Bible

Numbers 10 - BBE (Nepali)

1 And the Lord said to Moses,परमप्रभुले मोशालाई भन्नुभयोः

2 Make two silver horns of hammered work, to be used for getting the people together and to give the sign for the moving of the tents.“दुइवटा तुरहीहरू बनाऊ। चाँदी पिटेर तुरहीहरू बनाउनू। यी तुरहीहरू मानिसहरूलाई एक साथ भेला गराउनु तथा कति बेला छाउनीबाट यात्रा शुरू गर्नु पर्ने शंकेतको निम्ति प्रयोग गरिनेछ।

3 When they are sounded, all the people are to come together to you at the door of the Tent of meeting.यदि दुवै तुरहीहरू लामो तानेर बजाईयो भने सबै मानिसहरू भेट हुने पालको प्रवेशद्वारमा भेला हुनेछन्।

4 If only one of them is sounded, then the chiefs, the heads of the thousands of Israel, are to come to you.तर जब एउटा मात्र तुरही लामो बजाइन्छ तब केवल कुलनायकहरू मात्र तिमीलाई भेट्न आउनेछन्। ती प्रमुखहरू इस्राएलका बाह्र कुल समूहका हुन्।

5 When a loud note is sounded, the tents placed on the east side are to go forward.“जब तिमीहरूले तुरही बजाएर जागरन ध्वनी दिन्छौ, पूर्वमा छाउनी बनाउने मानिसहरूले यात्रा शुरू गर्ने छन्।

6 At the sound of a second loud note, the tents on the south side are to go forward: the loud note will be the sign to go forward.जब तिमीहरूले दोस्रो पल्ट तुरहीको सूक्ष्म ध्वनी दिन्छौ दक्षिणका छाउनीमा रहेकाहरूले यात्रा शुरू गर्छन्। तिनीहरूले यात्रा शुरू गराउँदा चेतावनीको तुरही बजाउनुपर्छ।

7 But when all the people are to come together, the horn is to be sounded but not loudly.तर जब तिमीहरू मानिसहरूलाई भेला गराउँछौ भने तुरही दीर्घ फुक्नु पर्छ तर चेतावनी ध्वनि नदेऊ।

8 The horns are to be sounded by the sons of Aaron, the priests; this is to be a law for you for ever, from generation to generation.हारूनका छोराहरू, पूजाहारीहरूले तुरही फुक्नु पर्छ। तिमीहरूको सन्तानको निम्ति यो नियम हुनेछ।

9 And if you go to war in your land against any who do you wrong, then let the loud note of the horn be sounded; and the Lord your God will keep you in mind and give you salvation from those who are against you.“अनि जब तिमीहरू आफ्नो भूमिमा तिमीहरूलाई आक्रमण गर्ने तिमीहरूको शत्रुको विरूद्धमा युद्ध गर्न जान्छौ, तिमीहरूले चेतावनी दिने तुरही बजाऊ अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू प्रति ध्यान दिनुहुनेछ। अनि उहाँले तिमीहरूको रक्षा गर्नुहुनेछ।

10 And on days of joy and on your regular feasts and on the first day of every month, let the horns be sounded over your burned offerings and your peace-offerings; and they will put the Lord in mind of you: I am the Lord your God.तिमीहरूको र्हषको दिन, तिमीहरूको औंसीका चाडहरूका दिन तिमीहरूले होमबलि र मेलबलि चढाउँदा तुरही बजाउनु पर्छ। परमप्रभुको स्मरण गर्नु तिमीहरूको निम्ति यो एउटा विशेष तरिका हुनेछ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।”

11 Now in the second year, on the twentieth day of the second month, the cloud was taken up from over the Tent of witness.मानिसहरूले मिश्र देश छोडेको दोस्रो वर्षको दोस्रो महीनाको बिसौं दिनमा साक्षीको पवित्र पालबाट बादल सर्यो।

