Bible

Psalm 71 - WEB (Nepali)

1 In you, Yahweh, I take refuge. Never let me be disappointed.हे परमप्रभु, म तपाईंमाथि भरोसा गर्छु ताकि म कहिल्यै निराशा नहुँ।

2 Deliver me in your righteousness, and rescue me. Turn your ear to me, and save me.तपाईंको धार्मिकताको कारण, तपाईंले मलाई बचाउनु हुनेछ। तपाईंले मलाई छुटकारा दिनु हुनेछ। मेरो गुहार सुनी दिनुहोस्। मलाई बचाउँनुहोस्।

3 Be to me a rock of refuge to which I may always go. Give the command to save me, For you are my rock and my fortress.मेरो किल्ला बनिनु होस, त्यो घर जहाँ म बचाऊको निम्ति भागेर जान सक्छु। तपाईं मेरो चट्टान हुनुहुन्छ, मेरो सुरक्षाको ठाउँ। यसैले मलाई बचाउँनलाई आज्ञा दिनुहोस्।

4 Rescue me, my God, from the hand of the wicked, From the hand of the unrighteous and cruel man.हे मेरा परमेश्वर, दुष्ट मानिसहरूबाट मलाई बचाउँनु होस्। मलाई धूर्त र दुष्ट मानिसहरूबाट बचाउँनु होस्।

5 For you are my hope, Lord Yahweh; My confidence from my youth.मेरो परमेश्वर तपाईं मेरो स्वामी, तपाईं मेरो आशा हुनुहुन्छ, म जवान अवस्थादेखि तपाईंमा भरोसा गरेको छु।

6 I have relied on you from the womb. You are he who took me out of my mother's womb. I will always praise you.म जन्मनु भन्दा अघिबाटै तपाईंमाथि आश्रित थिएँ, आमाको कोखमा हुँदादेखि नै मैले तपाईंमाथि पूर्ण भरोसा गरेको छु। मैले सधैं तपाईंलाई प्रार्थना गरें।

7 I am a marvel to many, But you are my strong refuge.तपाईं मेरो बलको श्रोत हुनुहुन्छ। यसैले म अरूको निम्ति उदाहरण भएकोछु।

8 My mouth shall be filled with your praise, With your honor all the day.तपाईंले गर्नु हुने आश्चर्यपूर्वक कार्यको विषयमा म सधैं गीत गाउँदछु।

9 Don't reject me in my old age. Don't forsake me when my strength fails.म बूढो भएँ भनी मलाई नफ्यँकनु होस्। मेरो बल सकिदैछ भनेर मलाई नत्याग्नु होस्।

10 For my enemies talk about me. Those who watch for my soul conspire together,मेरो शत्रुहरूले मेरो विरूद्धमा योजनाहरू तयार गरे, तिनीहरू वास्तवमा एक-अर्कामा पहिल्यै भेला भए, अनि मलाई मार्ने योजना गरे।

11 Saying, "God has forsaken him. Pursue and take him, for no one will rescue him."मेरो शत्रुहरूले भने, “जाऊँ त्यसलाई पक्रौं। परमेश्वरले त्यसलाई छोडी दिए अनि कसैले पनि त्यसलाई साथ दिनेछैन।”

12 God, don't be far from me. My God, hurry to help me.हे परमेश्वर, मलाई नत्याग्नुहोस्। हे मेरा परमेश्वर, चाँडो आएर मलाई बचाउनु होस्!

