होशे 2
1 “तब तिमीले आफ्ना दाज्यू-भाइहरूलाई भन्नेछौ, ‘तिमीहरू मेरो मानिसहरू हौ।’ अनि आफ्ना दिदी बहिनीहरूलाई पनि भन्नेछौ ‘उहाँले ममाथि धेरै दया गर्नु भयो।”‘
2 “तिम्री आमासित तर्क गर, किनभने तिनी मेरी पत्नी होइनन् अनि म तिनको लोग्ने होइन। तिनलाई भन ‘वेश्या जस्तो हुन छाड। उसलाई आफ्नो स्तनहरू प्रेमीहरूदेखी टाडा राख्नु भन।
3 यदि यस्तो कुकर्म गर्न छाडिन भने म तिनलाई नाङ्गो बनाउँनेछु। म तिनीलाई तिनी जन्मेको क्षणको अवस्थामा पुर्याई छोडिदिनेछु। म तिनका मानिसहरूलाई खोस्नेछु र तिनलाई रित्तो मरूभूमि जस्तै बनाउँनेछु। म तिनलाई तिर्खाले मारिदिनेछु।
4 म उसका नानीहरूलाई कुनै दया देखाउँने छैन, कारण तिनीहरू सबै वेश्यावृतिबाट जन्मिएका नानीहरू हुन्।
5 तिनकी आमाले वेश्यागमन देखाई। आफ्ना कुकर्ममा तिनीहरूकी आमाले शरम मान्नुपर्छ। तिनले भनिन्, ‘म मेरा प्रेमीहरूकहाँ जान्छु। मेरा प्रेमीहरूले खाना पिउन दिन्छन्। तिनीहरूले मलाई ऊनी कपडाहरू दिन्छन्। तिनीहरूले दाखमध भद्राक्षको तेल दिन्छन।’
6 “यसकारण, म तिम्रो बाटो काँडाले बन्द गरिदिने छु। म पर्खाल पनि खडा गर्नेछु तब तिनले तिनको बाटो पाउन सक्ने छैनन्।
7 तिनी आफ्ना प्रेमीहरूको पछि लाग्ने छिन्, तर तिनले उनीहरूलाई भेट्टाउने छैनन्। तिनले उनीहरूलाई खोजी गर्ने छिन् तर तिनले भेट्ने छैनन्। तब तिनले भन्नेछिन्, ‘अब म मेरो पहिलो लोग्नेकहाँ फर्किनेछु। जब म उसित थिएँ मेरो जीवन असलकी थियो। अहिले जीवन भन्दा असल थियो।’
8 “त्यो तिनीहरूलाई थाहा छैन म नै अन्न दाखरस र तेल दिने हुँ। मैले तिनलाई धेरै सुन र चाँदीहरू दिइरहें। तर इस्राएलीहरूले मैले दिएकै सुन र चाँदीबाट बालका मूर्तिहरू बनाउँन थाले।
9 यसकारण म फेरि फर्केर आउँछु अन्न पाक्ने समयमा र म सबै लान्छु। अङ्गुर पाक्ने समयमा म दाखरस फिर्ता लान्छु। म ऊनी र कपास लान्छु। मैले तिनीहरूलाई आफ्नो नाङ्गोपन ढाक्नेछन भनेर ती सब दिएको थिएँ।
10 अब म तिनलाई नाङ्गो बनाउँनेछु। तिनी सर्बङ्ग नाङ्गो हुन्छिन, र तिनका प्रेमीहरूले देख्नेछन्। मेरो शक्तिको अघि कसैले तिनलाई बचाउनँ सक्नेछैन।
11 म परमेश्वर, तिनको जम्मै आनन्द र खुशीहरू खोस्नेछु। म तिनको विश्रामका दिनहरू, पूर्णिमाका उत्सव र पार्थिव चाडहरू बन्द गरिदिनेछु।
12 दाख र नेभाराका रूखहरू नष्ट गरिदिनेछु। तिनले भन्थिन, ‘मेरो प्रेमीहरूले यी सब दिन्छन।’ तर म तिनको उद्यान जङ्गलमा परिणत गरिदिनेछु। जङ्गली पशुहरू आएर त्यस जङ्गलमा चर्नेछन्।
13 “तिनले बालको देवताहरूको सेवा र्गछिन। यसैले म तिनलाई सजाय दिनेछु। तिनले बाल देवताको अघि धूप जलाउँछिन्। गर गहना लगाएर तिनले चिटिक्क पर्दै आफ्ना प्रेमीहरूसँग जाँदा मलाई भूल्थिन। परमप्रभुले यसो भन्नुभयो।
14 “यसकारण म तिनलाई मायालु शब्दहरू भन्ने छु। म तिनलाई मरूभुमिमा पुर्याउँछु र दयापूर्वक कुराहरू गर्छु।