12 And the children of Israel went on their journey out of the waste land of Sinai; and the cloud came to rest in the waste land of Paran.यसकारण इस्राएलका मानिसहरूले सीनै मरूभूमिबाट आफ्नो यात्रा शुरू गरे। यात्रीहरू पारान मरूभूमिमा आइपुग्दा त्यो बादल अडियो।

13 They went forward for the first time on their journey as the Lord had given orders by the hand of Moses.यसर्थ मानिसहरूले यात्रा शुरू गरेको यही पहिलो पल्ट थियो। परमप्रभुले मोशालाई दिनुभएको आज्ञा अनुसार तिनीहरूले यात्रा गर्दथे।

14 First the flag of the children of Judah went forward with their armies: and at the head of his army was Nahshon, the son of Amminadab.यहूदाको दलको शिविरबाट आफ्नो झण्डा लिएर तीन समूह पहिले गए। अम्मीनादाबको छोरो नहशोनले दलको नेतृत्व गरेका थिए।

15 And at the head of the army of the children of Issachar was Nethanel, the son of Zuar.इस्साकारको कुलको अगुवाई सूआरका छोरो नतनेलले गरेका थिए।

16 And at the head of the army of the children of Zebulun was Eliab, the son of Helon.अनि त्यसपछि जबूलून कुलको दल आए र यस दलहरूका नायक हलोनका छोरो एलीआब थिए।

17 Then the House was taken down; and the sons of Gershon and the sons of Merari, who were responsible for moving the House, went forward.त्यसपछि पवित्र पाल उठाइयो अनि गेर्शोनी र मरारी कुलका मानिसहरूले त्यो पाल बोके। यसर्थ यस परिवारका मानिसहरू दोस्रो पक्तिमा आए।

18 Then the flag of the children of Reuben went forward with their armies: and at the head of his army was Elizur, the son of Shedeur.त्यसपछि रूबेन कुलका मानिसहरूले आफ्नो झण्डा लिएर यात्रा शुरू गरे। पहिलो दल रूबेनकै कुलबाट थियो। शेदेऊरको छोरो एलीसूर यस दलहरूको नायक थिए।

19 And at the head of the army of the children of Simeon was Shelumiel, the son of Zurishaddai.त्यसपछि शिमोन कुलका मानिसहरू थिए। यस दलहरूका नायक सरीशदूदैका छोरो सलूमीएल थिए।

20 At the head of the army of the children of Gad was Eliasaph, the son of Reuel.अनि त्यसपछि गाद कुलका मानिसहरू आए अनि यस दलहरूका नायक रूएलका छोरो एल्यासाप थिए।

21 Then the Kohathites went forward with the holy place; the others put up the House ready for their coming.त्यसपछि कहात कुलका मानिसहरू आए। तिनीहरूले पवित्र-स्थान भित्रको समान बोकेका थिए। तिनीहरू यस्तो समयमा आइपुगे कि त्यस समयमा अन्य मानिसहरूले नयाँ शिविरमा पवित्र पाल खडा गरी सकेका थिए।

22 Then the flag of the children of Ephraim went forward with their armies: and at the head of his army was Elishama, the son of Ammihud.त्यसपछि एप्रैमको शिविरका दलहरू आफ्नो झण्डा लिएर अघि बढे। अम्मीहूदको छोरो एलीशामा दलहरूको नेतृत्वमा थिए।

23 At the head of the army of the children of Manasseh was Gamaliel, the son of Pedahzur.पदासूरका छोरो गमलीएल मनश्शे कुलका दल नायक थिए।

24 At the head of the army of the children of Benjamin was Abidan, the son of Gideoni.त्यसपछि गिदोनीका छोरो अबीदान बिन्यामीन दल समूहका नायक थिए।

25 And the flag of the children of Dan, whose tents were moved last of all, went forward with their armies: and at the head of his army was Ahiezer, the son of Ammishaddai.अन्तमा दान कुल समूहका मानिसहरू तीन दलहरूमा आफ्नो झण्डा लिएर अघि बढे। यसमा पहिलो दलहरू दान कुलका मानिसहरू थिए। यस दलहरूको नायक अम्मीशद्‌दैका छोरो अहीएजेर थिए।

