Luke 11:49 यसैले परमेश्वरको ज्ञानले भन्यो, म अगमवक्ताहरू र प्रेरितहरू तिनीहरूका निम्ति पठाउनेछु। तिनीहरूले कोही अगमवक्ताहरू र प्रेरितहरूलाई मार्नेछन् अनि अरूलाई सताउनेछन्।
Luke 11:49 in Other Translations
King James Version (KJV) Therefore also said the wisdom of God, I will send them prophets and apostles, and some of them they shall slay and persecute:
American Standard Version (ASV) Therefore also said the wisdom of God, I will send unto them prophets and apostles; and `some' of them they shall kill and persecute;
Bible in Basic English (BBE) For this reason the wisdom of God has said, I will send them prophets and teachers, and to some of them they will give death and cruel pains;
Darby English Bible (DBY) For this reason also the wisdom of God has said, I will send to them prophets and apostles, and of these shall they kill and drive out by persecution,
World English Bible (WEB) Therefore also the wisdom of God said, 'I will send to them prophets and apostles; and some of them they will kill and persecute,
Young's Literal Translation (YLT) because of this also the wisdom of God said: I will send to them prophets, and apostles, and some of them they shall kill and persecute,
Therefore
διὰ
dia
thee-AH
τοῦτο
touto
TOO-toh
also
καὶ
kai
kay
the
ἡ
ho
oh
wisdom
σοφία
sophia
soh-FEE-ah
τοῦ
ho
oh
of God,
θεοῦ
theos
thay-OSE
said
εἶπεν
epō
APE-oh
I will send
Ἀποστελῶ
apostellō
ah-poh-STALE-loh
εἰς
eis
ees
them
αὐτοὺς
autos
af-TOSE
prophets
προφήτας
prophētēs
proh-FAY-tase
and
καὶ
kai
kay
apostles,
ἀποστόλους
apostolos
ah-POH-stoh-lose
and
καὶ
kai
kay
of
ἐξ
ek
ake
them
αὐτῶν
autos
af-TOSE
they shall slay
ἀποκτενοῦσιν
apokteinō
ah-poke-TEE-noh
and
καὶ
kai
kay
persecute:
ἐκδιώξουσιν·
ekdiōkō
ake-thee-OH-koh
Read Full Chapter :
Luke 11
Cross Reference
1 कोरिन्थी 1:30
परमेश्वरले तिमीहरूलाई ख्रीष्ट येशूको एक अंश बनाउनु भएको छ। परमेश्वरबाट ख्रीष्ट हाम्रा लागि ज्ञान बन्नु भएको छ। ख्रीष्टको कारणले नै हामी परमेश्वर प्रति धार्मिक छौं; अनि हामी पापरहित छौं। अनि ख्रीष्टकै कारणले हामी पवित्र छौं।
कलस्सी 2:3
ज्ञान र बुद्धिको सारा भन्डारहरु ख्रीष्टमा गुप्तरूपले राखिएको छ।
हितोपदेश 1:2
मानिसहरू ज्ञानी भएर असल कर्म गर्न सिकुन् भनी यी वचनहरू लेखिएका हुन्। यी वचनहरूले मानिसहरूलाई असल-असल शिक्षाहरू ग्रहाण गर्न सिकाउँछन्।
1 कोरिन्थी 1:24
तर जो परमेश्वरले छानेका यहूदी र गैर-यहूदीहरूका निम्ति ख्रीष्ट उनै परमेश्वरको शक्ति र ज्ञान हुनुहुन्छ।
लूका 21:16
तिमीहरूको बाबु-आमा, दाज्युभाइहरू, आफन्तहरू, र मित्रहरूले समेत तिमीहरूलाई प्रशासनलाई सुम्पिनेछन्, अनि तिनीहरूले तिमीहरू मध्ये कतिलाई मार्ने पनि छन्।
