Bible

Mark 8 - ASV (Nepali)

1 In those days, when there was again a great multitude, and they had nothing to eat, he called unto him his disciples, and saith unto them,अर्को एक समय येशूको साथमा धेरै मानिसहरू थिए। मानिसहरूसंग खानेकुरा केही थिएन। अनि उहाँले आफ्ना चेलाहरूलाई बोलाउनु भयो।

2 I have compassion on the multitude, because they continue with me now three days, and have nothing to eat:येशूले भन्नुभयो, “यी मानिसहरू प्रति मलाई अति दया लाग्छ। तीनदिनदेखि तिनहरू मसंग छन्। अनि अहिलेसम्म तिनीहरूसंग खानेकुरा केही छैन।

3 and if I send them away fasting to their home, they will faint on the way; and some of them are come from far.म तिनीहरूलाई भोकै तिनीहरूको घर पठाउन सक्तिन किनभने, तिनीहरू बाटामा नै बेहोश हुनेछन्। कतिजना त यहाँदेखि धेरै टाढामा बस्ने हरन्छन्।”

4 And his disciples answered him, Whence shall one be able to fill these men with bread here in a desert place?येशूका चेलाहरूले भने, “तर हामी कुनै पनि शहरभन्दा टाढा छौं। यति धेरै मानिसहरूको लागि त्यत्ति धेरै रोटीहरू कहाँ पाइएला?”

5 And he asked them, How many loaves have ye? And they said, Seven.तब येशूले तिनीहरूलाई सोध्नु भयो, “तिमीहरूसंग कतिवटा रोटीहरू छन्?”चेलाहरूले जवाफ दिए, “हामीहरूसंग सातवटा रोटीहरू छन्।”

6 And he commandeth the multitude to sit down on the ground: and he took the seven loaves, and having given thanks, he brake, and gave to his disciples, to set before them; and they set them before the multitude.येशूले तिनीहरू सबैलाई भूइँमा बस्ने निर्देशन दिनुभयो। उहाँले सातवटा रोटीहरू लिएर परमेश्वरलाई धन्यवाद चढाउनुभयो, अनि रोटीहरू टुका पार्नु भयो अनि चेलाहरू लाई ती रोटीहरू मानिसहरूलाई बाँढन दिनुभयो चेलाहरूले त्यसै गरे।

7 And they had a few small fishes: and having blessed them, he commanded to set these also before them.चेलाहरूसंग केही माछाहरू पनि थिए। येशूले तिनीहरूको लागि परमेश्वरलाई धन्यवाद चढाउनुभयो अनि चेलाहरूलाई ती मानिसहरूलाई बाँढनु भन्नु भयो।

8 And they ate, and were filled: and they took up, of broken pieces that remained over, seven baskets.सबै मानिसहरूले खाए अनि तृप्त भए। तब उब्रिएका रोटीका टुकाहरू चेलाहरूले बटुलेर सात टोकरी भरे।

9 And they were about four thousand: and he sent them away.प्रायः त्यहाँ भएका चार हजार मानिसहरूले भोजन गरे। तिनीहरूले खाइसके पछि, यशूले तिनीहरूलाई घरमा जाऊ भन्नुभयो।

10 And straightway he entered into the boat with his disciples, and came into the parts of Dalmanutha.त्यसपछि उहाँ आफ्ना चेलाहरूसंग डुङ्गामा चढेर दलमनुथाको जिल्लातिर जानुभयो।

11 And the Pharisees came forth, and began to question with him, seeking of him a sign from heaven, trying him.फरिसीहरू यशूकहाँ आए अनि उहाँलाई केही प्रश्नहरू सोधे। तिनीरूहरूले येशूको जाँच लिन चाहन्थे। तिनीहरूले येशू परमेश्वबाट आउनु भएको हो भनी प्रमाणको निम्ति उहाँ लाई चमत्कार गर्नुभने।

12 And he sighed deeply in his spirit, and saith, Why doth this generation seek a sign? verily I say unto you, There shall no sign be given unto this generation.येशूले लामो सास लिनु भयो अनि भन्नुभयो, “तिमीहरूले किन प्रमाणको रूपमा चमत्कार हेर्न चाहेको? म तिमीहरूलाई साँचो भन्दछु। कुनै यस्तो चमत्कार प्रमाणको रूपमा तिमीहरूलाई देखाइने छैन।”

13 And he left them, and again entering into `the boat' departed to the other side.तब येशूले तिनीहरूलाई छोडनुभयो र डुङ्गामा चढनु भयो अनि समुद्रको अर्को तिर जानुभयो।

14 And they forgot to take bread; and they had not in the boat with them more than one loaf.डुङ्गामा भएको बेला चेलाहरूसंग खाली एउटा रोटी थियो। तिनीहरूले आफूसित धेरै रोटीहरू लैजान बिर्सेका थिए।

