Bible

Lamentations 1 - BBE (Nepali)

1 See her seated by herself, the town which was full of people! She who was great among the nations has become like a widow! She who was a princess among the countries has come under the yoke of forced work!हाय! यरूशलेम मानिसहरूको भीडले भरिएको शहर थियो। तर अहिले यो शहर नित्तान्त शुन्य भएको छ। यरूशलेम एक समयमा संसारको प्रख्यात शहरहरूमध्ये एक थियो, तर अहिले यो एउटी शोकाकुल विधवा जस्तो भएको छ। यो शहर एक समयमा संसारका शहरहरूको बीचमा एउटी राजकुमारी जस्ती थिई। तर अहिले यो नोकर जस्तो भएको छ।

2 She is sorrowing bitterly in the night, and her face is wet with weeping; among all her lovers she has no comforter: all her friends have been false to her, they have become her haters.त्यो रातभरी साह्रै दुख मानी रून्छे। उसको गालामा आँसुको धारा बगिरहन्छ। उसलाई सान्त्वना दिने अहिले कोही पनि छैन यद्यपी एक समयमा विभिन्न जातिका मानिसहरू यसका साथीहरू हुने गर्थे। उसका सारा मित्रहरूले उसपट्टि पिठयूँ फर्काए। तिनीहरू अहिले उसको शत्रुहरू भएका छन्।

3 Judah has been taken away as a prisoner because of trouble and hard work; her living-place is among the nations, there is no rest for her: all her attackers have overtaken her in a narrow place.यहूदा अति नै पीडीत भए अनि यहूदलाई कैद बनाइयो। यहूदा अन्य जातिहरू माझमा बस्थे। तर उनले कतै शान्ति पाएनन्। मानिसहरू जसले उनलाई खेदे अनि समाते तिनीहरूले उसलाई साँघुरो खाडलमा समाते।

4 The ways of Zion are sad, because no one comes to the holy meeting; all her doorways are made waste, her priests are breathing out sorrow: her virgins are troubled, and it is bitter for her.सियोन जाने बाटो एकदम उदास छ। तिनीहरू दुखी छन् किनभने विदाको समयमा त्यहाँ कोही पनि आँउदैनन। सियोनका सारा प्रवेशद्वारहरू भत्काईए। सियोनका सारा पूजाहारीहरू सुस्केरा मार्छन् सियोनका तरूनी केटीहरूलाई उठाएर लगियो। अनि यी सबै कुराहरूले सियोनप्रति आघात पर्छ।

5 Those who are against her have become the head, everything goes well for her haters; for the Lord has sent sorrow on her because of the great number of her sins: her young children have gone away as prisoners before the attacker.यरूशलेमका शत्रुहरू विजय भएका छन्। उनीहरू सफल भएका छन्। यरूशलेमले थुप्रै पापहरू गरेकाले परमप्रभुले दण्ड दिनुभएको छ। उसका नानीहरू शत्रुहरूद्वारा पक्रेर टाढा लगिए।

6 And all her glory has gone from the daughter of Zion: her rulers have become like harts with no place for food, and they have gone in flight without strength before the attacker.छोरी, सियोनको सुन्दरता लोप भएको छ। यसका राजकुमारीहरू चर्ने मैदान नपाएको मृगहरू जस्तै थिए। दुर्बल भएर तिनीहरू खेद्नेहरूका अघि-अघि भागे।

7 Jerusalem keeps in mind, in the days of her sorrow and of her wanderings, all the desired things which were hers in days gone by; when her people came into the power of her hater and she had no helper, her attackers saw their desire effected on her and made sport of her destruction.यरूशलेमले आफ्नो घर गुमाएको अनि चोट पाएको, अतीतमा उसित राम्रा-राम्रा चीचहररू भएको, सम्झन्छे। उसका मानिसहरूलाई शत्रुहरूले बन्दी बनाएको र आफूलाई मद्दत गर्ने कोही नभएको अवस्था सम्झन्छे। जब उसलाई आफ्नो शत्रुहरूले देखे तिनीहरू हाँसे किनभने ऊ ध्वंश भएकी थिई।

8 Great is the sin of Jerusalem; for this cause she has become an unclean thing: all those who gave her honour are looking down on her, because they have seen her shame: now truly, breathing out grief, she is turned back.यरूशलेमले धेरै पापहरू गरेकी थिई। अनि त्यसैले गर्दा ऊ ध्वंश भएकी छे। यो देखेर मानिसहरूले मुन्टो फर्काउँछन्। विगतका दिनहरूमा ती मानिसहरूले उसलाई माया गर्थे। तर अहिले उनीहरू उसलाई घृणा गर्छन्। उनीहरूले घृणा गर्छन् किनभने तिनीहरूले दुर्व्यवहार गरेकाछन् यरूशलेम रोइरहेकी छे र मुख फर्काउँछे।