13 Let my accusers be disappointed and consumed. Let them be covered with disgrace and scorn who want to harm me.मेरो शत्रुहरूलाई परास्त पार्नुहोस्। तिनीहरूलाई पूर्ण रूपले ध्वंश पार्नुहोस्! तिनीहरूले मलाई घात गर्ने कोशिश गरिरहेका छन्। तिनीहरूले शर्म र बद्नामी अनुभव गर्नु सकुन्।

14 But I will always hope, And will add to all of your praise.तब म तपाईंमाथि सर्वदा भरोसा गर्नेछु। अनि म तपाईंको प्रशंसा धेरै भन्दा धेरै गर्नेछु।

15 My mouth will tell about your righteousness, And of your salvation all day, Though I don't know its full measure.तपाईं कति असल हुनुहुन्छ भनेर म मानिसहरूलाई भन्नेछु। एकपल्ट मात्र होइन धेरै पल्ट तपाईंले मलाई बचाएको कुरो म तिनीहरूलाई भन्नेछु। ती समयहरूको गन्ती नै छैन।

16 I will come with the mighty acts of the Lord Yahweh. I will make mention of your righteousness, even of yours alone.हे परमप्रभु मेरो स्वामी म तपाईंको महानताको बारेमा बताउनेछु। म तपाईंको बारेमा र तपाईंको भलाईको विषय बताउनेछु।

17 God, you have taught me from my youth. Until now, I have declared your wondrous works.हे परमेश्वर, म सानो केटो हुँदादेखि तपाईंले मलाई शिक्षा दिनु भयो। अनि आज सम्म मैले मानिसहरूलाई तपाईंले गरेका अदूभूत कार्यहरू बारेमा घोषणा गर्दछु।

18 Yes, even when I am old and gray-haired, God, don't forsake me, Until I have declared your strength to the next generation, Your might to everyone who is to come.अब म बूढो भएँ अनि मेरा केश सेता छन् तर म जान्दछु तपाईंले मलाई त्याग्नु हुने छैन, परमेश्वर। म प्रत्येक भावी पुस्तालाई तपाईंको शक्ति र महानता बारेमा बताउने छु।

19 Your righteousness also, God, reaches to the heavens; You have done great things. God, who is like you?हे परमेश्वर, तपाईंको उपकार आकाशभन्दा माथि छ। परमेश्वर, तपाईं बाहेक यहाँ कोही पनि छैन तपाईंले अद्भूत कामहरू गर्नुभयो।

20 You, who have shown us many and bitter troubles, You will let me live. You will bring us up again from the depths of the earth.यद्यापि तपाईंले मलाई नै यति धेरै देख्ने बनाउनु भयो, तपाईंले मलाई ती सबै कष्टहरूबाट बचाउनु भयो अनि मलाई जिउँदो राख्नुभयो। यद्यपि म धेरै गहिरोमा डुबें तपाईंले मलाई मेरा कष्टहरूबाट माथि उठाउनु भयो।

21 Increase my honor, And comfort me again.मलाई पहिलेको भन्दा अझ असल काम गर्न साथ दिनुहोस्। लगातार मलाई सान्त्वना दिनुहोस्।

22 I will also praise you with the harp for your faithfulness, my God. I sing praises to you with the lyre, Holy One of Israel.अनि म वीणा बजाउने छु र तपाईंको स्तुति-गान गर्नेछु। हे मेरा परमेश्वर, तपाईंमाथि विश्वास गर्न सकिन्छ भनेर म गीत गाउने छु। इस्राएल का एकमात्र पवित्र परमेश्वरको निम्ति म मेरो वीणा बाजामा गीत गाउने छु।

23 My lips shall shout for joy! My soul, which you have redeemed, sings praises to you!तपाईंले मेरो प्राणलाई बचाउँनु भयो, मेरो प्राण अत्यन्त खुशी छ। मेरा ओंठहरूले तपाईंको स्तुति-गान गर्नेछन्।

24 My tongue will also talk about your righteousness all day long, For they are disappointed, and they are confounded, who want to harm me.मेरो जिब्रोले तपाईंको धार्मिक कार्यहरूको विषयमा सदा-सर्वदा गीत गाउने छ। अनि ती मानिसहरू ज-जसले मलाई मार्न चाहन्छन्। तिनीहरू परास्त र अपमानित हुनेछन्।

Nepali Bible