक दिन तिनीहरू माथि नै रहन्थ्यो अनि प्रत्येक बिहान जब तिनीहरू शिविरबाट यात्रा शुरू गर्थे बादलले तिनीहरूलाई अगुवाई गर्थ्यो।

35 It happened, when the ark set forward, that Moses said, Rise up, Yahweh, and let your enemies be scattered; and let those who hate you flee before you.शिविर सार्नलाई जब मानिसहरूले पवित्र सन्दूक उठाँउथे, मोशाले सँधैं भन्थे,“हे परमप्रभु उठ्नुहोस्, तपाईंको शत्रुहरू छरपष्ट होउन्। तपाईं देखि तपाईंका शत्रुहरू भागून्।”

36 When it rested, he said, Return, Yahweh, to the ten thousands of the thousands of Israel.अनि जब पवित्र सन्दूकलाई त्यसको ठाँउमा राखिन्थ्यो, सधैं मोशाले भन्थे,“हे परमप्रभु इस्राएलका हजारौं हजारौं मानिसहरू भएको ठाँउमा आउनु होस्।”

Nepali Bible