यशैया 43:27 in Nepali

नेपाली नेपाली बाइबल यशैया यशैया 43 यशैया 43:27

Isaiah 43:27
तिमीहरूका पहिले पिता-पुर्खा पापी थिए। अनि तिमीहरूका वकीलहरूले मेरो विरूद्ध कुराहरू गरे।

Isaiah 43:26Isaiah 43Isaiah 43:28

Isaiah 43:27 in Other Translations

King James Version (KJV)
Thy first father hath sinned, and thy teachers have transgressed against me.

American Standard Version (ASV)
Thy first father sinned, and thy teachers have transgressed against me.

Bible in Basic English (BBE)
Your first father was a sinner, and your guides have gone against my word.

Darby English Bible (DBY)
Thy first father hath sinned, and thy mediators have rebelled against me.

World English Bible (WEB)
Your first father sinned, and your teachers have transgressed against me.

Young's Literal Translation (YLT)
Thy first father sinned, And thine interpreters transgressed against me,

Thy
first
אָבִ֥יךָʾābîkāah-VEE-ha
father
הָרִאשׁ֖וֹןhāriʾšônha-ree-SHONE
hath
sinned,
חָטָ֑אḥāṭāʾha-TA
teachers
thy
and
וּמְלִיצֶ֖יךָûmĕlîṣêkāoo-meh-lee-TSAY-ha
have
transgressed
פָּ֥שְׁעוּpāšĕʿûPA-sheh-oo
against
me.
בִֽי׃vee

Cross Reference

यर्मिया 5:31
अगमवक्ताहरूले झूटो अगमवाणी दिन्छन्। पूजाहारीहरूले आफू खुशी शासन गर्छन अनि मेरा मानिसहरूले त्यसलाई त्यसरी नै मन पराउँछन्। जब अन्त आउँछ तिमीहरूले के गर्नेछौ?”

इजकिएल 16:3
तिमीले भन्नु पर्छ, ‘परमप्रभु मेरो मालिक यरूशलेमका मानिसहरूलाई यो संदेश दिनुहुन्छ, आफ्नो इतिहास हेर। तिमी कनानमा जन्मेका थियौ। तिम्रो बाबु एक एमोरी अनि आमा हित्ती हुन।

यशैया 28:7
अहिले ती अगुवाहरू मातेकाछन्। पूजाहारीहरू र सबै अगमवक्ताहरू सम्पूर्ण रूपले दाखमद्यमा डुबेकाछन् अनि तिनीहरू भ्रमित भएर धर्मराउँछन्।

मलाकी 3:7
तर तिमीहरूले मेरो नियमहरू कहिल्यैपनि पालन गरेनौ। यहाँ सम्म कि तिमीहरूका पिता-पुर्खाहरूले पनि मेरो अनुसरण गरेनन्। मकहाँ आऊ अनि म तिमीहरूकहाँ आउँनेछु।” सर्वशक्तिमान परमप्रभुले यी सबै कुराहरू भन्नुभयो। तिमीहरू भन्छौ, ‘हामीहरू फेरि कसरी फर्कनु?’

मत्ती 15:14
फरिसीहरूलाई छाडिदेऊं। तिनीहरू मानिसहरूलाई अगुवाई त गर्छन्, तर तिनीहरूको अगुवाई एउटा अन्धाले अर्को अन्धलाई डोर्याएको जस्तो हुन्छ। अनि जब एक अन्धाले अर्को अन्धालाई डोर्याउँछ तब दुवै खाल्डामा पर्नेछन्।”

मत्ती 27:1
भोलिपल्ट बिहानै, सबै मुख्य पूजाहारीहरू यहूदी प्रधानहरूले येशूलाई मार्न आपसमा सरसल्लाह गरे।

मत्ती 27:41
मुख्य पुजाहारीहरू, शास्त्रीहरू, र अग्रज यहूदी प्रधानहरू पनि त्यहीं थिए। ती मानिसहरूले पनि येशूको खिल्ली उडाउन थाले।

यूहन्ना 11:49
तिनीहरूमध्ये कयाफा भन्ने एकजना मानिस थिए। उनी त्यस र्वषको प्रधान पूजाहारी थिए। कयाफाले भने, “तिमीहरू केही पनि जान्दैनौ।

प्रेरित 5:17
प्रधान पूजाहारी र उनका साथीहरू (त्यस टोलीलाई सदुकीहरू भनिन्थ्यो) इर्ष्याले भरिए।

प्रेरित 7:51
तब स्तिफनसले भने, “तिमी अट्टेरी यहूदी अगुवाहरू! तिमीहरूले आफ्ना हृदय परमेश्वरलाई दिएका छैनौ! तिमीहरूले उहाँलाई कहिल्यै सुनेनौ! पवित्र-आत्माले तिमीहरूलाई जे भन्नुहुन्छ त्यो तिमीहरूले सधैं विरोध गर्छौ। तिम्रा पुर्खाहरूले त्यसै गरे अनि तिमीहरू उनीहरू जस्तै छौ।

रोमी 5:12
पाप संसारमा एकजना मानिसको कारणले आएको हो। अनि पापसँग मृत्यु पनि आयो। यसैले गर्दा सबै मानिसहरू मर्नै पर्ने भयो, किनभने सबैले पाप गरेका छन्।

मलाकी 2:4
तब तिमीहरूले बुझ्छौ मैले यी आदेश तिमीहरूलाईकिन दिंदैछु? मैले तिमीहरूलाई यी कुराहरू किन बताउँदैछु कारण लेवीहरूसित मेरो करार चलिरहनेछ।” सर्वशक्तिमान परमेश्वले यी सबै कुराहरू भन्नुभयो।

