गन्ती 6:26 in Nepali

नेपाली नेपाली बाइबल गन्ती गन्ती 6 गन्ती 6:26

Numbers 6:26
परमप्रभुले तिमीहरू माथि दया दृष्टि राखुन् अनि तिमीहरूमा शान्ति दिऊन्।”

Numbers 6:25Numbers 6Numbers 6:27

Numbers 6:26 in Other Translations

King James Version (KJV)
The LORD lift up his countenance upon thee, and give thee peace.

American Standard Version (ASV)
Jehovah lift up his countenance upon thee, and give thee peace.

Bible in Basic English (BBE)
May the Lord's approval be resting on you and may he give you peace.

Darby English Bible (DBY)
Jehovah lift up his countenance upon thee, and give thee peace.

Webster's Bible (WBT)
The LORD lift up his countenance upon thee, and give thee peace.

World English Bible (WEB)
Yahweh lift up his face toward you, And give you peace.'

Young's Literal Translation (YLT)
`Jehovah lift up His countenance upon thee, and appoint for thee -- peace.

The
Lord
יִשָּׂ֨אyiśśāʾyee-SA
lift
up
יְהוָ֤ה׀yĕhwâyeh-VA
his
countenance
פָּנָיו֙pānāywpa-nav
upon
אֵלֶ֔יךָʾēlêkāay-LAY-ha
thee,
and
give
וְיָשֵׂ֥םwĕyāśēmveh-ya-SAME
thee
peace.
לְךָ֖lĕkāleh-HA
שָׁלֽוֹם׃šālômsha-LOME

Cross Reference

भजनसंग्रह 4:6
धेरै मानिसहरूले भन्छन्, “हामीलाई कसले परमेश्वरको भलाई देखाऊला? हे परमप्रभु, तपाईंको प्रज्वलित अनुहार हामीलाई देखाउनु होस्!”

भजनसंग्रह 29:11
परमप्रभुले उहाँका मानिसहरूलाई सुरक्षा गरून्। परमप्रभुले आफ्ना मानिसहरूलाई शान्तिले आशीर्वाद दिऊन्।

2 थिस्सलोनिकी 3:16
हामी प्रार्थना गर्छौं, शान्तिका परमप्रभुले तिमीहरूलाई शान्ति प्रदान गरून्। हामी प्रार्थना गर्दछौं कि उहाँले तिमीहरूलाई सधैं हर तरिकाले शान्ति प्रदान गरून्। प्रभु तिमीहरू सबैसित रहून्।

यूहन्ना 14:27
“म तिमीहरूलाई मेरो शान्ति छोडदछु, यो मेरो आफ्नै शान्ति तिमीहरूलाई दिंदछु। म तिमीहरूलाई शान्ति दिन्छु, यो त्यो शान्ति होइन जुन संसारले दिन्छ। यसकारण तिमीहरूको हृदय विचलित नहोस् अनि कुनै विषयमा पनि नडराऊ।

प्रेरित 10:36
परमेश्वर यहूदीहरूसंग बोल्नु भएको छ। परमेश्वरले येशू ख्रीष्टको जो सबै मानिसहरूका परमप्रभु हुनुहुन्छ उनको माध्यमद्वारा शान्तिको सुसमाचार उनीहरूका लागि पठाउनु भयो।

रोमी 5:1
हाम्रो विश्वासको कारणले गर्दा हामी परमेश्वरसँग धर्मी बनेकाछौं। यसर्थ हाम्रा प्रभु येशू ख्रीष्टद्वारा थियो हामी परमेश्वरबाट शान्ति पाउँछौं।

रोमी 15:13
तिमीहरूले परमेश्वरमा विश्वास गर्ने हुनाले, परमेश्वर जो आशाको मुहान हुनुहुन्छ, उहाँले तिमीहरूलाई आनन्द र शान्तिले पूर्ण गरून्। तब तिमीहरूको आशा पवित्र आत्माको शक्तिद्वारा परिपूर्ण बन्नेछ।

रोमी 15:33
परमेश्वर जो शान्तिका स्रोत हुनुहुन्छ, तिमीहरू सबैसित रहुन्। आमिन।

एफिसी 2:14
ख्रीष्टको कारणले अहिले हामीले शान्ति पाएका छौं। ख्रीष्टले हामी दुवैलाई एक बनाउनु भएको थियो। यहूदी र गैर-यहीदूहरू बीचमा पर्खाल लागे जस्तै छुट्टिएका थिए। तिमीहरू आपस्तमा घृणा गर्थे। तर ख्रीष्टले आफ्नै शरीरले घृणाको पर्खाल भत्काइदिनु भयो।