15 And he charged them, saying, Take heed, beware of the leaven of the Pharisees and the leaven of Herod.येशूले तिनीहरूलाई सर्तक गराउनु भयष्ठ्वो, “होशियार बस फरिसीहरूको खमीर र हेरोदको खमीरबाट आफूलाई रक्षा गर।”

16 And they reasoned one with another, saying, We have no bread.चेलाहरूले यस कुराको अर्थ बारे चर्चा गरे। तिनीहरूले भने, “उहाँले यसो भनेको कारण हामीसंग रोटी छैन भन्नु भएको हो।”

17 And Jesus perceiving it saith unto them, Why reason ye, because ye have no bread? do ye not yet perceive, neither understand? have ye your heart hardened?चेलाहरूले रोटीकै बारेमा कुरा गरिरहको हो भन्ने यशूले थाहा पाऊनु भयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “रोटी छैन भन्ने बारेमा तिमीहरू किन बात गरिरहेछौ? अझसम्म तिमीहरूले नदेखेको अनि नबुझेको? तिमीहरू भझ्न सक्तैनौ?

18 Having eyes, see ye not? and having ears, hear ye not? and do ye not remember?के तिमीहरूको आँखाहरूले देख्न सक्तैन? के तिमीरूको कानहरूले सुन्न सक्तैन के तिमीहरूलाई थाहा छैन, कि हामीसित प्रशस्त रोटी नहूँदा मैले के गरे।

19 When I brake the five loaves among the five thousand, how many baskets full of broken pieces took ye up? They say unto him, Twelve.मैले पाँचवटा रोटीलाई पाँच हजार मानिसहरूको माझमा बाँडको थिएँ तिमीहरूलाई थाहा छैन? कति टोकरी भरियो थाहा छैन। उब्रेका रोटीहरू बटुल्यै?”चेलाहरूले उत्तर दिए, “हामीले बाह्र टोकरी खाना बटुल्यौं।”

20 And when the seven among the four thousand, how many basketfuls of broken pieces took ye up? And they say unto him, Seven.“अनि त्यो पनि सम्झ कि मैले सातवटा रोटीलाई चारहजार जना मानिसहरूमाझ बाँडेको थिएँ। कतिवटा टोकरीहरूमा उब्रेका खानाहरू बटुलेका थियौ त्यो तिमीहरूलाई थाहा छ?”चेलाहरूले उत्तर दिए, “हामीले सात टोकरी बटुल्यौं।”

21 And he said unto them, Do ye not yet understand?फेरि येशूले तिनीहरूलाई भन्नुभयो, “यसकारण मैले गरेका ती कुराहरू सम्झ, तर अझै तिमीहरूले बुझन् सकेका छैनौ?”

22 And they come unto Bethsaida. And they bring to him a blind man, and beseech him to touch him.येशू र उहाँको चेलाहरू बेत्सैदामा आउनु भयो। कोही मानिसहरूले एउटा अन्धा मानिसलाई येशूकहाँ ल्याए, र त्यसलाई छोइदिनुहोस् भनेर बिन्ति गरे।

23 And he took hold of the blind man by the hand, and brought him out of the village; and when he had spit on his eyes, and laid his hands upon him, he asked him, Seest thou aught?अनि येशूले अन्धो मानिसको हात समातेर उसलाई गाउँ बाहिर लैजानू भयो। त्यस मानिसका आँखाहरूमा थुक्नु भयो अनि आफ्ना हातहरू त्यसमाथि राख्नु भयो, अनि अन्धालाई सोध्नुभयो, “तिमीले देख्न सक्छौ अहिले?”

24 And he looked up, and said, I see men; for I behold `them' as trees, walking.उसले माथि हेरे अनि भने, “म मानिसहरूलाई रूखहरूजस्तै, हिंडिरहेको देख्छु।”

25 Then again he laid his hands upon his eyes; and he looked stedfastly, and was restored, and saw all things clearly.फेरि येशूले आफ्नोहात त्यसको आँखा माथि राख्नुभयो, तब त्यो मान्छेले आफ्ना आँखा पूरा खोल्यो। उसले आफ्नो दृष्टि फेरि प्राप्त गर्यो, अनि उसले सबै कुरा स्पष्ट देख्यो।

26 And he sent him away to his home, saying, Do not even enter into the village.येशूले त्यसलाई घर जाऊ भनेर पठाउनु भयो अनि भन्नुभयो “शहरमा नजाऊ।”

27 And Jesus went forth, and his disciples, into the villages of Caesarea Philippi: and on the way he asked his disciples, saying unto them, Who do men say that I am?येशू र चेलाहरू सिजरिया फिलिप्पीका गाउँहरूमा जानूभयो। बाटोमा जाँदै गर्दा , येशूले आफ्ना चेलाहरूलाई सोध्नुभयो, “मानिसहरूले म को हूँ भनी भन्दछन्?”