9 In her skirts were her unclean ways; she gave no thought to her end; and her fall has been a wonder; she has no comforter: see her sorrow, O Lord; for the attacker is lifted up.यरूशलेमको वस्त्रहरू कलंकित भएकाछन्। भविष्यमा हुन सक्ने कुरोलाई उसले सोचिन्। उसको दुर्दिनलाई यसको पतन भयंङ्कर भयो। उसलाई सान्त्वना दिने कोही मानिस त्यहाँ भएनन्। ऊ भन्छे, “परमप्रभु, हेर्नुहोस् म कति दुखित छु। हेर्नुहोस् मेरा शत्रुहरू कसरी आफूलाई महान सोचि रहेकाछन्।”

10 The hand of her hater is stretched out over all her desired things; for she has seen that the nations have come into her holy place, about whom you gave orders that they were not to come into the meeting of your people.शत्रुहरूले आफ्ना हात फैलाएका छन्। तिनीहरूले उसका सबै बहुमूल्य चीजहरू लगेका छन्। हे परमप्रभु! विदेशी जातिहरू उसको मन्दिरभित्र पसेको देखी तपाईंले भन्नुभएको थियो कि ती मानिसहरू हामीहरूसंग मिसिनु हुँदैन।

11 Breathing out grief all her people are looking for bread; they have given their desired things for food to give them life: see, O Lord, and take note; for she has become a thing of shame.यरूशलेमका सारा मानिसहरू विलाप गरिरहेकाछन्। उसका सबै मानिसहरू भोजन खोज्दैछन्। तिनीहरूले आफ्नो सारा सुन्दर चीजहरू खाने कुराहरूसित साट्दैछन्। तिनीहरूले यसो गर्दैछन् ताकि तिनीहरू बाँच्न सकुन्। यरूशलेम भन्छे, “हेर्नुहोस्, परमप्रभु मलाई हेर्नुहोस्। म तुच्छ ठानिन्छु।

12 Come to me, all you who go by! Keep your eyes on me, and see if there is any pain like the pain of my wound, which the Lord has sent on me in the day of his burning wrath.यताबाट भएर जाने सबै मानिसहरू, तिमीहरू पर्वाह गर्दैनौ। तर म प्रति हेर्नुहोस् के मेरो जस्तो पीडा कसैको छ? जुन मलाई आई पर्यो? के त्यहाँ मेरो जस्तै पीडा परमप्रभुले अरू कसैलाई दिनु भएको छ र? उहाँले मलाई क्रोधको समयमा दण्ड दिनु भएको हो।

13 From on high he has sent fire into my bones, and it has overcome them: his net is stretched out for my feet, I am turned back by him; he has made me waste and feeble all the day.परमप्रभुले माथिबाट आगो पठाउनु भयो। त्यो आगो मेरो हड्डीहरू भित्र पस्यो। उहाँले मेरो खुट्टातिर जाल फिजाउनु भयो। उहाँले मलाई फर्काउनु भयो र मलाई बाँझो भूमि तुल्य बनाउँनु भुयो। म दिनभरि शिथिल भएँ।

14 A watch is kept on my sins; they are joined together by his hand, they have come on to my neck; he has made my strength give way: the Lord has given me up into the hands of those against whom I have no power.“मेरा पापहरू जुवाजस्तै बाँधिएका छन्। ती पापहरू परमप्रभुकै हातद्वारा बाँधिएका छन्। परमप्रभुको जुवा मेरो गर्दनमाथि छ। परमप्रभुले मलाई कमजोर बनाउनु भएको छ। जुन मानिसहरूको विरूद्ध म उठ्न सक्तिनँ परमप्रभुले मलाई नै ती मानिसहरूकहाँ सुम्पिनुभएको छ।

15 The Lord has made sport of all my men of war in me, he has got men together against me to send destruction on my young men: the virgin daughter of Judah has been crushed like grapes under the feet of the Lord.“शहरमा भएका मेरा बलिया सिपाहीहरूलाई परमप्रभुले रद्द गर्नु भएको थियो। अनि परमप्रभुले मेरो विरोधमा मानिसहरूको एक समूह पठाउनु भयो। उहाँले ती मानिसहरू मेरा जवान सिपाहीहरूलाई मार्न पठाउनुभयो। कोलमा परमप्रभुले यहूदाकी छोरीलाई दाख पेले झैं पेल्नुभयो।

