Numbers 14 - BBE (Nepali)
1 Then all the people gave load cries of grief, and all that night they gave themselves up to weeping.सबै मानिसहरू छाउनीभित्र त्यस रातभरि कराई कराई रोइ रहे।
2 And all the children of Israel, crying out against Moses and Aaron, said, If only we had come to our death in the land of Egypt, or even in this waste land!इस्राएलका सबै मानिसहरूले मोशा र हारूनको विरूद्धमा गनगनाए। सबै मानिसहरूले तिनीहरूलाई भने, “यदि हामी मिश्रदेशमा नै अर्थात् यो मरूभूमिमा मरेको भए राम्रो हुनेथियो।
3 Why is the Lord taking us into this land to come to our death by the sword? Our wives and our little ones will get into strange hands: would it not be better for us to go back to Egypt?किन परमप्रभुले हामीलाई लडाईमा तरवारले काटी मार्न त्यस भूमिमा लैजानु हुँदैछ? हाम्रा जहान बालबच्चाहरू पनि लूटिने समान झैं लूटमा पक्रा पर्नेछन्। हामीलाई मिश्र देशमा फर्किनु नै असल हुन्छ।”
4 And they said to one another, Let us make a captain over us, and go back to Egypt.तिनीहरूले एक अर्कामा भने, “एकजना अगुवा चुनौ र मिश्रदेश फर्कौ।”
5 Then Moses and Aaron went down on their faces before the meeting of the people.सबै इस्राएली मानिसहरूको सामुन्ने मोशा र हारून भूइँमा घोप्टो परे।
6 And Joshua, the son of Nun, and Caleb, the son of Jephunneh, two of those who had been to see the land, giving signs of grief,नूनको छोरो यहोशू र यपून्नेको छोरो कालेब भूमिको जाँच गर्न जानेहरू मध्ये दुईजना थिए तिनीहरूले लुगाहरू च्याते मानिसहरूले गनगन गरेकोमा तिमीहरूको दुःख।
7 Said to all the children of Israel, This land which we went through to see is a very good land.यहोशू र कालेबले इस्राएलका सम्पूर्ण समुदायलाई भने, “यो भूमि जसलाई हामीले जाँच गर्यौं त्यो धेरै राम्रो भूमि छ।
8 And if the Lord has delight in us, he will take us into this land and give it to us, a land flowing with milk and honey.यदि परमप्रभु हामीसित सन्तुष्ट हुनु भए उहाँको अगुवाईमा हामीलाई त्यस भूमिमा पुर्याउनु हुनेछ अनि त्यो दूध र मह बग्ने भूमि हामीलाई दिनु हुनेछ।
9 Only, do not go against the Lord or go in fear of the people of the land, for they will be our food; their strength has been taken from them and the Lord is with us: have no fear of them.यसर्थ परमप्रभु-विरूद्ध बिलाप नगर, त्यस भूमिका मानिसहरूसित नडराऊ किनभने हामी तिनीहरूलाई सजिलै जित्नेछौं। तिनीहरूको सुरक्षा तिनीहरूबाट हरण गरिएको छ। तर हामीसित भने परमप्रभु हुनुहुन्छ, तिनीहरूसित नडराऊ।”
10 But all the people said they were to be stoned. Then the glory of the Lord was seen in the Tent of meeting, before the eyes of all the children of Israel.तर त्यहाँ भएका सबै मानिसहरूले यहोशू र कालेबलाई ढुङ्गाले हिर्काएर मार्ने सल्लाह गरे। त्यसपछि भेट हुने पालमा सबै इस्राएली मानिसहरूको सामुन्ने परमप्रभुको महिमा देखा पर्यो।
11 And the Lord said to Moses, How long will this people have no respect for me? how long will they be without faith, in the face of all the signs I have done among them?परमप्रभुले मोशालाई भन्नुभयो, “यी मानिसहरूले कहिले सम्म मसित घृणीत व्यवहार गर्छन्? यिनीहरूको माझमा मैले यी सबै महान चिन्हहरू देखाई सकेको छु र अब कहिले सम्म तिनीहरूले मलाई अविश्वास गर्छन्?