28 And they told him, saying, John the Baptist; and others, Elijah; but others, One of the prophets.चेलाहरूले उत्तर दिए, “कति मानिसहरूले तपाँईंलाई बप्तिस्मा दिने यूहन्ना भन्छन्। कति मानिसहरूले तपाईंलाई एलिया भन्दछन्। अनि अरू कसैले तपाईंलाई अगमवक्ताहरूमा एकजना हुन् भन्दछन्।”

29 And he asked them, But who say ye that I am? Peter answereth and saith unto him, Thou art the Christ.त्यसपछि येशूले तिनीहरूलाई सोधे, “तिमीहरू म को हुँ भनी भन्दछौ?”पत्रूसले जवाफ दिए, “तपाईं ख्रीष्ट हुनुहुन्छ।”

30 And he charged them that they should tell no man of him.येशूले चेलाहरूलाई कडासित भन्नु भयो, “कसैलाई म को हुँ भनेर नभन्नू।”

31 And he began to teach them, that the Son of man must suffer many things, and be rejected by the elders, and the chief priests, and the scribes, and be killed, and after three days rise again.त्यसपछि उहाँले चेलाहरूलाई सिकाउन शुरु गरे कि मानिसको पुत्रले धेरै कष्टहरूको सामना गर्नुपर्छ। येशूले तिनीहरूलाई सिकाउनु भयो, कि यहूदा बुढाहरू, मुख्य प्रधानहरू तथा शास्त्रीहरूले मानिसको पुत्रलाई अस्वीकार गर्नेछन्। उहाँले तिनीहरूलाई सिकाउनु भयो, कि मानिसको पुत्र मारिनु पर्छ अनि मरेको तीन दिनपछि बौरी उठ्नेछन्।

32 And he spake the saying openly. And Peter took him, and began to rebuke him.येशूले पछि घट्ने प्रत्येक घटनाहरूको बारेमा तिनीहरूलाई भन्नुभयो। उहाँले कुनै कुरालाई गुप्त राख्नु भएन। पत्रुसले येशूलाई अलग्ग लगे अनि येशूले भनेका कुराहरूको आलोचना गरे।

33 But he turning about, and seeing his disciples, rebuked Peter, and saith, Get thee behind me, Satan; for thou mindest not the things of God, but the things of men.तर येशू फनक्क फर्के र चलाहरूलाई हेर्नु भयो। अनि उहाँले पत्रुसलाई हकार्नुभयो। अनि उहाँले पत्रुसलाई भन्नुभयो, “शैतान मदेखि टाढो बस परमेश्वरले सोच्नु भए जस्तो तिमीले सोच्दैनौ। तिमीले मानिसहरूले जस्तै सोच्छौ।”

34 And he called unto him the multitude with his disciples, and said unto them, If any man would come after me, let him deny himself, and take up his cross, and follow me.तब येशूले मानिसहरूलाई आफूकहाँ बोलाउनुभयो उहाँका चेलाहरू पनि त्यहीं थिए। अनि उहाँले भन्नुभयो, “यदि कसैले मलाई अनुसरण गर्न चाहन्छ भने, त्यसले स्वयंलाई अस्वीकार गरोस् उसले आफूलाई दिईएका क्रूस (कष्टहरू) लाई ग्रहण गर्नेपर्छ, अनि मलाई पछ्याउनु पर्छ।

35 For whosoever would save his life shall lose it; and whosoever shall lose his life for my sake and the gospel's shall save it.जसले आफ्नो प्राण बचाउँन चाहन्छ, उसले त्यो गुमाउनु पर्नेछ। अनि जसले ममाथि र सुसमाचारको लागि उसको जीवन गुमाउने गर्दछ उसले मात्र आफ्नो जीवनलाई बाचाउँन सक्नेछ।

36 For what doth it profit a man, to gain the whole world, and forfeit his life?किनभने मानिसले सारा संसार हात पारेर पनि आफ्नो आत्मा गुमायो भने त्यसलाई के फायदा भयो?

37 For what should a man give in exchange for his life?किनभने आफ्नो आत्मा फिर्ता पाउनको निम्ति मानिसले केही पनि तिर्न सक्तैन।

38 For whosoever shall be ashamed of me and of my words in this adulterous and sinful generation, the Son of man also shall be ashamed of him, when he cometh in the glory of his Father with the holy angels.अहिले जो बाँचिरहका छन् तिनीहरू अत्यन्त पापमय अनि नराम्रो समयमा बाँचिरहेका छन्। यदि कोही म र मेरो वचनदेखि शर्माउँछ भने म पनि ती मानिससंग शर्माऊछु। उँ त्यत्तिबेला लज्जित हुनेछ जब म पिताको पूर्ण महिमामा र पवित्र दूतगणसंग आउनेछु।”

Nepali Bible