John 18 - DBY (Nepali)
1 Jesus, having said these things, went out with his disciples beyond the torrent Cedron, where was a garden, into which he entered, he and his disciples.जब येशूले प्रार्थना सिध्याउनु भयो, उहाँले आफ्ना चेलाहरू लिएर जानुभयो। तिनीहरू किद्रोन खोल्सा पारि ऊ बेंसी गए। अर्कोपट्टि त्यहाँ जैतुन रूखहरूको बगैंचा थियो। येशू र उहाँका चेलाहरू त्यहाँ गए।
2 And Judas also, who delivered him up, knew the place, because Jesus was often there, in company with his disciples.यहूदा, उहाँको विश्वासघातकले पनि त्यो ठाउँ चिन्दथ्यो, किनभने आफ्ना चेलाहरूसंग त्यहाँ उसलाई भेट्नु हुन्थ्यो।
3 Judas therefore, having got the band, and officers of the chief priests and Pharisees, comes there with lanterns and torches and weapons.यहूदाले एकदल सेनाहरू लगेर त्यसै वगैंचातिर गयो। यहूदाले मुख्य पूजाहारीहरू र फरिसीहरूबाट पनि केही सिपाहीहरू ल्याएको थियो। तिनीहरूले मशाल, बत्ती र हतियारहरू बोकेर आएका थिए।
4 Jesus therefore, knowing all things that were coming upon him, went forth and said to them, Whom seek ye?येशू यी सबै घटनाहरू उहाँमाथि हुनेछ भनेर जान्नु हुन्थ्यो। येशूले बाहिर आएर सोध्नु भयो, “तिमीहरू कसलाई खोजी रहेकाछौ?”
5 They answered him, Jesus the Nazaraean. Jesus says to them, I am [he]. And Judas also, who delivered him up, stood with them.ती मानिसहरूले भने, “नासरतको येशूलाई।”येशूले भन्नुभयो, “म येशू हुँ।” यहूदा जो येशूका विश्वाघातक त्यहीं उभिरहेको थियो।
6 When therefore he said to them, I am [he], they went away backward and fell to the ground.जब येशूले भन्नुभयो, “म येशू हुँ,” तब मानिसहरू पछि पछि हटे अनि भूइँमा लोटे।
7 He demanded of them therefore again, Whom seek ye? And they said, Jesus the Nazaraean.येशूले तिनीहरूलाई फेरि सोध्नु भयो, “तिमीहरू कसलाई खोजिरहेको छौ? मानिसहरूले भने, “नासरतको येशूलाई।”
8 Jesus answered, I told you that I am [he]: if therefore ye seek me, let these go away;येशूले भन्नुभयो, “मैले तिमीहरूलाई भने म येशू हुँ। यसर्थ तिमीहरूले मलाई नै खोजिरहेका हौ भने, यी अरू मानिसहरूलाई जानुदेऊ।”
9 that the word might be fulfilled which he spoke, [As to] those whom thou hast given me, I have not lost one of them.उहाँले यो भन्नुभयो ताकि उहाँले जे भन्नुभएको थियो त्यो पूरा हुन सक्यो, “तपाईंले मलाई दिनुभएको मध्ये कसैलाई पनि गुमाईनँ।”
10 Simon Peter therefore, having a sword, drew it, and smote the bondman of the high priest and cut off his right ear; and the bondman's name was Malchus.शिमोन पत्रुसकोमा एउटा तरवार थियो। उसले तरवार निकालेर मुख्य पूजाहारीको नोकरलाई प्रहार गर्यो। पत्रुसले त्यसको दाहिने कान काटिदियो। त्यस नोकरको नाउँ माल्ख थियो।
11 Jesus therefore said to Peter, Put the sword into the sheath; the cup which the Father has given me, shall I not drink it?येशूले पुत्रसलाई भन्नुभयो, “तिम्रो तरवार म्यानमा राख! संकटको कचौरा पिताले मलाई दिनुभएको छ, के मैले त्यो नपिउँनु?”