15 त्यहाँ तिनलाई दाखबारीहरू दिनेछु। म तिनलाई आशाको द्वार जस्तै आकोरको बेंसी दिनेछु। तब मलाई तिनले त्यस्तै जवाफ दिनेछन् जस्तो मिश्रबाट आउँदा दिएका थिए।”
16 परमप्रभु भन्नुहुन्छ।“त्यस समयमा तिमीले मलाई ‘मेरो लोग्ने भनी’ बोलाउँनेछौ। तर तिमी मलाई ‘मेरो बाल देवता’ भन्ने छैनौ।
17 म तिनको मुखबाट बाल नाउँलाई छिन्नेछु। त्यसपछि मानिसहरूले फेरि बालको नाउँ उच्चारण गर्नेछैनन।
18 “त्यस समय म इस्राएलीहरूका निम्ति एउटा करार गर्नेछु। जङ्गलका पशुहरूसित, आकासमा उडिहिँड्ने चराहरूसित र जमीनमा घस्रिहिडने प्राणीसित। म युद्धका सम्पूर्ण धनु तरवार र हातहतियार नष्ट गरिदिनेछु। कुनै हतियार पनि यहाँ रहने छैन। म धर्तीलाई सुरक्षित पार्नेछु यसर्थ इस्राएलका मानिसहरू शान्तिसित विश्राम गर्न सकुन्।
19 अनि म (परमेश्वर) तिमीलाई सधैंको निम्ति दुलही बनाउँनेछु। म तिमीलाई धर्म र न्यायपूर्वक दृढ प्रेम र माया गरेर दुलही बनाउँनेछु।
20 म तिमीलाई मेरी विश्वास योग्य दुलही बनाउँनेछु। त्यसपछि तिमी साँचो अर्थमा परमप्रभुलाई जान्नेछौ।
21 अनि त्यस समयमा म तिमीलाई उत्तर दिनेछु।”परमप्रभु भन्नुहुन्छ, “म आकाशलाई भन्नेछु अनि उसले धर्तीलाई पानी दिनेछ।
22 पृथ्वीले अन्न, दाखरस अनि तेल उब्जाउनेछ अनि यिज्रेलको आवश्यकताहरू पूरा गरिदिनेछ।
23 म तिनको धर्तीमा धेरै बिऊहरू छर्नेछु। अनि लो-रूहामालाई म दया देखाउने छु। अनि लो-अम्मीलाई म भन्नेछु, ‘तिमीहरू मेरा मानिसहरू हौ।’ अनि तिनीहरूले मलाई भन्ने छन्, ‘तपाईं हाम्रो परमेश्वर हुनुहुन्छ।”‘
1 Say ye unto your brethren, Ammi; and to your sisters, Ruhamah.
2 Plead with your mother, plead: for she is not my wife, neither am I her husband: let her therefore put away her whoredoms out of her sight, and her adulteries from between her breasts;
3 Lest I strip her naked, and set her as in the day that she was born, and make her as a wilderness, and set her like a dry land, and slay her with thirst.
4 And I will not have mercy upon her children; for they be the children of whoredoms.
5 For their mother hath played the harlot: she that conceived them hath done shamefully: for she said, I will go after my lovers, that give me my bread and my water, my wool and my flax, mine oil and my drink.
6 Therefore, behold, I will hedge up thy way with thorns, and make a wall, that she shall not find her paths.
7 And she shall follow after her lovers, but she shall not overtake them; and she shall seek them, but shall not find them: then shall she say, I will go and return to my first husband; for then was it better with me than now.