12 I will send disease on them for their destruction, and take away their heritage, and I will make of you a nation greater and stronger than they.तिनीहरू माथि म महामारी ल्याएर ध्वंश पार्छु अनि तिमीद्वारा नै म तिनीहरू भन्दा ठूलो र शक्तिशाली राष्ट्र निर्माण गर्नेछु।”
13 And Moses said to the Lord, Then it will come to the ears of the Egyptians; for by your power you took this people out from among them;तब मोशाले परमप्रभुलाई भने, “मिश्र देशवासीहरूले यदि यो कुरा चाल पाए के भन्लान्? कारण तपाईंले नै यिनीहरूलाई आफ्नो शक्तिको प्रभावले तिनीहरूको माझबाट ल्याउनु भएको हो।
14 And they will give the news to the people of this land: they have had word that you, Lord, are present with this people, letting yourself be seen face to face, and that your cloud is resting over them, and that you go before them in a pillar of cloud by day and in a pillar of fire by night.अनि मिश्रका मानिसहरूले कनानीहरूलाई यस विषयमा भन्नेछन् कारण तिनीहरू जान्दछन् कि तपाईंलाई देखेका छन्। तिनीहरूले यो पनि जान्दछन् कि तपाईं परमप्रभु हुनुहुन्छ र तिनीहरूले जान्दछन् कि मानिसहरूले तपाईंलाई देखेका छन्। तिनीहरूले यो पनि जान्दछन् कि मानिसहरूको अगुवाई गर्ने दिनमा तपाईंले बादलको प्रयोग गर्नु भएको छ भने रातमा आगोको प्रयोग गर्नु भएको छ।
15 Now if you put to death all this people as one man, then the nations who have had word of your glory will say,यसर्थ अहिले तपाईंले यी मानिसहरूलाई मार्नु हुँदैन। यदि तपाईंले मार्नु भयो भने तपाईंको शक्तिको बारेमा जान्ने सबै राष्ट्रहरूले भन्नेछन्,
16 Because the Lord was not able to take this people into the land which he made an oath to give them, he sent destruction on them in the waste land.‘आफूले शपथ गरेको भूमिमा मानिसहरूलाई ल्याउन नसक्दा परमप्रभुले तिनीहरूलाई मरूभूमिमा मार्नुभयो।’
17 So now, may my prayer come before you, and let the power of the Lord be great, as you said:“यसर्थ अहिले हे मालिक आफ्नो महामहिमा प्रदर्शन गर्नुहोस्। तपाईंले प्रतिज्ञा गरे झैं देखाउनु होस्।
18 The Lord is slow to wrath and great in mercy, overlooking wrongdoing and evil, and will not let wrongdoers go free; sending punishment on children for the sins of their fathers, to the third and fourth generation.तपाईंले भन्नुभयो, ‘परमप्रभु ढिलो क्रोधित हुनुहुन्छ, परमप्रभु करूणामय हुनुहुन्छ। कानुन् अमान्य गरी जो दोषी बनिन्छ त्यस्ताहरूलाई परमप्रभुले क्षमा दिनुहुन्छ। तर जो दोषी छन् तिनीहरूलाई परमप्रभुले सदैव दण्ड दिनुहुन्छ। परमप्रभुले यस्ता मानिसहरूलाई, तिनीहरूका छोरा-छोरीहरूलाई, तिनीहरूका नाती-नातिनी तथा पनाती पनातिनीहरू सम्मलाई तिनीहरूले गरेको खराब कार्यको निम्ति दण्ड दिनुहुन्छ।’
19 May the sin of this people have forgiveness, in the measure of your great mercy, as you have had mercy on them from Egypt up till now.अहिले तपाईंले मानिसहरूलाई आफ्नो महान करूणा देखाउनु होस् र मिश्र देश छोडेर आएको दिनदेखि जसरी क्षमा गर्दै आउनु भएकोछ आज पनि ती मानिसहरूलाई क्षमा गरिदिनु होस्।”
20 And the Lord said, I have had mercy, as you say:परमप्रभुले भन्नुभयो, “तिमीले भने जस्तै म तिनीहरूलाई क्षमा दिनेछु।
21 But truly, as I am living, and as all the earth will be full of the glory of the Lord;तर म साँचो भन्दछु, जस्तो म जीवित छु र जसरी परमप्रभुको महिमाले पृथ्वी नै भरिन्छ,
22 Because all these men, having seen my glory and the signs which I have done in Egypt and in the waste land, still have put me to the test ten times, and have not given ear to my voice;ती सबै मानिसहरू मेरो महिमा र मेरा अश्चर्य चिन्हहरू जो मैले मिश्र देशमा देखाएको देखेका छन् अनि दश पल्ट मलाई परीक्षा लिएका छन् र ऐले मेरो कुराहरू मान्दैनन्,
