Isaiah 48:2 हो, तिनीहरू पवित्र शहरका नागरिकहरू हुन्। तिनीहरू इस्राएलका परमेश्वरमाथि आश्रित छन्। उहाँको नाउँ सेनाहरूका परमेश्वर नै हो।
Isaiah 48:2 in Other Translations
King James Version (KJV) For they call themselves of the holy city, and stay themselves upon the God of Israel; The LORD of hosts is his name.
American Standard Version (ASV) (for they call themselves of the holy city, and stay themselves upon the God of Israel; Jehovah of hosts is his name):
Bible in Basic English (BBE) For they say that they are of the holy town, and put their faith in the God of Israel: the Lord of armies is his name.
Darby English Bible (DBY) For they are named after the holy city, and stay themselves upon the God of Israel: Jehovah of hosts is his name.
World English Bible (WEB) (for they call themselves of the holy city, and stay themselves on the God of Israel; Yahweh of Hosts is his name):
Young's Literal Translation (YLT) For from the Holy City they have been called, And on the God of Israel been supported, Jehovah of Hosts `is' His name.
Read Full Chapter :
Isaiah 48
Cross Reference
मीका 3:11
यरूशलेमका न्यायधीशहरुले घुस लिएर न्याय गर्छन्। यरूशलेमका पूजहारीहरुले ज्यानलिएर ब्यावस्था सिकाउँछन्। मानिसहरुले अगमवक्ताहरुलाई पैसा दिनुपर्दथ्यो, अनि मात्र उनीहरुले कुनै दण्ड पाउँदैनथिए। उनीहरुले सोच्थे, परमप्रभुले उनीहरुलाई बँचाउँछन् अनि भन्छन्, “परमप्रभुले हामीलाई साथ दिनुहुन्छ, यसैकारण हामीमाथि कुनै बिपत्ति आउन सक्दैन।”
यशैया 10:20
त्यस बेला, इस्राएलमा छाडिएर बसेका याकूब परिवारका मानिसहरूले, जसले तिनीहरूलाई कुट्दछन् त्यस मानिसमा नै आफूलाई आश्रित पारी राख्ने छैनन्। तिनीहरूले साँचो रूपमा इस्राएलका परम-पवित्र अर्थात परमप्रभु परमेश्वरमाथि आश्रय हुने कुरा सिक्दछन्।
यशैया 52:1
जाग! जाग! हे सियोन! आफै वस्त्र लगाऊ! आफ्नो शक्ति धारण गरेर पवित्र यरूशेलेममा उभ! मानिसहरू जो परमेश्वरको बाटोमा हिंड्न तयार भएनन तिमीहरूकहाँ फेरि प्रवेश गर्नेछैन्। ती मानिसहरू शुद्ध र सफा छैनन्।
रोमी 2:17
तिमी को हौ? तिमी आफैले आफूलाई यहूदी भन्दछौ। तिमी व्यवस्थामा भरोसा गर्छौ अनि आफ्नो परमेश्वरको घमण्ड गर्छौ।
यर्मिया 21:2
पशहूर र सपन्याहले यर्मियालाई भने, “हाम्रा निम्ति परमप्रभुलाई प्रार्थना गरिदेऊ। के हुने छ भनेर परमप्रभुलाई सोधी देऊ। हामी जान्न चाहन्छौ। किनभने बाबेलका राजा नबूकदनेस्सरले हामीलाई आक्रमण गरिरहेछन्। हुनसक्छ उहाँले बितेका दिनहरूमा गर्नु भए जस्तै परमप्रभुले हाम्रो लागि महान कार्यहरू गरिदिनु हुनेछ। हुनसक्छ परमप्रभुले हामीलाई आक्रमण गर्न नबूकदनेस्सरलाई रोक्नु हुनेछ र फर्की जानेछ।”
भजनसंग्रह 87:3
परमेश्वरको शहरका मानिसहरूले तिम्रो विषयमा प्रशंसनीय कुराहरू गर्दछन्।
यशैया 47:4
“मेरा मानिसहरू भन्छन्, “परमेश्वरले हामीलाई बचाउनु हुन्छ। उहाँको नाउँ हो सेनाहरूका परमप्रभु, इस्राएलका परमपवित्र हुनुहुन्छ।”‘
यशैया 51:13