12 The band therefore, and the chiliarch, and the officers of the Jews, took Jesus and bound him:त्यसपछि सिपाहीहरू र तिनीहरूका सेनापति अनि यहूदीका हाकिमहरूले येशूलाई पक्रे।
13 and they led him away to Annas first; for he was father-in-law to Caiaphas, who was high priest that year.तिनीहरूले येशूलाई बाँधे अनि पहिले उहाँलाई अन्नासको अगाडि लगे। अन्नास प्रधान पूजाहारी कैयाफाका ससुरा थिए जो यस र्वषको निम्ति प्रधान पूजाहारी थिए।
14 But it was Caiaphas who counselled the Jews that it was better that one man should perish for the people.कैयाफा तिनी हुन् जसले यहूदीहरूलाई भनेका थिए कि जम्मै मानिसहरूका निम्ति एउटा मान्छे मर्नु उचित छ।
15 Now Simon Peter followed Jesus, and the other disciple. But that disciple was known to the high priest, and went in with Jesus into the palace of the high priest;शिमोन पत्रुस र येशूका अर्को चेला उहाँसंगै गए। ती चेलाले प्रधान पूजाहारीलाई चिनेका थिए। यसर्थ उनी येशूसंग प्रधान पूजाहारीको घरको प्रांगणभित्र गए।
16 but Peter stood at the door without. The other disciple therefore, who was known to the high priest, went out and spoke to the porteress and brought in Peter.तर पत्रुस बाहिरै ढोका नजिक बस्यो। ती चेला जसले प्रधान पूजाहारीलाई चिन्यो र बाहिर आयो। उनी त्यस केटीसंग बोले जसले मानिसहरूलाई ढोका खोलिदिई। तब उसले पत्रुसलाई भित्र ल्याए।
17 The maid therefore, who was porteress, says to Peter, Art thou also of the disciples of this man? He says, I am not.द्वारपाल केटीले पत्रुसलाई भनी, “तिमी पनि त्यस मानिसको चेलाहरू मध्ये एक हौ?”पत्रुसले जवाफ दियो, “अहँ, म होइन।”
18 But the bondmen and officers, having made a fire of coals (for it was cold), stood and warmed themselves; and Peter was standing with them and warming himself.जाडोको दिन थियो। यसैले नोकहररू र द्वारापालहरूले आगोको भुड्ग्रो बनाए। तिनीहरू आगोको वरिपरि उभिंदै आफूलाई न्यानो पारिरहेका थिए। पुत्रस पनि तिनीहरूसंगै उभिइरहेका थिए।
19 The high priest therefore demanded of Jesus concerning his disciples and concerning his doctrine.प्रधान पूजाहारीले येशूलाई उनका चेलाहरू र उनको शिक्षाको विषयमा सोधे।
20 Jesus answered him, I spoke openly to the world; I taught always in [the] synagogue and in the temple, where all the Jews come together, and in secret I have spoken nothing.येशूले उत्तर दिनुभयो, “म सधैं सबै मानिसहरूसंग खुल्लम-खुल्ला बोलेको छु। मैले संधैं सभा-घर र मन्दिरको क्षेत्रमा जहाँ सबै यहूदीहरू भेला हुन्छन् खुल्लम-खुल्ला शिक्षा दिएकोछु। मैले कहिले पनि कुनै कुरो गुप्त राखिनँ।
21 Why demandest thou of me? Demand of those who have heard, what I have spoken to them; behold, they know what I have said.यसर्थ किन प्रश्न गर्नुहुन्छ? जस जसले मेरो शिक्षा सुनेकाछन् ती मानिसहरूलाई सोध्नु होस्। मैले के भने तिनीहरू निश्चय जान्दछन्।
22 But as he said these things, one of the officers who stood by gave a blow on the face to Jesus, saying, Answerest thou the high priest thus?जब येशूले त्यसो भन्नुभयो, एकजना द्वारपालले, जो नजिकै उभिइरहेको थियो उहाँलाई हिर्कायो। त्यस द्वारपालले भन्यो, “तैले प्रधान पुजाहारीसंग त्यसरी बात गर्ने होइन।”
23 Jesus answered him, If I have spoken evil, bear witness of the evil; but if well, why smitest thou me?येशूले उत्तरमा भन्नुभयो, “यदि मैले केही गल्ती भनेको भए, यहाँ जो मानिसहरू छन् तिनीहरूको सामुन्ने प्रमाण गर के भूल छ। यदि मैले सही कुराहरू गरे भने, मलाई तिमी किन हिर्काउँछौ?”
24 Annas [then] had sent him bound to Caiaphas the high priest.तब अनासले येशूलाई कैयाफा प्रधान पूजाहारीकहाँ पठाए। त्यसबेला सम्म येशू बाँधिएकै हुनुहुन्थ्यो।
25 But Simon Peter was standing and warming himself. They said therefore to him, Art thou also of his disciples? He denied, and said, I am not.शिमोन पत्रुस आगोको छेउमा आफूलाई न्यानो पार्दै उभिरहेको थियो। केही मानिसहरूले पत्रुसलाई भने, “तिमी त्यस मान्छेको चेलाहरू मध्ये एक हौ?”तर पत्रुसेल अस्वीकार गर्दै भन्यो, “अहँ, म होइन।”
26 One of the bondmen of the high priest, who was kinsman of him whose ear Peter cut off, says, Did not I see thee in the garden with him?प्रधान पूजाहारीको एकजना नोकर त्यहाँ थियो। त्यो नोकर त्यस मान्छेको आफन्त थियो जसको कान पत्रुसले काटेको थियो। नोकरले भन्यो, “तिमीलाई उसंग मैले बगैंचामा देखेको होइन?”
