Numbers 28 - BBE (Nepali)
1 And the Lord said to Moses,परमप्रभुले मोशालाई भन्नुभयो,
2 Give orders to the children of Israel and say to them, Let it be your care to give me my offerings at their regular times, the food of the offerings made by fire to me for a sweet smell.“इस्राएलका मानिसहरूलाई यो आज्ञा देऊ। मेरो बलिहरू ल्याउनु निश्चय होऊ आगो द्वारा चढाइने मेरो भोजन मिठो बासना आउने उपहार सही समयमा चढाऊ।
3 Say to them, This is the offering made by fire which you are to give to the Lord; he-lambs of the first year without any mark, two every day as a regular burned offering.अनि तिनीहरूलाई भन, “प्रत्येक दिन नियमित रूपमा एक बर्षे दुइवटा निष्खोट थुमाहरू निरन्तर होमबलि चढाउनु पर्छ।
4 Let one be offered in the morning, and the other at evening;एउटा थुमा बिहान र अर्को एउटा घाम अस्ताइ सकेपछि तर अँध्यारो हुन अघि चढाउनु पर्छ।
5 And the tenth part of an ephah of the best meal for a meal offering mixed with the fourth part of a hin of clear oil.अन्नबलिको निम्ति हीनको एक पावा भद्राक्षको तेलमा मिसाएको एपको दशौं भाग मसिनो पीठो पनि चढाउनु पर्छ।”
6 It is a regular burned offering, as it was ordered in Mount Sinai, for a sweet smell, an offering made by fire to the Lord.परमप्रभुको निम्ति मीठो वास्ना आउने बलि नियमित रूपले सीनै पर्वतमा दिन थालिएको हो।
7 And for its drink offering take the fourth part of a hin for one lamb: in the holy place let the wine be drained out for a drink offering for the Lord.एउटा थुमासित हीनको एक पावा गरेर अर्घबलि पनि दिनुपर्छ। त्यो पेय उपहार चाँहि पवित्र स्थानमा परमप्रभुलाई चढाऊ।
8 Let the other lamb be offered at evening; like the meal offering of the morning and its drink offering, let it be offered as an offering made by fire for a sweet smell to the Lord.त्यसपछि गोधूली बेलामा दोस्रो थुमासित अन्न बलि र अर्घबलि परमप्रभुलाई सन्तुष्ट पार्न सुगन्धित वासाना आउने उपहार झैं चढाऊ।”
9 And on the Sabbath day, two he-lambs of the first year, without any mark, and two tenth parts of the best meal for a meal offering mixed with oil, and its drink offering:“विश्रामको दिनमा पनि एक वर्षे निष्खोट दुइवटा थुमा, एपको दश खण्डको दुई खण्ड तेलमा मुछेको मसिनो पीठो अर्घबलिसित चढाऊ।
10 This is the burned offering for every Sabbath day, in addition to the regular burned offering, and its drink offering.नियमित रूपमा चढाउने गरेको दैनिकबलिसित विश्रामको दिनमा पनि होमबलि गर।”मासिक बैठक
11 And on the first day of every month you are to give a burned offering to the Lord; two oxen, one male sheep, and seven he-lambs of the first year, without any mark;“प्रत्येक महीनाको पहिलो दिन वथानबाट दुइवटा जवान गोरूहरू, एउटा भेंडा एक वर्ष सातवटा थुमाहरू होमबलिमा तिमीहरूले चढाउनु पर्छ। ती सबै बलिमा चढाइएका पशुहरू एकदमै निष्खोट हुनु पर्छ।
12 And three tenth parts of the best meal for a meal offering mixed with oil, for every ox; and two tenth parts of the best meal for a meal offering mixed with oil, for the one sheep;प्रत्येक साँढेसित तेलले मुछेको एपको दश खण्डको तीन खण्ड मसिनो पीठो अनि प्रत्येक भेडासित तेलले मुछेको एपको दश खण्डको दुई खण्ड अन्नबलिको निम्ति र
13 And a separate tenth part of the best meal mixed with oil for a meal offering for every lamb; for a burned offering of a sweet smell, an offering made by fire to the Lord.प्रत्येक थुमासित तेलमा मुछेको एपको दश खण्डको एक खण्ड मसिनो पीठो अन्नबलिको निम्ति चढाउनु पर्छ।
14 And their drink offerings are to be half a hin of wine for an ox, and the third part of a hin for a male sheep, and the fourth part of a hin for a lamb: this is the burned offering for every month through all the months of the year.प्रत्येक गोरूको निम्ति आधा हीन दाखरस, प्रत्येक भेडाको निम्ति हीनको तीन खण्डको एक खण्ड र प्रत्येक थुमाको निम्ति हीनको चार खण्डको एक खण्ड अर्घबलि स्वरूप दाखरस चढाउनु पर्छ। वर्षको प्रत्येक महीनाको हरेक औंसीमा चढाउनु पर्ने होमबलि यही हो।
