यशैया 33:10 in Nepali

नेपाली नेपाली बाइबल यशैया यशैया 33 यशैया 33:10

Isaiah 33:10
परमप्रभु, भन्नुहुन्छ, “अब म उभिनेछु र मेरो महानता देखाउँछु। अब म मानिसहरूकालागि महत्वपूर्ण हुनेछु।

Isaiah 33:9Isaiah 33Isaiah 33:11

Isaiah 33:10 in Other Translations

King James Version (KJV)
Now will I rise, saith the LORD; now will I be exalted; now will I lift up myself.

American Standard Version (ASV)
Now will I arise, saith Jehovah; now will I lift up myself; now will I be exalted.

Bible in Basic English (BBE)
Now will I come forward, says the Lord; now will I be lifted up; now will my power be seen.

Darby English Bible (DBY)
Now will I arise, saith Jehovah; now will I be exalted, now will I lift up myself.

World English Bible (WEB)
Now will I arise, says Yahweh; now will I lift up myself; now will I be exalted.

Young's Literal Translation (YLT)
Now, do I arise, saith Jehovah, Now I am exalted, now I am lifted up.

Now
עַתָּ֥הʿattâah-TA
will
I
rise,
אָק֖וּםʾāqûmah-KOOM
saith
יֹאמַ֣רyōʾmaryoh-MAHR
Lord;
the
יְהוָ֑הyĕhwâyeh-VA
now
עַתָּה֙ʿattāhah-TA
exalted;
be
I
will
אֵֽרוֹמָ֔םʾērômāmay-roh-MAHM
now
עַתָּ֖הʿattâah-TA
will
I
lift
up
אֶנָּשֵֽׂא׃ʾennāśēʾeh-na-SAY

Cross Reference

भजनसंग्रह 12:5
तर परमप्रभु भन्नुहुन्छ, ‘दुष्टहरूले गरीबहरूबाट केही थोकहरू चोरेका छन्, तिनीहरूले असहाय मानिसहरूबाट चीजहरू लिएका छन् तर म ती असहाय मानिसहरूको पक्ष लिएर लडाइँ गर्नेछु।”

सपन्याह 3:8
परमप्रभु भन्नुहुन्छ, “यसकारण म उठुञ्जेल अनि तिम्रो न्याय गरूञ्जेल पर्ख। धेरै जातिका मानिसहरू ल्याउँने अनि तिमीलाई दण्ड दिनको निम्ति तिनीहरूलाई प्रयोग गर्ने मेरो निर्णय हो। तमीहरूको बिरूद्ध मेरो क्रोध देखाउँन म तिनीहरूलाई प्रयोग गर्नेछु। म कति रिसाएको छु त्यो देखाउँनु र समस्त देश नष्ट गराउँनु म तिनीहरूलाई प्रयोग गर्नेछु।

आमोस 6:1
हाय! तिमीहरु आफैलाई हेर, जो सियोनमा आरामको जीवन मनाईरहेकाहरु अनि सामरिया पर्वत माथि बचाउको अनुभव गरिरहेकाहरु। तिमी ‘महत्वपुर्ण मानिस’जसकहाँ ‘इस्रएलका राजपरिवार’ सल्लाहको लागि जान्छन्, तिमीहरुका निम्ति अनिष्ठ हुनेछ।

यशैया 59:16
परमप्रभुले हेर्नु भयो र कतै पनि कुनै मानिस नभएकोले उहाँ छक्क पर्नुभयो जससँग उभिएर बोल्न सकिन्छ। यसकारण परमप्रभुले आफ्नो शक्ति प्रयोग गर्नु भयो र साथै आफ्नै धार्मिकता चलाउनु भयो अनि मानिसहरूलाई उद्धार गर्नु भयो।

यशैया 42:13
परमप्रभु शक्तिशाली सैनिक जस्तो बाहिर निस्केर जानु हुनेछ। उहाँ युद्ध गर्न तयार भएको मानिस जस्तो हुनुहुनेछ। उहाँ साह्रै उत्तेजित हुनुहुनेछ। उहाँले चिच्याउनु हुनेछ र जोडले कराउनु हुनेछ अनि उहाँले शत्रुहरूलाई पराजित गर्नुहुनेछ।

