भजनसंग्रह 85:10 in Nepali

नेपाली नेपाली बाइबल भजनसंग्रह भजनसंग्रह 85 भजनसंग्रह 85:10

Psalm 85:10
परमेश्वरको साँचो प्रेममा उनका सबै भक्तजनहरू भेट हुन्छन्। धार्मिकता र शान्तिले तिनीहरूलाई चुम्बन गरी स्वागत गर्नेछन्।

Psalm 85:9Psalm 85Psalm 85:11

Psalm 85:10 in Other Translations

King James Version (KJV)
Mercy and truth are met together; righteousness and peace have kissed each other.

American Standard Version (ASV)
Mercy and truth are met together; Righteousness and peace have kissed each other.

Bible in Basic English (BBE)
Mercy and faith have come together; righteousness and peace have given one another a kiss.

Darby English Bible (DBY)
Loving-kindness and truth are met together; righteousness and peace have kissed each other:

Webster's Bible (WBT)
Surely his salvation is nigh them that fear him; that glory may dwell in our land.

World English Bible (WEB)
Mercy and truth meet together. Righteousness and peace have kissed each other.

Young's Literal Translation (YLT)
Kindness and truth have met, Righteousness and peace have kissed,

other.
חֶֽסֶדḥesedHEH-sed
each
Mercy
וֶאֱמֶ֥תweʾĕmetveh-ay-MET
truth
and
are
נִפְגָּ֑שׁוּnipgāšûneef-ɡA-shoo
met
צֶ֖דֶקṣedeqTSEH-dek
together;
righteousness
וְשָׁל֣וֹםwĕšālômveh-sha-LOME
and
peace
נָשָֽׁקוּ׃nāšāqûna-sha-KOO

Cross Reference

भजनसंग्रह 89:14
धार्मिकता र न्‍याय तपाईंको सिंहासनका जग हुन्‌, प्रेम र विश्‍वस्‍तता तपाईंको अगि जान्‍छन्‌।

भजनसंग्रह 72:3
त्यहाँ देशभरि शान्ति र न्याय रहोस्।

यशैया 32:16
तर भविष्यमा त्यो मरूभूमि कर्मेल जस्तै मलिलो जमीन हुनेछ। न्याय निष्पक्ष हुनेछ। अनि मलिलो खेत हरियो जङ्गल सरह हुनेछ-त्यहाँ धार्मिकताको हुनेछ।

हितोपदेश 3:3
प्रेम, विश्वासनीयताले तिमीलाई कहिल्यै नछाडोस्। तिनीहरूलाई आफ्नो मानसपटलमा गहिरोसित राख। ती शिक्षाहरूलाई माला गुँथी गलामा लगाई राख्।

भजनसंग्रह 100:5
परमप्रभु, भलो हुनुहुन्छ। उहाँको प्रेम अनन्त छ। हामी सदा सर्वदा उहाँमाथि भरोसा राख्न सक्छौं!

प्रस्थान 34:6
परमप्रभु मोशाको अघि जानु भयो अनि भन्नुभयो, “म यहोवा अनि म परमप्रभु हुँ। म करूणापूर्ण अनि दयालु हुँ। म रिसाउनुमा ढीलो, म प्रेमले परिपूर्ण अनि विश्वास योग्य छु।

लूका 1:54
उहाँ आफ्नो दास इस्राएललाई सहायता गर्न आउनष्ठ्वु भएकोछ। उहाँले हामीलाई उहाँको कृपा दिनु भएकोछ।

यशैया 45:24
मानिसहरूले भन्नेछन्, “धार्मिकता र शक्ति परमप्रभुबाटै मात्र आउने छ।”‘कतिपय मानिसहरू परमप्रभुसित कोधित छन्। तर परमेश्वरको साक्षी आउनेछ र परमप्रभुले गर्नु भएको कुराहरूको विषयमा बताउनु हुनेछ। यसकारण ती क्रोधित मानिसहरू लज्जित हुनेछन्।

हिब्रू 7:2
अनि अब्राहामले मल्कीसेदेकलाई आफूसित जति थियो त्यसको दशांश भाग दिए। ‘मल्कीसेदेक’ नाउँका दुइवटा अर्थ छ। पहिलो अर्थ हुन्छ धार्मिकताको राजा। “शालेमका राजा” को पनि अर्थ हुन्छ “शान्तिको राजा।”

रोमी 5:21
जसरी मृत्युले पापद्वारा शासन गरयो उसरी नै परमेश्वरको अनुग्रहले मानिसलाई धार्मिक बनाउन शासन गर्नेछ। यसले हाम्रा प्रभु येशू ख्रीष्टद्वारा अनन्त जीवन ल्याउने छ।

रोमी 5:1
हाम्रो विश्वासको कारणले गर्दा हामी परमेश्वरसँग धर्मी बनेकाछौं। यसर्थ हाम्रा प्रभु येशू ख्रीष्टद्वारा थियो हामी परमेश्वरबाट शान्ति पाउँछौं।

रोमी 3:25
परमेश्वरले हामीहरूका पापहरूको छुटकाराको निम्ति येशुलाई पठाउनु भयो। तिनीहरूका विश्वासको कारणले परमेश्वरले येशूका रक्तद्वारा मानिसहरूलाई पापको क्षमा दिनुहुन्छ। उहाँ धार्मिक हुनुहुन्छ भन्ने देखाउनलाई परमेश्वरले यसो गर्नु भयो। आफ्नो धैर्यको कारणले परमेश्वरले मानिसहरूलाई तिनीहरूले गरेका पापहरूको निम्ति सजाय दिनु भएन।

यूहन्ना 1:17
मोशाबाट व्यवस्था प्रदान गरिएको थियो तर अनुग्रह र सत्यको बाटो येशू ख्रीष्टबाटै आयो।

लूका 2:14
सर्वोच्चमा परमेश्वरलाई महिमा। अनि जति मानिसहरूसंग परमेश्वर खुशी हुनुहुन्छ तिनीहरूमा शान्ति रहोस्।”

मीका 7:20
तपाईं याकूबप्रति साँचो हुनुहुन्छ, अब्राहम प्रति दयालु हुनुहुन्छ। तपाईंले यस्तो शपथ धेरै अगाडी हाम्रो पिता-पुर्खाहरुसंग गर्नुभएको थियो। 

यर्मिया 23:5
परमप्रभु भन्नुहुन्छ, “अब समय आइरहेछ कि म दाऊदको कुलमा एउटा धार्मिक शाखा स्थापित गर्नेछु। उसको ज्ञानले शासन चलाउनेछ र धर्म र न्याय गर्नेछ।