8 For she did not know that I gave her corn, and wine, and oil, and multiplied her silver and gold, which they prepared for Baal.
9 Therefore will I return, and take away my corn in the time thereof, and my wine in the season thereof, and will recover my wool and my flax given to cover her nakedness.
10 And now will I discover her lewdness in the sight of her lovers, and none shall deliver her out of mine hand.
11 I will also cause all her mirth to cease, her feast days, her new moons, and her sabbaths, and all her solemn feasts.
12 And I will destroy her vines and her fig trees, whereof she hath said, These are my rewards that my lovers have given me: and I will make them a forest, and the beasts of the field shall eat them.
13 And I will visit upon her the days of Baalim, wherein she burned incense to them, and she decked herself with her earrings and her jewels, and she went after her lovers, and forgat me, saith the Lord.
14 Therefore, behold, I will allure her, and bring her into the wilderness, and speak comfortably unto her.
15 And I will give her her vineyards from thence, and the valley of Achor for a door of hope: and she shall sing there, as in the days of her youth, and as in the day when she came up out of the land of Egypt.
16 And it shall be at that day, saith the Lord, that thou shalt call me Ishi; and shalt call me no more Baali.
17 For I will take away the names of Baalim out of her mouth, and they shall no more be remembered by their name.
18 And in that day will I make a covenant for them with the beasts of the field, and with the fowls of heaven, and with the creeping things of the ground: and I will break the bow and the sword and the battle out of the earth, and will make them to lie down safely.
19 And I will betroth thee unto me for ever; yea, I will betroth thee unto me in righteousness, and in judgment, and in lovingkindness, and in mercies.
20 I will even betroth thee unto me in faithfulness: and thou shalt know the Lord.
21 And it shall come to pass in that day, I will hear, saith the Lord, I will hear the heavens, and they shall hear the earth;
22 And the earth shall hear the corn, and the wine, and the oil; and they shall hear Jezreel.
23 And I will sow her unto me in the earth; and I will have mercy upon her that had not obtained mercy; and I will say to them which were not my people, Thou art my people; and they shall say, Thou art my God.
Genesis 43 in Tamil and English
1 त्यस देशमा अनिकालको प्रकोप साह्रै थियो।
And the famine was sore in the land.
2 मानिसहरूले मिश्र देशबाट ल्याएको सबै अन्न खाइसके। जब अन्न सकियो, याकूबले आफ्ना छोराहरूलाई भने, “हामीले खानुको निम्ति अझ केही अन्न किन्न मिश्र देश जानु पर्छ।”
And it came to pass, when they had eaten up the corn which they had brought out of Egypt, their father said unto them, Go again, buy us a little food.
3 तर यहूदाले याकूबलाई भने, “तर त्यस देशको शासकले हामीलाई चेताउनी दिएकाछन्। उनले भने, ‘यदि तिमीहरूले आफ्नो भाइ मकहाँ लिएर आएनौ भने म तिमीहरूसित कुरा गर्ने छैन।’
And Judah spake unto him, saying, The man did solemnly protest unto us, saying, Ye shall not see my face, except your brother be with you.
4 यदि तपाईं बिन्यामीनलाई हामीसित पठउनु हुन्छ भने, मात्र हामीहरू अन्न किन्नु जान सक्छौ।
If thou wilt send our brother with us, we will go down and buy thee food:
5 तर यदि तपाईं उसलाई पठाउन अस्वीकार गर्नु भयो भने तब हामी जानेछैनौ। त्यस मानिसले बिना बिन्यामीन हामीलाई त्यहाँ जानु होशियारी गराएकाछन्।”
But if thou wilt not send him, we will not go down: for the man said unto us, Ye shall not see my face, except your brother be with you.
6 इस्राएलले भने, “उसलाई तिमीहरूले अर्को पनि भाइ छ भनी किन भन्यौ? तिमीहरूले मेरो निम्ति यस्तो नराम्रो काम किन गर्यौ?”
And Israel said, Wherefore dealt ye so ill with me, as to tell the man whether ye had yet a brother?