परमप्रभुले तिमीहरूलाई बनाउनु भएको हो। उहाँको आफ्नो शक्तिले पृथ्वी बनाउनु भयो। अनि उहाँको आफ्नो शक्तिले पृथ्वी भरि आकाश फैलाउनु भयो। तर तिमीहरूले उहाँलाई भुल्यौ र उहाँको शक्तिलाई पनि भुल्यौ। यसकारण तिमीहरू क्रोधित मानिससँग डराउँछौ जसले तिमीहरूलाई चोट पुर्याउँछ। ती मानिसहरूले तिमीहरूलाई नाश गर्ने योजना बनाए तर तिनीहरू सबै गए तिनीहरू अब कहाँ छन्।
यशैया 64:10
तपाईंका पवित्र शहरहरू रित्तो छन्। ती शहरहरू उजाड र निर्जन छन्। सियोन निर्जन छ! यरूशलेम ध्वंश भइसक्यो।
यर्मिया 7:4
कतिपय मानिसहरूले झूटो कुराहरू गर्छन त्यो विश्वास नगर। तिनीहरू भन्छन्, “यो परमप्रभुको मन्दिर हो, परमप्रभुको मन्दिर, परमप्रभुको मन्दिर हो।”
यर्मिया 10:16
तर याकूबका परमप्रभु ती मूर्तिहरू जस्ता हुनुहुन्न। परमप्रभुले सबै थोक बनाउनु भयो अनि परमप्रभुले इस्राएल परिवारलाई परमप्रभुले उहाँको आफ्नै मानिसहरू भनी रोज्नु भयो। परमेश्वरको नाउँ “सेनाहरूका परमप्रभु” हो।
न्यायकर्ता 17:13
अनि मीकाले भने, “अब म सम्झन्छु कि परमप्रभु मप्रति भलो हुनुहुनेछ। म यो जान्दछु किनभने मेरो साथमा मेरा पूजाहारी बन्नका निम्ति लेवी कुल समूहका मानिसछन्।”
मत्ती 4:5
त्यसपछि शैतानले येशूलाई पवित्र शहर यरूशलेममा लग्यो। त्यो दुष्टात्माले येशूलाई मन्दिरको गजूरमाथि राख्यो।
मत्ती 27:53
येशू बौरी उठ्नु भए पछि, ती मानिसहरू चिहानबाट बौरी उठे र ती नगरका थुप्रै मानिसहरूकहाँ देखापरे।
यूहन्ना 8:40
म मानिस हुँ जसले परमेश्वरबाट सुनेको सत्य बताएँ। तर तिमीहरू मलाई मार्ने प्रयास गर्छौ। अब्राहमले त्यस्ता कुरा गरेनन्।
प्रकाश 11:2
तर मन्दिर बाहिरको आँगन छोडिदेऊ। त्यसलाई ननाप। त्यो अयहुदीहरुलाई दिइएको छ। तिनीहरु बयालीस महीनासम्म पवित्र नगरमा पाइताला ठटाएर हिँडनेछन्।
प्रकाश 21:2
अनि मैले पवित्र नगरलाई स्वर्ग अनि परमेश्वर तलतिर झरिरहेको देखेँ। यो पवित्र नगर नयाँ यरुशलेम हो। यसलाई आफ्नो पतिको निम्ति सिंगारिएकी दुलही जस्तै बनाइएको थियो।
प्रकाश 22:19
अनि यदि कुनै मानिसले यो पुस्तकको अगमवाणीका वचनहरु हटाउँछ, तब परमेश्वरले जीवनको वृक्ष अनि पवित्र नगरको, जसको बारेमा यस पुस्तकमा लेखिएको छ, त्यस मानिसको अंश हटाइ दिनु हुनेछ।
दानियल 9:24
“तिम्रो जाति र तिम्रो पवित्र शहरको निम्ति सत्तरी हप्ता तोकिएको छ। त्यसपछि विद्रोह थामिनेछ, पापको अन्त हुनेछ, दोषको प्रयाश्चित गरिनेछ। अनन्तको पवित्रता शुरू हुनेछ, दर्शन र भविष्यवाणी अन्त हुनेछ अनि सबै भन्दा पवित्रस्थान पवित्र तुल्याइनेछ।
1 शमूएल 4:3
बाँकी इस्राएली सैनिकहरू फर्केर छाउनीमा पुगे। इस्राएलका बूढा प्रधानले सोधे, “परमप्रभुले पलिश्तीहरूद्वारा हामीलाई किन हराउन दिनुभयो? हामीले शीलोबाट परमप्रभुका करारको सन्दूक उठाएर ल्याऊ। यसो गरेपछि परमेश्वर हामीसँग युद्ध भूमिमा जानुहुनेछ र हामीलाई हाम्रो शत्रुबाट बचाउँनु हुनेछ।”
नहेम्याह 11:1
मानिसका अगुवाहरू यरूशलेममा बसे अनि बाँकी रहेका मानिसहरूले प्रत्येक दशजनामा एकजनालाई यरूशलेममा बस्नका निम्ति ल्याउन चिट्टा लगाए। अनि रहेका दशै अंशमा नौ अंश अन्य शहरूमा बसे।
नहेम्याह 11:18
पवित्र शहर यरूशलेममा भएका समस्त लेवीहरू जम्मा 284। यी यरूशलेममा बस्नेद्वार पालकहरू थिए।
भजनसंग्रह 48:1
परमप्रभु महान् हुनुहुन्छ। उहाँको पवित्र पर्वतमा, मानिसहरूले हाम्रो परमेश्वरको शहरमा अधिक प्रशंसा गर्दछन्।