Bible

Romans 3 - BBE (Nepali)

1 How then is the Jew better off? or what profit is there in circumcision?यसकारण के यहूदीहरूमा अन्य गैर-यहूदीहरूमा नभएको कुरा छ त? खतनामा के विशेषता छ?

2 Much in every way: first of all because the words of God were given to them.हो, यहूदीहरूसँग धेरै विशेष कुराहरू छन्। मुख्य कुरा यो होः परमेश्वरले आफ्ना शिक्षाहरूबाट यहूदीहरूलाई विश्वास गर्नु भयो।

3 And if some have no faith, will that make the faith of God without effect?यो सत्य हो कि कतिपय यहूदीहरू परमेश्वरको आज्ञाकारी थिएनन्। तर त्यसले के परमेश्वर भाकल पूरा गर्न रोक्नेछ?

4 In no way: but let God be true, though every man is seen to be untrue; as it is said in the Writings, That your words may be seen to be true, and you may be seen to be right when you are judged.अहँ! परमेश्वर सत्य भएरै रहनु हुन्छ, सबै मानिसहरू झूटो भए पनि। धर्माशास्त्रमा लेखिएको छः“तिमीहरू आफ्ना वचनमा सच्चा प्रमाणित हुनेछौ जब बोल्दछौ अनि तिमीहरूले जित्नेछौ जब तिनीहरूको न्याय हुनेछ।”

5 But if the righteousness of God is supported by our wrongdoing what is to be said? is it wrong for God to be angry (as men may say)?जब हामी गल्ती गर्छौ, त्यसले परमेश्वर सही हुनुहुन्छ भन्ने कुरा अझ स्पष्ट पार्दछ। यसकारण के हामी भन्न सक्छौ कि परमेश्वरले हामीलाई दण्ड दिनु हुँदा उहाँ बेठीक बनिनु हुन्छ? म मानव विचारको अनुसार बोल्दैछु।

6 In no way: because if it is so, how is God able to be the judge of all the world?होइन! यदि परमेश्वरले हामीलाई दण्ड दिन सक्नु भएन भने, उहाँले संसारलाई न्याय गर्न सक्नु हुन्न।

7 But if, because I am untrue, God being seen to be true gets more glory, why am I to be judged as a sinner?कुनै मानिसले भन्न सक्ला, “जब म झुटो बोल्छु, यसले परमेश्वरलाई अझै बडी महिमा दिँदछ, किनभने मेरो झूटले परमेश्वरको सत्यलाई प्रकट गर्दछ। यसकारण म किन पापीको रूपमा न्याय गरिनु?”

8 Let us not do evil so that good may come (a statement which we are falsely said by some to have made), because such behaviour will have its right punishment.तब हामी भन्न सक्छौ, “हामीले दुष्ट काम गर्न पर्छ ताकि असल चीज आउला।” कतिपय मानिसहरूले हामीलाई निन्दा गर्दै भन्छन् कि हामी नै त्यस्तो कुरा सिकाउँछौ। ती र्भत्सना हुनै पर्छ।

9 What then? are we worse off than they? In no way: because we have before made it clear that Jews as well as Greeks are all under the power of sin;यसकारण हामी यहूदीहरू के अन्य मानिसहरू भन्दा श्रेष्ट छौ? होइन, कदापि छैनौं। हामीले पहिल्यै भनिसकेका छौं कि यहूदीहरू र गै-यहूदीहरू सबै समानरूपले पापको शक्ति मुनि छौं।

10 As it is said in the holy Writings, There is not one who does righteousness;धर्मशास्त्रले भन्दछः“त्यहाँ पापरहित मानिस कोही छैनन्। एउटै पनि छैनन्!

11 Not one who has the knowledge of what is right, not one who is a searcher after God;त्यहाँ कोही बुझकी मानिस छैनन्। त्यहाँ परमेश्वरको खोजी गर्ने एकैजना पनि छैन।

12 They have all gone out of the way, there is no profit in any of them; there is not one who does good, not so much as one:सबैले परमेश्वरपट्टि पीठ फर्काएका छन् अनि सबै बेकम्मा भएका छन्। असल कर्म गर्ने कोही छैन। एकैजना पनि छैन।”

13 Their throat is like an open place of death; with their tongues they have said what is not true: the poison of snakes is under their lips:“मानिसहरूका मुख खुल्ला चिहानहरू जस्ता छन् तिनीहरू आफ्ना जिब्रोले अरूलाई धोका दिंदछन्।”

14 Whose mouth is full of curses and bitter words:“तिनीहरूका मुखहरू श्राप र तीतोपनले परिपूर्ण छन्,”

15 Their feet are quick in running after blood;“तिनीहरूका खुट्टा हत्या गर्नमा छीटो कुद्‌दछन्।

16 Destruction and trouble are in their ways;जता-जता तिनीहरू जान्छन् त्यहाँ सर्वनाश र विपत्ति ल्याउँदछन्।

17 And of the way of peace they have no knowledge:तिनीहरू शान्तिको बाटो जान्दैनन्।”

18 There is no fear of God before their eyes.“तिनीहरूमा परमेश्वरको डर र सम्मान छैन।”

19 Now, we have knowledge that what the law says is for those who are under the law, so that every mouth may be stopped, and all men may be judged by God:हामी जान्दछौं कि व्यवस्थाले भने झैं, त्यो व्यवस्थाकै अधीनमा हुनेहरूलाई हो। यसले सारा मानवीय बहानाहरूको अन्त गर्नेछ सम्पूर्ण संसारलाई परमेश्वरको न्यायको अधीनमा ल्याउने छ।