जकरिया 1:4
परमप्रभु भन्नुहुन्छ, “तिमीहरुका पिता-पुर्खाहरु जस्तो नबन बितेका समयमा अगमवक्ताहरु तिनीहरुसित कुरा गर्थे। तिनीहरुले भने, ‘तिमीहरुले आफ्नो नराम्रो कु-कर्महरु छोडिदेऊ।’ तर तिमीहरुका पुर्खाहरुले मेरो एक शब्द पनि सुनेनन्।” परमप्रभुले यो कुरा भन्नुभयो।

मीका 3:11
यरूशलेमका न्यायधीशहरुले घुस लिएर न्याय गर्छन्। यरूशलेमका पूजहारीहरुले ज्यानलिएर ब्यावस्था सिकाउँछन्। मानिसहरुले अगमवक्ताहरुलाई पैसा दिनुपर्दथ्यो, अनि मात्र उनीहरुले कुनै दण्ड पाउँदैनथिए। उनीहरुले सोच्थे, परमप्रभुले उनीहरुलाई बँचाउँछन् अनि भन्छन्, “परमप्रभुले हामीलाई साथ दिनुहुन्छ, यसैकारण हामीमाथि कुनै बिपत्ति आउन सक्दैन।”

भजनसंग्रह 78:8
यदि मानिसहरूले आफ्ना नानीहरूलाई परमेश्वरका आज्ञाहरूको विषयमा बताए भने नानीहरू तिनीहरूका पुर्खाहरू जस्तै हुने छैनन्। तिनीहरूका पिता-पुर्खाहरू परमेश्वरका विरूद्ध खडा भए। तिनीहरूले उहाँको आज्ञा पालन गर्न अस्वीकार गरे। ती मानिसहरू हठी थिए। तिनीहरू परमेश्वरको आत्मा प्रति विश्वासी थिएनन्।

भजनसंग्रह 106:6
हामीले त्यस्तै पाप गर्यौं जस्तो हाम्रा पुर्खाहरूले गरेका थिए। हामी अन्ययोलमा थियौं, हामीले अधर्म कामहरू गर्यौं!

यशैया 3:12
युवाहरूले मेरा मानिसहरूलाई परास्त गर्नेछन्। स्त्रीहरूले मेरो मानिसहरूमाथि शासन गर्नेछन्। मेरा मानिसहरू, तिम्रा मार्ग दर्शकहरूले तिमीहरूलाई गल्ती बाटो डोर्याउनेछन्। तिनीहरूले सुमार्गबाट तिमीहरूलाई फर्काउनेछन्।

यशैया 9:15
यहाँ टाउको भन्नाले बूढा-प्रधानहरू एवं प्रमुख अगुवाहरू बुझिन्छ। पुच्छरको तात्पर्य अगमवक्ताहरू जो झूट बोल्दछन्।

यशैया 56:10
पहरादारहरू सबै अन्धा छन्। के गरिरहेका छन तिनीहरू स्वयं जान्दैनन्। तिनीहरू नभुक्ने कुकुरहरू जस्ता छन त्यसले भुक्दैनन्। तिनीहरू भूइँमा सुत्छन्। अहो! तिनीहरू सुत्न मन पराउँछन्।

यर्मिया 3:25
आफ्नौ लाजले हामी डुबौ अनि हामीलाई अपमानले छोपोस्। किनभने हामीले परमप्रभु हाम्रो परमेश्वरको विरूद्ध पाप गर्यौ। हाम्रा पिता-पुर्खाहरूले पाप गरे अनि हाम्रो बाल्यकालबाट अहिले सम्म हामीले हाम्रा परमप्रभु परमेश्वरको आज्ञा पालन गरेका छैनौं।”

यर्मिया 23:11
“अगमवक्ता अनि पूजाहारी दुवै पापीहरू छन्। तिनीहरूको दुष्ट्याई मैले मेरो मन्दिरमा देखेकोछु। यो सन्देश परमप्रभुबाट आएको हो।

विलाप 4:13
यी सबै कुराहरू यरूशलेमका अगमवक्ताहरू र पूजाहारीहरूको पापको कारणले गर्दा अनि त्यहाँका निर्दोष जनतलाई जसले मारे ती मानिसहरूको कारणले गर्दा, भएका थियो।

इजकिएल 22:25
यरूशलेममा अगमवक्ताहरूले नराम्रो योजना बनाइरहेछ ऊ त्यो सिंह जस्तो भएको छ, जब त्यसले आफूले पक्रेको जनावर खान्छ त्यस समय गर्जन्छ। ती अगमवक्ताहरूले धेरै जीवनहरू नष्ट गरेका छन्। तिनीहरूले धेरै बहुमल्य चीहहरू राखेका छन्। तिनीहरूले यरूशलेममा धेरै स्त्रीहरूलाई बिधुवा बनाए।

होशे 4:6
“मेरा मानिसहरू ज्ञानको कमीले नष्ट भए, तर तिमीहरूले सिक्ने इच्छा पनि राखेनौ। यसर्थ म तिमीहरूलाई मेरा पूजाहारी बन्न दिँदिन। तिमीहरूले तिमीहरूका परमेश्वरको व्यवस्था नै भूल्यौ। यसर्थ म तिम्रा कुलहरूलाई भूलिदिनेछु।

गन्ती 32:14
हे पापिष्टका सन्तानहरू हो। तिमीहरू इस्राएली मानिसहरूमाथि परमप्रभुको क्रोध पार्न तिमीहरूले आफ्ना पुर्खाहरूको जग्गा ओगटेका छौ।