यशैया 30:17
एकजना शत्रुले तिमीहरूलाई धम्की दिन्छ र तिमीहरू हजारौं जना भाग्नेछौ। पाँचजना शत्रुहरूले डर देखाउँदा तिमीहरू सबै भाग्नेछौ। तिमीहरूका सेनाले एउटा खाली चीज मात्र त्यहाँ छाडी जानेछ त्यो पहाडमाथि झण्डा गाड्ने एउटा खम्बा हुनेछ।

यशैया 10:33
नहेर! हाम्रो मालिक, सेनाहरूका परमप्रभुले ठूलो रूख काटेर अश्शूरलाई ढाल्नु भयो। परमप्रभुले आफ्ना महान शक्तिद्वारा त्यसो गर्नुभयो। महान र मुख्य मानिसहरू काटिदै, ढालिदै गए-तिनीहरू अब मुख्य रहेनन्।

यशैया 10:16
सेनाहरूका परमप्रभुले अश्शूरका योद्धाहरूको विरोधमा डरलाग्दो रोग पठाउनु हुनेछ। तब अश्शूरको गौरव नाश अनि विलीन हुनेछ। प्रत्येक वस्तु खरानी नहुञ्ञेलसम्म आगो जस्तै बलि रहनेछ।

यशैया 2:21
त्यसपछि मानिसहरू चट्टानका-कन्दरातिर लुक्नेछन्। तिनीहरू परमप्रभु र उहाँका महान शक्तिबाट भयभीत भएर त्यसो गर्नेछन्। यो त्यतिबेला घट्ना घट्ने छ जब परमप्रभुले पृथ्वीलाई थर्थर कमाउन उठ्नु हुनेछ।

भजनसंग्रह 102:13
तपाईं उठ्नु हुनेछ र सियोनलाई सान्त्वना दिनु हुनेछ। तपाईं सियोन प्रति कृपालु हुनुहुनेछ त्यो समय आइरहेछ।

भजनसंग्रह 78:65
अन्तमा, निंन्द्रामा हिंडीरहने मानिस जस्तै, धेरै मद पिएको सिपाही जस्तै हाम्रो स्वामी ब्यूँझनु भयो।

भजनसंग्रह 46:10
परमेश्वर भन्नुहुन्छ, “लडाइँ रोक, म नै परमेश्वर हुँ भनेर जान! म जाति-जातिलाई परास्त गर्नु सक्छु, म संसारलाई अधीनमा राख्न सक्छु!”

भजनसंग्रह 7:6
हे परमप्रभु, जाग्नु होस् अनि तपाईंको रिसले तिनीहरूलाई न्याय गर्नुहोस्। मेरा रिसाएका शत्रुहरूको विरोधमा उठ्नु होस्। हे मेरा परमेश्वर, तपाईं न्याय गर्नुहुन्छ यसर्थ मेरो निम्ति न्याय गर्नुहोस्।

व्यवस्था 32:36
परमप्रभुले आफ्नो मानिसहरूको न्याय गर्नुहुनेछ। तिनीहरू उहाँका सेवकहरू हुन् अनि उहाँ तिनीहरू प्रति दया देखाउनु हुन्छ। उहाँले तिनीहरू शाक्तिहीन भएको थाहा पाउनु हुनेछ। कमारा-कमारीहरू र मुक्त मानिसहरू पनि असाहाय भएको उहाँले थाहा पाउनु हुनेछ।

प्रस्थान 15:9
“शत्रुले भन्यो, ‘म तिनीहरूलाई खेद्नेछु र समात्नेछु, म तिनीहरूको सम्पूर्ण सम्पति लुट्नेछु। म मेरो तरवार निकाल्नेछु र तिनीहरूलाई पराजित गर्नेछु।’

प्रस्थान 14:18
तब मिश्रदेशवासीहरू जान्नेछन् कि म परमप्रभु हुँ। जब म फिरऊन, उसका सेना, घोडाहरू तथा रथहरूलाई पराजित पार्नेछु तब त्यहाँका मानिसहरूले मलाई आदर गर्नेछन्।”