23 They will not see the land about which I made an oath to their fathers; not one of these by whom I have not been honoured will see it.यी सब मानिसहरूले मैले तिनीहरूको पुर्खाहरूसित दिन्छु भनी शपथ गरेको भूमि देख्न पाउने छैनन्।
24 But my servant Caleb, because he had a different spirit in him, and has been true to me with all his heart, him I will take into that land into which he went, and his seed will have it for their heritage.तर मेरो दास कालेब जसले भिन्दै प्रकारले सोच्छ अनि त्यसले सम्पूर्ण रीतिले मेरो अनुसरण गर्छ म उसलाई त्यो भूमिमा जहाँ ऊ गयो ल्याउनेछु र उसको सन्तानले त्यो भूमि उपभोग गर्नेछ।
25 Now the Amalekites and the Canaanites are in the valley; tomorrow, turning round, go into the waste land by the way to the Red Sea.अमालेकीहरू र कनानीहरू त्यही बेंसीमा बसिरहेका छन्। यसर्थ भोलि तिमीहरूले यो ठाउँ छाड्नु नै पर्छ र लाल समुद्र को बाटो भएर तिमीहरू त्यो मरूभूमिमा फर्की जाऊ।”
26 Then the Lord said to Moses and Aaron,परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो,
27 How long am I to put up with this evil people and their outcries against me? The words which they say against me have come to my ears.“मेरो विरूद्धमा यी दुष्ट मानिसहरूले कहिले सम्म नालिश गरिरहने। इस्राएलका मानिसहरूले मेरो विरूद्धमा लगाएको नालिश मैले सुनेको छु।
28 Say to them, By my life, says the Lord, as certainly as your words have come to my ears, so certainly will I do this to you:तिनीहरूलाई भनी देऊ, ‘जस्तो म जिवित छु परमप्रभु भन्नुहुन्छ तिमीहरूले परमप्रभुको विरोधमा जे जति भनेका थियौ ती सब पूर्ण गरी दिनेछु। तिमीहरूलाई जे गर्नेछु त्यो यही हो।
29 Your dead bodies will be stretched out in this waste land; and of all your number, all those of twenty years old and over who have been crying out against me,तिमीहरूको बीचमा प्रत्येक व्यक्ति जो बीस वर्ष अथवा वेशी उमेरको छ अनि मेरो मानिस भनी गन्ती भएको थियो, त्यो यही मरूभूमिमा मर्नेछ। तिमीहरूले म परमप्रभुको विरूद्ध नालिश गर्यौ।
30 Not one will come into the land which I gave my word you would have for your resting-place, but only Caleb, the son of Jephunneh, and Joshua, the son of Nun.यसर्थ तिमीहरू मध्ये त्यो मैले दिन्छु भनी प्रतिज्ञा गरेको भूमिमा कोही पनि पस्न पाउने छैन्। केवल यपून्नेको छोरो कालेब र नूनको छोरो यहोशू त्यो भूमिमा पस्नेछन्।
31 And your little ones, whom you said would come into strange hands, I will take in, and they will see the land which you would not have.तिमीहरूले नालिश गर्यौ कि त्यो नयाँ भूमिमा तिमीहरूका शत्रुहरूले तिमीहरूका नानीहरू खोसेर लैजानेछन्। तर म तिमीहरूलाई भन्छु कि म ती नानीहरू ल्याउनेछु र तिनीहरूले त्यसभूमिमा ती चीजहरू आनन्दले उपभोग गर्नेछन जुन तिमीहरूले अस्वीकार गर्यौ।
32 But as for you, your dead bodies will be stretched in this waste land.तर तिनीहरूको निम्ति तिमीहरू यही मरूभूमिमा नै मर्ने छौ।
33 And your children will be wanderers in the waste land for forty years, undergoing punishment for your false ways, till your bodies become dust in the waste land.“तिमीहरूका नानीहरू मरूभूमिमा चालीस वर्ष सम्म गोठाले भई बस्नेछन्। तिमीहरू म प्रति अविश्वासी हुनाको कारणले ती तिमीहरूका नानीहरूले तिमीहरू मरूभूमिमा सबै जना नमरूञ्जेल सम्म कष्ट भोग्नेछन्।
34 And as you went through the land viewing it for forty days, so for forty years, a year for every day, you will undergo punishment for your wrongdoing, and you will see that I am against you.त्यो भूमिको खोजीमा मानिसहरूले चालीस दिन लगाएको हुनाले दिनको एक वर्षको हिसाबले तिमीहरूले चालीस वर्ष सम्म कष्ट भोग्ने छौ। तिमीहरूले चाल पाउनेछौ कि म तिमीहरूको विरोधी हुँदा के हुँदो रहेछ।