7 ती दाज्यू-भाइहरूले जवाफ दिए, “उनले हामी र हाम्रा कुटुम्बका विषय धेरै जान्न खोज्थ्यो र उनले हामीलाई थुप्रै प्रश्नहरू गर्यो। उनले हामीलाई सोध्यो, ‘के तिम्रा दाज्यू-भाइहरू अझ बाँचेका छन्? घरमा अझ कोही भाइहरू छन् छैनन्?’ हामीले खाली उसको प्रश्नहरूको उत्तर मात्र दियौं। हामीले जानेका थिएनौ उनले भाइ लिएर मात्र आइज भन्छ।”
And they said, The man asked us straitly of our state, and of our kindred, saying, Is your father yet alive? have ye another brother? and we told him according to the tenor of these words: could we certainly know that he would say, Bring your brother down?
8 त्यसपछि यूहदाले आफ्नो बाबु इस्राएललाई भने, “बिन्यामीन मसित जाओस्। म उसको हेरचाह गर्नेछु। हाम्रो निम्ति अन्न लिनु हामी मिश्र देश जानै पर्छ। यदि हामी गएनौं भनें हाम्रा नानीहरू हामीहरूसंगै मर्नेछन्।
And Judah said unto Israel his father, Send the lad with me, and we will arise and go; that we may live, and not die, both we, and thou, and also our little ones.
9 म तिमीलाई विश्वास दिलाउँछु हाम्रो भाइ सुरक्षित रहनेछ। यसको लागि म सम्पूर्ण दायित्व लिने छु। यदि मैले उसलाई फर्काउन सकिन भने तिमीले मलाई सँधैं दोष दिन सक्छौ।
I will be surety for him; of my hand shalt thou require him: if I bring him not unto thee, and set him before thee, then let me bear the blame for ever:
10 यदि तपाईं हामीलाई अघाडी नै जान दिएको भए, अहिलेसम्म दुइ चोटी अन्न लिएर आई सक्ने थियौं।”
For except we had lingered, surely now we had returned this second time.
11 त्यसपछि तिनीहरूका बाबु इस्राएलले भने, “यदि यो सही रूपमा नै साँचो हो भने, तब बिन्यामीनलाई तिमीहरूसँगै लिएर जाऊ। तर त्यस शासकको निम्ति केही उपहारहरू लैजाऊ। हामीले आफ्नो भूमिमा उब्जाएका चीजहरूबाट केही लिएर जाऊ। केही सुगन्धित मसला, अलिकती मह, अलिकता, सुगन्धित लेप, मूर्र, पेक्ता, र हाडे-बदाम लिएर जाऊ।
And their father Israel said unto them, If it must be so now, do this; take of the best fruits in the land in your vessels, and carry down the man a present, a little balm, and a little honey, spices, and myrrh, nuts, and almonds:
12 यसपाली तिमीहरूसँग भएको पैसा भन्दा पनि दुइ गुणा वेशी लिएर जाऊ। हुन सक्छ शासकले भूल गरे होलान, यसर्थ तिमीहरूलाई फर्काई दिएको पैसा पनि लिएर जाऊ।
And take double money in your hand; and the money that was brought again in the mouth of your sacks, carry it again in your hand; peradventure it was an oversight:
13 बिन्यामीनलाई त्यस मानिसकहाँ लिएर जाऊ।
Take also your brother, and arise, go again unto the man:
14 म प्रार्थना गर्छु जब तिमी त्यो प्रशासकअघि उभिन्छौ सर्वशक्तिमान परमेश्वरले सहायता गर्नु हुनेछ। म प्रार्थना गर्छु उनले बिन्यामीन र शिमोनलाई सुरक्षित फर्कन दिनेछन। यदि यस्तो भएन भने, म फेरि पुत्र शोकले व्याकुल हुनेछु।”
And God Almighty give you mercy before the man, that he may send away your other brother, and Benjamin. If I be bereaved of my children, I am bereaved.
