Index
Full Screen ?
 

नहूम 3:5

Nahum 3:5 in Tamil नेपाली बाइबल नहूम नहूम 3

नहूम 3:5
सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “हे निनवे म तिम्रो बिरूद्धमा छु। म तिम्रो पोषाक तिम्रो अनुहारमाथि उठाउँनेछु। सबै राष्ट्रहरुलाई म तिम्रो नग्नता देखाईदिनेछु। ती राष्ट्रहरुले तिम्रो लाज हेर्नेछन्।

Behold,
הִנְנִ֣יhinnîheen-NEE
I
am
against
אֵלַ֗יִךְʾēlayikay-LA-yeek
thee,
saith
נְאֻם֙nĕʾumneh-OOM
the
Lord
יְהוָ֣הyĕhwâyeh-VA
hosts;
of
צְבָא֔וֹתṣĕbāʾôttseh-va-OTE
and
I
will
discover
וְגִלֵּיתִ֥יwĕgillêtîveh-ɡee-lay-TEE
thy
skirts
שׁוּלַ֖יִךְšûlayikshoo-LA-yeek
upon
עַלʿalal
thy
face,
פָּנָ֑יִךְpānāyikpa-NA-yeek
and
I
will
shew
וְהַרְאֵיתִ֤יwĕharʾêtîveh-hahr-ay-TEE
nations
the
גוֹיִם֙gôyimɡoh-YEEM
thy
nakedness,
מַעְרֵ֔ךְmaʿrēkma-RAKE
and
the
kingdoms
וּמַמְלָכ֖וֹתûmamlākôtoo-mahm-la-HOTE
thy
shame.
קְלוֹנֵֽךְ׃qĕlônēkkeh-loh-NAKE

Cross Reference

यर्मिया 13:26
यरूशलेम, म तिम्रो लुगा अनुहार सम्म तानी दिनेछु ताकि प्रत्येकले तिम्रो लाज देखोस्।

नहूम 2:13
सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “निनवे म तिम्रो बिरूद्धमा छु। म तिम्रो रथहरु जलाई दिनेछु। म तिम्रो जवान सिंहहरुलाई तरवारले मारिदिनेछु। तिमाले कसैलाई पनि पृथ्वीमा शिकार गर्नेछैनौ। मानिसहरुले कहिल्यै पनि तिम्रो बारेमा नराम्रो समचारहरु सुन्ने छैनन्।

यर्मिया 13:22
यदि तिमीहरू स्वयंलाई सोधे, “किन मलाई यस्तो नराम्रो कुराहरू भयो?” ती कुराहरू तिमीहरूकै पापको कारणले तिम्रो पोशाकहरू च्यातियो अनि तिमीहरू अपमानित भयौ।

यशैया 47:2
अब तिमीले कठिन परिश्रम गर्नुपर्छ। तिमीले ढुङ्गाको जाँतो ल्याउनु पर्छ अनि अन्न पिँधेर पीठो बनाउनु पर्छ तिम्रो घुम्टो हटाऊ अनि तिम्रो सुन्दर पोषाकहरू खोल। तिमीले तिम्रो देश छोडनु पर्नेछ। तिम्रा फरियाहरू उठाऊ जबसम्म मानिसहरूले खुट्टाहरू देख्न सक्तैनन, अनि नदीहरूपार गर।

इजकिएल 16:37
यसकारण, म तिम्रो सबै प्रेमीहरूलाई एकै ठाँउमा जम्मा गर्छु। म ती सबैलाई ल्याउँछु जोसँग तिमीले प्रेम गर्यौ तथा जुन मानिसहरूलाई घृणा गर्यौ। म ती सबैलाई एकै साथ लिएर आउँछु अनि तिनीहरूलाई तिम्रो नग्नता देखाउँछु। तिनीहरूले तिम्रो पुरै नग्नता देख्नेछन्।

हबकूक 2:16
“तर त्यलाई परमप्रभुको क्रोधको बिषयमा ज्ञान हुन्छ। त्यो क्रोध विषको एउटा बोटुको समान हुन्छ जुन परमप्रभुले आफ्नो दाहिने हातमा लिनुभएको छ। त्यस मानिसले त्यो क्रोधको विष चाख्नु पर्छ। तब त्यो कुनै मातेको मानिस झैं मैदानमा लड्नेछ।“हे दुष्ट शासक तिमीले विषको त्यो बोटुको पिउनेछौ। तिमीले इज्जत हैन लाज पाउँनेछौ।

इजकिएल 23:25
म तिमीहरूलाई मेरो इर्ष्या शक्ति तिमीहरूको विरूद्ध देखाउनेछु। तिनीहरू अत्यन्तै क्रोधित हुनेछन् अनि तिमीहरूलाई चोट पुर्याउनेछन्। तिनीहरूले तिम्रो नाक अनि कान काट्नेछन्। तिनीहरूले तिमीहरूलाई तरवारले मार्नेछन्। त्यसपछि तिनीहरूले तिम्रो नानीहरू लिएर जानेछन् अनि तिनीहरूले ती नानीहरू जलाई दिनेछन्।

इजकिएल 23:29
अनि तिनीहरूले देखाउँनेछन कि तिनीहरूले तिमीलाई कति घृणा गर्नेछ। तिनीहरूले तिम्रो प्रत्येक चीज लानेछन् जुन तिमीले कमाएकीछौ। तिनीहरूले तिमीलाई खाली हात र नाङ्गो छोडिदिन्छन्। मानिसहरूले तिम्रो पाप, वेश्यापना अनि लाज तिम्रो भक्तिहीन स्पष्ट देख्ने छन्।

मीका 1:11
हे शाफीरका वासिन्दाहरु हो, तिमीहरु आफ्नो बाटोमा नाङ्गो र लज्जित भएर जाऊ। ती मानिसहरु जो सानानको वासिन्दाहरु हुन् तिनीहरु बाहिर आउने छैनन्। बेतेसेलमा मानिसहरुको रूवाबासिले तिमीबाट सहाएता लिनेछन्।

Chords Index for Keyboard Guitar