Numbers 1 - WBT (Nepali)
1 And the LORD spoke to Moses in the wilderness of Sinai, in the tabernacle of the congregation, on the first day of the second month, in the second year after they had come out of the land of Egypt, saying,सीनै मरूभूमिको भेट हुने पालमा इस्राएलीहरूले मिश्र देश छोडेको दोस्रो वर्षको दोस्रो महीनाको पहिलो दिन मोशासित परमप्रभुले कुरा गर्नुभयो।
2 Take ye the sum of all the congregation of the children of Israel, after their families by the house of their fathers, with the number of their names, every male by their poll:“उहाँले भन्नुभयो, तिनीहरूको परिवार र कुल समूह सहित प्रत्येक व्यक्तिको नाम लेखेर इस्राएली मानिसहरूको गन्ती गर।
3 From twenty years old and upward, all that are able to go forth to war in Israel; thou and Aaron shall number them by their armies.हारून र तिमीले बीस वर्ष र त्यो भन्दा वेशी उमेर भएकाहरू सेनामा जान सक्छन् प्रत्येकको गन्ती गर।
4 And with you there shall be a man of every tribe; every one head of the house of his fathers.प्रत्येक कुलका एक एक व्यक्तिले तिमीलाई सहायता गर्नेछन्। प्रत्येक कुलबाट एक जना व्यक्ति अगुवा हुनेछ। यी निम्न लिखित व्यक्तिहरूले तिमीलाई सहायता गर्नेछन्।
5 And these are the names of the men that shall stand with you: Of the tribe of Reuben; Elizur the son of Shedeur.रूबेनको कुलबाट शदेऊरका छोरा एलीसूर
6 Of Simeon; Shelumiel the son of Zurishaddai.शिमोनको कुलबाट सूरीशद्दैको छोरो शलूमीएल;
7 Of Judah; Nahshon the son of Amminadab.यहूदाको कुलबाट अम्मीनादाबको छोरो नहशोन;
8 Of Issachar; Nethaneel the son of Zuar.इस्साकारको कुलबाट सूआरको छोरो नतनेल;
9 Of Zebulun; Eliab the son of Helon.जबूलूनको कुलबाट हेलोनको छोरो एलीआब;
10 Of the children of Joseph: of Ephraim; Elishama the son of Ammihud; of Manasseh; Gamaliel the son of Pedahzur.यूसुफको उत्तराधिकारीहरूबाट; एप्रैमको कुलबाट अम्मीहूदको छोरो एलीशामा मनश्शेको कुलबाट पदासूरको छोरो गमलिएल;
11 Of Benjamin; Abidan the son of Gideoni.बिन्यामीनको कुलबाट गिदोनीको छोरो अबीदान;
12 Of Dan; Ahiezer the son of Ammishaddai.दानको कुलबाट अम्मीशद्दैको छोरो अहीएजेर;
13 Of Asher; Pagiel the son of Ocran.आशेरको कुलबाट ओक्रानको छोरो पगीएल;
14 Of Gad; Eliasaph the son of Deuel.गादको कुलबाट रूएलको छोरो एल्यासाप;
15 Of Naphtali; Ahira the son of Enan.नप्तालीको कुलबाट एनानको छोरो अहीरा।”
16 These were the renowned of the congregation, princes of the tribes of their fathers, heads of thousands in Israel.यी सबै मानिसहरू यिनीहरूको कुल समूहका अगुवाहरू थिए र मानिसहरूले नै यिनीहरूलाई आफ्नो आफ्नो कुल समूहका अगुवा बनाए।
17 And Moses and Aaron took these men who are expressed by their names:तब मोशा र हारूनले ती मानिसहरूलाई लिए जसलाई अगुवा बनाएका थिए।
18 And they assembled all the congregation on the first day of the second month, and they declared their pedigrees after their families, by the house of their fathers, according to the number of the names, from twenty years old and upward, by their polls.दोस्रो महीनाको पहिलो दिन तिनीहरूले सबै समुदायलाई एकै चोटी बोलाएर पुस्ता अनि तिनीहरूको सन्तानहरूको नाम दर्त्ता गरेर बीस र बीस भन्दा वेशी उमेरको प्रत्येक व्यक्तिको सूची तयार गरे।
19 As the LORD commanded Moses, so he numbered them in the wilderness of Sinai.परमप्रभुले मोशालाई दिनु भएको आज्ञा अनुसार तिनले मानिसहरूको गन्ती सीनै मरूभूमिमा गरे।
20 And the children of Reuben, Israel's eldest son, by their generations, after their families, by the house of their fathers, according to the number of the names, by their polls, every male from twenty years old and upward, all that were able to go forth to war;तिनीहरूले यस्तो प्रकारले संख्या गन्ती गरे इस्राएलको प्रथम जाति रूबेन र तिनको परिवारको गणना गरे। बीस र बीस वर्ष भन्दा वेशी उमेरका व्यक्तिहरू जो सेनामा जान सक्थे तिनीहरूको नामको सूची बनाइयो। तिनीहरूको पिता-पुर्खाको कुल र परिवार अनुसार नाम दर्त्ता गरियो।
21 Those that were numbered of them, even of the tribe of Reuben, were forty and six thousand and five hundred.रूबेनको कुलबाट गन्ती गरिएको संख्या 46,500 थियो।
22 Of the children of Simeon, by their generations, after their families, by the house of their fathers, those that were numbered of them according to the number of the names, by their polls, every male from twenty years old and upward, all that were able to go forth to war;तिनीहरूले शिमोनको कुलबाट गन्ती गरे-बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार दर्त्ता गरियो।