16 For these things I am weeping; my eye is streaming with water; because the comforter who might give me new life is far from me: my children are made waste, because the hater is strong.“म यी सारा घटनाहरूको शोक मनाइ रहेको छु। मेरो आखाँहरूबाट आँसुको धारा बग्छन्। तर त्यहाँ मलाई सान्त्वना दिन मेरो नजीक कोही छैन। मलाई सान्त्वना दिन सक्ने त्यहाँ कोहि छैन। मेरा नानीहरू बाँझो भूमि जस्तै छन्। तिनीहरू यस्ता भए किनभने तिनीहरूका शत्रुले तिनीहरूलाई जिते।”

17 Zion's hands are outstretched; she has no comforter; the Lord has given orders to the attackers of Jacob round about him: Jerusalem has become like an unclean thing among them.सियोनले आफ्ना हातहरू फैलाई तर त्यहाँ उसलाई सान्त्वना दिन कोही पनि आएनन्। परमप्रभुले याकूबका शत्रुहरूलाई आदेश दिनुभएको थियो। परमप्रभुले शहर वरिपरि तिनीहरूलाई घेर्ने आदेश दिनु भएको थियो। यरूशलेम उसका ती शत्रुहरू माझ केही मात्रामा कलंकित भई।

18 The Lord is upright; for I have gone against his orders: give ear, now, all you peoples, and see my pain, my virgins and my young men have gone away as prisoners.अब यरूशलेमले भन्छे, “मैले परमप्रभुको आदेश उल्लंघन गरें। यसर्थ परमप्रभुलाई ती कुराहरू गर्ने अधिकार छ। यसकारण तिमीहरू सबैले सुने। हेर मेरा पीडाहरू। मेरा सबै तरूणी र तन्देरिहरूलाई कैदी बनाइयो।

19 I sent for my lovers, but they were false to me: my priests and my responsible men were breathing their last breath in the town, while they were looking for food to give them new life.मैले आफ्ना प्रेमीहरूलाई बोलाएँ। तर तिनीहरूले मलाई धोका दिए। मेरा पूजाहारीहरू र मेरा ज्ञानी मानिसहरू यही शहरमा मरे। तिनीहरू खानाको खोजीमा थिए। तिनीहरूले आफूलाई जिउँदो राख्न चाहन्थे।

20 See, O Lord, for I am in trouble; the inmost parts of my body are deeply moved; my heart is turned in me; for I have been uncontrolled: outside the children are put to the sword, and in the house there is death.“हे परमप्रभु मलाई हेर्नुहोस्! म दुखमा परेकोछु! मेरो प्राण अस्वस्थ छ। मेरो हृदय अस्वस्थ छ किनभने म विद्रोही भएको छु। मेरा नानीहरू सडकमा तरवारले काटिएर मारिए। घर भित्र मृत्युशोक व्याप्त छ।

21 Give ear to the voice of my grief; I have no comforter; all my haters have news of my troubles, they are glad because you have done it: let the day of fate come when they will be like me.“मेरो कुरा सुन, किनभने म पीडाले रूँदै छु। मलाई सान्त्वना दिने कोही पनि छैन। सबै शत्रुहरूले मेरो दुर्बलताहरूको बारेमा थाहा पाइसकेकाछन। तिनीहरू सुखी छन्। किनभने तपाईंले मलाई यस्तो गर्नु भयो। तिनीहरू सुखी छन् तपाईंले भन्नुभयो कि मेरा शत्रुहरूलाई तपाईंले दण्ड दिनुहुनेछ। अब तपाईंले जे भन्नुभएको थियो त्यो गर्नुहोस्। अब त्यही गर्नुहोस्। मेरा शत्रुहरू पनि अहिले मेरो जुन अवस्था छ त्यही अवस्थामा होउन्।

22 Let all their evil-doing come before you; do to them as you have done to me for all my sins: for loud is the sound of my grief, and the strength of my heart is gone.“मेरा शत्रुहरू कति दुष्ट छन्, हेर्नुहोस्, तपाईंले उनीहरूसित त्यस्तो व्यवहार गर्न सक्नु हुनेछ, मैले जस्तो पाप गरेको थिए मसित त्यस्तो व्यवहार गर्नु भएको थियो, यस्तौ गर्नु होस् किनभने मेरो हृदय निर्बल छ। म व्यावस्थामा कराइरहेकीछु, व्यावस्था बारम्बार कराइरहेकीछु।”

Nepali Bible