15 यसर्थ ती दाज्यू-भाइहरूले शासकलाई दिनको निम्ति उपहार लगे। तिनीहरूले पहिलो पाली लगेको भन्दा दोबर रकम पनि लिएर गए। यस पल्ट बिन्यामीन आफ्नो दाज्यूहरूसँग मिश्र देश गए।दाज्यू-भाइहरूलाई यूसुफको घरमा निम्त्याइयो
And the men took that present, and they took double money in their hand, and Benjamin; and rose up, and went down to Egypt, and stood before Joseph.
16 मिश्र देशमा यूसुफले तिनीहरूसँग बिन्यामीनलाई देखे। यूसुफले आफ्ना नोकरलाई भने, “ती मानिसहरूलाई मेरो घरमा लिएर जाऊ। एउटा पशु मार अनि पकाऊ, यिनीहरू आज दिउँसो मसित भोजन खानेछन्।”
And when Joseph saw Benjamin with them, he said to the ruler of his house, Bring these men home, and slay, and make ready; for these men shall dine with me at noon.
17 उसलाई जे भनिएको थियो नोकरले त्यही गर्यो। उनले ती मानिसहरूलाई यूसुफको घरमा ल्यायो।
And the man did as Joseph bade; and the man brought the men into Joseph’s house.
18 जब ती दाज्यू-भाइहरूलाई यूसुफको घरमा लगियो तिनीहरू डराए। तिनीहरूले भने, “अस्तिको पाली हाम्रो बोराहरूमा पैसा हालेर फर्काइएको थियो त्यसैकारण हामीलाई यहाँ ल्याइयो। त्यो तिनीहरूले हाम्रो विरू द्वमा अस्त्र बनाउने छन्। अनि तिनीहरू हाम्रो गधाहरू चोरेर लगी हामीलाई कमारा बनाउनेछन्।”
And the men were afraid, because they were brought into Joseph’s house; and they said, Because of the money that was returned in our sacks at the first time are we brought in; that he may seek occasion against us, and fall upon us, and take us for bondmen, and our asses.
19 यसर्थ ती दाज्यू-भाइहरू यूसुफको घरको नोकरहरूको मुखियाकहाँ गए।
And they came near to the steward of Joseph’s house, and they communed with him at the door of the house,
20 तिनीहरूले भने, “महाशय, म प्रतिज्ञा गर्छु यो सत्य हो, अस्तिको पाली हामी अन्न किन्न आयौं।
And said, O sir, we came indeed down at the first time to buy food:
21 तर जब हामीहरूले रात बिताउनु पर्ने ठाउँमा आई पुग्यौं, हामीले आफ्नो बोरा खोल्यौं तब बोराको मुखमा नै हामीहरूले तिरेको पुरै रकम पायौं। अहिले हामीले यहाँ ल्याएका छौं।
And it came to pass, when we came to the inn, that we opened our sacks, and, behold, every man’s money was in the mouth of his sack, our money in full weight: and we have brought it again in our hand.
22 अनि अहिले फेरि पनि अन्न किन्नको निम्ति अरू रकम ल्याएका छौं। हामी जान्दैनौ कसले त्यो रकम हाम्रो बोरामा राख्यो।”
And other money have we brought down in our hands to buy food: we cannot tell who put our money in our sacks.
23 तब नोकरले उत्तर दियो, “तिमीहरू शान्तिसित बस। नडराऊ। तिमीहरूका परमेश्वर, तिमीहरूको बाबुका परमेश्वरले नै तिमीहरूको निम्ति बोरामा धन राखिदिएको हुनसक्छ। तिमीहरूले तिरेको रकम मैले पाएकै हुँ।”त्यसपछि त्यस नोकरले तिनीहरू भएको ठाउँमा शिमोनलाई ल्यायो।
And he said, Peace be to you, fear not: your God, and the God of your father, hath given you treasure in your sacks: I had your money. And he brought Simeon out unto them.
24 तब उनले तिनीहरूलाई यूसुफको घरमा ल्याए अनि पानी दिए। तिनीहरूले तिनको खुट्टा धोए। उसले तिनीहरूको गधाहरूलाई पनी खुवायो।
And the man brought the men into Joseph’s house, and gave them water, and they washed their feet; and he gave their asses provender.
