मीका 4

1 अब पछिल्लो दिनमा परमप्रभुको मन्दिर, डाँडा चाँहि पहाडहरुमा सर्वोच्च बनाईने छ, अनि त्यो पहाडहरु भन्दा उच्च पारिने छ अनि अरू जातिहरु त्यसमा ओईरिएर आउनेछन्।

2 धेरै मानिसहरु त्यहाँआएर भन्नेछन्, “आऊ हामी परमप्रभुको पहाड, याकूबको परमेशवरको मन्दिरमा जाउँ, र उहाँले हामीलाई आफ्नो मार्ग सिकाउँनु हुनेछ। हामीहरु उहाँको मार्गमा हिंड्नेछौं।” किनभने व्यवस्था सियोनबाट र परमप्रभुको वचन यरूशलेमबाट निस्कने छन्।

3 उहाँले देशमा बिभिन्न मानिसहरुका बीच इन्साफ गर्नु हुनेछ र टढा सशक्त सामर्थी जातिहरुको झगडाको फैसला गर्नु हुनेछ। तिनीहरुले आफ्ना तरवारहरु पिटेर हलोको फाली र भालाहरु चाँहि हँसिया बनाउनेछन्। जाति-जातिहरुले एक-अर्काको बिहरुद्धमा तरवार चलाउने छैनन्, न त तिनीहरुले कहिल्यै लडाईं गर्न सिकनेछन्।

4 तर प्रत्येक मानिसहरु तिनीहरुको आ-आफ्नो दाखको बोट र नेभाराको बोट मुनि बस्नेछन्। कसैले तिनीहरुलाई डर देखाउने छैन। किनभने सर्वशक्तिमान परमप्रभु परमेशवरको मुखले नै यी कुराहरु भन्नु भएकोछ।

5 सबै जातिका मानिसहरु चाँहि आ-आफ्नो देवताको नाउँमा हिंड्नेछन्। तर हामी चाँहि सदा-सर्वदै परमप्रभु हाम्रा परमेशवरको नाउँमा हिंड्नेछौं।

6 परमप्रभु भन्नुहुन्छ, “लङ्गडाहरुलाई म त्यसदिन जम्मागर्नेछु अनि धपाईएकाहरुलाई र तिनीहरु जसलाई मैले दण्ड दिएको थिएँ, म भेला गर्नेछु।

7 ‘लङ्गडाहरुलाई’ एउटा बेचेको भाग र फ्याँकिएकाहरुलाई एउटा सामर्थी जाति तुल्याउनेछु।” तिनीहरुमाथि सियोनमा परमप्रभुले अब देखि सदा-सर्वदै राज्य गर्नुहुनेछ।

8 अनि तिमी, हे एदेरका धरहरा, सियोनकी छोरीको डाँडा। पहिलेको शासक तिमीहरु कहाँ आउँनेछन् र यरूशलेमको छोरीको अधिराज्य कायमहुनेछ।”किन इस्रएलीहरु बाबेल अवश्यै जानुपर्दछ?

9 अब तिमी किन चिच्याई-चिच्याई रून्छ्यौ के? तिमी माथि राज्य गर्ने कुनै राजा छैनन्? के तिम्रो सल्लाहकार नष्ट भयो र प्रसववेदनामा परेकी स्त्रीलाई जस्तै तिमीलाई पीडाले सताएकोछ?

10 हे सियोनकी छोरी, सुत्केरी वेदनामा परेकी आइमाईको पीडामा रोऊ। किनकि अब तिमी शहरबाट बहिर जानेछ्यौ र मैदानमा बस्नेछौ र माथि बाबेलमा जानेछ्यौ र त्यहाँ तिमी सुरक्षित रहनेछ्यौ। परमप्रभुले तिम्रा शत्रुको हातबाट तिम्रो उद्धार गर्नुहुनेछ।

11 अनि अब धेरै जातिहरु भेला भएर, तिम्रो बिरुद्ध भन्नेछन्, “त्यो अशुद्ध होस् र सियोनलाई हाम्रो आँखाले नियालेर हेर्न पाईयोस्।”

12 तर तिनीहरुले परमप्रभुको बिचारलाई जान्दैनन्। न त तिनीहरु उहाँको युक्तिलाई बुझ्दछन्। किनभने उहाँले खलामा बिटाहरु जम्मागरे झैं तिनीहरुलाई जम्मा गर्नु भएकोछ।

13 “हे सियोन छोरी, उठ अनि दाइँ गर किनभने म तिम्रा सींङहरुलाई फलामको र तिम्रो खूरहरुलाई पीत्तलको बनाउनेछु। तिमीले धेरै जातिहरुलाई चूर-चूर पार्नेछौ र तिनीहरुको धन-सम्पत्ति सारा पृथ्वीका परमप्रभुमा अर्पण गर्नेछौ।”

1 But in the last days it shall come to pass, that the mountain of the house of the Lord shall be established in the top of the mountains, and it shall be exalted above the hills; and people shall flow unto it.