15 And one he-goat for a sin-offering to the Lord; it is to be offered in addition to the regular burned offering and its drink offering.होमबलिको अर्घबलि अतिरिक्त तिमीहरूले पापबलिको निम्ति एउटा बोका पनि चढाउनु पर्छ।
16 And in the first month, on the fourteenth day of the month, is the Lord's Passover.“पहिलो महीनाको चौधौं दिन परमप्रभुको निम्ति निस्तार चाड मनाऊ।
17 On the fifteenth day of this month there is to be a feast; for seven days let your food be unleavened cakes.त्यही महीनाको पन्ध्रौं दिनमा अखमिरी रोटी सात दिन सम्म खाने शुरू हुन्छ।
18 On the first day there is to be a holy meeting: you may do no sort of field-work:यो चाडको पहिलो दिन एउटा विशेष सभा राखियोस्। त्यसदिन तिमीहरूले केही काम गर्नु हुँदैन।
19 And you are to give an offering made by fire, a burned offering to the Lord; two oxen, one male sheep, and seven he-lambs of the first year, without any mark:त्यस समयमा तिमीहरूले परमप्रभुको निम्ति होमबलि चढाउनेछौ, त्यस होमबलिमा दुइवटा बहर एउटा भेंडा र सातवटा एक वर्षे थुमाहरू हुनुपर्छ। तिनीहरू सबै निष्खोट हुनु पर्छ।
20 And their meal offering, the best meal mixed with oil: let three tenth parts of an ephah be offered for an ox and two tenth parts for a male sheep;तिनीहरूसित प्रत्येक साँढेसित तेलमा मुछेको एपाको दश खण्डको तीन खण्ड, मसिनो पीठो, भेडासित एपाको दश खण्डको दुई खण्ड मसिनो पीठो,
21 And a separate tenth part for every one of the seven lambs;र सातवटा थुमाहरूसित प्रत्येकको एपाको दश खण्डको एक खण्ड गरी मसिनो पीठोको अन्नबलि चढउनु पर्छ।
22 And one he-goat for a sin-offering to take away your sin.तिनीहरूलाई प्रायश्चित गर्नका निम्ति पापबलिको लागी एउटा बाख्रा बलि चढाउनु पर्छ।
23 These are to be offered in addition to the morning burned offering, which is a regular burned offering at all times.तिमीहरूले प्रत्येकदिन बिहान दिने बलिहरूको अतिरिक्त यी बलिहरू चढाउनु पर्छ।
24 In this way, every day for seven days, give the food of the offering made by fire, a sweet smell to the Lord: it is to be offered in addition to the regular burned offering, and its drink offering.“यस्तै प्रकारले मिठो सुगन्धीत उपहार परमप्रभुलाई सन्तुष्ट तुल्याउन होमबलि र अन्नबलि चढाउनु पर्छ। बलिहरू मानिसहरूको निम्ति भोजन हुनेछ। यो बलि प्रत्येक दिन चढाइने होमबलि र अर्घबलिको अतिरिक्त हो।
25 Then on the seventh day there will be a holy meeting; you may do no field-work.“सातौं दिन तिमीहरूले आफ्नो कुनै कार्य नगर्नु र त्यसदिन एउटा विशेष सभा राख्नु।
26 And at the time of the first-fruits, when you give an offering of new meal to the Lord at your feast of weeks, there is to be a holy meeting: you may do no field-work:“अगौटे फलहरूको दिनहरूमा, सातौ दिनका चाढहरूमा, तिमीहरूले परमप्रभुलाई नयाँ अन्नको बलि चढाउँनुपर्छ त्यस दिन तिमीहरूले एउटा पवित्र सभा बोलाउनुपर्छ। तर त्यसदिन तिमीहरूले कुनै कार्य गर्नुहुँदैन।
27 And give a burned offering for a sweet smell to the Lord; two oxen, one male sheep, and seven he-lambs of the first year;तिमीहरूले परमप्रभुलाई मिठो सु-गन्धले खुशी पार्नको निम्ति दुइवटा बहर, एउटा भेडा र सातवटा एक वर्षे थुमाहरू होमबलि चढाउनु पर्छ।
28 And their meal offering, the best meal mixed with oil, three tenth parts for an ox, two tenth parts for a male sheep,प्रत्येक बाछासित तेलमा मुछेको एपाको दश खण्डको तीन खण्ड मसिनो पीठो भेडासित एपाको दश खण्डको दुई खण्ड मसिनो पीठो,
29 And a separate tenth part for every one of the seven lambs;अनि सातवटा थुमाहरू प्रत्येकको निम्ति एपाको दश खण्डको एक खण्ड मसिनो पीठो अन्नबलि चढाउनु पर्छ।
30 And one he-goat to take away your sin.तिमीहरूको प्रायश्चितको निम्ति एउटा बोको पनि बलि चढाउनु।
31 These are in addition to the regular burned offering and its meal offering; take care that they are without any mark, and let them be offered with their drink offerings.तिमीहरूले नित्य चढाउने होमबलि र अन्नबलि वाहेक यी बलिहरू र अर्घबलि पनि चढाउनु पर्छ। बलि चढाइने पशुहरू एकदमै निष्खोट हुनु पर्छ।
Nepali Bible