मत्ती 7:19
असल फल दिन नसक्ने प्रत्येक रूख काटेर ढालिन्छ र आगोमा फालिन्छ।
Every | πᾶν | pan | pahn |
tree | δένδρον | dendron | THANE-throne |
that bringeth forth | μὴ | mē | may |
not | ποιοῦν | poioun | poo-OON |
good | καρπὸν | karpon | kahr-PONE |
fruit | καλὸν | kalon | ka-LONE |
down, hewn is | ἐκκόπτεται | ekkoptetai | ake-KOH-ptay-tay |
and | καὶ | kai | kay |
cast | εἰς | eis | ees |
into | πῦρ | pyr | pyoor |
the fire. | βάλλεται | balletai | VAHL-lay-tay |
Cross Reference
मत्ती 3:10
अनि अहिलेनै रूखहरूको फेदमा बञ्चरो परेको छ। असल फल नफलाउने सबै रूखहरूलाई काटेर ढलिनेछ अनि आगोमा फालिनेछ।
यहूदा 1:12
यी मानिसहरु तिमीहरुको समूह भोजमा भएका फोहोर दागहरु जस्तै हुन्। तिनीहरु तिमीहरुको भोजनमा साथ दिन्छन् अनि निर्भय साथ खान्छन्। तिनीहरु आफ्नै स्वार्थ केन्द्रित गोठालाहरु हुन्। ती वृष्टिहीन मेघहरु हुन्। बतासले तिनीहरुलाई चारैतिर उडाउँछ। तिनीहरु ती बृक्षहरु हुन् जुन समयमा फल दिँदैनन्, अनि भूँइबाट उखेलिन्छन्। यसरी तिनीहरु पूर्णरुपले मर्छन्।
हिब्रू 6:8
तर यदि त्यस जमीनले काँढा र सिउँडीहरू उमार्छ भने त्यो बेकार छ। त्यस जमीनले परमेश्वरबाट श्राप पाउने डर छ र त्यसलाई आगोले डडाउने छ।
यूहन्ना 15:2
म मेरो प्रत्यके हाँगा जसमा फल फल्दैन त्यो उहाँले काटिनदिनु हुन्छ। अनि उहाँले प्रत्येक हाँगाहरू छाँस्नु र सफा गर्नुहुन्छ ताकि त्यसले फल फलाउन, सकोस्; त्यसो गर्दा यसले अझ बढता फल दिनेछ।
लूका 3:9
रूखहरू काट्नलाई बन्जरो पनि तयार छ। प्रत्येक रुख जसले असल फल फलाउदैन त्यो काटिनेछ अनि आगोमा फालिनेछ।”
यशैया 5:5
अब म तिमीहरूलाई भन्नेछु, म मेरो अङ्गरको बगैंचालाई के गर्नेछु। म सबै बारहरू उखेल्नेछु। अनि तिनीहरूलाई जलाउनेछु। म ढुङ्गाका पर्खालहरू भत्काउने छु अनि ती ढुङ्गाहरूमाथि हिँड्नेछु।
लूका 13:6
येशूले यो दृष्टान्त भन्नुभयो, “एकजना मानिसको एउटा नेभारोको रुख थियो। त्यसले त्यो रुखलाई आफ्नै दाखको बारीमा रोपेको थियो। त्यो मानिस रूखमा फल लाग्यो कि भनेर हेर्न आयो, तर केही पाएन।
मत्ती 21:19
उहाँले बाटोको किनारमा त्यस नेभाराको रूख देख्नु भयो। येशूले नेभाराको रूखको छेउमा गएर उहाँले केही फल खाने इच्छा गर्नुभयो। तर त्यो नेभाराको रूखमा त्यसमा खाने फल केही थिएन। त्यहाँ पातैपात मात्र थिए। अनि येशूले त्यो रूखलाई भन्नुभयो, “अब उप्रान्त तँमा फल लाग्ने छैन।” अचानक त्यो रूख ओइलायो र मर्यो।
इजकिएल 15:2
“हे मानिसको छोरो! के दाखको बोटको दाउरा जङ्गलको कुनै अर्को रूखको काठको सानो हाँगाभन्दा अधिक राम्रो हुन्छ? अहँ।
यशैया 27:11
दाखहरू सुक्नेछन् अनि हागाँहरू भाँचिएर जाने छन्। स्त्रीहरूले ती हागाँ दाउरा बाल्ने छन्।मानिसहरूले बुझ्नलाई अस्वीकार गर्ने छन्। यसर्थ परमेश्वर, सृष्टिकर्ताले तिनीहरूलाई आराम दिनु हुनेछैन। तिनीहरूका सृष्टिकर्ता तिनीहरू प्रति कृपालु हुनु हुनेछैन।