Luke 1:72
उहाँले हाम्रा पुर्खाहरूलाई दया गर्नेछु भन्नु भएकोछ। उहाँले पवित्र करार पनि स्मरण गर्नु भएकोछ।
Luke 1:72 in Other Translations
King James Version (KJV)
To perform the mercy promised to our fathers, and to remember his holy covenant;
American Standard Version (ASV)
To show mercy towards, our fathers, And to remember his holy covenant;
Bible in Basic English (BBE)
To do acts of mercy to our fathers and to keep in mind his holy word,
Darby English Bible (DBY)
to fulfil mercy with our fathers and remember his holy covenant,
World English Bible (WEB)
To show mercy towards our fathers, To remember his holy covenant,
Young's Literal Translation (YLT)
To do kindness with our fathers, And to be mindful of His holy covenant,
| To perform | ποιῆσαι | poiēsai | poo-A-say |
| the mercy | ἔλεος | eleos | A-lay-ose |
| promised to | μετὰ | meta | may-TA |
| our | τῶν | tōn | tone |
| πατέρων | paterōn | pa-TAY-rone | |
| fathers, | ἡμῶν | hēmōn | ay-MONE |
| and | καὶ | kai | kay |
| to remember | μνησθῆναι | mnēsthēnai | m-nay-STHAY-nay |
| his | διαθήκης | diathēkēs | thee-ah-THAY-kase |
| holy | ἁγίας | hagias | a-GEE-as |
| covenant; | αὐτοῦ | autou | af-TOO |
Cross Reference
मीका 7:20
तपाईं याकूबप्रति साँचो हुनुहुन्छ, अब्राहम प्रति दयालु हुनुहुन्छ। तपाईंले यस्तो शपथ धेरै अगाडी हाम्रो पिता-पुर्खाहरुसंग गर्नुभएको थियो।
इजकिएल 16:60
तर मलाई त्यो करार याद छ जुन त्यस समय गरिएको थियो, जुन समय तिमी नानी थियौ। मैले तिमीसँग करार गरेको थिएँ जुन सधैं रहने थियों।
भजनसंग्रह 106:45
परमेश्वरले आफ्ना करार सधैं याद गर्नुहुन्थ्यो र तिनीहरूलाई स-प्रेम सान्त्वना दिनु हुन्थ्यो।
लेवी 26:42
मैले याकूब, इसहाक र अब्राहामसँग गरेको करार र त्यस देशलाई पनि सम्झनेछु।
हिब्रू 6:13
परमेश्वरले अब्राहामलाई प्रतिज्ञा दिनु भएको थियो। परमेश्वर भन्दा ठूलो कोही छैन, यसर्थ परमेश्वर स्वयंले आफ्नो नाउँमा उनलाई शपथ दिनुभयो कि उहाँले आफ्नो वचन पूरा गर्नु हुनेछ।
रोमी 11:28
यहूदीहरू सुसमाचार ग्रहण गर्न अस्वीकार गर्छन्, यसकारण तिनीहरू परमेश्वरका शत्रुहरू हुन्। यो तिमी गैर-यहूदीहरूलाई सहायता गर्नको लागि भएको हो। तर तिनीहरू चुनिएका मानिसहरू हुनाको कारण परमेश्वरले अझ पनि प्रेम गर्नुहुन्छ। किनभने तिनीहरूका पिताहरूलाई वचन दिनुभएको थियो।
लूका 1:54
उहाँ आफ्नो दास इस्राएललाई सहायता गर्न आउनष्ठ्वु भएकोछ। उहाँले हामीलाई उहाँको कृपा दिनु भएकोछ।
गलाती 3:15
दाज्यू-भाइ दिदी-बहिनीहरू हो, म एउटा उदाहरण दिन्छुः जब कसैले इच्छा पत्र लेख्छ र त्यो अधिकृत हुन्छ, तब कसैले त्यसलाई पन्छाउन सक्दैन अथवा त्यसमा केही थप्न नै सक्छ।
प्रेरित 3:25
तिमीहरूले अगमवक्ताहरूले जे भने ती ग्रहण गरिसकेकाछौ।
इजकिएल 16:8
मैले तिमी प्रति दृष्टि घुमाएँ। मैले देखें तिमी प्रेमको लागि तयार थियौ। यसकारण मैले तिमीलाई लुगा लगाई दिएँ अनि तिम्रो नग्नता छोपिदिएँ। मैले तिमीसित विवाह गर्ने वचन दिएँ। मैले तिमीसँग वाचा बाँधे र शपथ खाएँ अनि तिमी मेरी भयौ।”‘ परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो।
भजनसंग्रह 111:5
परमेश्वरले आफ्ना अनुयायीहरूलाई भोजन दिनुहुन्छ, उहाँले आफ्नो करार सदा सर्वदा सम्झनु हुन्छ।
भजनसंग्रह 105:8
परमेश्वरको करार पत्र सदा सर्वदा याद गर। याद गर उहाँले एक हजार पुस्ताहरूलाई दिनुभएका उहाँका आदेशहरू!
भजनसंग्रह 98:3
परमप्रभुले आफ्नो बचाउने शक्ति जातिहरूलाई देखाउनु भयो। परमप्रभुले आफ्नो धार्मिकता तिनीहरूलाई देखाउनु भयो।
उत्पत्ति 28:14
तेरा सन्तानहरू त्यति विघ्न हुनेछन् जति पृथ्वीमा धूलोको कण छ। तिनीहरू पूर्व, पश्चिम, उत्तर अनि दक्षिणतिर फैलिएर बस्नेछन्। पृथ्वीमा बस्ने सबै जातिले तेरा सन्तानहरूको कारण आशीर्वाद पाउनेछन्।
उत्पत्ति 26:4
म तेरो परिवारलाई आकाशका ताराहरू जस्तै बनाउनेछु। अनि यी सबै भूमिहरू तेरो परिवारहरूलाई दिनेछु? पृथ्वीका सबै राष्ट्रहरूले तेरा सन्तानहरूद्वारा आशीर्वाद पाउँनेछन्।
उत्पत्ति 22:18
अनि तिम्रा सन्तानहरूले संसारका सबै राष्ट्रहरूले आफ्ना निम्ति आशीर्वादको रूपमा पाउनेछन्। म यसै गर्नेछु किनभने तिमीले मेरा आज्ञाहरू मानेकाछौ।”
उत्पत्ति 17:4
“यो हाम्रो करारमा मेरो भाग हो। म तिमीलाई धेरै-धेरै जाति-समूहहरूको पिता बनाउनेछु।
उत्पत्ति 12:3
म तिमीलाई आशीर्वाद दिने मानिसहरूलाई आशीर्वाद दिनेछु अनि तिमीलाई सराप दिनेहरूलाई सराप दिनेछु। पृथ्वीमा सबै मानिसहरूलाई आशीर्वाद दिनका लागि म तिम्रो नाउँ प्रयोग गर्नेछु।”