Jeremiah 23:17
कतिपय मानिसहरूले परमेश्वरबाट आएको सन्देशलाई उपेक्षा गर्दछन्। अत ती अगमवक्ताहरूले ती मानिसहरूलाई बेग्ला बेग्लै सन्देश दिन्छन्। तिनीहरूले मलाई जसले निन्दा गर्छन् तिनीहरूलाई भन्छन्, ‘परमप्रभुले भन्नुहुन्छ, ‘तिमीले शान्ति पाउँछौ।’ तिनीहरूले ज-जसको हृदय कठोर छ तिनीहरूलाई भन्छन्, ‘तिमीहरूमाथि अनिष्ट हुने छैन्।’
Jeremiah 23:17 in Other Translations
King James Version (KJV)
They say still unto them that despise me, The LORD hath said, Ye shall have peace; and they say unto every one that walketh after the imagination of his own heart, No evil shall come upon you.
American Standard Version (ASV)
They say continually unto them that despise me, Jehovah hath said, Ye shall have peace; and unto every one that walketh in the stubbornness of his own heart they say, No evil shall come upon you.
Bible in Basic English (BBE)
They keep on saying to those who have no respect for the word of the Lord, You will have peace; and to everyone who goes on his way in the pride of his heart, they say, No evil will come to you.
Darby English Bible (DBY)
They say constantly unto them that despise me, Jehovah hath said, Ye shall have peace. And they say unto every one that walketh in the stubbornness of his heart, No evil shall come upon you.
World English Bible (WEB)
They say continually to those who despise me, Yahweh has said, You shall have peace; and to everyone who walks in the stubbornness of his own heart they say, No evil shall come on you.
Young's Literal Translation (YLT)
Saying diligently to those despising The word of Jehovah: Peace is for you, And `to' every one walking in the stubbornness of his heart they have said: Evil doth not come in unto you.
| They say | אֹמְרִ֤ים | ʾōmĕrîm | oh-meh-REEM |
| still | אָמוֹר֙ | ʾāmôr | ah-MORE |
| unto them that despise | לִֽמְנַאֲצַ֔י | limĕnaʾăṣay | lee-meh-na-uh-TSAI |
| Lord The me, | דִּבֶּ֣ר | dibber | dee-BER |
| hath said, | יְהוָ֔ה | yĕhwâ | yeh-VA |
| Ye shall have | שָׁל֖וֹם | šālôm | sha-LOME |
| peace; | יִֽהְיֶ֣ה | yihĕye | yee-heh-YEH |
| say they and | לָכֶ֑ם | lākem | la-HEM |
| unto every one | וְ֠כֹל | wĕkōl | VEH-hole |
| walketh that | הֹלֵ֞ךְ | hōlēk | hoh-LAKE |
| after the imagination | בִּשְׁרִר֤וּת | bišrirût | beesh-ree-ROOT |
| heart, own his of | לִבּוֹ֙ | libbô | lee-BOH |
| No | אָֽמְר֔וּ | ʾāmĕrû | ah-meh-ROO |