20 Because by the works of the law no man is able to have righteousness in his eyes, for through the law comes the knowledge of sin.किनभने व्यवस्थालाई पछ्याएर कोही पनी परमेश्वरको अघि धर्मी हुन सक्तैन। व्यवस्थाले हाम्रो पापलाई मात्र औंल्याउँछ।

21 But now without the law there is a revelation of the righteousness of God, to which witness is given by the law and the prophets;तर अब व्यवस्था बिना नै मानिसहरूलाई धार्मिक बनाउने परमेश्वरको नयाँ बाटो देखा परेको छ। व्यवस्था र अगमवक्ताहरूले हामीलाई त्यस नयाँ बाटोको विषयमा भनेका छन्।

22 That is, the righteousness of God through faith in Jesus Christ, to all those who have faith; and one man is not different from another,परमेश्वरले हामीलाई येशू ख्रीष्टमा विश्वासको माध्यमद्वारा धर्मी बनाउनु हुन्छ। परमेश्वरले कुनै पक्षपात बिना नै सबैलाई धर्मी बनाउनु हुन्छ जसले ख्रीष्टमा विश्वास गर्छ।

23 For all have done wrong and are far from the glory of God;सबै मानिसहरूले पाप गरेका छन् अनि परमेश्वरको महिमासम्म पुग्न चुकेका छन्।

24 And they may have righteousness put to their credit, freely, by his grace, through the salvation which is in Christ Jesus:मानिसहरू परमेश्वरको अनुग्रहद्वारा धर्मी बनाइए। यो सित्तैको उपहार हो। येशू ख्रीष्टको माध्यमद्वारा परमेश्वरले मानिसहरूलाई पापबाट मुक्त गराउँदै धर्मी बनाउनु हुन्छ।

25 Whom God has put forward as the sign of his mercy, through faith, by his blood, to make clear his righteousness when, in his pity, God let the sins of earlier times go without punishment;परमेश्वरले हामीहरूका पापहरूको छुटकाराको निम्ति येशुलाई पठाउनु भयो। तिनीहरूका विश्वासको कारणले परमेश्वरले येशूका रक्तद्वारा मानिसहरूलाई पापको क्षमा दिनुहुन्छ। उहाँ धार्मिक हुनुहुन्छ भन्ने देखाउनलाई परमेश्वरले यसो गर्नु भयो। आफ्नो धैर्यको कारणले परमेश्वरले मानिसहरूलाई तिनीहरूले गरेका पापहरूको निम्ति सजाय दिनु भएन।

26 And to make clear his righteousness now, so that he might himself be upright, and give righteousness to him who has faith in Jesus.अहिले पनि उहाँ धार्मिक नै हुनुहुन्छ भन्ने देखाउन परमेश्वरले यसो गर्नु भयो। परमेश्वरले यस्तो देखाउन गर्नुभयो कि उहाँ न्यायी हुनुहुन्छ र येशूमा उनीहरूको विश्वासद्वारा मानिसहरूलाई धार्मिक पनि बनाउन सक्नु हुन्छ।

27 What reason, then, is there for pride? It is shut out. By what sort of law? of works? No, but by a law of faith.यसकारण हामीले आफैले त्यस्तो घमण्ड गर्ने कुनै ठाउँ छ? अहँ, कुनै ठाउँ छैन। किन ठाउँ छैन? किनभने यो विश्वासको मार्ग हो अथवा व्यवस्थाको मार्ग हो।

28 For this reason, then, a man may get righteousness by faith without the works of the law.किन? किनभने हामी विश्वास गर्दछौं कि एउटा मानिसलाई व्यवस्था विनै विश्वासद्वारा धार्मिक बनाइन्छ। अनि हामी यही विश्वास गर्छौ।

29 Or is God the God of Jews only? is he not in the same way the God of Gentiles? Yes, of Gentiles:परमेश्वर यहूदीहरूका मात्र परमेश्वर हुनुहुन्न। उहाँ गैर-यहूदीहरूका पनि परमेश्वर हुनुहुन्छ।

30 If God is one; and he will give righteousness because of faith to those who have circumcision, and through faith to those who have not circumcision.परमेश्वर एउटै मात्र हुनुहुन्छ। उहाँले यहूदीहरूलाई तिनीहरूका विश्वासद्वारा धर्मी बनाउनु हुनेछ। त्यसरी नै गैर-यहूदीहरूलाई पनि तिनीहरूको विश्वासद्वारा धर्मी बनाउनुहुनेछ।

31 Do we, then, through faith make the law of no effect? in no way: but we make it clear that the law is important.यसकारण हामीले विश्वासको बाटोमा लागेर व्यवस्था नष्ट गरिदिनु? होइन! विश्वासले हामीलाई त्यही बनाउँछ जुन व्यवस्थाले चाहन्छ।

Nepali Bible