योएल 1:2 in Nepali

नेपाली नेपाली बाइबल योएल योएल 1 योएल 1:2

Joel 1:2
हे अगुवाहरु हो यो वचन सुन! हे यो देशका सबै बासिन्दाहरु हो! तिमीहरु मेरो कुरामा ध्यानदेऊ। के तिमीहरुको जीवनकालमा पहिला कहिले यस्तो भएको थियो? होइन! के तिमिहरुका पिता-पुर्खाहरुको समयमा कहिले यस्तो घटना घटेको थियो? होइन!

Joel 1:1Joel 1Joel 1:3

Joel 1:2 in Other Translations

King James Version (KJV)
Hear this, ye old men, and give ear, all ye inhabitants of the land. Hath this been in your days, or even in the days of your fathers?

American Standard Version (ASV)
Hear this, ye old men, and give ear, all ye inhabitants of the land. Hath this been in your days, or in the days of your fathers?

Bible in Basic English (BBE)
Give ear to this, you old men, and take note, you people of the land. Has this ever been in your days, or in the days of your fathers?

Darby English Bible (DBY)
Hear this, ye old men, and give ear, all ye inhabitants of the land. Hath this been in your days, or even in the days of your fathers?

World English Bible (WEB)
Hear this, you elders, And listen, all you inhabitants of the land. Has this ever happened in your days, Or in the days of your fathers?

Young's Literal Translation (YLT)
Hear this, ye aged ones, And give ear, all ye inhabitants of the land, Hath this been in your days? Or in the days of your fathers?

Hear
שִׁמְעוּšimʿûsheem-OO
this,
זֹאת֙zōtzote
ye
old
men,
הַזְּקֵנִ֔יםhazzĕqēnîmha-zeh-kay-NEEM
ear,
give
and
וְהַֽאֲזִ֔ינוּwĕhaʾăzînûveh-ha-uh-ZEE-noo
all
כֹּ֖לkōlkole
ye
inhabitants
יוֹשְׁבֵ֣יyôšĕbêyoh-sheh-VAY
of
the
land.
הָאָ֑רֶץhāʾāreṣha-AH-rets
this
Hath
הֶהָ֤יְתָהhehāyĕtâheh-HA-yeh-ta
been
זֹּאת֙zōtzote
in
your
days,
בִּֽימֵיכֶ֔םbîmêkembee-may-HEM
even
or
וְאִ֖םwĕʾimveh-EEM
in
the
days
בִּימֵ֥יbîmêbee-MAY
of
your
fathers?
אֲבֹֽתֵיכֶֽם׃ʾăbōtêkemuh-VOH-tay-HEM

Cross Reference

होशे 5:1
“हे पूजाहारीहरू! हे इस्राएलका कुलहरू! तथा राजाका कुल हो! मेरो कुरा ध्यान दिएर सुन, किनभने न्यायको फैसला तिमीहरूको विरूद्धमा छ।“किनभने तिमीहरू मिस्पामा पासो र ताबोरका जाल भएकाछौ।

योएल 2:2
त्यो दिन अन्धकार उदासी दिन हुनेछ। त्योदिन धेरै अँध्यारो र बादलले ढाकेको हुनेछ। तिमीहरु विशाल र शक्तिशाली मानिसहरु पर्वतमा अन्धकार झैं फैलिंदै गरेको देख्ने छौ। तिनीहरु जस्ता धेरै संख्यामा मानिसहरु पहिले त्यहाँ कहिल्यै पनि आएका थिएनन् अनि न त भबिष्यमा यस्तो हुनेछ।

अय्यूब 8:8
बूढा-प्रधानहरूलाई सोधखोज गर, तिनीहरूका पिता-पुर्खाहरूले के सिके।

मत्ती 13:9
उ जसले सुन्न सक्छ मेरो कुरा सुन।’

यर्मिया 30:7
हाय! त्यो आउने समय कति डरलाग्दो हुनेछ! कुनै समय पनि त्यस्तो डरलाग्दो हुने छैन। याकूबको निम्ति यो अनि दुखको दिन हुनेछ, तर याकूबलाई बचाइनेछ।

आमोस 5:1
हे इस्रएल, यी शोक गीतहरु सुन जुन मैले तिनीहरुको बारेमा गाउँछु।

मीका 1:2
हे जाति-जातिका मानिसहरु हो! तिमीहरु सबैले सुन, हे पृथ्वी र त्यसमा बस्ने मानिसहरु सुन। मेरो मालिक, परमप्रभु उहाँको पवित्र मन्दिरबाट आउँदै हुनुहुन्छ। मेरो मालिक तिमीहरुको बिरुद्धमा एकजना साक्षी भई आउँनु हुनेछ।

मीका 3:1
फेरि मैले भनें, “हे याकूबका अगुवाहगरु, अब सुन्। इस्राएलको शासकहरु तिमाहरुले न्याय के हो सो जान्नु पर्छ।

मीका 3:9
हे याकुबका अगुवाहरु, इस्राएलका शासकहरु, तिमीहरु मेरो कुरा सुन। तिमीहरु न्यायलाई घृणा गर्दछौ। यदि कुनै वस्तु बाटोमा छ भने, तिमीहरुले त्यसलाई बाङ्गो पारिदिन्छौ।