| evil | לֹֽא | lōʾ | loh |
| shall come | תָב֥וֹא | tābôʾ | ta-VOH |
| upon | עֲלֵיכֶ֖ם | ʿălêkem | uh-lay-HEM |
| you. | רָעָֽה׃ | rāʿâ | ra-AH |
Cross Reference
मीका 3:11
यरूशलेमका न्यायधीशहरुले घुस लिएर न्याय गर्छन्। यरूशलेमका पूजहारीहरुले ज्यानलिएर ब्यावस्था सिकाउँछन्। मानिसहरुले अगमवक्ताहरुलाई पैसा दिनुपर्दथ्यो, अनि मात्र उनीहरुले कुनै दण्ड पाउँदैनथिए। उनीहरुले सोच्थे, परमप्रभुले उनीहरुलाई बँचाउँछन् अनि भन्छन्, “परमप्रभुले हामीलाई साथ दिनुहुन्छ, यसैकारण हामीमाथि कुनै बिपत्ति आउन सक्दैन।”
यर्मिया 13:10
यी दुष्ट मानिसहरूले मेरा वचनहरू सुन्न अस्वीकार गर्छन। तिनीहरू हठी छन्। तिनीहरू अन्य देवताहरूको अनुसरण गर्छन र तिनीहरूको पूजा गर्छन्। ती मानिसहरू पटुका झैं नष्ट हुनेछन्।
आमोस 9:10
मेरा मानिसहरु मध्येका पापीहरु तरवारले मारिन्छन्। तिनीहरुले भन्दैछन्, ‘हामीमा नराम्रो आउनेछैन।’ अथवा हामीलाई जित्ने छैनन्।”
यर्मिया 8:11
मेरो मानिसहरूका गहिरो घाउहरूलाई तिनीहरूले केही जस्तो मानेनन्। तिनीहरू भन्छन्, ‘यो ठीकै छ, प्रत्येक कुरो नै ठीकै छ।’ तर वास्तवमा केही पनि ठीक छैन।
यर्मिया 3:17
त्यस समयमा तिनीहरूले यरूशलेमलाई ‘परमप्रभुको सिंहासन’ भनी स्वीकार्ने छन्। परमप्रभुको सम्मान दिनलाई सबै राजाहरू यरूशलेममा आउनेछन्। तिनीहरूले आफ्नो अट्टेरी दुष्ट हृदयलाई अब उसो मान्ने छैनन्।
यर्मिया 5:12
“तर तिनीहरूले परमप्रभुलाई अस्वीकार गरे विषयमा भने, ‘परमप्रभुले हामीलाई केही गर्नु हुने छैन। कुनै नराम्रो घटना घटने छैन। हामीले युद्ध देख्नु पर्ने हामी भोकै बस्नु पर्नेछ।’
यर्मिया 6:14
अगमवक्ताहरू र पूजाहारीहरूले तिनीहरूका घाउहरूमा मलमपट्टी गर्नु पर्छ। तर तिनीहरूले ती घाऊहरूलाई कोट्याको जस्तो मात्र ठाने। तिनीहरू भन्छन्, ‘प्रत्येक कुरो ठीक छ’ अनि प्रत्येक जग्गामा शान्ति छ, जब कि त्यहाँ शान्ति छैन।’
यर्मिया 9:14
यहूदाका मानिसहरूले आफ्नै तरिकाको जीवन शैली लिए। तिनीहरू हठी थिए। तिनीहरूले तिनीहरूका पिता-पुर्खाहरूले जो सिकाएका थिए त्यही बाललाई पूजा गरे।”
यर्मिया 18:18
तब यर्मियाका शत्रुहरूले भने, “यर्मियाको विरूद्ध योजनाहरू तैयार गरौं। पूजाहारीले दिएको व्यवस्था अथवा ज्ञानीबाट पाइएको सल्लाह अथवा अगमवक्ताको सन्देश नाश हुनेछैन। यसकारण उसको बारेमा झूटा कुराहरू प्रचार गरौं ताकि ऊ नाश होस्। उसले भनेको कुराहरू प्रति ध्यान नदिऊँ।”
इजकिएल 13:10
“ती झूटो अगमवक्ताहरूले घरिघरि मानिसहरूसँग झूटो भने। अगमवक्ताहरूले भने शान्ति हुन्छ अनि त्यहाँ कुनै शान्ति भएन। मानिसहरूको पर्खाल दृढ गर्नेुछ अनि युद्धको तयारी गर्नुछ। तर भत्केको पर्खालमा एउटा पातको तरह लेप लगाइरहेछन्।
इजकिएल 13:22
