Matthew 21:39
अनि किसानहरूले छोरालाई समातेर, उसलाई खेत बाहिर मारेर फ्याँकिदिए।
Matthew 21:39 in Other Translations
King James Version (KJV)
And they caught him, and cast him out of the vineyard, and slew him.
American Standard Version (ASV)
And they took him, and cast him forth out of the vineyard, and killed him.
Bible in Basic English (BBE)
And they took him and, driving him out of the vine-garden, put him to death.
Darby English Bible (DBY)
And they took him, and cast him forth out of the vineyard, and killed him.
World English Bible (WEB)
So they took him, and threw him out of the vineyard, and killed him.
Young's Literal Translation (YLT)
and having taken him, they cast `him' out of the vineyard, and killed him;
| And | καὶ | kai | kay |
| they caught | λαβόντες | labontes | la-VONE-tase |
| him, | αὐτὸν | auton | af-TONE |
| and cast | ἐξέβαλον | exebalon | ayks-A-va-lone |
| out him | ἔξω | exō | AYKS-oh |
| of the | τοῦ | tou | too |
| vineyard, | ἀμπελῶνος | ampelōnos | am-pay-LOH-nose |
| and | καὶ | kai | kay |
| slew | ἀπέκτειναν | apekteinan | ah-PAKE-tee-nahn |
Cross Reference
प्रेरित 2:23
येशूलाई तिमीहरूमा सुम्पिएको थियो अनि तिमीहरूले उहाँलाई मारयौ। ती मानिसहरूका सहायता लिएर जोसित परमेश्वरको नियम छैन तिमीहरूले येशूलाई क्रूसमा किला ठोक्यौ। तर परमेश्वरलाई यी सबै घटना हुने थाहा थियो। यो परमेश्वरकै योजना थियो। परमेश्वरले यो योजना धेरै अघि बनाउनु भएको थियो।
याकूब 5:6
तिमीहरूले निर्देष मानिसहरूको र्भत्सना गर्यौ, र मारी दियौ कसैले प्रतिरोध गरेनन्।
हिब्रू 13:11
पापको निम्ति अर्पणको रूपमा प्रधान पूजाहारीले पशुको रगत महा पवित्र स्थानमा लान्छन्। तर पशुहरूका मासु चाँहि शिविर बाहिर पोल्छन्।
प्रेरित 7:52
तिमीहरूका पुर्खाहरूले नसताएका कुनै अगमवक्ता होलान? ती अगमवक्ताहरूले एक धार्मिक आउनु हुन्छ भनेर पहिल्यै भनिसकेका थिए। तर तिमीहरूका पुर्खाहरूले तिनीहरूलाई मारे। अनि अहिले तिमीहरूले एक धार्मिक मानिस प्रति विश्वासघात गर्यौ अनि उहाँलाई मार्यौ।
प्रेरित 5:30
तिमीहरूले येशूलाई मार्यौ। तिमीहरूले उहाँलाई क्रूसमा झुण्ड्यायौ। तर परमेश्वरले जो हाम्रा पुर्खाहरूका परमेश्वर हुनहुन्छ उहाँलाई मृत्युबाट बौराउनु भयो।
प्रेरित 4:25
हाम्रा पुर्खा दाऊद तपाईंको सेवक हुनुहुन्थ्यो। पवित्र आत्माद्वारा उनले यी शब्दहरू लेखेः‘किन संसारका मानिसहरू परमेश्वरको विरुद्ध योजनाहरू तयार पार्छन? यी सबै आशाहीन छन्।
प्रेरित 4:10
तिमीहरू सबै, यहूदी मानिसहरूले जानुन् कि यो लङ्गडो मानिस नासरतका येशू ख्रीष्टको शक्तिद्वारा निको भएको हो! जसलाई तिमीहरूले क्रूसमा किला ठोक्यौ। परमेश्वरले उहाँलाई मृत्युबाट जीवनमा बौराउनु भयो। यो मानिस लङ्गडो थियो, तर अब ठीक छ। उ तिमीहरू सामु उभिन सामर्थ छ येशूको शक्तिले गर्दा!
प्रेरित 3:14
येशू पवित्र र असल हुनुहुन्थ्यो, तर तिमीहरूले भन्यौ तिमीहरूर उहाँलाई चाँहदैनौ। तिमीहरूले येशूको सट्टामा ज्यानमारालाई छोडी माग्यौ।
यूहन्ना 18:24
तब अनासले येशूलाई कैयाफा प्रधान पूजाहारीकहाँ पठाए। त्यसबेला सम्म येशू बाँधिएकै हुनुहुन्थ्यो।
यूहन्ना 18:12
त्यसपछि सिपाहीहरू र तिनीहरूका सेनापति अनि यहूदीका हाकिमहरूले येशूलाई पक्रे।
लूका 22:52
येशूलाई पक्रन आउनेहरूमा मुख्य पूजाहारीहरू, यहूदी बूढा प्रधानहरू र मन्दिरको सिपाहीहरू थिए। येशूले तिनहरूलाई भन्नुभयो, “तपाईंहरू किन तरवार र लाठ्ठीहरू लिएर आएको? के मलाई कुनै अपराधी जस्तो लाग्छ?
मर्कूस 14:46
तब मानिसहरूले झम्टेर येशूलाई पक्रे।
मत्ती 26:57
येशूलाई पक्रनेहरूले उहाँलाई प्रमुख पुजाहारी कैयाफाको घरमा पुर्याए। शास्त्रीहरू र बूडा यहुदी अग्रजहरू त्यहाँ भेला भएका थिए।
मत्ती 26:50
येशूले भन्नुयो, “हे मित्र, तिमी जे गर्न आएका छौ त्यो गर।” त्यत्तिनै बेला मानिसहरू आए र येशूलाई हात हाले। अनि उहाँलाई पक्रिए।