27 Peter denied therefore again, and immediately [the] cock crew.तर फेरि पत्रुसले भन्यो, “अहँ! म उनीसंग थिइनँ।” अनि त्यहीबेला भाले बास्यो।
28 They lead therefore Jesus from Caiaphas to the praetorium; and it was early morn. And *they* entered not into the praetorium, that they might not be defiled, but eat the passover.त्यसपछि यहूदीहरूले येशूलाई कैयाफाबाट लिएर रोमी राज्यपालको महलतर्फ गए। यो बिहानी पख थियो। यहूदीहरू महलभित्र पसेनन्। तिनीहरू आफूले आफूलाई अशुद्ध राख्न चाहेनन् किनभने तिनीहरूले निस्तार चाडको भोज खानु थियो।
29 Pilate therefore went out to them and said, What accusation do ye bring against this man?यसर्थ पिलातस बाहिर निस्केर यहूदीहरूलाई सोधे, “यस मानिसको विरुद्धमा तिमीहरूले के आरोप लगाएकोछौ?”
30 They answered and said to him, If this [man] were not an evildoer, we should not have delivered him up to thee.यहूदीहरूले भने, “यो अपराधी हो, यसकारण तपाईंको समक्ष ल्याएका छौं।”
31 Pilate therefore said to them, Take him, ye, and judge him according to your law. The Jews therefore said to him, It is not permitted to us to put any one to death;पितालसले यहूदीहरूलाई भने, “तिमीहरू यिनलाई आफै लैजाऊ अनि तिमीहरूकै व्यवस्था अनुसार न्याय गर।”यहूदीहरूले भने, “तर तपाईंको कानुनले कुनै मानिसलाई मृत्यु दण्ड दिन हामीलाई अनुमति दिंदैन।”
32 that the word of Jesus might be fulfilled which he spoke, signifying what death he should die.(यस्तो भयो ताकि येशूले कस्तो मृत्युवरण गर्ने उहाँको वचन पुरा हुन सक्थ्यो।”)
33 Pilate therefore entered again into the praetorium and called Jesus, and said to him, Thou art the king of the Jews?त्यसपछि पिलातस महलभित्र फर्के। पिलातसले येशूलाई बोलाएर सोध, “तिमी यहूदीहरूका राजा हौ?”
34 Jesus answered [him], Dost thou say this of thyself, or have others said it to thee concerning me?येशूले भन्नुभयो, “यो तपाईंको आफ्नै प्रश्न हो कि अरूले तपाईंलाई मेरो विषयमा सोध्नु लगाएको हो?”
35 Pilate answered, Am I a Jew? Thy nation and the chief priests have delivered thee up to me: what hast thou done?पिलातसले भने, “म यहूदी होइन! तिम्रै मानिस र तिनीहरूका मुख्य पूजाहारीहरूले तिमीलाई मलाई सुम्पिए। तिमीले के भूल गरेका छौ?”
36 Jesus answered, My kingdom is not of this world; if my kingdom were of this world, my servants had fought that I might not be delivered up to the Jews; but now my kingdom is not from hence.येशूले भन्नुभयो, “मेरो राज्य यस संसारको होइन। यदि म यस संसारको हुँदो हुँ तब मेरा सेवकहरूले मलाई यहूदीहरूको हातमा पर्नुबाट बचाउनुका निम्ति लडाँई गर्ने थिए। तर मेरो राज्य भिन्दै जग्गाको हो।”
37 Pilate therefore said to him, Thou art then a king? Jesus answered, Thou sayest [it], that I am a king. I have been born for this, and for this I have come into the world, that I might bear witness to the truth. Every one that is of the truth hears my voice.पिलातसले भने, “यसर्थ तिमी एक राजा हौ?” येशूले उत्तर दिनुभयो, “तिमीले भन्यौ म राजा हुँ। त्यो सत्य हो। सत्यको साक्षीको लागि म जन्मेको थिए। त्यसैकारणले गर्दा म संसारमा आएको हुँ। अनि प्रत्येक मानिस जो सत्यको पक्षमा छ, मेरो कुरा सुन्दछ।”
38 Pilate says to him, What is truth? And having said this he went out again to the Jews, and says to them, I find no fault whatever in him.पिलातसले भने, “सत्य के हो?” पिलातसले त्यसो भने पछि तिनी फेरि बाहिर यहूदीहरूकहाँ गए अनि भने, “मैले यस मानिसमाथि आरोप लगाउन केही दोष पाइन ।
39 But ye have a custom that I release [some] one to you at the passover; will ye therefore that I release unto you the king of the Jews?तिमीहरूको एक रीति अनुसार मैले तिमीहरूको निस्तार चाडको समयमा एक जना कैदीलाई मुक्ति दिनुछ। तिमीहरू यस ‘यहूदीहरूको राजालाई’ मुक्ति दिओस् भनेर चाहनेछौ?”
40 They cried therefore again all, saying, Not this [man], but Barabbas. Now Barabbas was a robber.यहूदीहरूले फेरि चिच्याउदै भने, “अहँ, यसलाई होइन! बारब्बालाई मुक्त गरियोस्।” (बारब्बा एक डाकू थिए।)
Nepali Bible