“‘स्त्री अगमवादिनीहरू तिमीहरू झूटो बोल्छौ। तिम्रो झूटले राम्रो मानिसहरूलाई दुख पुर्याउँछ म ती राम्रो मानिसहरूलाई दुख दिन चाहँदिन। तिमी नराम्रो मानिसलाई सहायता गर्छौ अनि तिनीहरूलाई उत्साहित पार्छौ। तिमी तिनीहरूलाई आफ्नो जीवन बदलि गर भन्दैनौ। तिमी तिनीहरूको जीवन रक्षा गर्दैनौ।
मीका 3:5
परमप्रभु झूटा अगमवक्ताहरुको विषयमा भन्नुहुन्छ जसले मेरा मानिसहरुलाई पाप गर्न लगाए । ‘यदि मानिसहरुले यी झूटो अगमवक्ताहरुलाई खान दिए भने, ‘तिमीहरुलाई शान्ति होस्’ भन्दछन्, यदि ती मानिसहरुले खान दिएनन् भने तिनीहरुको विरूद्ध सेनाहरु भड्काउँछन्।
जकरिया 10:2
मानिसहरूले तिनीहरू सानो मूर्ति अनि तन्त्र-मन्त्र भविष्यमा के हुने हो भनि जान्न प्रयोग गर्छन्! तर त्यो सब ब्यार्थ हुनेछ। तिनीहरूले झूटो चीज देख्छन्, तिनीहरूले झूटो सपना भन्छन्। तर ती सबै झूटो हुनेछ। यसकारण, मानिसहरू भेडाहरू जस्तै सहायताको निम्ति यता उता भट्की हिंड्छन्। तर तिनीहरूलाई बाटो देखाउँने कुनैं गोठालो हुँदैन।
व्यवस्था 29:19
“कुनै मानिसले यी सरापहरू सुन्न सएछ आफूलाई सजिलो ठान्दै भन्छ, ‘म जे गर्दौछु गर्दै लानेछु मसित कुनै अनिष्ट हुने छैन। त्यस मानिसले आफूलाई मात्र नष्ट गर्दैन तर प्रत्येकलाई यहाँसम्म राम्रा मानिसहरूलाई पनि गर्छ।
गन्ती 11:20
तिमीहरूले महीना भरि मासु खाने छौ। तिमीहरूले मासु खाने छौ जब सम्म तिमीहरू यसको लागि बिमार हुनेछौ। तिमीहरूलाई यस्तो हुनेछ किनभने तिमीहरूले परमप्रभुको विरूद्ध आरोप लगायौ। परमप्रभु तिमीहरूको माझमा रहनुहुन्छ अनि तिमीहरूलाई के आवश्यक छ जान्नु हुन्छ। तर रोयौ अनि उहाँलाई आरोप लगायौ तिमीहरूले भन्यो हामी किन मिश्रमा सदा रहेनौ?”‘
1 थिस्सलोनिकी 4:8
यसकारण जसले यो शिक्षालाई मान्नु अस्वीकार गर्छ उसले परमेश्वरलाई मान्नु अस्वीकार गर्छ, मान्छेलाई होइन। परमेश्वर तिमीहरूलाई आफ्नो पवित्र आत्मा दिनुहुन्छ।
1 शमूएल 2:30
“परमप्रभु इस्राएलका परमेश्वरले प्रतिज्ञा गर्नुभयो तँ अनि तेरा पिताको सन्तानले सदा-सर्वदा मेरो सेवा गर्नेछन्। तर परमप्रभु अब यसो भन्नुहुन्छ, ‘यस्तो कहिले हुँदैन! मलाई जसले सम्मान गर्छन् म तिनीहरूको सम्मान गर्छु। तर जसले मेरो अनादर गर्छ ऊ अपमानित हुनेछ।
2 शमूएल 12:10
यसकारण तरवारले तिम्रा परिवारका कसैलाई त्यही गति बनाउने छ। तिमीले उरियाहकी पत्नी लग्यौ। यसरी नै थाहा हुन्छ मेरो कुनै वास्तानै गरेनौ।’
यशैया 3:10
धर्मी मानिसहरूलाई भन, “तिनीहरूको लागि राम्रो कुराहरू हुनेछन्। तिनीहरूले गरेको राम्रो कार्यको लागि पुरस्कार पाउँनेछन्।
यशैया 57:21
“दुष्ट मानिसहरूलाई त्यहाँ शान्ति छैन।”
यर्मिया 4:10
तब मैले भने, “हे परमप्रभु मेरो मालिक! तपाईंले साँच्चै यहूदा र यरूशलेमका मानिसहरूलाई धोका दिनुभयो। तपाईंले भन्नुभएको थियो, ‘तिमीहरूले शान्ति पाउनेछौ।’ तर तिनीहरूकै घाँटीहरूमा तरवारले हानियो!”
