Romans 4:1
यसकारण हाम्रा मानिसहरूका पुर्खा अब्राहाम बारे हामी के निर्ष्कषमा पुग्छौं? विश्वासको बारेमा उनले के सिके?
Romans 4:1 in Other Translations
King James Version (KJV)
What shall we say then that Abraham our father, as pertaining to the flesh, hath found?
American Standard Version (ASV)
What then shall we say that Abraham, our forefather, hath found according to the flesh?
Bible in Basic English (BBE)
What, then, may we say that Abraham, our father after the flesh, has got?
Darby English Bible (DBY)
What shall we say then that Abraham our father according to flesh has found?
World English Bible (WEB)
What then will we say that Abraham, our forefather, has found according to the flesh?
Young's Literal Translation (YLT)
What, then, shall we say Abraham our father, to have found, according to flesh?
| What | Τί | ti | tee |
| shall we say | οὖν | oun | oon |
| then | ἐροῦμεν | eroumen | ay-ROO-mane |
| that Abraham | Ἀβραὰμ | abraam | ah-vra-AM |
| our | τὸν | ton | tone |
| πατέρα | patera | pa-TAY-ra | |
| father, | ἡμῶν | hēmōn | ay-MONE |
| as pertaining to | εὑρηκέναι | heurēkenai | ave-ray-KAY-nay |
| the flesh, | κατὰ | kata | ka-TA |
| hath found? | σάρκα | sarka | SAHR-ka |
Cross Reference
रोमी 4:16
यसकारण परमेश्वरको विश्वास प्रतिज्ञाको फल हो। त्यसैले परमेश्वरको प्रतिज्ञा सित्तैको उपहार जस्तै पाउन सकिन्छ। अनि यदि प्रतिज्ञा सित्तैको उपहार भए, अब्राहामका विश्वास हुने सबै मानिसहरूले त्यो वचन पाउन सक्छन्। यो प्रतिज्ञा ती मानिसहरूका लागि मात्र होइन जो मोशाको व्यवस्थाको अधीनमा छन्। प्रतिज्ञा सबैको निम्ति हो जो अब्राहाम जस्तै विश्वासी थिए। अब्राहाम हामी सबैका पिता हुन्।
यशैया 51:2
अब्राहाम तिमीहरूका पिता हुन् अनि तिमीहरूले उनलाई खोज्नु पर्छ। तिमीहरूले सारालाई हेर एक नारी जसले तिमीहरूलाई जन्म दिईन्। अब्राहाम मैले बोलाउँदा एक्लै थियो। त्यसपछि मैले उसलाई आशीर्वाद दिएँ अनि उसले एउटा ठूलो परिवार प्रारम्भ गर्यो। धेरै-धेरै मानिसहरू उसबाट नै जन्मिए।”
2 कोरिन्थी 11:22
के तिनीहरू हिब्रु हुन्? म पनि हुँ। तिनीहरू इस्राएली हुन् र? म पनि हुँ। के तिनीहरू अब्राहामका सन्तान हुन् र? म पनि हूँ।
रोमी 8:31
यसकारण यस विषयमा हामीले के भन्ने? यदि परमेश्वर हाम्रो निम्ति हुनुहुन्छ भने, हामीलाई कसले पराजय गर्न सक्छ?
रोमी 7:7
हामीले के भन्नु पर्ने हो? के व्यवस्था पापको समान हो? होइन, तर व्यवस्था त एक मात्र त्यस्तो बाटो हो जहाँबाट मैले पाप भनेको के हो बूझ्न सकें। यदि व्यवस्थाले पाप भनेको के हो भन्ने नबताएको भए मैले कहिल्यै बुझ्न सक्ने थिएन। तर व्यवस्थाले भन्यो, “अरूसँग भएको कुराहरूको चाहना तिमीले गर्नु दैन।”
प्रेरित 13:26
“मेरा दाज्यू-भाइहरू! अब्राहाम परिवारका नानीहरू अनि तिमी धर्मभीरू गैर-यहूदीहरू, ध्यान दिएर मेरो कुरा सुन। यो मुक्तिको समाचार हामीकहाँ पठाइसकेको छ।
यूहन्ना 8:56
तिम्रा पिता अब्राहाम म आउने दिन हेर्नलाई र्हषित थिए। उनले त्यो दिन देखे र र्हषित भए।”
यूहन्ना 8:53
के तिमी आफैलाई हाम्रा पिता अब्राहामभन्दा महान सोच्छौ? अब्राहाम मरे। अनि अगमवक्ताहरू पनि मरे। तिमी आफूलाई के सम्झन्छौ?”
यूहन्ना 8:37
म जान्दछु तिमीहरू अब्राहामका सन्तान हौ। तर तिमीहरू मलाई मार्न चाहन्छौ। किनभने तिमीहरू मेरो वचन स्वीकार गर्न चाहँदैनौ।
यूहन्ना 8:33
यहूदीहरूले जवाफ दिए, “हामी अब्राहामका सन्तान हौ। अनि हामी कहिल्यै कसैको दास भएका छैनौ। तब किन भन्छौ, ‘तिमीहरू’, स्वतन्त्र हुनेछौ?”
लूका 16:29
तर अब्राहाले भने, तिनीहरूको लागि पढन मोशाको व्यवस्था र अगमवक्ताहरूको ग्रन्थहरू छन्, तिनीहरूले तिनीहरूबाट नै सुनुन्।
लूका 16:24
त्यसले चिच्याएर भन्यो, ‘हे पिता अब्राहम, ममाथि दया गर्नुहोस्! लाजरसलाई मकहाँ पठाइदिनुहोस् ताकि त्यसले आफ्नो औंला पानीमा चोब्न सक्छ र मेरो जिब्रोलाई शीतल पारिदिओस्।’ किनभने यी ज्वालामा म कष्ट पाइरहेकोछु।’
लूका 3:8
तिमीहरूले आफ्नो हृदय परिवर्तन गरसकेकाछौ भन्ने देखाउनलाई उचित कामहरू गर्नुपर्छ। घमण्ड नगर अनि अब्राहामनै हाम्रा पिता हुन् नभन। म तिमीहरूलाई भन्छु कि परमेश्वरले अब्राहामका लागि यी चट्टानहरूबाट पनि सन्तान उत्पन्न गर्न सक्नुहुन्छ।
मत्ती 3:9
अनि ‘अब्राहामनै हाम्रा पिता हुनुहुन्छ’ भन्ने कुरा आपसामा विचार नगर। म तिमीहरूलाई भन्दछु, परमेश्वरले यी दुङ्गाबाट अब्राहामका लागि सन्तान प्रदान गर्न सक्नुहुन्छ।
हिब्रू 12:9
यस पृथ्वीमा, हामी सबैका आ-आफ्ना पिताहरू छन् जसले हामीलाई अनुशासित गर्छन्। अनि हामी उनीहरूको आदर गर्छौ नै। यसर्थ अझ बढी हामीले आफ्ना आत्मिक पिताको अनुशासन स्वीकार गर्नुपर्छ। यसो गरयौं भने हामीले जीवन पाउनेछौ।
रोमी 6:1
हामीले के भन्ने? परमेश्वरको धेरै भन्दा धेरै अनुग्रह प्राप्त गर्नलाई हामीले अझै धेरै पाप गरिरहनु पर्ने?