2 And many nations shall come, and say, Come, and let us go up to the mountain of the Lord, and to the house of the God of Jacob; and he will teach us of his ways, and we will walk in his paths: for the law shall go forth of Zion, and the word of the Lord from Jerusalem.

3 And he shall judge among many people, and rebuke strong nations afar off; and they shall beat their swords into plowshares, and their spears into pruninghooks: nation shall not lift up a sword against nation, neither shall they learn war any more.

4 But they shall sit every man under his vine and under his fig tree; and none shall make them afraid: for the mouth of the Lord of hosts hath spoken it.

5 For all people will walk every one in the name of his god, and we will walk in the name of the Lord our God for ever and ever.

6 In that day, saith the Lord, will I assemble her that halteth, and I will gather her that is driven out, and her that I have afflicted;

7 And I will make her that halted a remnant, and her that was cast far off a strong nation: and the Lord shall reign over them in mount Zion from henceforth, even for ever.

8 And thou, O tower of the flock, the strong hold of the daughter of Zion, unto thee shall it come, even the first dominion; the kingdom shall come to the daughter of Jerusalem.

9 Now why dost thou cry out aloud? is there no king in thee? is thy counseller perished? for pangs have taken thee as a woman in travail.

10 Be in pain, and labour to bring forth, O daughter of Zion, like a woman in travail: for now shalt thou go forth out of the city, and thou shalt dwell in the field, and thou shalt go even to Babylon; there shalt thou be delivered; there the Lord shall redeem thee from the hand of thine enemies.

11 Now also many nations are gathered against thee, that say, Let her be defiled, and let our eye look upon Zion.

12 But they know not the thoughts of the Lord, neither understand they his counsel: for he shall gather them as the sheaves into the floor.

13 Arise and thresh, O daughter of Zion: for I will make thine horn iron, and I will make thy hoofs brass: and thou shalt beat in pieces many people: and I will consecrate their gain unto the Lord, and their substance unto the Lord of the whole earth.

Micah 1 in Tamil and English

1 परमप्रभुको यो वचन मीकाकहाँ आयो। यो राजा याताम आहाज र हिजकियाहका समयमा भएको थियो। यी मानिसहरु यहूदाका राजाहरु थिए। मीका मोरेशेत बाट आएका थिए। मीकाले यो दर्शन सामरियार यरूशलेमको बिषयमा देखे।
The word of the Lord that came to Micah the Morasthite in the days of Jotham, Ahaz, and Hezekiah, kings of Judah, which he saw concerning Samaria and Jerusalem.

2 हे जाति-जातिका मानिसहरु हो! तिमीहरु सबैले सुन, हे पृथ्वी र त्यसमा बस्ने मानिसहरु सुन। मेरो मालिक, परमप्रभु उहाँको पवित्र मन्दिरबाट आउँदै हुनुहुन्छ। मेरो मालिक तिमीहरुको बिरुद्धमा एकजना साक्षी भई आउँनु हुनेछ।
Hear, all ye people; hearken, O earth, and all that therein is: and let the Lord God be witness against you, the Lord from his holy temple.

3 हेर, परमप्रभु आफ्नो वास स्थानबाट बाहिर जाँदै हुनुहुन्छ। उहाँ पृथ्वीको अग्लो ठाउँमा जानको निम्ति उभिएर तल आउँदै हुनुहुन्छ।
For, behold, the Lord cometh forth out of his place, and will come down, and tread upon the high places of the earth.

4 परमप्रभु परमेश्वरको चरणमुनि पर्वत पग्लेर जानेछ, जसरि आगोमा मैन पग्लन्छ, जसरी पहाडबाट पानी बगेर झर्छ।
And the mountains shall be molten under him, and the valleys shall be cleft, as wax before the fire, and as the waters that are poured down a steep place.

5 यो किन भएकोछ? यस्तो भयो किनभने याकूबले पाप गरेको थियो। किनभने इस्रएलका कुल समुहले पाप गरेका थिए। याकूबको पाप के हो? यो सामरिया हो। यहूदाको अग्लो स्थान कुनहो? यो यरूशलेम हो।
For the transgression of Jacob is all this, and for the sins of the house of Israel. What is the transgression of Jacob? is it not Samaria? and what are the high places of Judah? are they not Jerusalem?

6 यसकारण म सामरियालाई खाली मैदानमा भग्नावशेषको थुप्रोमा परिणत गरिदिनेछु। त्यो यस्तो स्थान हुनेछ जहाँ दाख रोपिनेछ। म सामरियाका ढुङ्गाहरुलाई बेंसीमा फालिदिनेछु र त्यसका जगहरु सतहमा पुर्याइदिनेछु।
Therefore I will make Samaria as an heap of the field, and as plantings of a vineyard: and I will pour down the stones thereof into the valley, and I will discover the foundations thereof.