लूका 24:47
तिमीहरूले यी सबै घटना देख्यौ, तिमीहरू नै साक्षी छौं। तिमीहरू जानु पर्छ अनि सबै मानिसहरूमा प्रचार गर कि तिनीहरूको पापहरू क्षमा गर्न सकिन्छ। तिनीहरूलाई भनिदेऊ कि तिनीहरूले आफ्नो हृदय परिवर्तन गर्नै पर्छ अनि आफ्ना पापहरूको दुःख प्रकट गरून्।
यूहन्ना 16:2
तिनीहरूले तिमीहरूलाई सभा घरहरूबाट बाहिर निकालिदिने छन्। समय आँउदैछ ताकि मानिसहरूले तिमीहरूलाई मारेर परमेश्वकरको सेवा गर्दैछौ भन्ने सोच्नेछन्।
प्रेरित 1:8
तर पवित्र आत्मा तिमीमाथि आउनु हुनेछ अनि तिमीहरूले शक्ति पाउनेछौ। तिमीहरू मानिसहरूबीच मेरो गवाही हुनेछौ। पहिले तिमीहरू यरूशलेमका मानिसहरूका निम्ति गवाही हुनेछौ। तब तिमीहरूले यहूदियामा, सामरियामा अनि संसारका प्रत्येक ठाउँका मानिसहरूलाई बताउनेछौ।”
प्रेरित 7:57
तुरून्तै समस्त यहूदी अगुवाहरू एकसाथ ठूलो स्वरमा चिच्याए। तिनीहरूले आफ्ना हातले कान बन्द गरे। तिनीहरू सबै एकसाथ स्तिफनस तिर दौडे।
प्रेरित 8:3
उसले पुरूष र स्त्रीहरूलाई समाते, तान्दै बाहिर निकाले अनि जेलमा थुने। सम्पूर्ण विश्वासीहरूले यरूशलेम छोडेर गए। त्यहाँ प्रेरितहरू मात्र बसे। विश्वासीहरू यहूदीया र सामरिया भरि फैलिएका थिए।
हितोपदेश 8:1
के ज्ञानले तिमीलाई बोलाउँदैन र? के समझशक्तिले तिमीलाई ठूलो स्वरमा बोलाएको छैन र?
प्रेरित 12:1
त्यति नै बेला (त्यही समयमै) राजा हेरोदले मण्डलीका कतिपय मानिसहरूलाई सताउन थाले।
प्रेरित 22:4
जसले येशूको मार्ग अप्नाए तिनीहरूलाई मैले मृत्युको मुख सम्म खेदो गरें। मैले पुरुष र नारीहरूलाई पक्रे अनि जेलमा थुनें।
प्रेरित 22:20
मानिसहरूले यो पनि जान्दछ कि तपाईंको गवाही, स्तिफनसको जब रगत बग्यो, म त्यहाँ पनि त्यस काण्डमा सहयोग गर्दै उनलाई मार्नेहरूको लुगाहरू रूँगेर बसेको थिंएँ।’
प्रेरित 26:10
अनि यरूशलेममा मैले विश्वासीहरूका विरुद्ध धेरै कामहरू गरें। मुख्य पूजाहारीहरूले ती विश्वासीहरूलाई जेलमा थुन्ने अधिकार दिएका थिए। जब येशूका विश्वासीहरू मारिए मैले यो राम्रो कुरा भयो भनेर सहमत दिएँ।
2 कोरिन्थी 11:24
मैले पाँच पल्ट यहूदीहरूबाट उन्चालिस कोर्रा खाएको छु।
एफिसी 4:11
अनि ख्रीष्ट हुनुहुन्छ जसले मानिसहरूलाई वरदानहरू दिनुभयो जब उहाँले दिनुहुँदै कसैलाई प्रेरितहरु, कसैलाई अगमवक्ताहरु,कसैलाई प्रचारकहरु, कसैलाई मण्डली को गोठाला र कसैलाई शिक्षक बनाउनुभयो।
प्रेरित 9:1
त्यसैबेला शावलले यरूशलेममा प्रभुका चेलाहरूलाई अझै डर देखाउँदै अनि तिनीहरूलाई मार्ने प्रयास गरिरहेको थियो। यसैले तिनी प्रधान पूजाहारीकहाँ गए।
हितोपदेश 9:1
ज्ञानले आफ्नो घर बनाई। उसले त्यस घरमा सातओटा खम्बाहरू खडा गरी।
मत्ती 22:6
कसैले नोकरहरूलाई समातेर पीटे अनि तिनीहरूलाई मारिदिए।
मत्ती 23:34
यसकारण म तिमीहरूलाई भन्दछु ‘म तिमीहरूकोलागि अगमवक्ताहरू बुद्धिमान मानिसहरू र शास्त्रीहरू पठाउँछु। यी मध्ये कतिपयलाई तिमीहरूले मार्नेछौ। कसैलाई झुण्डयाउनेछौ। कसैलाई तिम्रा सभाघरमा कोर्रा लाउनेछौ अनि एउटा शहर देखि अर्को शहरसम्म तिनीहरूलाई लघाछौ।