23 Those that were numbered of them, even of the tribe of Simeon, were fifty and nine thousand and three hundred.शिमोनको कुलबाट 59,300 व्यक्तिको गन्ती गर्यो।
24 Of the children of Gad, by their generations, after their families, by the house of their fathers, according to the number of the names, from twenty years old and upward, all that were able to go forth to war;तिनीहरूले गादको कुलबाट गन्ती गरे बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार दर्त्ता गरियो।
25 Those that were numbered of them, even of the tribe of Gad, were forty and five thousand six hundred and fifty.गादको कुलबाट 45,650 व्यक्तिको गन्ती गर्यो।
26 Of the children of Judah, by their generations, after their families, by the house of their fathers, according to the number of the names, from twenty years old and upward, all that were able to go forth to war;तिनीहरूले यहूदाको कुलबाट गन्ती गरे बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार दर्ता गरियो।
27 Those that were numbered of them, even of the tribe of Judah, were seventy and four thousand and six hundred.यहूदाको कुलबाट 74,600 व्यक्तिको गन्ती गर्यो।
28 Of the children of Issachar, by their generations, after their families, by the house of their fathers, according to the number of the names, from twenty years old and upward, all that were able to go forth to war;तिनीहरूले इस्साकारको कुलबाट गन्ती गरे बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार दर्त्ता गरियो।
29 Those that were numbered of them, even of the tribe of Issachar, were fifty and four thousand and four hundred.इस्साकारको कुलबाट 54,400 व्यक्तिको गन्ती गर्यो।
30 Of the children of Zebulun, by their generations, after their families, by the house of their fathers, according to the number of the names, from twenty years old and upward, all that were able to go forth to war;तिनीहरूले जबूलूनको कुलको गन्ती गरे बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार दर्त्ता गरियो।
31 Those that were numbered of them, even of the tribe of Zebulun, were fifty and seven thousand and four hundred.जबूलूनको कुलबाट 57,400 व्यक्तिहरूको गन्ती गरियो।
32 Of the children of Joseph, namely, of the children of Ephraim, by their generations, after their families, by the house of their fathers, according to the number of the names, from twenty years old and upward, all that were able to go forth to war;तिनीहरूले एप्रैमको कुल समूहबाट गन्ती गरे। (एप्रैम-यूसुफको छोरो।) बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार दर्त्ता गरियो।
33 Those that were numbered of them, even of the tribe of Ephraim, were forty thousand and five hundred.एप्रैमको कुलमा गन्ती गरिएको व्यक्तिहरूको सख्या 40,500 थियो।
34 Of the children of Manasseh, by their generations, after their families, by the house of their fathers, according to the number of the names, from twenty years old and upward, all that were able to go forth to war;तिनीहरूले मनश्शे कुलका मानिसहरूको गन्ती गरे। (मनश्शे पनि यूसुफका छोरा थिए।) बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार गणना गरियो।
35 Those that were numbered of them, even of the tribe of Manasseh, were thirty and two thousand and two hundred.मनश्शेको कुलमा गन्ती गरिएको मानिसहरूको संख्या 32,200 थियो।
36 Of the children of Benjamin, by their generations, after their families, by the house of their fathers, according to the number of the names, from twenty years old and upward, all that were able to go forth to war;तिनीहरूले बिन्यामीन कुलका मानिसहरूको गन्ती गरे। बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार गणना गरियो।
37 Those that were numbered of them, even of the tribe of Benjamin, were thirty and five thousand and four hundred.बिन्यामीनको कुलमा गन्ती गरिएका मानिसहरूको संख्या 35,400 थियो।
38 Of the children of Dan, by their generations, after their families, by the house of their fathers, according to the number of the names, from twenty years old and upward, all that were able to go forth to war;तिनीहरूले दान कुलका मानिसहरूको गन्ती गरे। बीस वर्ष र उँभोका सबै मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार गन्ती गरियो।