7 म त्यसका मूर्तिहरु सबै टुक्रा-टुक्रा पारिदिनेछु। सबै धन जे त्यले कमाएको छ भस्म पारिदिनेछु र म तिनीहरुको झुटा देवताहरुको मुर्तिहरु सबै ध्वंश गरिदिनेछु, जबकि यी मूर्तिहरु वेश्याबृति मार्फत बनिएका थिए। ती मूर्तिहरु फेरि वेश्याहरुलाई नै तिर्न प्रयोग हुनेछन्।
And all the graven images thereof shall be beaten to pieces, and all the hires thereof shall be burned with the fire, and all the idols thereof will I lay desolate: for she gathered it of the hire of an harlot, and they shall return to the hire of an harlot.

8 म चाँडै बिनाशको बिषयमा शोकाकुल हुनेछु र म विलाप गर्नेछु। म खालि खुट्टा र नाङ्गै हिंड्नेछु। म स्याल जस्तै साह्रो कराउँनेछु र शतुरमुर्गा झैं विलाप गर्नेछु।
Therefore I will wail and howl, I will go stripped and naked: I will make a wailing like the dragons, and mourning as the owls.

9 सामरियाको घाऊ निको हुनेछैन। त्यसको पाप यहूदा सम्म फैलनेछ। यो मेरा मानिसहरुको शहरको प्रवेसद्वार सम्म जानेछ, किनकि यो त यरूशलेम सम्म आपुगेको छ।
For her wound is incurable; for it is come unto Judah; he is come unto the gate of my people, even to Jerusalem.

10 यो कुरा गातमा नभन। त्यसका निम्ति रूँदै नरोऊ, विलाप गर्दै बेत-लाप्रामा धुलोमा लडी-बडी गर।
Declare ye it not at Gath, weep ye not at all: in the house of Aphrah roll thyself in the dust.

11 हे शाफीरका वासिन्दाहरु हो, तिमीहरु आफ्नो बाटोमा नाङ्गो र लज्जित भएर जाऊ। ती मानिसहरु जो सानानको वासिन्दाहरु हुन् तिनीहरु बाहिर आउने छैनन्। बेतेसेलमा मानिसहरुको रूवाबासिले तिमीबाट सहाएता लिनेछन्।
Pass ye away, thou inhabitant of Saphir, having thy shame naked: the inhabitant of Zaanan came not forth in the mourning of Beth-ezel; he shall receive of you his standing.

12 मारोतका वासिन्दाहरुले केही राम्रो कुरा होस् भनी व्याकुलतापूर्वक पर्खिरहेकाछन्। किन? किनभने कष्ट परमप्रभुबाट यरूशलेमको मुलढोकामा आएकोछ।
For the inhabitant of Maroth waited carefully for good: but evil came down from the Lord unto the gate of Jerusalem.

13 हे लाकीशका वासिन्दाहरु हो! तिमीहरुले वेगवान घोडाहरु रथमा बाँध। सियोनको पाप रथहरुबाट नै शुरु भएको थियो। जसको मार्फत तिनीहरुले इस्राएलले गरे जस्तै पाप गरे।
O thou inhabitant of Lachish, bind the chariot to the swift beast: she is the beginning of the sin to the daughter of Zion: for the transgressions of Israel were found in thee.

14 यसकारण मोरशेत गातमा तिम्रो बिदाको सौगात तिमीले दिनु पर्नेछ। अकजीबाका घरहरुले इस्राएलका राजालाई धोका दिनेछन्।
Therefore shalt thou give presents to Moresheth-gath: the houses of Achzib shall be a lie to the kings of Israel.

15 हे मोरेशाका वासिन्दाहरु! तिनीहरुको बिरुद्ध म एक जना मानिस पठाऊनेछु जसले तिमीहरुबाट सबै चिजहरु खोस्नेछ। इस्रएलको महिमा अदुल्लाम सम्म आउनेछ।
Yet will I bring an heir unto thee, O inhabitant of Mareshah: he shall come unto Adullam the glory of Israel.

16 यसकारण तिमीले आफ्नो केश काट, चिण्डेहोऊ। किन? किनकि तिमी आफ्नो छोरा-छोरी जसलाई तिमी माया गर्छौ तिनीहरुका निम्ति रूँने छौ अनी तिम्रो शोक दर्शाउनको निम्ति एउटा गिद्ध झैं चिन्डे होऊ। किन? किनकि तिम्रो नानीहरुलाई कैदी झैं लगिनेछ।
Make thee bald, and poll thee for thy delicate children; enlarge thy baldness as the eagle; for they are gone into captivity from thee.