एफिसी 6:23
तिमहरूलाई पिता परमेश्वर र प्रभु येशू ख्रीष्टले शान्ति र प्रेमको साथै विश्वास दिउन्।

फिलिप्पी 4:7
परमेश्वरले दिएको शान्तिले तिमीहरूको मन र हृदयलाई येशू ख्रीष्टमा सुरक्षीत राख्नेछ। शान्ति जो परमेश्वरले दिन्छन्, यति महान हुन्छ कि हामी बुझ्न सक्दैनौं।

प्रेरित 2:28
तिमीहरूले मलाई कसरी बाँच्न सिकायौ तिमीहरू मेरो छेउमा आउनेछौ अनि मलाई आनन्दले भरिदिनेछौ।’

यूहन्ना 20:26
एक हप्तापछि सबैजना चेलाहरू घरमा जम्मा भएका थिए। थोमा तिनीहरूसंग थिए। दैलो बन्द थियो, तर येशू आउनु भयो र तिनीहरू समक्ष उभिनु भयो। उहाँले भन्नुभयो, “शान्ति तिमीहरूमा रहोस्।”

भजनसंग्रह 42:5
म यति उदास किन हुनु पर्ने? म किन यति साह्रो विचलित हुने! म परमप्रभुको सहयोगको निम्ति पर्खन्छु। फेरि मैले उहाँको प्रशंसा गर्ने मौका पाउनेछु। उहाँले मलाई बचाउनु हुन्छ!

भजनसंग्रह 44:3
हाम्रा पिताहरूका तरवारहरू थिएनन् जसले जमीन खोस्यो। उनीहरूका पाखुराहरू बलिया थिएनन्। जसले तिनीहरूलाई विजयी गराए। यो हाम्रो पिता-पुर्खाहरूसँग तपाईं भएको कारणले गर्दा भएको हो। परमेश्वर, तपाईंको महान् शक्तिले हाम्रा पिता-पुर्खाहरूलाई बचाउनु भयो। किन? किनभने तपाईंले उहाँहरूलाई प्रेम गर्नुभयो!

भजनसंग्रह 89:15
ती मानिसहरू धन्‍य हुन्‌, जसले तपाईंको प्रशंसा गर्न सिकेका छन्‌, जुनहरू, हे परमप्रभु, तपाईंका प्रकाशको उपस्‍थितिमा हिँड्‌छन्‌।

यशैया 26:3
परमप्रभु तपाईंले मानिसहरूलाई साँचो शान्ति दिनुभयो जो तपाईंमाथि आस्रित छन् जसले तपाईंलाई विश्वास गर्दछन्।

यशैया 26:12
परमप्रभु, तपाईंले हामीलाई शान्ति दिनुहुनेछ, किनभने हामी जे गर्छौं ती सबै तपाईंले पूर्ण गर्नु भएकोछ।

यशैया 57:19
तिनीहरूलाई मैले एक नयाँ वचन सिकाए ‘शान्ति’ मेरा नजिक साथै टाढा रहेका मानिसहरूलाई म शान्ति प्रदान गर्नेछु म ती मानिसहरूलाई क्षमा दिनेछु।” परमप्रभु स्वयंले ती कुराहरू भन्नुभयो।

मीका 5:5
यहीं शान्ति हुनेछ जब अश्शूरी हाम्रो देशमा आउँछ र त्यले हाम्रो देशमा खुट्टा टेक्छ तब हामी त्यसको बिरूद्धमा सात गोठाला र आठ अगुवाहरु खडा गर्नेछौं।

लूका 2:14
सर्वोच्चमा परमेश्वरलाई महिमा। अनि जति मानिसहरूसंग परमेश्वर खुशी हुनुहुन्छ तिनीहरूमा शान्ति रहोस्।”

यूहन्ना 16:33
“मैले तिमीहरूलाई यी कुराहरू भनेको छु ताकि तिमीहरूलाई ममा शान्ति रहोस्। यस संसारमा तिमीहरूलाई संकट हुनेछ। तर साहसी बन। मैले संसारलाई पराजित गरेको छु।”

यूहन्ना 20:21
त्यसपछि येशूले फेरि भन्नुभयो, “शान्ति तिमीहरूसंग रहोस्। पिताले मलाई पठानु भयो। त्यस्तै प्रकारले अब म तिमीहरूलाई पठाइरहेछु।”

भजनसंग्रह 37:37
शुद्ध र ईमान्दार बन। शान्ति प्रिय मानिसहरूले धेरै सन्तानहरू पाउनेछन्।