यर्मिया 7:24
“तर तिमीहरूका पिता-पुर्खाहरूले मेरो कुराको वास्ता गरेनन्। तिनीहरू हठी थिए अनि तिनीहरूको दुष्ट हृदयले जे मन परायो त्यही गरे। तिनीहरू अघि बढेनन वरू पछि सरे।
यर्मिया 14:13
तर मैले परमप्रभुलाई भनें, “हे परमप्रभु मेरो मालिक! अगमवक्ताहरूले तिनीहरूलाई भन्छन्, ‘तिमीहरूलाई शत्रुहरूको तरवारले चोट लाग्ने छैन। तिमीहरू अनिकाल ग्रस्त हुनेछैनौ। परमप्रभुले तिमीहरूलाई यस भूमिमा शान्ति प्रदान गर्नु हुनेछ।”‘
यर्मिया 28:3
दुइ वर्ष बित्दा नबित्दै म बाबेलका राजा नबूकदनेस्सरले परमप्रभुको मन्दिरबाट जति सरसामानहरू लगेका थिए ती सबै फर्काई ल्याउनेछु।
विलाप 2:14
तेरा अगमवक्ताहरूले तेरोलागि केहि देखेका थिए। तर उनीहरूको दर्शनहरू झूटो थियो। सुधारका निम्ति तिनीहरूले तेरो दोष देखाएनन। तिनीहरूले तेरो विषयमा प्रचार गरे तर तिनीहरूले तँलाई शुद्ध मूर्ख बनाए।
इजकिएल 13:15
अब म पर्खालमाथि अनि मानिसहरूमाथि मेरो क्रोध छाडिदिनेछु जसले यसलाई लेप लगाए। तब तिमीलाई भन्नेछु, ‘अब कुनै पर्खाल रहेन र कुनै मजदूरले यसमाथि लेप लगाउनेछैन्।’
मलाकी 1:6
सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “नानीहरूले तिनीहरूका बाबुहरूलाई आदर गर्दछन्। सेवकहरूले तिनीहरूको मालिकहरूलाई सम्मान गर्छन्। म तिमीहरूको बाबु हुँ,यसकारण तिमीहरूले मलाई किन सम्मान गर्दैनौं? म तिमीहरूकोमालिक हुँ, यसकारण तिमीहरू किन मलाई सम्मान गर्दैनौ? पूजाहारीहरू तिमीहरूले मेरो नाउँलाई सम्मान गर्दैनौ।”तर तिमीहरू भन्छौ, “हामीहरूले के गर्यौं? जो तपाईंले भन्नु हुन्छ हामीले तपाईंको सम्मान गरेनौं।”
लूका 10:16
“उ जसले तिमीलाई सुन्छ भने मलाई सुनेको हुन्छ।तर उ जसले तीमीलाई अस्वीकार गर्छ, मलाइ ग्रहण गर्न अस्वीकार गरेको हुन्छ। अनि जसले मलाई ग्रहण गर्न अस्वीकार गर्छ, त्यसले उहाँ एक जसले मलाई पठाउन भयो, उहाँलाई अस्वीकार गरेको हुन्छ।”
सपन्याह 1:12
“त्यस समय, म एउटा लिएर यरूशलेममा गएर खोज्नेछु। म ती सबैलाई खोज्नेछु जो आफ्नो तरीकाले बाँच्नमा सन्तुष्ट छन्। उनीहरू भन्छन्, ‘परमप्रभुले केही गर्नुहुन्न। उहाँले न त सहायता नै गर्नु हुन्छ न चोट नै पुर्याउनु हुन्छ।’ म तिनीहरूको खोजि गर्नेछु, उहाँले ती सबैलाई दण्ड दिनु हुन्छ।