मत्ती 24:21
किन? किनभने त्यसबेला अत्यन्त दुख हुनेछ।सृष्टिको शुरू भएदेखि अहिलेसम्म संसारमा यस्तो दुख भएको थिएन। पछि कहील्यै पनि भविष्यमा यस्तो दुख आइपर्ने छैन।

प्रकाश 2:7
“स्मर्नाको मण्डलीका स्वर्गदूतलाई यो लेख“तिनी एक जो आदी अनि अन्त हुन् तिमीहरुलाई यो कुरा भन्दैछन्।

आमोस 4:1
हे सामरियाको डाँडामा बस्ने गाईहरुहो, मेरो वचन सुन। तिमीले गरीब मानिसलाई दुःख दियौ र दरिद्रहरुलाई कुल्चियौ। तिमीहरुले आफ्ना पतिहरुलाई भन्छौ,“हामीहरुलाई नयाँ दाखरस पिउनको निम्ति ल्याऊ।”

आमोस 3:1
हे इस्राएलीहरुहो! यो समचार जो परमप्रभुले मिश्रबाट उहाँले ल्याउनु भएका तिम्रा परिवार र तिमीहरुको विरुद्ध भन्नु भएकोछ।

अय्यूब 12:12
हामी भन्छौ, ‘ज्ञान बूढापाकाहरूमा नै पाइन्छ लामो जीवनले बुद्धि ल्याउँछ।’

अय्यूब 15:10
केश सेतै पाकेका बूढा-पाकाहरू हामीसँग सहमत छन्। हो, तिम्रा बाबु भन्दा जेठा मानिसहरू हाम्रो पक्षमा छन।

अय्यूब 21:7
किन पापीहरू दीर्धायु हुन्छ? किन तिनीहरू बूढा हुन्छन र सफल हुन्छन?

भजनसंग्रह 49:1
तिमीहरू सबै जाति-जातिहरू यसलाई ध्यान दिएर सुन। पृथ्वीमा भएका सबै मानिसहरू यसलाई ध्यान दिएर सुन।

यशैया 7:17
तर तिमी परमप्रभुसित डराउनु पर्छ। किन? किनभने परमप्रभुले केही संकटको समय तिमीमाथि पार्नुहुनेछ। ती संकटहरू एप्रैम यहूदाबाट छुट्टिएको समयको संकट जस्तै तिम्रा अनि तिम्रा बुबाका मानिसहरूकहाँ आउनेछन्। परमेश्वरले के गर्नु हुनेछ? परमेश्वरले अश्शूरका राजालाई तिमीसित लडाँई गराउन ल्याउनु हुनेछ।

यशैया 34:1
सारा जाति जातिका मानिसहरू हो नजिकै आओ र ध्यान दिएर सुन्। तिमीहरू सबैले एकदम ध्यान दिएर सुन्नुपर्छ। पृथ्वीमाथि भएका सबै मानिसहरूले यी कुराहरू सुन्नुपर्छ।

यर्मिया 5:21
यो सन्देश सुन ‘तिमी मूर्ख मानिसहरूसँग चेत नै छैन्, तिमीहरूका आँखाहरू छन् तर तिमीहरू देख्दैनौ। तिमीहरूका कानहरू छन् तर तिमीहरू सुन्दैनौ।”‘

दानियल 12:1
“त्यस समयमा प्रमुख र्स्वगदूत माइकल तिम्रा मानिसहरूको रक्षक खडा हुनेछ। त्यस समयमा दुखहरू र संकटहरू हुनेछन्। यस्तो संकट तिनीहरूमाथि तिनीहरू संयुक्त भएदेखि यता कहिल्यै आएको थिएन। तर त्यसै बेला तिम्रा मानिसहरू, जसको नाउँ यस पुस्तकमा लेखिएकोछ, मुक्त गरिनेछन्।

होशे 4:1
हे इस्राएलका मानिसहरू! परमप्रभुको सन्देश सुन। परमप्रभुले यस देशमा बस्ने मानिसहरूलाई आफ्नो तर्क राख्नुहुन्छ, “यस देशमा मानिसहरूले साँचो अर्थमा परमेश्वरलाई चिन्दैनन्। परमेश्वर प्रति सत्य र निष्ठावान पटक्कै छैनन्।

योएल 1:14
उपवासको समय निश्चित गर। विशेष सभाका निम्ति मानिसहरुलाई बोलाऊ। सभामा अगुवाहरु र यो देशका सबै बासिन्दाहरुलाई भेला गराऊ। उनीहरुलाई परमप्रभु तिमीहरुका परमेश्वरको भवनमा ल्याऊ अनि परमप्रभुलाई पुकार गर।

व्यवस्था 4:32
“अतीतमा यस्तो कुनै महाकार्य भएको थियो? कहिल्यै पनि भएन। तिमीहरू जन्मनु अघिको कुराहरूलाई नियालेर हेर। सृष्टिकालको अवस्थालाई सम्झ जुन समयमा परमेश्वरले मानिस-जातिको सृष्टि गर्नु भयो। संसारमा भएको सबै कुराहरूलाई गहिरो प्रकारले नियालेर हेर, यो भन्दा महान् कार्य कहिल्यै कतै घटेको कसैले सुनेको छ? छैन!