39 Those that were numbered of them, even of the tribe of Dan, were sixty and two thousand and seven hundred.दानको कुलमा गन्ती गरिएका मानिसहरूको संख्या 62,700 थियो।
40 Of the children of Asher, by their generations, after their families, by the house of their fathers, according to the number of the names, from twenty years old and upward, all that were able to go forth to war;तिनीहरूले आशेर कुलका मानिसहरूको गन्ती गरे। बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पुर्खाको कुल र परिवार अनुसार गणना गरियो।
41 Those that were numbered of them, even of the tribe of Asher, were forty and one thousand and five hundred.आशेर कुलमा गणना गरिएका मानिसहरूको संख्या 41,500 थियो।
42 Of the children of Naphtali, throughout their generations, after their families, by the house of their fathers, according to the number of the names, from twenty years old and upward, all that were able to go forth to war;नप्ताली कुलका मानिसहरूको तिनीहरूले गणना गरे। बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जानु सक्थे तिनीहरू प्रत्येकको नाम पुर्खाको कुल र परिवार अनुसार गणना गरियो।
43 Those that were numbered of them, even of the tribe of Naphtali, were fifty and three thousand and four hundred.नप्ताली कुलमा गणना गरिएको मानिसहरूको संख्या 53,400 थियो।
44 These are those that were numbered, which Moses and Aaron numbered, and the princes of Israel, being twelve men: each one was for the house of his fathers.मोशा, हारून र इस्राएलका बाह्र जना अगुवाहरूले यी मानिसहरूको गन्ती गरे। (त्यहाँ प्रत्येक कुल समूहबाट एक जना अगुवा थिए।)
45 So were all those that were numbered of the children of Israel, by the house of their fathers, from twenty years old and upward, all that were able to go forth to war in Israel;तिनीहरूले बीस वर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरूको गन्ती गरे। तिनीहरू प्रत्येकको आफ्नो-आफ्नो परिवार अनुसार गणना गरियो।
46 Even all they that were numbered, were six hundred thousand and three thousand and five hundred and fifty.तिनीहरूको जम्मा संख्या 6,03,550 थियो।
47 But the Levites, after the tribe of their fathers, were not numbered among them.लेवी कुल समूहका परिवारका मानिसहरूको गणना इस्राएलका अन्य मानिसहरूसित गरिएन।
48 For the LORD had spoken to Moses, saying,परमप्रभुले मोशालाई भन्नुभएको थियोः
49 Only thou shalt not number the tribe of Levi, neither take the sum of them among the children of Israel:“लेवीको कुल समूहका मानिसहरूको गणना नगर्नु अथवा तिनीहरूलाई इस्राएलका अरू मानिसहरूसित नमिलाउनु।
50 But thou shalt appoint the Levites over the tabernacle of testimony, and over all its vessels, and over all things that belong to it: they shall bear the tabernacle, and all its vessels, and they shall minister to it, and shall encamp around the tabernacle.तर तिमीले लेवीहरूलाई करारको पवित्र पाल र यसका सबै वस्तुहरू हेरचाह गर्नुका निम्ति नियुक्त गर्यौ। तिनीहरूले पवित्र पाल र यसका सबै वस्तुहरू बोक्नु पर्छ। अनि तिनीहरूले पवित्र पालको सेवा गर्नुपर्छ र तिनीहरूले उनीहरूको छाउनी यसकै वरिपरि बनाउनु पर्छ।
51 And when the tabernacle moveth forward, the Levites shall take it down; and when the tabernacle is to be pitched, the Levites shall set it up: and the stranger that cometh nigh shall be put to death.जब तिमीले पवित्र पाल सार्थ्यो लेवीहरूले यसलाई तल झार्नु पर्थ्यो जब तिमीहरू रोकिने छौ, लेवीहरूले यसलाई स्थापित गर्नु पर्थ्यो। कुनै जो विदेशी नजिक आउँछ त्यसलाई मार्नु पर्छ।
52 And the children of Israel shall pitch their tents every man by his own camp, and every man by his own standard, throughout their hosts.इस्राएलीहरूले आफ्नो आफ्नो दल समूह भित्र र आफ्नै झण्डाको छेउ छाउमा शिविर बनाऊन्।
53 But the Levites shall pitch around the tabernacle of testimony; that there may be no wrath upon the congregation of the children of Israel: and the Levites shall keep the charge of the tabernacle of testimony.तर लेवीहरूले तिनीहरूका छाउनी पवित्र पालकै वरिपरि लगाउन् र यसलाई रक्षा गर्नु पर्छ ताकि करारको पवित्र पाल सुरक्षित रहोस् र परमेश्वरको रिसको प्रकोप इस्राएली समुदायमाथि नपरोस्।”
54 And the children of Israel did according to all that the LORD commanded Moses, so did they.यसरी इस्राएलका मानिसहरूले परमप्रभु द्वारा मोशालाई दिनु भएको सबै आज्ञाहरू पालन गरे।
Nepali Bible