25 यूसुफले पनि मध्य दिनको भोजन तिनीहरूसित खानेछन् भनी सुनेकोले त्यसपछि तिनीहरूले यूसुफलाई दिइने उपहार तयार राखे।
And they made ready the present against Joseph came at noon: for they heard that they should eat bread there.
26 यूसुफ घरमा आए अनि दाज्यू-भाइहरूले तिनीहरूसित ल्याएको उपहारहरू तिनलाई दिए। त्यसपछि तिनीहरू तिनको अगाडी भूइँमा निहुरिए।
And when Joseph came home, they brought him the present which was in their hand into the house, and bowed themselves to him to the earth.
27 यूसुफले तिनीहरूलाई आफ्नो भलोकुशल सोधपूछ गरे। यूसुफले भने, “तिमीहरूले आफ्नो बूढो बाबुको बारेमा बताएका थियौ, तिनी अझै जीवित अनि स्वस्थ हुनुहुन्छ?”
And he asked them of their welfare, and said, Is your father well, the old man of whom ye spake? Is he yet alive?
28 ती दाज्यू-भाइहरूले जवाफ दिए, “ज्यु हजुर, उहाँ जीवित हुनु हुन्छ।” अनि तिनीहरू फेरि यूसुफअघि निहुरिए।
And they answered, Thy servant our father is in good health, he is yet alive. And they bowed down their heads, and made obeisance.
29 त्यसपछि यूसुफले आफ्नो भाइ बिन्यामीनलाई देखे। (बिन्यामीन र यूसुफकी एउटै आमा हुन्) यूसुफले भने, तिमीहरूले मलाई बताएको कान्छो भाइ यही हो?” त्यसपछि यूसुफले बिन्यामीनलाई भने, “हे बाबू, परमेश्वरले तिमीलाई आशीर्वाद दिनु हुनेछ।”
And he lifted up his eyes, and saw his brother Benjamin, his mother’s son, and said, Is this your younger brother, of whom ye spake unto me? And he said, God be gracious unto thee, my son.
30 तब यूसुफ हतारिएर कोठा छोडे किनभने तिनी आफ्ना दाज्यू-भाइहरूको मनोभावले व्याकुल भएका थिए अनि रून चाहन्थे। तिनी आफ्नो कोठाभित्र पसे अनि रोए।
And Joseph made haste; for his bowels did yearn upon his brother: and he sought where to weep; and he entered into his chamber, and wept there.
31 त्यसपछि यूसुफ मुख धोएर बाहिर आए। तिनले आफौंलाई वशमा राखेर भने, “अहिले भोजन गर्ने समय हो।”
And he washed his face, and went out, and refrained himself, and said, Set on bread.
32 यूसुफले एक्लै एउटा टेबलमासँगै भोजन खाए। उनका भाइहरूले अर्को एउटा टेबलमा भोजन खाए। मिश्र देशबासीहरूले अर्को टेबलमा सँगै भोजन खाए। तिनीहरूको विश्वास थियो हिब्रू मानिसहरूसँगै बसेर खानु राम्रो होइन।
And they set on for him by himself, and for them by themselves, and for the Egyptians, which did eat with him, by themselves: because the Egyptians might not eat bread with the Hebrews; for that is an abomination unto the Egyptians.
33 यूसुफका दाज्यूभाइहरू तिनकै टेबल अघि बसेका थिए। तिनीहरू जेठादेखि कान्छासम्म उमेर अनुसार लहरै बसेका थिए। के भइरहेको छ सबै दाज्यूभाइहरूले एका-अर्कामा आश्चर्यमानी हेरिरहेका थिए।
And they sat before him, the firstborn according to his birthright, and the youngest according to his youth: and the men marvelled one at another.
34 नोकरहरूले यूसुफको टेबलबाट भोजन ल्याएर तिनीहरूलाई दिन्थे। तर ती नोकरहरूले बिन्यामीनलाई अरू दाज्यूभाइहरूलाई भन्दा पाँच गुणा वेशी दिन्थे। ती दाज्यूभाइहरू नअघाउञ्जेलसम्म यूसुफसँगै खाए।
And he took and sent messes unto them from before him: but Benjamin’s mess was five times so much as any of theirs. And they drank, and were merry with him.