26 At the head of the army of the children of Asher was Pagiel, the son of Ochran.त्यसपछि ओक्रानको छोरो पगीएल आशेर कुल समूहका दल नायक थिए।

27 And at the head of the army of the children of Naphtali was Ahira, the son of Enan.त्यसपछि नप्ताली कुल समूहका मानिसहरू अघि आए अनि यस दलहरूको नायक एनानका छोरो अहीरा थिए।

28 This was the order in which the children of Israel were journeying by armies; so they went forward.यसरी नै इस्राएलका मानिसहरू एक ठाँउदेखि अर्को ठाँउ बसाँई सर्दै थिए।

29 Then Moses said to Hobab, the son of his father-in-law Reuel the Midianite, We are journeying to that place of which the Lord has said, I will give it to you: so come with us, and it will be for your profit: for the Lord has good things in store for Israel.मोशाले आफ्नो ससुरा रूएल मिद्यानीको छोरो होबाबलाई भने, “परमेश्वरले हामीलाई दिनेछु भनी प्रतिज्ञा गर्नु भएको ठाँउमा हामी जाँदैछौ, हामीसितै आउनुहोस्, हामी तपाईंलाई राम्रो गर्नेछौं। परमप्रभुले इस्राएलका मानिसहरूको निम्ति राम्रो राम्रो चिजहरू दिन्छु भनी प्रतिज्ञा गर्नु भएको छ।”

30 But he said, I will not go with you, I will go back to the land of my birth and to my relations.तर होबाबले उत्तर दिए, “होइन म तिमीहरूसित जान्न, म आफ्नौं देश र मानिसहरूकहाँ जान्छु।”

31 And he said, Do not go from us; for you will be eyes for us, guiding us to the right places in the waste land to put up our tents.तब मोशाले भने, “तपाईंले हामीलाई नछाड्नु होस्। तपाईं हाम्रो पथ प्रदर्शक बन्न सक्नु हुन्छ कारण मरूभूमिको विषयमा हामीले भन्दा बेशी तपाईंले जान्नुहुन्छ।

32 And if you come with us, we will give you a part in whatever good the Lord does for us.यदि तपाईं हामीसित हिडनु भए परमप्रभुले हामीलाई दिनु भएको असल चीजहरू बाँड्नेछौं।”

33 So they went forward three days' journey from the mountain of the Lord; and the ark of the Lord's agreement went three days' journey before them, looking for a resting-place for them;होबाब राजी भए अनि परमप्रभुको पर्वतबाट तिनीहरूले यात्रा शुरू गरे। पूजाहारीले परमप्रभुको करारको सन्दूक लिएर मानिसहरूको अगाडी हिडे। तिनीहरूले पवित्र सन्दूक बोकेर नयाँ शिविर बनाउने ठाँउ खोज्दै तीन दिन सम्म हिडे।

34 And by day the cloud of the Lord went over them, when they went forward from the place where they had put up their tents.परमप्रभुको बादल प्रत्येक दिन तिनीहरू माथि नै रहन्थ्यो अनि प्रत्येक बिहान जब तिनीहरू शिविरबाट यात्रा शुरू गर्थे बादलले तिनीहरूलाई अगुवाई गर्थ्यो।

35 And when the ark went forward Moses said, Come up, O Lord, and let the armies of those who are against you be broken, and let your haters go in flight before you.शिविर सार्नलाई जब मानिसहरूले पवित्र सन्दूक उठाँउथे, मोशाले सँधैं भन्थे,“हे परमप्रभु उठ्नुहोस्, तपाईंको शत्रुहरू छरपष्ट होउन्। तपाईं देखि तपाईंका शत्रुहरू भागून्।”

36 And when it came to rest, he said, Take rest, O Lord, and give a blessing to the families of Israel.अनि जब पवित्र सन्दूकलाई त्यसको ठाँउमा राखिन्थ्यो, सधैं मोशाले भन्थे,“हे परमप्रभु इस्राएलका हजारौं हजारौं मानिसहरू भएको ठाँउमा आउनु होस्।”

Nepali Bible