35 I the Lord have said it, and this I will certainly do to all this evil people who have come together against me: in this waste land destruction will come on them, and death will be their fate.“‘म परमप्रभुले बोलेको हुँ र म प्रतिज्ञा गर्छु कि यी सब दुष्ट मानिसहरू विरूद्ध यी कुराहरू गर्छु नै। यी मानिसहरू मिलेर मेरो विरोधमा खडा भए, यसर्थ यो मरूभूमिमा यिनीहरू मर्छन्।”‘
36 And the men whom Moses sent to see the land, and who, by the bad account they gave of the land, were the cause of the outcry the people made against Moses,ती व्यक्तिहरू ज-जसलाई मोशाले भूमि जांच गर्न पठाएका थिए तिनीहरूले भूमिको विषयमा इस्राएली मानिसहरूको निम्ति नराम्रो खबर लिएर आए। यसो गरेर तिनीहरूले सारा समूदायलाई उनको विरूद्धमा गनगन गर्ने बनाए।
37 Those same men who said evil of the land, came to their death by disease before the Lord.ती सबै मानिसहरूलाई मार्न परमप्रभुले महामारी खन्याई दिनुभयो किनभने मानिसहरूमा भ्रम फैलाउने कसुर तिनीहरूको थियो।
38 But Joshua, the son of Nun, and Caleb, the son of Jephunneh, of those who went to see the land, were not touched by disease.तर नूनका छोरो यहोशू र यपून्नेका छोरो कालेब पनि ती भूमि बिषेयमा खोजी गर्न पठाइएका मानिसहरू बीच कै थिए, ती दुईजनालाई परमप्रभुले रक्षा गर्नुभयो।
39 And when Moses put these words before the children of Israel, the people were full of grief.जब मोशाले यी सब कुराहरू इस्राएली मानिसहरूलाई बताइदिए तिनीहरू अत्यन्तै शोकाकुल भए।
40 And early in the morning they got up and went to the top of the mountain, saying, We are here and we will go up to the place which the Lord said he would give us: for we have done wrong.बिहानै उठेर मानिसहरू पाहाडी इलाका तिर उक्लनु थाले। मानिसहरूले भने, “हामीले पाप गरेका छौ। परमप्रभुलाई हामीले अविश्वास गर्यौं, यसर्थ हामी पश्चताप गर्छौं र हामी परमप्रभुले दिन्छु भनी प्रतिज्ञा गर्नु भएको भूमिमा जानेछौं।”
41 And Moses said, Why are you now acting against the Lord's order, seeing that no good will come of it?तर मोशाले भने, “परमप्रभुको आज्ञा किन पालन गरिरहेका छैनौ? तिमीहरू सफल हुँदैनौ।
42 Go not up, for the Lord is not with you, and you will be overcome by those who are fighting against you.त्यसभूमिमा नजाऊ कारण परमप्रभु तिमीहरूको साथमा हुनुहुन्न र शत्रुहरूले साजिलै तिमीहरू माथि विजय प्राप्त गर्नेछन।
43 For the Amalekites and the Canaanites are there before you, and you will be put to death by their swords: because you have gone back from the way of the Lord, the Lord will not be with you.त्यहाँ अमालेकी र कनानी मानिसहरू तिमीहरूको विरोधमा लडनेछन्, तर तिमीहरूले परमप्रभुलाई छोडी दिएकोले उहाँ तिमीहरूले लडेको लडाँईमा साथ दिनुहुने छैन र तिमीहरू सबै मर्नेछौ।”
44 But they gave no attention to his words and went to the top of the mountain, though Moses and the ark of the Lord's agreement did not go out of the tent-circle.तर मानिसहरूले मोशाको कुरामा विश्वास गरेनन् र तिनीहरू पहाडी इलाकातिर गए। तर मोशा र परमप्रभुको करारको सन्दूक ती मानिसहरूसित गएन।
45 Then the Amalekites came down, and the Canaanites who were living in the hill-country, and overcame them completely, driving them back as far as Hormah.त्यो पहाडी इलाकामा बस्ने अमालेकी र कनानी मानिसहरू तलतिर उत्रे र ती इस्राएली मानिसहरूमाथि आइलागे। अमालेकी र कनानी मानिसहरूले इस्राएली मानिसहरूलाई सजिलै परास्त पारि तिनीहरू सबैलाई होर्मासम्म खेद्दै लगे।
Nepali Bible